Skip to main content

Posts

Showing posts from July, 2017

अपडेट: माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज स्टोरमा राख्ने भएकोछ । एमएस पेन्ट हटाइने खबर फैलिएपछि, माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज अपरेटिङ सिस्टमबाट हटाइएपनि, विन्डोज स्टोरमा राखिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेको हो । एमएस पेन्ट चलाउन चाहनेहरुले विन्डोज स्टोरबाट डाउनलोड गरेर  निशुल्क चलाउन सक्नेछन् । - - - सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन । विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि  वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ । यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा

इन्टरनेट विनाको ईमेल ? 🤔 ५९ औँ प्रहरी सञ्चार दिवसको अवसरमा आइतबार नेपाल प्रहरीले इन्टरनेट बिनाको ईमेल प्रविधिको सुरुवात गरेकोछ । हाइ फ्रिक्वेन्सी रेडियो डाटा (H.F. Radio Data) को प्रयोग गरेर यस किसिमको प्रविधि सुरु गरेको नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । यो मिलिट्री स्ट्यान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड रेडियो ( Software-defined radio ) प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै ईमेल पठाउन सकिन्छ । यो प्रविधिलाई ईन्टरनेट सर्भर सँग जडान गरिने हो भने, इन्टरनेट चलाउन सकिन्छ । त्यस्तै ईमेल सर्भर सँग जडान गरिने हो भने व्यक्तिगत ईमेल ठेगानामा, यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । ईन्टरनेट नपुगेको ठाउँबाट अब प्रहरीले यसै प्रविधि मार्फत ईमेल, फोटो पठाउन सक्नेछन् । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि भएकोले नेपाल प्रहरीका लागि यो प्रविधि उपयोगी हुने देखिन्छ । यसका साथै दैवी प्रकोप र अन्य विपत्तीहरुमा सूचना आदान प्रदान गर्न यो प्रविधि प्रयोग गरेको खण्डमा निकै लाभदायक हुने देखिन्छ । स्रोत: नेपाल प्रहरीको फेसबुक पेज