Skip to main content

एउटा बेग्लै अनुभुति : बुलबुल

मृत्युको पगरी गाँसिएरै जन्मेको 'मानिस' हरेक समय त्यो अद्भुत शक्तीको खोजी गर्दैछ जसको अधिनमा रहेर उसले यस संसारमा अभिनय गरिरहेको हुन्छ। आत्माका अनुभुतीहरु आफै नै त्यो अलौकिक शक्तीको ज्वारभाटाबाट निस्केका झिल्का हुन। मुटुमा हात राखेर हामीले परमात्मालाई अनुभुत गरेका छौं, अंगालोमा बेरिएर हामीले त्यो ओजश्वी शक्तीको परीक्षण गरेका छौं। स्वयंले बिकास गरेका अनगिन्ती नाता सम्बन्धहरुले ब्यक्ती आँफै भ्रमीत हुँदैछ र मात्र हो, नत्र, परमेश्वरको अथाह शक्ती आफैमा निहित नभएको भए चन्द्रमा र मंगल ग्रह सम्म पुग्ने क्षमता उसमा कसरी बिकास हुन्थ्यो! हरेक ब्यक्ती बिशाल छ, ठूलाठूला युद्ध उसले जितेको छ उसका कर्तुतहरुको लागि इतिहाँस साक्षी छ तर पनि त्यो बिशालता भित्र सबैभन्दा पातलो र कमलो 'मन' राखिएको छ। त्यो पलभरमा हात्ती जस्तो गर्‍हुङ्गो हुन्छ अनी एकैक्षणमा फेरी चङ्गा जस्तो तैरिन्छ। आफ्नो जवानी र जोशमा ठूलाठूला सपना बोकेर त्यो गर्‍हुङो बन्छ भने सानो झट्का र आत्मामा लागेको चोट सहन नसकेर आँफै बरबाद पनि हुन्छ।

प्रचुर प्राकृतिक श्रोत र साधनले सम्पन्न भएकै कारण अरबीहरु संसारको ध्यान केन्द्र बनेका छन्। बिश्व उर्जालाई आफ्नो हातमा लिएर बिकासको बाटोतर्फ उन्मुख अरबी बस्ती अब कोलाहल मुक्त भने छैन। सोही कोलाहलका माझ शान्त-सन्नाट् रात्रीलाई छिचोल्दै गुनगुनाउने एउटी बुलबुल चरी उँड्दै-फिर्दै हिमालयको काखमा आईपुगेको तबमात्र थाहा लाग्यो जब उनको रोदन काठमाडौंको एउटा रेडियो मार्फत बुलबुल नामको प्रस्तुतीमा सुनियो। त्यो रेडियोको अस्तित्व भताभुङ्ग भएको छ तर बुलबुल चरी भने असन, कमलादी, बौद्धका गल्ली कुना कन्दराबाट आज पनि उत्तिकै सूरिलो स्वरमा गाउँदै छिन्। उनी कहिले स्वयम्भु-चैत्यको टुप्पोमा भेटिन्छिन त कहिले गोदावरीको मैदानमा, कहिले नगरकोटको मनोरमतामा मस्त त कहिले रत्नपर्कको होहल्लामा ब्यस्त।

जीवनका आरोह अवरोहहरुमा प्रणय सम्बन्धको एकाकार र महिमा बुलबुलको बिशेषता हो। श्रींगार जसको अस्त्र हो। कोशी नदीको अभिशापदेखी दसैंमा टाढीएका प्रियासँगको अलाप बुझन सक्ने बुलबुल, अब आफ्नो अभिब्यक्तीलाई समानान्तर स्वरका धनी र वाचनकलामा निपुण अच्युत घिमिरेका कोकिल कण्ठ मार्फत सुन्न मिलेको छ- घिमिरे उनै हुन जसले ईरानबाट आएकी बुलबुललाई नेपालमा बास दिएका थिए। ध्वनीबोधक र शास्त्रीय शैलीको प्रस्तुतीले शोभायमान यस कार्यक्रममा फारसीबाट आयातित भएपनि नेपाली ढंगले जुर्मुराएका गजलको चिरोफारो र प्रतिभाको चर्चा गरिन्छ। प्रसंग हो, रेडियो कार्यक्रम "बुलबुल" को ! कपुरी 'क' मार्फत प्रसारण भैरहको एकसमय को चर्चित रेडियो कार्यक्रम "बुलबुल" यहाँहरु ले यस ब्लग बाट अनलाइन सुनिरहनु भएको छ "आकार लाईभ" मार्फत ।

गजल के हो मलाई थाहा छैन, तर मलाई गजल सुन्न मन लाग्छ । कपुरी 'क' भन्छ: "गजल अनुभुती-तत्वसँगको समागम हो। बिम्ब र प्रतिकको जगमा यो अमर प्रेम स्वरुप भएर अडिएको हुन्छ।" तर पनि म यहाँ गजल को बारेमा पोष्ट गर्दैछु, यो आफैँ मा कति विरोधाभासपुर्ण छ ।

गजल को बारेमा कुरा गर्दैछु भन्ने बित्तिकै म यहाँ "बुलबुल" सम्झन चाहन्छु । सायद म कहिले गजल सुन्ने थिइन होला, यदि "बुलबुल" भन्ने कार्यक्रम रेडियोबाट नबजेको भए, अनि उनै अच्युत घिमिरे ले सञ्चालन नगरेको भए । हुन त यहाँ हामी माझ कति धेरै रेडियोहरु छन्, अनि यस्ता साहित्यिक कार्यक्रम त कति बज्छन् कति, तर मलाई "बुलबुल" बाहेक अरु ले मोहनी लाउनै सकेन, "बुलबुल" को नशा ले मलाई लठ्ठ पार्दैछ,अनि म प्रत्येक दिन यही म सँग भएका ५-६ वटा कार्यक्रमहरु दोहर्‍याएर सुनिरहेको छु । हुन त अब "बुलबुल" रडियो मा बज्दिनन्, उनी सायद केहीबेर थकाइ मार्दैछिन । आश लागेको छ, उनी कुनै दिन आउनेछिन् ।

भर्खरै पाएको एक इमेल मा यसै बुलबुल कार्यक्रम का सञ्चालक अच्युत घिमिरे लेख्छन् अब उनी एउटा रेडियोमार्फत फेरी आउँदैछन् । उज्यालो ९० एफएम मार्फत "श्रुति सम्बेग" नामक कथा वाचन को कार्यक्रम सुन्न पाउनुहुनेछ । हप्तामा दुइपटक मंगलबार र शुक्रबार राती नेपाली समयअनुसार ९ बजे "श्रुति सम्बेग" आउँदैछ, उनै अच्युत घिमिरे को आवाज मा । सायद, बुलबुल बाहेक "रेडियो वाचन" भन्ने कार्यक्रम यहाँहरुले सुन्नुभएको भए, यसको रस थाहा पाउनुहुनेछ ।

मसँग लेख्ने कुरा केही छैन, यी कार्यक्रमहरुका बारेमा । म मात्र सुनिरहेको छु, "बुलबुल", अनि "रेडियो वाचन" लाई सम्झीरहेको छु, अब "श्रुति सम्बेग" सुन्नेछु निरन्तर । मेरो आग्रह एकपटक सुनौँ, कस्तो लाग्छ भनौँ है । "श्रुति सम्बेग" त यहाँहरुले अनलाईन पनि सुन्नपाउनुहुनेछ , रेडियो उज्यालो मार्फत प्रत्येक मंगलबार र शुक्रबार राती नेपाली समयअनुसार ९ बजे ।

के तपाई ले बुलबुल सुन्नुभएको छ ???
छैन भने, एकपटक सुन्नुहोस्, कस्तो लाग्छ, आफ्नो प्रतिक्रिया राख्नुहोस् ।
डाउनलोड गर्नुहोस् :
बुलबुल-१
बुलबुल-२
बुलबुल-३
बुलबुल-४
बुलबुल-५
बुलबुल-६
बुलबुल-७

नोट: यी माथिका "बुलबुल" का अंकहरु प्रसारण भैसकेका छन्, हामी हप्ताको एउटा नयाँ "बुलबुल" यहाँ बजाइरहनेछौँ, सुन्दैगर्नुहोला ।

- आकार व्दारा, कपुरी 'क' (सुन्ने ब्लग) को शब्द सापटि !

Comments

  1. Thank you Aakar jee for giving so much exposure about me and my programme. Ma aabhari chhu. Tapai le yesma byakha gare jatti nai huna ko lagi ma dherai bhanda dherai mihinet garnechhu. Thank you for loving me so much.

    Regards,
    Achyut Ghimire
    Kathmandu

    ReplyDelete
  2. गजलको संरचना र नीयम कानुन मलाई पनि थाहा छैन, तर म पनि बुलबुलको नया अंक देख्ने बित्तिकै सुन्ने गर्छु।

    मैले बुलबुलको अस्त्तित्व थाहा पाएको तपाईकै ब्लगबाट हो त्यसैले यो रोचक पक्षको जानकारि गराईदिनु भएकोमा तपाईलाई र यसलाई कठिन परीश्रमकासाथ निरन्तरता दिनुहुने कार्यक्रम का सञ्चालक अच्युत घिमिरेज्यू लाई धन्यवाद साथै यसको उत्तरोत्तर सफलातको लागी शुभकामना !

    ReplyDelete
  3. very good and interesting program BulBul!!

    ReplyDelete
  4. मलाई यहाँनेर एउटा पनि हुने कुरा भन्न मन लाग्यो (कसैलाई अप्रसां‍गिक लागे माफ गर्नुस है)
    म अच्युतजीसँगै काम गर्छु । जीन्दगीका केहि गर्व गर्न लायक कुरा मध्य यो पनि एउटा हो मेरो लागी । सँगै काम गर्दाका क्रममा सँगसँगै नेपालगंज ,बर्दिया, जिरी ,बाम्तीभन्डार गईयो । उहाँको सादगी, विष्लेषण क्षमता, गजल- दर्शन- मनोविज्ञान आदि विषयमा गहिरो ज्ञान, सरल नेतृत्व.. त्यसमाथी बुलबुलको ह्यांगओभर । बाम्तीभण्डारमा यस्तै बुलबुल जस्तै कार्यक‍म उहाँले लाईभ चलाईरहँदा म त सहन नसकेर बाहिर चौंरमा निस्केर धेरैबेर रोएँ । आमालाई सम्झेर रोएँ, मायालुलाई सम्झेर रोएँ । त्यो आवाज र शैली ले पत्थर से पत्थर दिललाई पनि पगालिदिन्छ । उहासँग सबैभन्दा सस्तो पसलमा चिया खान जानुको मजा पनि अर्कै छ । मलाई के पनि रमाईलो लाग्छ भने उहाँले हामीजस्ता केटाकेटीलाई खुबै हौसला दिइरहनुहुन्छ । उहाँकै रेगुलेट फिडब्याक र एनकरेजमन्टकै कारणले मलाई काम गर्न निकै सजिलो हुन्छ । उहाँले अब श्रुति संवेग चलाउने खबर सुन्दा मलाई पनि निकै खुशी लागेको थियो । यो गजबको निर्णय गर्नुभो उहाँले ।
    यो पोष्टको लागी आकारजीलाई धन्यवाद ।
    P.S अच्युतजी मैले पनि कुनै राम्रो कथा लेखें भने पढिदिनुस है ।

    ReplyDelete
  5. Yo article ma comment garne sabai lai mero dhanyabad. Avinashi, tapai lai bises. Kati dherai kura lekhnu vako ? Ma testo jaati chhu ra bhanya ? Malai ta darr po lagna thaalyo, tapai le bhane jati gun aafu ma develop garna sakina bhane ta tapai le lekheka sabai jhuta hunchhan bhanera. Anyway, thank you very much for motivating me in such a way. Awasya, tapai ko maatra haina, Shruti Sambeg ma fit hune gari jo kasai ko katha aaye pani ma padhna raaji chhu.

    ReplyDelete
  6. भनिन्छ आजका मितीतिर नेपाली साहित्य जगतमा सर्वाधिक लेखिने बिधा गजल भएको छ । कोही कोही भन्छन आज नेपाली भाषामा गजल लेख्ने गजलकारहरु दशौं हजार छन । सत्यता कति छ त्यसमा नजाउँ त्यतातिर तर गजल सम्बन्धि चासो राख्नेलाई होइन होला भन्ने लाग्दैन यो कुरा - खासमा मलाई । हो म पनि रुचिपुर्वक गजल पढ्ने सुन्ने गर्छु र केहि लेख्ने पनि गर्छु । पढ्न र सुन्नलाई जति सजिलो छ गजल लेख्नलाई त्यति नै दुश्कर छ भन्ने भर्खरै बुझेको छु मैले ।

    अच्युत घिमिरेको बुलबुल नियमित आकार पोष्टमै त्यसदिन देखि सुन्ने गरेको छु मैले जुनदिन आकारजीले तपाईंको गजल मैले बुलबुलमा सुनेको थिएँ कि भन्नुभएको थियो । मेरो गजल बुलबुलमा पक्कै वाचन गरिएको छैन भनेर मलाई राम्रोसंग थाहा थियो तर त्यसो भनिँदा नै मलाई बुलबुल सुन्ने ईच्छा जागेको हो र सुनेपछि बुलबुलले मोहनी लगाएको छ । एकाधपल्ट गजल ग्रुपमा पनि बुलबुलको चर्चा भएको थियो । गजल ग्रुपमा लेखिने गजलहरुको बुलबुलमा यौटा कार्यक्रम बनाइने सोच अच्युतजीले राख्नुभएको कुरापनि कसैले त्याँहा उल्लेख गर्नुभएको थियो तर त्यसबेला सम्म बुलबुलले बिश्राम लिईसकेको भनेर मैले आकारजी मार्फत नै थाहा पाईसकेको थिएँ ।

    जे होस् बुलबुल नाम नै लिएर अच्युतजीले नै पुन यो कार्यक्रम सञ्चालन गर्नुभएन भने नेपाली गजलको ईतिहासमा बुलबुल मात्र यौटा यस्तो कार्यक्रम बन्नेछ जस्को बराबरीमा पहिले त कुनै कार्यक्रम थिएन नै पछि पनि हुने छैन । श्रुति सम्बेग सुन्न पाईने कुराले मन प्रफुल्ल भएको छ । आशा गर्छु म र म झैं भनेको बेला समय दिन नसक्नेले बुलबुलझैं श्रुति सम्बेग पनि आकार लाईभमा सुन्न सक्ने छौं ।

    ReplyDelete
  7. Hello Aakar Bhai, I am reading and commenting on ur blog after a long time. It's good that you are writing here regularly unlike us, who are on and off, over the time. I know, it's a bit old post but I felt like commenting.

    The incident is of 2002-03, when I was in kathmandu. At that time, We, my brother Rewati and used to listened to Bulbul in Radio HBC. The programme was great and at that time, Achyut used to select one letter as a best letter of the month and used to play nice hindi gazals. I left Nepal in 2003 and thereafter have been to kathmandu only once in 2006 for a week. When I read about Bulbul in your blog, I initially thought it's still going on. When I read ur blog completely today, I now, know that bulbul has been stopped and it seems that HBC is no longer there though i knew disputes much earlier.

    Nice to see Achyut comments here, all the best to him. n you too. keep on writing.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…

यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी - मेरो लागि एपमा

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ ।


मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ ।

किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावेश गरिए…

Shruti Sambeg : Download तरुनी खेती

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।


विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5

Subscribe to Aakar Post