Skip to main content

Posts

Had it not been for ‘ Sano Sansar’ this summer’s box office hit film, most urban youngsters would have found it difficult to recall the last Nepali movie they watched with so much enthusiasm. They readily agree to watch Hindi and English films over our Nepali films on any given day. After all, where would Nepali films stand in comparison to films like Titanic and Harry Potters series. The appeal factor is equally negligible in our Nepali film stars for their very youngsters who are so used to steamy scenes of Brangelina in Hollyhood films. Except for a few films, Nepali Film Industry has not produced movies that have been remarkable in any aspect be it in technicality or content. The once sought after industry seems to have been stagnant since the last decade. Inspite of being surrounded by Nepali film haters, I decided to watch a Nepali movie last week. “Mr Don” read the movie posters. The name just didn’t feel right in Nepali fonts. Nepali film makers seriously have run out of names ...

फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर कम्युनिटि नेपाल, एउटा यस्तो समूह हो जुन समुह फ्रि एन्ड ओपन सोर्स सफ्टवयेर प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छ । केही वर्ष पहिले स्थापना गरिएको FOSS Nepal Community, नेपाल मा फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर प्रयोग गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढेको संस्था हो । अब आज उल्लेख गर्न खोजेको प्रसंगमा जाउँ होला । FOSS Nepal Community ले आयोजना गर्ने रेगुलर इभेन्ट अन्तर्गत "फोस का कुरा" भन्ने कार्यक्रम को निमन्त्रणा यहाँ बाट म सबैलाई खुल्ला रुप मै दिइरहेको छु । यहाँहरु पनि यसको बारेमा बुझ्न चाहनुहुन्छ, फोस नेपाल को फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर आन्दोलनलाई समर्थन गर्नुहुन्छ भने यहाँहरु पनि आउन सक्नुहुन्छ, कार्यक्रम मा । विस्तृत विवरण यहाँ तल दिइएको छ । This is an invitation to you all to the upcoming FOSS Ka Kura (FKK) which is being organized by Madan Puraskar Pustakalya (MPP). Please find the details of the programme below: Topic: "Formatted Nepali Text Conversion" Venue: Yala Maya Kendra, Lalitpur, PatanDhoka Date: Friday January 9, 2009 T...

मुगुमा अवस्थित रारा ताल को सयर गराउँदै छु । हामी प्राकृतिक रुपमा कति धनि छौँ, अनि हामी सँग असंङ्ख्य सम्पदाहरु छन् तर हामीले तिनीहरुको भरपुर उपयोग गर्न सकिरहेका छैनौँ । आज यहाँ फोटो मार्फत रारा ताल सयर गराउँदैछु, हाम्रो सम्पदाबारे जानकारी दिलाउँदैछु । Be Proud: This is our Rara Lake. राराको रङ... मुगू सदरमुकाम गमगढी । तपाईंसँग एक रुपैया को नोट छ भने एक पटक राम्रो सँग हेर्नुहोस् त। यो त्यही पहाड हो जुन त्यो नोटमा छापिएको छ। यो मुगू जिल्ला को प्रख्यात डाँडा हो। जसलाई त्यहाका बासिन्दाहरु चन्खेली डाँडा भनेर सम्बोधन गर्छन्। राराको रङ... सबै फोटोहरु (Rara Lake) दाजु, मेलोडियस मिलन ले खिच्नु भएको हो ।

विद्यार्थीहरूलाई “टार्गेट” गरेर छिट्टै नै थाइल्याण्डमा आयोजना हुन गइरहेको “अन्तराष्टिय सांस्कृतिक सम्मेलन”मा नेपालबाट जम्मा-जम्मी ४७ जनाले सहभागिता जनाउने भएका छन् र सबैभन्दा महत्वपूर्ण हाम्रो काठमाण्डौं विश्वविद्यालयबाट त झन् १७ जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् र थाइल्याण्ड घुम्ने सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । के तपाई केयूको विद्यार्थी भएकोले त्यस १७ जनाको नाम लिष्टमा आफ्नो नाम देख्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने अहिले २५० शब्द नघटाइ “Relationship between Nepal and Thailand and it’s future” शीर्षकमा एउटा निबन्ध लेख्नुस् र A-4 size को कागजमा प्रिन्ट गरेर आफ्नो सम्बन्धित स्कुलको डिनको ] approval signature गराएर विद्यार्थी मामिलाका निर्देशक प्रो डा सञ्चयनाथ खनालज्यूलाई बुझाउनुहोस् । के थाहा तपाइँको थाइल्याण्ड टुरको सपना पुरा भइहाल्छ की ? तर… अब यो सपना साँच्नु व्यर्थ भइसकेको केयूका धेरैजसो विद्यार्थीको गुनासो रहेको छ । दुइ हप्ता अगाडी उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” सम्बन्धित लिखित सूचना केयू प्रशासनमा आएको तर केयू विद्यार्थीहरु माझ उक्त महत्वपूर्ण सूचना जानीजानी प्...

जाडो बढेको छ, अनि जाडो बढेको संकेत दिने गर्दछ, हुस्सु र कुहिरो ले । आज यहाँ मैले केही फोटोहरु राखेको छु । भन्दिहालौँ, अब मेरो फोटो ब्लग अपडेट हुनेछैन, जति जे अपडेट हुनेछ यही ब्लग र अर्को सर्लाही अन्लाइन भन्ने ब्लग अपडेट हुनेछ । पुष महिना को एक बिहान, काठमाडौँ विश्वविद्यालय वरिपरि का दृश्यहरु यहाँ राखेको छु । भन्ने नै हो भने अहिले जाडो निक्कै बढिसकेको छ । बिहान देखिएको काठमाडौँ विश्वविद्यालय भवन । वनेपा तर्फको भाग, जुन कुहिरो ले टम्म छोपिएको छ । उज्यालो भैसक्यो, तर पश्चिम आकाश मा चन्द्रमा अझै झुल्किरहेकाछन् । कुहिरो ले सबैकुरा ढाकिदिएको छ ।

ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज को कुरा भैरहेको छ, क्लासमा । अझ नविकरणिय उर्जा अर्थात Renewable Energy Source को बारेमा त क्लास मा लामै बहस हुने गरेको छ । हामी नविकरणिय उर्जा भन्ने च्याप्टर पढ्दैछौँ, क्लासमा । सर भन्नुहुन्छ, हामी भन्छौँ, हामीले नविकरणिय उर्जाको प्रयोगलाई बढावा दिनुपर्छ । त्यसको लागि हामी सर्वसुलभ जलविद्युत अर्थात बिजुली को प्रयोग गर्न सक्छौँ । खाना पकाउन, पानी तताउन बिजुलीको प्रयोग गर्ने हो भने, सस्तो पनि पर्न आउँछ, साथै वातावरण पनि जोगिन्छ । लाग्छ, हामी वातावरणविद हौँ र हामी अरुलाई उपदेश दिइरहेका छौँ । यहाँ सबैले वातावरण को बारेमा चासो राख्नु जरुरी छ, भन्दै । क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङ को विषयमा पनि निकै तातो बहस गरिरहेका छौँ । बिजुली बाट प्रदुषण नहुने भएकाले, डिजेल, पेट्रोल, ग्यास, मट्टितेल आदि को सट्टा मा बिजुली को प्रयोग गर्दा बढ्दैगएको ग्लोबल वार्मिङ लाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । खाना बनाउन, सिलिन्डर एलपि ग्यास को सट्टा मा बिजुली प्रयोग गर्दा कति फाइदा हुन्छ, आदि आदि कुराहरु कपि मा हिसाब गरिरहेका छौँ, क्याल्कुलेटर थिचिथिचि । थाहा पाइयो, हामी सँग कति ...

आज विश्व मानव अधिकार दिवस । विश्व मा आधुनिकता सँगै मानवअधिकार उल्लंघन का घटनाहरु मा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । मूख्यरुपमा, राजनितिक आस्थाका कारण ले धेरै भन्दा धेरै मानवअधिकार उल्लंघन को घटना घटिरहेको छ । एम्नेस्टि इन्टरनेसनल बाट: Amnesty International has called on governments to make the 60th anniversary of the Universal Declaration of Human Rights a time for action not just for celebration. आउनुहोस्, हामी पनि मानवअधिकार दिवस को दिन मानवअधिकार कहिले उल्लंघन गर्ने छैन भन्ने प्रतिबद्धता गरौँ । यसका लागि तपाईहरु, यो तल को मैनवत्ति बाल्न सक्नुहुन्छ । अनि यो मैन बत्तिलाई कहिले निभ्न नदिनुहोस् । आउनुहोस्, यो मैनबत्ति कहिले निभ्न दिने छैन भनेर प्रण गरौँ । अन्त्यमा, मानवअधिकार दिवस को उपलक्ष्यमा सबैले सुख र शान्तिपुर्वक बाँच्न सकियोस भन्ने कामना गर्दछु ।

आकाश गड्गडाएर पानी बर्सन्छ धर्‌धर काँप्छ सडकको पुत्र निर्वस्त्र भै उ थर्‌थर छैन वस्त्र उ'मा, कैले आधा पेट उ भर्दछ कहिले त झनै भन्दा अभावमै उ मर्दछ । छैन कोही यहाँ मान्छे मान्छे को दु:ख हेरने जोछन् जति सबै आफ्नै दुनो रोटि समाउने विवेकी जनको ज्ञान आज कुन्नी कता गयो मानव सेवा परम धर्म भन्ने सुक्ति कहाँ गयो ? न छन् आमा बुबा उस्का स्नेहले काखमा लिने न छन् आफन्त कोही नै उ मर्दा शोकले रुने कठैबरा भनिदिन्न आज लौ मान्छे ले किन ? कैले आउला सुखी दिन, गनिरन्छ उ दिन-दिन, गनिरन्छ उ दिन-दिन ॥ -समिर पोखरेल बायोटेक दोस्रो वर्ष, काठमाडौँ युनिभर्सिटि ।

अपडेट: काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क ले आयोजना गरेको कार्यक्रम "मानवअधिकार र युवाको भूमिका" विषयक कार्यक्रम मा मानवअधिकारकर्मी कृष्ण पहाडीले राख्नुभएको विचार सुन्नुहोस् । आज मिति २०६५ मंसिर २२ गते आइतबार का दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल मा “मानवअधिकार विश्वव्यापी घोषणापत्र,१९४८ डिसेम्बर १०” (Universal Declaration for Human Right) जारी भएको ६० औँ वर्ष को सन्दर्भमा काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क (Kathmandu University Amnesty International Youth Network) ले "मानव अधिकार र युवाहरुको भुमिका" विषयक अन्तरकृयात्मक कार्यक्रम गरेको थियो । कार्यक्रम मा तीन सय भन्दा बढि युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम तीन बजे सुरु भएर साँझ साँढे पाँच बजे सकिएको थियो । कार्यक्रममा, काठमाडौँ विश्वविद्यालय का भूतपुर्व विद्यार्थीहरुले निर्माण गरेको “उजेली” नामक वृतचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रम को सभापतित्व काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क का संयोजक ओमप्रकाश सापकोटा ले गरेका थिए । कार्...

यहाँ म बम को कुरा गर्दैछैन, तर बम विस्फोटनले पारेको असर फोटो मार्फत देखाउँदैछु । हुन त फोटो को लागि भनेर छुट्टै ब्लग बनाएको छु, अनि कम्प्युटर टेक्नोलोजी को लागि अर्को बनाएको छु । तर अहिले एउटै ब्लगमा पनि समय दिन गाह्रो बैरहेको छ, अत: सबै ब्लग अपडेट गर्नु भनेको काम गाह्रै हुँदोरहेछ । हुन त म समय यही ब्लगलाई दिने गर्छु, अनि खासमा भन्ने हो भने, अरु ब्लगलाई प्रमोट पनि गरेको छैन तर पनि नतिजा सन्तोषजनक नै छ । यहाँ म दिनहुँजसो झुल्कन्छु भने अरु ब्लगमा महिनौँ पनि रेगुलर नहुन सक्छु, यसका आफ्नै कथाहरु छन् । खैर, आज को पोष्ट को प्रसंगमा जाउँ होला । यहाँ फोटोहरु राखिएको छ, करिब महिना दिन अघि रौतहटको चन्द्रनिगाहपुर मा बम पड्किएको स्थल को । बाँकि कुरा त यही फोटो अनि क्याप्सन ले भन्नेछ । एक महिना अघि दुई जना बालबालिका को मृत्‍यु हुने गरी चपुर चोक मा भएको बिस्फोटको कारणले सुकेको रुख । मध्यमाञ्चल महोत्सब को प्रचार को लागि राखिएको ब्यानर। गौरमा भएको उक्त महोत्सबमा भएको बिस्फोट ले गर्दा पुरै महोत्सब नै असफल भएको थियो। सबै फोटोहरु दाजु "मेलोडियस मिलन" ले अस्ति रौतहट जाँदा खिच्नुभएको हो । आजै केह...

These photos are taken in one evening from Kathmandu University, Dhulikhel.

रुनु थियो सँधैभरि, हाँस्न सकिएन । उदासि यो जिवनमा खुशि भेटिएन ॥ संगी मेरी गईसकी, चट्टमाया मारी । झरीसरी आशुँ झर्छ, थाम्न सकिएन ॥ तिम्रो याद एकाएकै, आउँछ आजभोलि । सपनीमै भएपनि, भेट्न सकिएन ॥ सपनाका महलहरु, कति थिए यहाँ । भत्के सबै कम्पिएर, रोक्न सकिएन ॥ तिमीबिना एक्लै अब, बाँच्ने छैन मन । आफैँलाई आफैँ किन रेट्न सकिएन ॥ -मुकुन्द अनडेस्टिनि बायोटेक - दोश्रो वर्ष, केयु

पानी खान पाइएन, पानी को हाहाकार छ । पानी नपाउँदा कस्तो हुन्छ, सायद मैले भनिरहनु पर्दैन होला । तर पनि मेरा लागि नयाँ अनुभव नै हो, पानी को लागि तड्पिनुपरेको । शान्तिपुर्ण आन्दोलन नसम्झने अनि बुझेर पनि बुझ पचाउने प्रशासन, अनि तोडफोड नगरी कुनैपनि समस्या को समाधान निस्कँदैन भन्ने जनता, खै, के भन्ने - के भन्ने, कोही पनि कम छैनन् । पानी आन्दोलन को घोषणा गरेको करिब हप्ता दिन अगाडि तर सम्बन्धित पक्ष को ध्यान गएन, या भनौँ सम्झन चाहेनन् । केही दिन अघि यहाँ, "खानेपानी उपभोक्ता समिति" को पुतला पनि बनाइएको थियो । अनि हिन्दु बिधि अनुसार हरियो बाँस मा कात्रो ले नै बेरेर केयु गेट अगाडि जलाइएको थियो, चेतावनि सहित माग पुरा नभए, कडा रुपमा प्रस्तुत हुन्छौँ भनेर । तर त्यतिखेर कसैको कान मा बतास पसेन, कुनै मिडिया ले फुकेन । जब पाइप फुटाइयो, सबैको एकैपटक आँखा खुलेको छ । मिडियामा पनि राम्रै कभरेज छ अनि केयु मा पनि यसै विषयमा मिटिङ चलिरहेको छ । अब पाइप कहिले जोडिने हो, कहिले पानी को सप्लाइ यथावत हुने हो, अनिश्चित नै छ । अनिश्चितताको बिचमै केयुमा भने, केही ट्याङ्कर खानेपानी ल्याइएको छ । तर ओसारेको पानील...

ब न्द ! बन्द को अर्थ थाहा नपाउने अनि बन्द नभोग्ने नेपाली कोही छैन होला । बन्द महिना मा कतिपटक होला ? एकपटक अनुमान गर्नुहोस् । मलाई थाहा छ तर तपाई को अनुमान मिल्नेवाला छैन कारण महिना मा कतिदिन बन्द हैन, कतिदिन खुल्ला हुन्छ भनेर प्रश्न गर्नु उचित होला । अब सायद, प्रश्न केही सजिलो भयो कि ? लोकतन्त्र सँगै, छाडातन्त्र अनि अराजकतन्त्र पनि भित्रिएछ, हाम्रो नेपाल मा थाहा नै नपाइ । अनि हामीलाई नराम्रोसँग गाँजिरहेछ, यही छाडातन्त्र र अराजकताले । लोकतन्त्रलाई यहाँ गलत व्याख्या गरिँदैछ, अराजकतालाई बढावा दिँइदैछ । यस्तो अराजकता बढ्दैगएमा, मुलुक मा ठूलो दुर्घटना अवश्य हुनेछ, यसमा कुनै दुईमत नहोला । बन्द किन हुन्छ, अनि के कारण ले हुन्छ । मैले पहिले नै लेखिसकेको छु, एकपटक यहाँ हेर्नुहोला है, धेरै कुरा स्पष्ट हुनेछ । भन्दिहालौँ, “बन्द” भन्ने पोष्ट कान्तिपुर एफएम बाट बजिसकेको छ, अनि डामाडोल डटकम मा पनि छापिएको छ । बन्द को बिरोध मा कतिपटक लेखियो होला, कतिपटक कुरा गरियो होला, अनि कति पटक त्यस्ता समूहलाई सम्झाइयो होला अनि, हप्काइयो होला, अनि कतिपटक प्रतिबद्धता पनि लिन लगाइयो होला । तर “काग कराउँदैछ, पिना ...

पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू कोमल हात थाम्न खोजे, छुटाइदिन्छ्यौ सानू माया तिम्रो कति लाग्छ, धड्कन बनि हेर (२) तिमी हिँड्ने बाटो कुर्दा, ठुस्किदिन्छ्यौ सानू पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू । तिमी हाँस्दा ओठभरि, लालीगुँरास फुल्छ नजरमा नजर मिल्दा, झुकाइदिन्छ्यौ सानू मुटु भित्र कति कुरा, सुनाउ भन्छु मैले (२) तिम्रो सामु पुग्दा मात्रै, भुलाइदिन्छ्यौ सानू पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू । मैले पुग्ने गन्तव्य त, वादल पारी देश छाडि जाने पाइला मेरा, रुकाइदिन्छ्यौ सानू माया पाउने आशै-आशमा, कुर्दा कुर्दा ऐले (२) छिया-छिया पारी मुटु, रुवाइदिन्छ्यौ सानू पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू । -मुकुन्द “अनडेस्टिनी” बायोटेक दोश्रो वर्ष, केयु

एपीजे अब्दुल कलाम, उनी साहित्यकारभन्दा पनि राष्ट्रपति हुन्, त्यसभन्दा पनि वैज्ञानिक हुन्, अझ त्यसभन्दा पनि खुला हृदयका धनी मानिस हुन् । साधारण लवाइ-खुवाइमा जीवन व्यतीत गरिरहेका मर्धन्य प्रतिभाका धनी यी विश्वप्रसिद्ध वैज्ञानिकको नेपाल आगमन अहिले चर्चाको विषय बनेको छ । आफ्नो मिहिनेत र बलबुताले देशलाई आणविक शक्तिसम्पन्न बनाउँदै भारतमा वैज्ञानिक क्रान्तिको सूत्रपात गर्ने त्यहाँका ११ औं राष्ट्रपति डा अभुल पकिर जैनुलाब्द्दिन अब्दुल कलाम आज मंगलबार हुने काठमाडौं विश्वविद्यालयको १४ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा आएका छन् । आफू धर्तीमा आएपछि पृथ्वीले ७७ चोटी सुर्यको फन्को मारिसकेको बताउने कलामले भर्खरै एक टीभी च्यानलस“गको अन्तर्वार्तामा पृथ्वीजस्तै निरन्तर आफ्नै कार्यपथमा लम्किरहने बताए । विश्वका ३० भन्दा बढी विश्वविद्यालयबाट डाक्टर उपाधिद्वारा सम्मानित कलाम 'एरोनोटिकल इन्जिनियर' हुन् । महाशक्ति राष्ट्रहरूको निमन्त्रणालाई अस्वीकार गर्दै कलामले भारतमै पहिलोपटक सफलतापुर्वक स्याटेलाइट प्रक्षेपण गरे, जसले भारतलाई 'स्पेस क्लब'को सम्मानित सदस्य पनि बनायो । विभिन्न इन्स्टिच...

मृत्युको पगरी गाँसिएरै जन्मेको 'मानिस' हरेक समय त्यो अद्भुत शक्तीको खोजी गर्दैछ जसको अधिनमा रहेर उसले यस संसारमा अभिनय गरिरहेको हुन्छ। आत्माका अनुभुतीहरु आफै नै त्यो अलौकिक शक्तीको ज्वारभाटाबाट निस्केका झिल्का हुन। मुटुमा हात राखेर हामीले परमात्मालाई अनुभुत गरेका छौं, अंगालोमा बेरिएर हामीले त्यो ओजश्वी शक्तीको परीक्षण गरेका छौं। स्वयंले बिकास गरेका अनगिन्ती नाता सम्बन्धहरुले ब्यक्ती आँफै भ्रमीत हुँदैछ र मात्र हो, नत्र, परमेश्वरको अथाह शक्ती आफैमा निहित नभएको भए चन्द्रमा र मंगल ग्रह सम्म पुग्ने क्षमता उसमा कसरी बिकास हुन्थ्यो! हरेक ब्यक्ती बिशाल छ, ठूलाठूला युद्ध उसले जितेको छ उसका कर्तुतहरुको लागि इतिहाँस साक्षी छ तर पनि त्यो बिशालता भित्र सबैभन्दा पातलो र कमलो 'मन' राखिएको छ। त्यो पलभरमा हात्ती जस्तो गर्‍हुङ्गो हुन्छ अनी एकैक्षणमा फेरी चङ्गा जस्तो तैरिन्छ। आफ्नो जवानी र जोशमा ठूलाठूला सपना बोकेर त्यो गर्‍हुङो बन्छ भने सानो झट्का र आत्मामा लागेको चोट सहन नसकेर आँफै बरबाद पनि हुन्छ। प्रचुर प्राकृतिक श्रोत र साधनले सम्पन्न भएकै कारण अरबीहरु संसारको ध्यान केन्द्र बनेका छ...

हजुरबुवा र म बिच कुराकानी भैरहेको छ । हजुरबुवालाई म पुराना कुराहरु सोध्दैछु, हजुरबुवा जवाफ दिनुहुन्छ, मेरो मन मा खुल्दुली झनै बढ्दै जान्छ । म सोध्छु “बा” (हजुरबुवा) दिनुहुन्छ, कुनै ईन्टरभ्यु लिएजस्तो । दशैँको कुराबाट सुरु भएको हाम्रो गन्थन धेरै पछाडि का पुराना कुराहरु सम्म पुगे । “पहिले नुन कसरी ल्याउनुहुन्थ्यो ?”, बा जवाफ दिनुहुन्छ – “दशैँ अगाडि माझिलाई १०-१५ रुपैँया दिएर लेकबाट आलु ल्याउन लागाइन्थ्यो, अनि तिहार पछि बेच्न पठाइन्थ्यो” । “वास्तवमा बाहुन बाठा नै हुन्, सबै माझिलाई फर्किँदा आफ्नो लागि एक पाथि नुन ल्याइ’दे भनिन्थ्यो, अनि सबैले ल्याउने भएकोले, धेरै भइहाल्थ्यो, वर्षभरिलाई पुग्थ्यो” । मेरो प्रश्न –“काम गरेको ज्याला दिइन्थ्यो त ?”, “काँ’दिनु, उनीहरुले लगेको ऋण नै फर्छौट हुँदैनथियो, तर काममा आएकालाई भने खाजा खुवाइन्थ्यो” – हजुरबुवाले भन्नुभयो । यस्तै कुराहरु भइरहेको वखत मैले प्रसंग बदलेँ । हुन त मलाई बुढा पुरानका “गफ” सुनिरहन मन लाग्छ । त्यही भएर पनि मैले कुरा अन्तै तिर मोड्ने हिसाबले सोधेँ “बा, यो विर, मसान, भुत प्रेत भन्ने हुन्छ ?”, “भूत भन्नाले याद आयो, एकपटक मेरो भुत सँ...

सानो कोठा, कोठाभरि अध्याँरोको साम्राज्य छ, सानो आँखिझ्यालबाट जुनका केही किरणहरु छिर्दै भित्रको अँध्यारोसँग जुधिरहेको थियो जसले त्यस आँखिझ्याल नजिकैका ठाउँमा अस्पष्ट आकृति देखिन्थे । अँध्यारो गुजुल्टोबाट केही बढीरहेको भान हुन्छ, त्यो आकृति त्यही आँखिझ्यालनिर रोकिन्छ । झट्ट हेर्दा कुनै पुरुषको जस्तो लाग्ने त्यो आकृति निकैबेर त्यहाँबाट चियाइरहन्थ्यो, कै’ले झोक्राएको त कैले आशुँ पुछेकोजस्तो लाग्थ्यो । ढ्याप्प आवाज आउँछ र केही छिनमा नै हातमा मैनबत्ति लिएर अस्वभाविक हिँडाइमा एक महिलाको प्रवेश हुन्छ । “सुत्‍नुभा’को”, यो आवाज सुनेर त्यो पुरुष झस्किन्छ । धेरै बेर पछि त्यो पुरुष ले जवाफ फर्काउँछ । “तिमीले भान्सा सकायौ, आज निकै अबेर भैसक्यो” । नजिकैको खोपीमा बलिरहेको सानो मैनबत्तिको कमजोर किरण र अध्याँरोको महासंग्राम भइरहेको बेला ती महिला र पुरुष आकृति अति चम्किला देखिन्थे । “आज हजुर, किन त्यसरी रिसाउनुभा’को, मेरो भाग्य यस्तै रै’छ, म अभागिनि ले गर्दा तपाई किन दु:ख पाउनु” एकैछिन मौनता छायो, यतिबेलासम्म मैनबत्ति वरिपरि स-साना किरा र पुतलीहरु आफ्नो मृत्युको लागि होडबाजी गरिरहेकाथिए । “तपाई, अर्की ब...

विगतका वर्षहरु झैँ यसवर्ष पनि काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । यही २००८,नोभेम्बर १० तारिख सोमबार (कात्तिक २५ गते) का दिन, केयु युथ रेडक्रस सर्कल ले काठमाडौँ विश्वविद्यालय, धुलिखेल प्रांगण मा रक्तदान को कार्यक्रम आयोजना गर्दैछ । ईच्छुक व्यक्तिहरुलाई सो दिन, केयु मा उपस्थित भएर रक्तदान गरिदिनहुन यसै ब्लगमार्फत अनुरोध गरिन्छ । बिहान करिब ११ बजे देखि रक्तदान कार्यक्रम सुरु हुने कुरा, काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल ले जनाएको छ । स्मरणिय रहोस्; "रक्तदान जिवनदान हो" "क्लब '०७" ले प्रसिद्ध हाँस्यव्यंङ्ग्य कलाकार मनोज गजुरेललाई हाँस्यव्यंङ्ग्यात्मक कार्यक्रम का लागि काठमाडौँ विश्वविद्यालय मा निम्त्याउँदै छन् । मिति: मंसिर ८ गते स्थान: काठमाडौँ विश्वविद्यालय,धुलिखेल समय: बेलुका ठिक ४ बजे त्यस्तै २००८, नोभेम्बर १२ तारिख बुधबार (कात्तिक २७ गते) का दिन काठमाडौँ विश्वविद्यालय जियोम्याटिक्स ईन्जिनियरिङ सोसाइटिले "ग्रेटर नेपाल" (Greater Nepal - In Quest of Boundary) नामक वृत्तचित्र को प्रदर्शनी गर्ने भएको छ ...

केही समययता: ईन्टरनेटमा नेपाल का अर्थमन्त्रि डा. बाबुराम भट्टराई को फेसबुक प्रोफाइल का बारेमा चर्चा भैरहेको छ । कोही भन्छन् यो भट्टराई को नक्कली फेसबुक प्रोफाइल हो, अनि कोही भन्छन् यो नै सक्कली हो । उनी बाबुराम भट्टराई नै हुन् । यस्तै-यस्तै खुल्दुलीहरुले निकै चर्चा पाएको छ वेवसाइट र ब्लगहरुमा अनि व्यक्तिगत भेटघाट का बखत पनि केही हदसम्म भट्टराईको फेसबुक प्रोफाइल को चर्चा हुने गरेको थियो । "होइन होला, काँ मन्त्रि फेसबुक चलाएर बस्छन् ?", "हैन, यीनी कम्प्युटर प्रविधि - ईन्टरनेटमा चासो राख्छन्, अनि फेसबुक पनि यीनकै हो रे", यस्तै-यस्तै कुरा चलिनैरहेको छ । फेसबुक बिना अहिले के के नभएजस्तो लाग्न थालेको छ, फेसबुक का प्रयोगकर्ताहरुलाई । अत: फेसबुकमा एकपटक छिरेपछि मान्छे त्यहाँ भित्र नै हराउँछ । सिम्पल र क्लियर डिजाइन अनि चलाउन सजिलो भएकोले प्राय: सबै यसतर्फ आकर्षित हुँदै गएकाछन् । खैर, यहाँ म डा बाबुराम भट्टराईको फेसबुक प्रोफाइल को बारेमा चर्चा गरिरहेछु । हामीहरुका विभिन्न अड्कलबाजीहरुका बिच, आज भट्टराईको एक पत्रले,फेसबुक प्रोफाइल भट्टराईकै हो भन्ने कुरा पुष्टि भएको छ । इन्टन...

यहाँ पनि मोबाइल कै कुरा । मोबाइल अर्थात अहिले हामीले भोगिरहेको नेटवर्क को समस्या । हुन त यहाँ कुरा गर्नलाई विषयको खाँचो छैन । विषय प्रशस्त छन्: जस्तो कि, यहाँ को लोडसेडिङ, अनि दिनैपिच्छे बन्द भैरहने बजार र राजमार्ग, डान्सबार को रात्रिजिवन मा बन्देज लागेपछि को अवस्था, क्यासिनो काण्ड,फुटपाथको आन्दोलन, अनि राजनितिक दाउपेचहरु, खानेपानीको समस्या, अनि बेला-बेला उपराष्ट्रपति को बोलि ले ल्याउने तरंग, अनि कोही लुटिइरहेका, कोही मरिरहेको अवस्था आदि ईत्यादी ! यहाँ समस्याको जालो मात्र देखिन्छ तर नेताले गर्ने प्रत्येक भाषण मा "नयाँ नेपाल" भन्ने शब्द हुन्छ, जुन सुन्दा साह्रै कर्णप्रिय लाग्छ तर व्यवहारमा लागु नभइदिनाले गर्दा हामीले मनको लड्डु घिउ सँग खाएर बस्नु बाहेक अर्को कुनै उपाय छैन । लोडसेडिङ को कुरा पुरानो भै'सक्यो भन्दा हुन्छ र अब लोडसेडिङ बाट पार पाउन कम्तिमा पनि ४-५ वर्ष कुर्नुपर्छ रे ! अनि बारम्बार हुनेगरेको बन्द को महिमा पनि कम छैन । तर एउटा कुरा चाँहि उदेक के छ भने, काठमाडौँ उपत्यका मा गरिएको बन्द १-२ दिन मै पारलाग्छ तर विभिन्न जिल्लामा हुने बन्दहरु भने निकै लामो समयसम्म लम्ब...

“नहाँसेर बाँच्न नसकिने जिवन तर हाँसेर बाँच्न नपाएको मान्छे, आफैँमा कति ठूलो बिरोध हो ।” सायद यी माथिका हरफहरु साहित्यिक कार्यक्रम बुलबुल कै कुनै अंकमा सुनेझैँ लाग्छ । कहिलेकाँहि घोत्लिने गरेको छु, तिनै शब्दहरु माथि, तिनै भनाइहरु माथि ! साँच्चै, हाँस्नै नपाएको मन को पिडा कस्तो हुन्छ होला ? अनि पिडा कति अथाह हुन्छ होला ? अनुमान गर्न निकै नै मुस्किल छ । तिहार को टिका लगाइसकिएको थियो । अनि खाना खाएर दिउँसो एकछिन तेर्सो बसेथेँ, भुसुक्कै निदाएछु, बिउँझदा बेलुका को ४ बजिसकेको थियो । उठ्दा खेरि मोबाइल मा एसएमएस आ’को संकेत बजिरहेको थियो, हत्तपत्त एसएमएस हेरेँ, लगभग १ घन्टा भइसकेछ एसएमएस आएको, एसएमएस पढेँ । यहाँ एसएमएस मा के थियो भनेर उल्लेख नगरौँ तर एसएमएस मा कसैको वास्तविकता थियो, कसैको कथा थियो, अनि कसैको व्यथा थियो, अनि कसैको तितो यथार्थ थियो, अनि कसैका लागि बल्झिएको घाउ थियो । साँच्चै भन्ने हो भने, एसएमएस मा कसैको जिवन भोगाइको तितो यथार्थ र वास्तविकता थियो । अनि वर्णन नै गर्न नसकिने एउटा अथाह पिडा थियो, अनि ती पिडाहरु मेरो सामु छताछुल्ल पारिएको थियो एसएमएस मार्फत । “सुख बाँढ्दा सुख बढ्छ भन...

YOU DIDN'T SEE, MY LIPS ARE SEALED SO YOU ASK, FOR A LARGE SMILE THAT'S WHY IM SORRY YOU DIDN'T SEE, MAKING MY FEELINGS FUN SO YOU ASK, TO STIR IN LAUGHTER THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, MY HEART IS BROKEN SO YOU ASK, TO BE HAPPY THAT'S WHY IM SORRY U DIDN'T SUFFER, THE BITTERNESS EVER SO YOU ASK, TO TRUST YOU UPON THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, LET DOWN BEFORE SO YOU ASK, TO MAKE RASH PROMISE THAT'S WHY IM SORRY Mukunda Undestined BIO.TECH 2nd year KU

खै, के हो त्यतिसारो चाँहि बुझिएन तर पनि ठूलै अनुष्ठान भैरहेको थियो त्यस मन्दिरमा ! सायद कुनै सम्प्रदाय को मन्दिर थियो, सायद कृष्ण प्रणामी, वैष्णब या अन्य यस्तै कुनै सम्प्रदायको कार्यक्रम त्यस मन्दिरमा थियो । कार्यक्रम या अर्थात पुराण या अन्य यस्तै केही धार्मिक कार्यक्रम थियो, जहाँ ठूला – ठूला पण्डितजीहरु प्रवचन दिनेगर्थे । दिनहुँ भक्तजनहरु आउँथे, गुरुहरुका प्रवचन सुन्थे, फर्कन्थे । प्रवचन को बिच-बिचमा भजनहरु हुन्थ्यो, भजनमा ती बुढाबुढीहरु पनि उठेर नाच्ने गर्थे, निकै रमाइलो हुने गर्थ्यो, त्यो प्रवचन को कार्यक्रम । मुख्य रुपमा प्रवचनमा पण्डितहरुले सबै का ईश्वर एकै हुन् भनेका भएपनि, आफ्नै सम्प्रदायलाई माथि देखाउँथे, अरु का दाजोँमा । आफ्नो सम्प्रदाय ठूलो र विशाल छ भन्थे । तर यसो भन्दैमा त्यहाँ, हिन्दु, मुस्लिम, ईशाइ धर्मआदिलाई होच्याउने काम भने भएको थिएन । मात्र यही सनातन हिन्दु धर्म का हामी एक सम्प्रदाय हौँ भन्थे, तर आफूलाई जस्तोसुकै तर्क दिएर भएपनि माथि पार्थे । उदाहरणका लागि, प्रणामी को कार्यक्रम मा, उनीहरु गोलोक र राजी बाहेक केही भन्दैनथे, उनै परमात्मा हुन भन्थे । अनि वैष्णव ले परमात्म...

तिहार लागिसक्यो भन्दा हुन्छ । तिहार मा निकै रमाइलो पनि गरिन्छ, अनि देउसी भैलो पनि खेलिन्छ । यहाँ आज, सिस्नुपानी नेपाल ले खेल्ने देउसी को शब्द राखिएकोछ, जहाँ विकृति र विसंगति माथि कडा प्रहार गरिएको छ । आशा छ यो देउसी अवश्य मन पर्नेछ । ए भन भन भाई हो- देउसिरे ! ए भन भन बैनी हो- देउसिरे ! कुनै बेला हाम्रो- देशैमा ! किनिने बेचिने- केशैमा ! सम्सदबाट बोका- हराउथे ! हङकङमा पुगेर- कराउथे ! तस्करले तिन्लाई- चराउथे ! राजाले उठ्बस- गराउथे ! अहिले दरबार- रित्तो छ ! राजा छैनन- भित्तो छ ! भित्तामा गणतन्त्रको- नारा छ ! देशमा उही- पारा छ ! भन भन साथी हो- के भन्ने ? संबिधान छिटो- ले भन्ने !! राजा छैनन- भित्तो छ ! भित्तामा गणतन्त्रको- नारा छ ! देशमा उही- पारा छ ! भन भन भाई हो- जनता भन भन बहिनी हो- जनता जोड्ले भन- जनता राम्ररी भन- जनता पञ्चले भन्थे- जनता राजाले भन्थे- जनता नेताले भन्थे- जनता पार्टीले भन्थे- जनता सरकारले भन्थे- जनता वाइसियल भन्छ- जनता युथफोर्सले भन्छ- जनता ज्वाला सिह भन्छ- जनता कोब्रा सिह भन्छ- जनता गब्बर सिह भन्छ- जनता बब्बन सिह- जनता टाइगर सिह भन्छ- जनता सैतान सिह भन्छ- जनता रिनमा डुब्छ...

हामी अहिले प्राय: सोसल नेटवर्किङ साइट “फेसबुक” चलाइरहेका छौँ । यो फेसबुक हिजोआज ब्लग भन्दा पनि पपुलर भैरहेकोछ, कारण हो सबैका गोप्य खबरहरु, समस्याहरु, अनि नयाँ कामहरु फेसबुक मार्फत सार्वजनिक भैरहेको छ । त्यस्तै नेपाल मा पनि केही महिना यता फेसबुक मा धेरै नेपालीहरु जोडिएको कुरा सुनिन आएको छ भने, फेसबुक मा मान्छे चिन्न, अनि पत्रकारहरु, गायक-गायिकाहरु, नायक, मन्त्रीहरु तथा साथिहरुका गतिबिधि थाहा पाउन एकदम सरल माध्यम भएको छ । मेरै कुरा भन्नुपर्दा पनि, फेसबुक बाट धेरै कुरा को जानकारीहरु पाइएको छ, जुन सार्वजनिक मिडियाबाट थाहा पाउन सकिएको छैन । त्यस्तै फेसबुक बाट कसले के गर्दैछ, अनि के गरिरहेको छ, के समस्या छ, लगायत विविध कुराहरु थाहापाइरहिएको छ, जुन प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हामीसँग पनि जोडिएको छ । तर आज यहाँ म, अष्ट्रेलियाको सिड्नी मा रहेको एक टेलीसेन्टरमा फेसबुक को कारण तनाव भएको कुरा बताउँदै छु, जहाँ अहिले अफिसले आन्तरिक रुपमा फेसबुक को अनुसन्धान गरिरहेकोछ । उक्त टेलिसेन्टर को प्रशासन ले अहिले Kyle Doyle र उनको बोस बिच भएको इमेल संसारभर सार्वजनिक भएपछि, यस मामला मा आन्तरिक अनुसन्धान सुर...

In my school days, I used to talk about college life with my friends. I want to be college student and want to enjoy most lovely life. After I entered in it, I experienced most of moments and suffer something new which I never had expected before. It's all about changing trends of college life. Most of us have enjoyed breaking the traffic rules in our customized bikes which also are causes of maximum accidents and we don't mind disturbing people by our noisy bikes. Bunking classes is most common and most of us have enjoyed it. In my perspective, it's not wrong because we can explore new place with our friends where we never have been before or this may be our suitable moment to spend with our loved ones. Sometimes bunking classes and going to first show of newly released movie makes us surprise when we meet our friends or relatives that have been dead for years but sometimes it is embarrassing to watch movie in college dress when we meet our teachers or seniors in cinemas d...