Skip to main content

Posts

Showing posts from February, 2014

फेसबुकको लोकप्रियता सँगै "सोसल मिडिया मार्केटिङ"को ट्रेन्ड देखापर्यो । अझ फेसबुकले 'बिजनेस पेज'को अवधारणा ल्याएपछि र इन्टरनेट जनसङ्ख्या फेसबुकमा तानिएपछि, अधिकांश कम्पनी/ब्रान्डहरुले 'फेसबुक'मा आफ्नो उपस्थिति जनाउन थाले । कोकाकोला र रिहानालाई मात्र होइन, नेपाली अनलाइन टिसर्ट स्टोर 'थ्रेडपेन्ट्स'लाई पनि फेसबुक बरदान सावित हुँदैआएकोछ । फेसबुकका अनेकौँ फाइदाहरु हुँदाहुँदै पनि यतिबेला फेसबुक 'लाइक'का बारेमा विभिन्न टिका-टिप्पणीहरु आउने गरेकाछन्, विशेषत 'फेसबुक विज्ञापन'का कारण ।

सोसल मिडिया मार्केटिङ अहिलेको समयमा ब्रान्ड तथा कम्पनीहरुको लागि अत्यावश्यक कुरा हो । फेसबुक लगायतका केही मार्केटिङ एजेन्सीहरुले सोसल मिडिया मार्केटिङलाई 'फेसबुक विज्ञापन' र 'फेसबुक लाइक' हो भनेर बुझाउने गरेका कारण हिजोआज ब्रान्डहरु कंगाल भइरहेकाछन् । धेरै लाइक/फ्यान ल्याउन कम्पनीहरु फेसबुक विज्ञापनमा लाखौँ खर्च गरिरहेकाछन् तर वास्तविकतामा उनीहरु 'फेक' लाइक किनिरहेकाछन् जसको हुनु र नहुनुमा केही फरक छैन ।
ब्रान्ड तथा कम्पनीहरुले जानेर वा नजा…

सोसल नेटवर्किङ साइट फेसबुकले, ४५० मिलियन प्रयोगकर्ता भएको मोबाइल च्याट एप (कम्पनी) "ह्वाट्सएप" १६ बिलियन डलरमा किन्ने घोषणा गरेकोछ । फेसबुकव्दारा जारि विज्ञप्ति अनुसार फेसबुकले व्हाट्सएपलाई ४ बिलियन डलर 'क्यास' र १२ बिलियन डलर बराबरको फेसबुक सेयर दिनेछ। यसबाहेक फेसबुकले ३ बिलियन डलर आगामी ४ वर्षमा व्हाट्सएपका संस्थापक र कर्मचारीहरुलाई फेसबुक स्टकको रुपमा दिनेछ ।

@aakarpost १९ बिलीयन डलर भन्या १९ खर्ब नेपाली रूपैया, लगभग नेपालको ४ बर्षको बजेट ;)
— Akur Rimal (@fluctuating) February 20, 2014
विगत केही समययता भएका खरिदहरु मध्ये फेसबुक र व्हाट्सएपको डिल सबैभन्दा ठूलो हो । ट्विटरमा हामीले गुगल, फेसबुक, माइक्रोसफ्ट, याहु आदिले खरिद गरेको कम्पनीहरुबारे यसरी यसलाई हिसाब गरेका थियौँ ।
१ ह्वाट्सएप = २ स्काइप = ६ नेस्ट = १८ टम्लर = १९ इन्स्टाग्राम = २१ भाइबर = १९ बिलियन डलर MT @ishwari: 1 WhatsApp = 2 Skype = 21 Viber = 19 Instagram = 6 Nest = 19 Billion.
— Aakar Anil (@aakarpost) February 19, 2014
फेसबुकले इन्स्टाग्राम जस्तै व्हाट्सएपलाई पनि ह्वाट्सएपकै ब्रान्डमा राख्ने बताएको…

"आज मसँग चानचुन भएन, चिया खानुपर्नेथियो?” एकजना बूढाबा आफू बसेको कुर्सी नजिकै आएर नजाँनिदो किसिमले 'चानचुन' दिन आग्रह गर्छन् । उनको 'चानचुन'को आग्रह सुनेर हामीबिच हाँसोको फोहोरा छुट्छ, काकाबाले ती बुढाबालाई केही चानचुन दिनुहुन्छ, हामी फेरि 'चानचुन' बाको कुरा काट्दै चिया सुरुप्प पार्छौँ । चानचुन'बा पनि अघिल्लो महिना इन्द्रदह हाइकिङ जाँदा भेटिएका 'कान्छा काका' बिर्साउने किसिमका रहेछन्, तर उनलाई हामीले धेरैबेर अल्मल्याएनौँ ।

पावर हाउसबाट पोखरी जाने उकालो सिँढि चढ्दै गर्दा केही अघि तिनै बूढाबा भेट भएका थिए । ती बूढाबा ओरालो झर्दैथिए, हामी उकालो चढ्दै थियौँ । ३ घन्टा घाममा सेकिँदै हिँडेका हामीलाई भोक लागिसकेको थियो, काकाबाले ती बूढाबालाई सोध्नुभयो, “यता खाने ठाउँ कता छ?” । ती बूढाबाले हातले ईशारा गर्दै, 'एउटा उ तल छ, एउटा यता घर माथि छ' भने । चित्तबुझ्दो जवाफ नभेटेकोले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदियौँ । १० – १२ वटा खुड्किलो के चढिएको थियो, ती बूढाबाले घरपछाडी भनेर ईशारा गरेको घरको पछाडी देखियो, भोज भतेरको लागि धमाधम पकाउँदै …

नोभेम्बर २०१३ मा प्रकाशित भएको "ह्याचिङ ट्विटर" न्युयोर्क टाइम्सका प्रविधि तथा 'बिट्स ब्लग" का लेखक निक विल्टन (@nickbilton) ले लेखेका हुन् । "ह्याचिङ ट्विटर" मैले पढेका थोरै अंग्रेजी किताबहरुमा पर्छन् । नोभेम्बरमै यसको किन्डल भर्सन, पढेर सकाइयो, किताबबाट ट्विटरको कसरी जन्म भयो, ट्विटरको विकासक्रम कस्तो रह्यो, ट्विटरबाट कसले के पाए, के गुमाए आदि विविध भित्री कुराहरु थाहापाइयो । ट्विटरका संस्थापकहरु विचभएका राजनिती र 'इगो फाइट'हरु पढ्दा निकै मर्माहत भइयो, सोचेभन्दा धेरै फरक पाएँ ट्विटर, कम्पनीको रुपमा। स्टार्टअप भित्र त्यति धेरै उतारचढाव र भयंकर राजनिती हुँदा र स्थापनाको पाँच - छ वर्षसम्म पनि विना कुनै आम्दानी ट्विटर चलेको देख्दा भने निकै अचम्भित भएँ । किताब पढेर केही प्रति अगाध श्रद्धा पलायो भने, केही प्रति वितृष्णा पनि । प्रस्तुत ब्लगमा किताबको समिक्षा भन्दा पनि किताब पढेर बुझेका र थाहा पाएका तथ्यहरु राखेकोछु । "ह्याचिङ ट्विटर"को किन्डल भर्सन गिफ्ट दिनुहुने दाजु "योन्तेन ग्याछो"(@TheYGoffice) लाई हार्दिक धन्यवाद ।
ब्लगर
"ओ…