Skip to main content

Posts

Showing posts with the label Startup

घरमा धारा बिग्रियो? टिभी वा फ्रिज बिग्रियो? कसलाई सम्पर्क गर्ने? कता बनाउन जाने? कसरी लाने? यो मेरो मात्र होइन, हामी प्राय: सबैको समस्या हो । यही समस्याको समाधान घर-घरमै गएर गर्न सजिलो मर्मत सेवा आइपुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर भित्र घर-घरमै पुगेर सेवा दिने लक्ष्य सहित स्थापना भएको सजिलो मर्मत सेवाले प्लम्बिङ, विद्युत, कम्प्युटर हार्डवेयर, नेटवर्किङ तथा अन्य घरायसी सामाग्रीहरुको जडान तथा मर्मत सेवा प्रदान गर्छ । सजिलो मर्मत सेवाका अनुसार, कम्पनीमा १ सय भन्दा धेरै अनुभवी प्लम्बर र इलेक्ट्रिसियनहरु उपलब्ध छन् । आफ्ना टेक्निसियनहरु काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा छरिएर रहेका हुनाले सेवा छिटो र भरपर्दो हुने कम्पनीको दावी छ । "जहाँ समस्या, त्यहाँ सजिलो" मन्त्र सहित आएको कम्पनीले सेवाग्राहीका लागि वार्षिकरुपमा करार तथा आवश्यकता अनुसार 'अन कल' सुविधा दिने जनाएको छ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत रहँदा, आफूले घरायसी मर्मत सेवा सम्बन्धि सुविधा पाउन अप्ठ्यारो रहेको तर अर्कोतिर टेक्नीसियनहरुले बजारमा चाहिएको मात्रामा ग्राहक र काम नपाएको महशुस गरेर सजिलो मर

अनलाइनमा नेपाली टिभी च्यानलहरु हेर्नको लागि भनेर दर्जनौँ मोबाइल एप अनि सयौँको सङ्ख्यामा वेबसाइटहरु छन्। तर आफूले हेर्न खोजेको बेला अधिकांशले काम गर्दैनन् । अर्को कुरा इन्टरनेट 'स्पिड' का कारण, नेपालमा इन्टरनेटमा टिभी हेर्न सजिलो पनि छैन । गत हप्ता नेपाल र केन्याविच किर्तिपुरमा भएको क्रिकेट म्याच 'एन टिभी प्लस' (नेपाल टेलिभिजन) ले प्रत्यक्ष प्रशारण गरेको थियो । नेपाल टेलिभिजनकै साइटमा उक्त खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था थियो । केही मिनेट ढिलो गरि आइरहेको प्रशारण, त्यसमाथि राम्रो भनिएको इन्टरनेटमा पनि भिडियो अड्किरहने समस्या भयो ।  यसै त कमशल गुणस्तरको भिडियो, त्यसमाथि अनेक समस्या, जति नै प्रयास गरेपनि एनटिभीकै साइटमा उक्त प्रशारण हेर्न सकिएन । त्यसपछि विकल्पको रुपमा युट्युब च्यानलहरु चहारियो, करिब दर्जन जति युट्युब च्यानलहरुमा उक्त खेलको प्रत्यक्ष प्रशारण आइरहेको थियो, जुन एनटिभीको साइटमा भएको भन्दा राम्रो त थियो, तर आफूले खोजेजस्तो भेटिएन । अफिसमा कर्मठ दाइले सुझाउनु भयो, नेट टिभीको एप्‌मा राम्रो आइरहेको छ, लौ यसैलाई टिभी स्क्रिनमा हेर्ने व्यवस्था मिलाउँ

नेपाली गितहरु, साउन्ड क्लाउड, युट्युब आदिमा खोज्दै, सुन्ने गरिएकोछ । तर 'गाना डटकम'मा हिन्दी गितहरु सुन्ने बानी परेकोले, नेपाली गित सुन्नको लागि पनि त्यस्तै एप भइदिए हुन्थ्यो भनेर धेरै पहिले देखि नै लागेको हो। अघिल्लो स्टार्टअप विकेन्ड काठमाडौँमा लिसन् (Lishn) देख्दा रमाइलो लागेको थियो, भन्ने नै हो भने मैले रोहित जोन क्षेत्रीको "बिस्तारै बिस्तारै..." भन्ने गित पहिलो पटक लिसन् मा सुनेको थिएँ (स्टार्टअप विकेन्डमा, परिक्षणको रुपमा लिसन् मा "बिस्तारै बिस्तारै..." सहित अन्य केही नेपाली गितहरु राखिएको थियो)। "बिस्तारै बिस्तारै..." भन्ने गित २०१३ मै आएको भएपनि, मैले ढिलो मात्र सुनेछु, एकपटक सुन्ने बित्तिकै मन पर्यो। सायद युट्युब, साउन्ड क्लाउड आदिमा, आफूले पहिले सुनिसकेका गितहरु मात्रै सुन्दै थिँए । यस्तै कारण पनि, नेपाली गितहरु स्ट्रिमिङ गर्न्ने लिसन् जस्तो साइट भइदिए हुन्थ्यो भन्ने लागेकोथियो । पर्खाइ सकिएको छ, नयाँ वर्षको अवसर पारेर, नेपाली गित-संगित स्ट्रिमिङ साइट लिसन् २५ जना संंगितकर्मीका १ सय २० भन्दा धेरै गित-संगितहरु सहित सुरु भएकोछ । ल

नेपाली मोबाइल एप डेभ्लपर्स र नेपाली प्रयोगकर्तालाई लक्षित गरेर सुरु भएको एप्सझोलाबाट अब एन्ड्रोइड एप्सहरु किन्न र बेच्न सकिने भएकोछ । एप्सझोलाले, परिक्षणको रुपमा अस्ति देखि अनलाइन बाघचाल एपको बिक्रिवितरण सुरु गरेकोछ । नेपालमा मोबाइल एप्स बनाइए पनि, गुगल प्लेस्टोरमा राख्न समस्या भएको र एप्समा देखाइने 'विज्ञापन' बाहेक, डेभ्लपर्सले अन्य कुनै स्रोतबाट आम्दानी गर्न नसक्ने भएकोले, एप्सझोला को सुरुवात गरिएको हो। डेभ्लपरहरुले मोबाइल एप्सबाट ३ किसिमले आम्दानी गर्नसक्छन्: १) एप्समा विज्ञापन देखाएर २) एप्स बेचेर ३) फ्रि एप्स तर केही फिचरहरुको लागि पैसा लिएर नेपाल र नेपालीलाई लक्षित गरेर बनाइएको एप्स, अन्तराष्ट्रिय पे-मेन्ट गेटवे नभएका कारण, गुगल प्लेस्टोरमा राखेर बेच्न सकिने अवस्था छैन, अत: नेपाली डेभ्लपर्सका लागि एप्समा विज्ञापन देखाउनु बाहेक अन्य कुनै विकल्प छैन। पहिलो त नेपालबाट गुगल प्लेस्टोरमा एप्स राख्नै समस्या छ, डेभ्लपर खाता खोल्न २५ डलर लाग्नेगर्छ, पैसा तिरेर खाता खोल्छु भन्दा पनि, तिर्ने अप्सन छैन। अनि प्रयोगकर्ताहरुलाई एप्समा विज्ञापन राखेको मन पर्दैन, तर फ्रिमा पाइन

घरमा प्लम्बिङ, इलेक्ट्रिकल रिपेयरिङ, फर्निसिङ आदि गर्नुपर्दा, यो विषय सँधै टाउको दुखाइ हुन्छ। मर्मत सम्हार गर्ने मान्छे कहाँ, कता खोज्ने? यस्तै विविध घरायसी समस्याहरुलाई समाधन गर्न, घर मर्मत सेवा सजिलो, छिटो-छरितो र भरपर्दो बनाउन 'डोरस्टेप्स'को ' होम रिपेयर एप ' आइपुगेकोछ । घरमा धारा, इन्भर्टर, टेबल - कुर्सी, झ्याल - ढोका आदि बिग्रियो भने के गर्ने भनेर अलमल पर्दै हुनुहुन्छ भने, अब ढुक्कसँगले  रिपेयर लेखेर २२०० मा एसएमएस ( SMS REPAIR to 2200)  पठाउनुस् । तपाईले फोन वा एसएमएस मार्फत रजिष्ट्रर गरेपछि, होम रिपेयर एपका एक्सपर्टले तपाईको घरमा आएर निशुल्क समस्याको जाँच गर्छन् । आफूले दिने सेवा भए, होम रिपेयर एपका एक्सपर्टले नै मर्मत सम्हार गरिदिन्छन्, आफ्नो भन्दा बाहिरको काम भए, अरुलाई रिकमेन्ड गरिदिन्छन् । होम रिपेयर एप, व्यक्ति/घर र अफिसको लागि गरि दुईवटा छुट्टाछुट्टै स्किममा उपलब्ध छ । होम रिपेयरले घरको लागि बार्षिक २,००० रुपैँयाको 'प्रिपेड' सर्भिस पनि सुरु गरेकोछ, जसमा वर्षभरिमा ३,००० रुपैयाँ बराबरको सेवा पाइने कम्पनीको दाबी छ । निरिक्षण निशुल्क गरिदिँदै आ

गुगल डेभ्लपर्स ग्रुप, गुगल बिजनेस ग्रुप, गुगल अर्थ आउटरिच प्रोगाम हुँदै नेपाल छिरेको गुगल'ले नेपालको ईतिहासमै पहिलोपटक एकैसाथ पाँचवटा नेपाली कम्पनीहरु किन्न लागेकोहो ।'ईमर्जिङ मार्केट' भनेर चिनिने दक्षिण एसियाका देशहरुलाई लक्षित गरेर गुगल'ले केही वर्ष अघि देखि विशेष कार्यक्रमहरु चलाउँदै आएको थियो । गुगलसँग नजिक रहेर काम गरिरहेका एप्सझोला , एनलोकेट , वान वान बिप , एल्लो नेपाल र पिकोभिको गरि, पहिलो चरणमा जम्मा पाँच वटा नेपाली टेक्नोलोजी स्टार्टअपहरु गुगलले एकैसाथ किन्न लागेको ब्लगमा उल्लेख छ । अघिल्लो हप्तामात्रै गुगल'ले स्टोरीसाइकल सँग मिलेर खुम्बु क्षेत्रलाई गुगल म्यापमा अनलाइन ल्याएको थियो। रेष्टुरेन्ट मोबाइल सर्च इन्जिन भनेर चिनिने एल्लो नेपाल, गतवर्ष गुगलले आयोजना गरेको ' गुगल स्टोरिज कम्पिटिसन ' को बिजेता पनि हो भने एनलोकेट लोक्कल सर्च इन्जिन हो । यी दुवै स्टार्टअपसँग लोकल डाटा भएको र गुगल लोकल बिजनेसमा छिर्न खोजिरहेका कारण, गुगल'ले यी दुबैलाई किन्ने भएको हो । गुगल'ले किन्ने प्रयास थालेसँगै एनलोकेटले आफ्नो एप नयाँ डिजाइनमा केही महिना अघि

केही कुराको खोजी गर्नुपर्यो भन्ने लाग्ना साथ हामी गुगललाई सम्झन्छौँ । वेबमा खोजि गरिएको कुरा, मिलिसेकन्डमा खोजेर गुगलले हामीलाई नतिजा देखाइदिन्छ । तर जब हामी लोक्कल सर्चको कुरा गर्छौँ, नेपालमा हाम्रो वरिपरि भएका कुराहरुको बारेमा जान्न खोज्छौँ, त्यसबेला हामीले चित्त बुझ्दो नतिजा भेट्दैनौँ । कुनै बैंक कहाँनेर छ भनेर गुगललाई सोधे भनेँ, गुगलले मलाई उक्त बैंकको ठेगाना दिनसक्ला, म्यापमा बाटो पनि देखाइदिनसक्ला तर त्यही बैंकको एटिएम कता छ भनेर खोज्यो भने, गुगलले बताउन सक्दैन। त्यसो त आफ्नो ठाउँ वरपर, पेट्रोल पम्प कहाँछ भनेर सोध्यो भने पनि गुगल नाजवाफ हुन्छ । गुगललाई नेपालको हस्पिटल, मुभि थिएटरको बारेमा जानकारी त होला तर हस्पिटलका डाक्टरहरु अनि चलिरहेको फिल्महरुबारे हालसम्म जानकारी छैन। भन्नको मतलब, गुगलमा खोजी गर्दा हाम्रा वरिपरि भएका, हामीलाई दैनिक जिवनमा चाहिने कुराहरु भेट्न कठिन छ । यस्तै लोक्कल समस्याहरुको समाधान गर्न एनलोकेट लागि परेकोछ । एटिएम खोज्नुपर्यो ? - एनलोकेट गर्नुस् ।  पेट्रोल पम्प ? - एनलोकेट गर्नुस् ।  हस्पिटल / डाक्टर / एम्बुलेन्स ? - एनलोकेट गर्नुस् ।  फिल

झम्सिखेलको एक रेष्टुरेन्टको भित्तामा एउटा 'क्युआर' (QR) कोड टाँसिएको थियो, खानेकुरा अर्डर गर्नु भन्दा पहिले नै मैले मोबाइलमा 'क्युआर ड्रोइड' एप खोलेर उक्त 'क्युआर' कोड स्क्यान गरेँ, १२ प्रतिशत छुट भनेर स्क्यानरले देखायो । मेनु हेरेर केही खानेकुरा अर्डर गरियो, बिल तिर्नेबेला एउटा डिस्काउन्ट कार्ड देखाएँ, वेटरले १२ प्रतिशत छुट दिएको बिल ल्याए। मनमा केही शंका - उपशंका रहँदा रहँदै, एउटा इन्टरनेट कम्पनीले निकालेको डिस्काउन्ट कार्ड लिएकोथिँए, सोचेभन्दा सरल र सहज रुपमा काम गर्यो । अर्को पटक, जावलाखेलको एउटा डिपार्टमेन्ट स्टोरमा छिर्दा पनि त्यही कार्ड देखाएँ, त्यहाँ झन् गजब भयो । डिपार्मेन्ट स्टोरमा हरेक 'क्याटगोरी'का लागि फरक फरक छुट रहेछ, कार्ड मार्फत । कपडाको लागि छुट्टै, इलेक्ट्रोनिक्स सामानको लागि छुट्टै, ग्रोसरीका लागि छुट्टै छुटको व्यवस्था रहेछ। त्यसअघि उक्त डिपार्टमेन्ट स्टोर छिर्दा १ रुपैयाँ पनि छुट पाइएको थिएन। छुट पाउनु के थियो, 'दिल गार्डेन गार्डेन' भने झैँ भो । केही अघिसम्म छुटका कार्डहरुमा खासै विश्वास थिएन तर आफूले चाहेको ठाउँमा का

गुगल बिजनेस ग्रुप (जिबिजी) काठमाडौं कम्युनिटिको आयोजनामा आज शनिबार, नेपालमा गुगल डे पहिलोपटक मनाइँदैछ। बिहान १० देखि बेलुका ५ बजेसम्म झम्सिखेल स्थित मोक्षमा चल्ने कार्यक्रममा गुगल टेक्नोलोजीबारे छलफल तथा मोबाइल एप्स प्रदर्शनी हुनेछ। भर्खरै अनिश र मनिषाको स्टार्टअप "यल्लो नेपाल" , जिबिजीको बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेकोछ। कार्यक्रममा आज यही यल्लो नेपाल, एप्स झोला, पिकोभिको, नेपाली पात्रो, एनलोकेट लगायत विविध कम्पनीहरुले आफ्नो कथा सुनाउनेछन् । नेपालमा गुगल बिजनेस ग्रुपले के गर्दैछ, नेपालमा एन्ड्रोइडको अवस्था कस्तो छ, गुगलले अनलाइनमा आएका बिजनेसहरुलाई अघि बढ्न कसरी सहयोग गर्छ, गुगल टेक्नोलोजी प्रयोग गरेर अहिले के के भइरहेकोछ, नेपालमा कुन कुन अनलाइन बिजनेस आएकाछन्/आउँदैछन् आदि विविध विषयहरुमा छलफल हुनेछ। कार्यक्रममा गुगलका तर्फबाट, दक्षिण-पूर्वी एसियाको कार्यक्रम हेर्ने इरिका ह्यान्सनको उपस्थिति हुनेछ । यसका साथै, कार्यक्रममा सर्वसाधारणलाई मोबाइल एप्सहरुको जानकारी दिनको लागि मोबाइल एप्सहरुको प्रदर्शनी राखिएकोछ। कार्यक्रमबारे अधिक जानकारीको लागि जिबिजी काठम

नेपालका खाना/रेष्टुरेन्ट पारखीहरुका लागि लक्षित गरि अनिश श्रेष्ठ र मनिषा कर्माचार्य ले सुरु गरेको ' यल्लो नेपाल ' स्टार्टअप, गुगल बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेकोछ। यल्लो नेपाल एप मार्फत,  मोबाइलबाटै खानाको मेनु हेर्न, आफ्नो नजिक'को रेष्टुरेन्ट खोज्न, सस्तो डिल्स तथा डिस्काउन्ट भेट्टाउन, काठमाडौमा भइरहेका पार्टि आदि बारेमा थाहा पाउन सकिन्छ । गुगल बिजनेस ग्रुप (जिबिजी)ले केही महिना अघि सुरु गरेको बिजनेस स्टोरी कम्पिटिसनमा ५० भन्दा धेरै देशका सयौँ कम्पनीहरुलाई पछि पार्दै यल्लो नेपाल एप, कम्पिटिसनको फाइनलमा पुगेको हो। यस कम्पिटिसनको फाइनलमा यल्लो नेपाल सँगै अन्य देशका आठवटा स्टार्टअपले प्रतिस्पर्धा गर्दैछन् । गुगल'ले ९ वटा फाइनलिस्टबाट ३ वटा उत्कृष्ट स्टार्टअप पब्लिक भोटिङबाट छान्नेछ । छानिएका ३ उत्कृष्ट स्टार्टअपले गुगलबाट ५ हजार डलरको फन्डिङ पाउनेछन्, जसले स्टार्टअपलाई अघि बढ्न ठूलो भरथेग गर्नेछ । नेपालमा स्टार्टअपको कल्चर भर्खर भर्खर सुरु भएको समयमा, गुगल जस्ता ठूलो कम्पनीले साना लोकल कम्पनीलाई यसरी प्रोत्साहन गर्नु स्वागतयोग्य कुरा हो । तर गुगलका

पूल्चोक इन्जिनियरिङ क्याम्पसले यस वर्ष देखि दुई चरणमा प्रवेश परिक्षा सञ्चालन गर्दैछ, पहिलो चरणको परिक्षामा कम्तिमा ३० प्रतिशत अंक ल्याउनेहरु मात्र दोस्रो परिक्षामा सम्मिलित हुन पाउनेछन् । असार २५ गतेबाट सुरु हुने पहिलो चरणको परिक्षा कम्प्युटरको माध्यमबाट लिइनेछ । इन्जिनियरिङ तथा मेडिकलको प्रवेश परिक्षा भनेपछि यसैपनि विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास हुन्छ, हजारौँ विद्यार्थीहरु सँग प्रतिस्पर्धा गर्नुपर्ने मात्र नभइ, नयाँ ठाउँ र नयाँ परिवेशमा परिक्षा दिनुपर्छ, त्यसमाथि 'क्यारियर'को पहिलो खुड्किलोको रुपमा पनि प्रवेश परिक्षालाई हेर्ने गरिन्छ । इन्जिनियरिङ तथा मेडिकलको, प्रवेश परिक्षा दिन तम्तयार विद्यार्थीहरुका यस्तै यावत समस्याहरु समाधान गर्न नेपाली स्टार्टअप 'फुङ्का टेक्नोलोजी' ले नयाँ उपाय सुझाएको छ, 'मेरो एन्सर' एप मार्फत ।मेडिकल तथा इन्जिनियरिङ प्रवेश परिक्षाको पाठ्यक्रम अनुसार निर्माण गरिएको 'मेरो एन्सर', एप मार्फत इन्जिनियरिङ तथा मेडिकलको प्रवेश परिक्षाको अभ्यास आफूले चाहेको समयमा गर्न सकिन्छ । ' मेरो एन्सर'एप वेब र एन्ड्रोइड मा उपलब्ध छ

सोसल नेटवर्किङ साइट फेसबुकले, ४५० मिलियन प्रयोगकर्ता भएको मोबाइल च्याट एप (कम्पनी) "ह्वाट्सएप" १६ बिलियन डलरमा किन्ने घोषणा गरेकोछ । फेसबुकव्दारा जारि विज्ञप्ति अनुसार फेसबुकले व्हाट्सएपलाई ४ बिलियन डलर 'क्यास' र १२ बिलियन डलर बराबरको फेसबुक सेयर दिनेछ। यसबाहेक फेसबुकले ३ बिलियन डलर आगामी ४ वर्षमा व्हाट्सएपका संस्थापक र कर्मचारीहरुलाई फेसबुक स्टकको रुपमा दिनेछ । @aakarpost १९ बिलीयन डलर भन्या १९ खर्ब नेपाली रूपैया, लगभग नेपालको ४ बर्षको बजेट ;) — Akur Rimal (@fluctuating) February 20, 2014 विगत केही समययता भएका खरिदहरु मध्ये फेसबुक र व्हाट्सएपको डिल सबैभन्दा ठूलो हो । ट्विटरमा हामीले गुगल, फेसबुक, माइक्रोसफ्ट, याहु आदिले खरिद गरेको कम्पनीहरुबारे यसरी यसलाई हिसाब गरेका थियौँ । १ ह्वाट्सएप = २ स्काइप = ६ नेस्ट = १८ टम्लर = १९ इन्स्टाग्राम = २१ भाइबर = १९ बिलियन डलर MT @ishwari : 1 WhatsApp = 2 Skype = 21 Viber = 19 Instagram = 6 Nest = 19 Billion. — Aakar Anil (@aakarpost) February 19, 2014 फेसबुकले इन्स्टाग्राम जस्तै व्हाट्सएपलाई पनि ह्वाट्सएपकै ब्रा

नोभेम्बर २०१३ मा प्रकाशित भएको " ह्याचिङ ट्विटर " न्युयोर्क टाइम्सका प्रविधि तथा 'बिट्स ब्लग" का लेखक निक विल्टन (@nickbilton)  ले लेखेका हुन् । "ह्याचिङ ट्विटर" मैले पढेका थोरै अंग्रेजी किताबहरुमा पर्छन् । नोभेम्बरमै यसको किन्डल भर्सन, पढेर सकाइयो, किताबबाट ट्विटरको कसरी जन्म भयो, ट्विटरको विकासक्रम कस्तो रह्यो, ट्विटरबाट कसले के पाए, के गुमाए आदि विविध भित्री कुराहरु थाहापाइयो । ट्विटरका संस्थापकहरु विचभएका राजनिती र 'इगो फाइट'हरु पढ्दा निकै मर्माहत भइयो, सोचेभन्दा धेरै फरक पाएँ ट्विटर, कम्पनीको रुपमा। स्टार्टअप भित्र त्यति धेरै उतारचढाव र भयंकर राजनिती हुँदा र स्थापनाको पाँच - छ वर्षसम्म पनि विना कुनै आम्दानी ट्विटर चलेको देख्दा भने निकै अचम्भित भएँ । किताब पढेर केही प्रति अगाध श्रद्धा पलायो भने, केही प्रति वितृष्णा पनि । प्रस्तुत ब्लगमा किताबको समिक्षा भन्दा पनि किताब पढेर बुझेका र थाहा पाएका तथ्यहरु राखेकोछु । "ह्याचिङ ट्विटर"को किन्डल भर्सन गिफ्ट दिनुहुने दाजु "योन्तेन ग्याछो"( @TheYGoffice ) लाई हार्दिक धन्यवाद । ब्ल

"वर्षदिन भयो काम सुरु गरेको, यता अफिसमा सरेको चाँहि करिब ६ महिना भयो" - केही दिन अघि थ्रेडपेन्ट्सको अफिस, बुद्धनगर पुग्दा आशिष आचार्यले भने । सँगै रहेका सविन भन्डारीले थपे, " थ्रेडपेन्ट्स डटकम डिसेम्बर ३०, २०१२ मा रजिष्टर गर्यौँ"। पूल्चोक इन्जिनियरिङ क्याम्पसमा अन्तिम वर्षमा हुँदा आशिष, सविन र आयुषलाई केही आफ्नै काम गर्नुपर्छ जस्तो लाग्दैथियो, एकदिन कुरैकुरामा अकस्मात एउटा 'आइडिया' निस्कियो, "अनलाइन टिसर्ट स्टोर" जहाँबाट आफूलाई मनपर्ने डिजाइन प्रिन्ट गर्न सकियोस् । आफूलाई मन परेको डिजाइनमा टिसर्ट लाउन नपाएको गुनासो यी तिनै जनालाई थियो, उनीहरुले पहिलोपटक पूल्चोक क्याम्पसमा आयोजना गरिएको एउटा कार्यक्रमको लागि टिसर्ट बनाए । त्यसपछि फेरि पनि पूल्चोक क्याम्पसकै विद्यार्थीहरुको लागि विभिन्न डिजाइनमा टिसर्ट बनाए, टिसर्ट चल्यो । अनलाइन टिसर्ट स्टोरको चर्चा चल्नथाल्यो, उनीहरुले होस्टलको आफ्नो कोठालाई नै आफ्नो अफिस र स्टोर बनाएर थ्रेडपेन्ट्स सञ्चालन गरे । नेपालमा थोरैमात्र यस्ता स्टार्टअप होलान् जुन क्याम्पसका होस्टलबाट विना पुँजी सुरु भएकाछन् ।

"सिमित मात्रामा बजारबाट विज्ञापन लिने र न्यूनतम पाठक शुल्क पनि उठाउने । सेतोपाटीमा आजैदेखि विज्ञापन खुल्ला गरिएको र निश्चित समयपछि पाठकबाट मासिक शुल्क उठाउने जानकारी गराउन चाहन्छौँ ।व्यवसायीक रूपमा अघि बढ्दै गएपछि सेतोपाटी अन्ततः एउटा पब्लिक लिमिटेड कम्पनीको रूपमा अघि बढोस् भन्ने हाम्रो चाहना छ ।" - सेतोपाटीले आफ्नो नोट मा लेखेकोछ । यो नोटसँगै सेतोपाटीको चर्चा अनलाइनमा चुलिएकोछ । फेसबुक, ट्विटर लगायतका साइटमा सेतोपाटीले लिन लागेको अबको कदमका बारेमा मिश्रित प्रतिक्रियाहरु आइरहेकाछन् । सेतोपाटी लाई मैले डिजिटल मिडिया स्टार्टअपको रुपमा हेरेकोछु । एक दर्जन पत्रकार आबद्ध रहेको डिजिटल मिडिया स्टार्टप सेतोपाटीले छोटो समयमा नै लोकप्रियता हासिल गरेकोछ । स्टार्टअप भनेको 'ट्रेडिसनल' तौर तरिकालाई च्यालेन्ज गर्दै, समस्याको समाधान नयाँ तरिकाले निकाल्ने र त्यसैको वरिपरि आफ्नो बिजनेस मोडल बनाउने आइडिया हो भनेर बुझ्दा हुन्छ । सेतोपाटी, आरभिएल रेडियो, पिकोभिको, क्लाउड फ्याक्ट्री, बर्थडे फरेस्ट, क्यास अन एड, थ्रेड पेन्ट्स लगायतका स्टार्टअपहरु नेपालमा देखिएकाछन् । केहीलाई छाड

राती ११:३० बजे लेकसाइड पोखरामा आफू बसेको होटलमा बेलुकीको खाना खाँइदैथियो । दुईजना प्रहरी मोटरसाइकलमा आएर, होटलकी दिदीलाई रुखो स्वरमा "अहिलेसम्म होटल किन बन्द गरिनस्, के हुँदैछ याँ" भन्दै हपारे । होटलकी दिदीले भनिन्, "हैन सर अब बन्द गर्न लागेको" । "अहिले फर्केर आउँदा पनि यस्तै रहेछ भने ठिक हुँदैन, छिटो बन्द गर", ती दुई प्रहरीले होटल बन्द गर्न धम्की दिँदै, छेउकै अर्को क्याफेलाई पनि धम्क्याए । होटलकी दिदीले हतार हतार सटर बन्द गरिन, हामीले पनि हतार हतार खाना खायौँ र माथि आफ्नो कोठामा गयौँ । उनीहरुको स्वर यस्तो रुखो थियो कि, जोकोहीलाई सुन्दै पनि रिस उठ्थ्यो । दुई तिन चड्कन लाइदिहाल्नुजस्तो झोक चलेथ्यो, अलिकति नरम भएर बोल्दा तिनीहरुको के जान्थ्यो ? हामीलाई लेकसाइडका रेष्टुरेन्ट, क्याफे आदि मात्रै ११ बजे बन्दहोला, भित्रका लज र गेष्ट हाउसमा त्यस्ता 'पत्रु' नियम छैनन् होला भन्ने लागेथ्यो । तर नचाहिने कुरोमा चाँहि नियम कडा नै रहेछ । बेलुका बिजी बी छिरेर रमाइलो गर्दा गर्दै ११ बजेको पत्तो नै भएन, अझ साथीहरुले आफ्नो "डान्स" स्किलको तारिफ गर्दै