Skip to main content

थ्रेडपेन्ट्सको एकवर्षे यात्रा [स्टार्टअप स्टोरी]


"वर्षदिन भयो काम सुरु गरेको, यता अफिसमा सरेको चाँहि करिब ६ महिना भयो" - केही दिन अघि थ्रेडपेन्ट्सको अफिस, बुद्धनगर पुग्दा आशिष आचार्यले भने । सँगै रहेका सविन भन्डारीले थपे, "थ्रेडपेन्ट्स डटकम डिसेम्बर ३०, २०१२ मा रजिष्टर गर्यौँ"।

पूल्चोक इन्जिनियरिङ क्याम्पसमा अन्तिम वर्षमा हुँदा आशिष, सविन र आयुषलाई केही आफ्नै काम गर्नुपर्छ जस्तो लाग्दैथियो, एकदिन कुरैकुरामा अकस्मात एउटा 'आइडिया' निस्कियो, "अनलाइन टिसर्ट स्टोर" जहाँबाट आफूलाई मनपर्ने डिजाइन प्रिन्ट गर्न सकियोस् । आफूलाई मन परेको डिजाइनमा टिसर्ट लाउन नपाएको गुनासो यी तिनै जनालाई थियो, उनीहरुले पहिलोपटक पूल्चोक क्याम्पसमा आयोजना गरिएको एउटा कार्यक्रमको लागि टिसर्ट बनाए । त्यसपछि फेरि पनि पूल्चोक क्याम्पसकै विद्यार्थीहरुको लागि विभिन्न डिजाइनमा टिसर्ट बनाए, टिसर्ट चल्यो । अनलाइन टिसर्ट स्टोरको चर्चा चल्नथाल्यो, उनीहरुले होस्टलको आफ्नो कोठालाई नै आफ्नो अफिस र स्टोर बनाएर थ्रेडपेन्ट्स सञ्चालन गरे । नेपालमा थोरैमात्र यस्ता स्टार्टअप होलान् जुन क्याम्पसका होस्टलबाट विना पुँजी सुरु भएकाछन् ।


होस्टलबाट सुरु भएको स्टोर करिब ६ महिना पछि औपचारिक रुपमा बुद्धनगरको एउटा कोठामा थ्रेडपेन्ट्सको अफिस खुल्यो, एनलोकेट सँगैको फ्ल्याटमा। कलेज फि भनेर घरबाट मागेको पैसा, थ्रेडपेन्ट्समा लगानी गरे, आवश्यक सरसल्लाह र सहयोग लगपोइन्टका मनोज घिमिरे र एनलोकेटका दिपेन चापागाईले दिए । एनलोकेटले आफ्नै अफिस भएको फ्ल्याटमा एउटा कोठा उनीहरुको लागि उपलब्ध गराए, इन्टरनेट, र आवश्यक टेबल कुर्सीको व्यवस्था पनि भयो । ३ जनाको खर्च, अफिसको भाडा, र इन्टरनेटको खर्च अहिलेसम्म थ्रेडपेन्ट्सले धानेको छ, भर्खरै एकजनालाई "हायर" पनि गर्यौँ, अर्डर डिस्प्याचको लागि भन्दा आशिष, आयुष र सविनको मुहारमा खुशी झल्किन्थ्यो ।

आशिषलाई अफिसमा भन्दापनि अफिस बाहिर दौडधुप गरिरहेको भेटिन्छन् । सविन र आयुष थ्रेडपेन्ट्सको डेभलप्मेन्ट र डिजाइन सम्हालछन् भने, आशिष बजार व्यवस्थापन। सुरु सुरुमा कपडा 'क्वालिटि'मा मार खाएपनि, अहिले भने कपडा चिन्न सक्ने भएकाछन् । उनीहरु गार्मेन्ट सप्लायरबाट कपडा लिन्छन्, धेरै जसो टिसर्ट डिजाइन सविन र आयुषले नै गर्छन् र प्रिन्ट गर्छन्, काठमाडौँभरि होम डेलीभरी गर्छन् केटिएम कुरियर मार्फत। पछिल्लो वर्ष पाँच हजार भन्दा बढि अनलाइन टिसर्ट बिक्री गरेका उनीहरुको फेमस डिजाइन भने 'पृथ्वी नारायण शाह'भएको डिजाइन थियो ।


आशिष, आयुष र सविन बिहान ढिलोमा नि दश बजे अफिस आउँछन्, कफी लिएर स्ट्यान्डअप मिटिङ गर्छन्, दिनको योजना बनाउँछन् र सोही अनुसार काम गर्छन् । हप्तामा एकदिन छुट्टि तोकेकाछन् तर उनीहरु सातै दिन अफिस पुग्छन्, कहिले बेलुकाको ८ बजे घर फर्किन्छन् त कहिले अफिसकै टेबुल कुर्सी पाखा लगाएर स्लिपिङ ब्याग निकालेर अफिसमै सुतिदिन्छन् । कोठाको बिचमा एउटा ठूलो टेबल छ, वरिपरि ४-५ वटा कुर्सी छन्, एक छेउमा दराज छ, उनीहरुको स्टोर रुम, साइडमा टिसर्टका डिजाइनहरु भएको फ्लेक्स टाँगिएकोछ, कुनाको इन्भर्टरले लोडसेडिङलाई चुनौती दिइरहेकोछ । अफिसमा भान्सा छैन तर 'कफी' भने जति कप पनि खान पाइन्छ ।


डिप पर्पलको कन्सर्टको निहुँमा उनीहरुलाई करिब डेढ लाख जति घाटा लाग्यो । डिप पर्पल कन्सर्टको लागि भनेर टिसर्ट बनाइएको थियो, टिकट बिक्री गरिएको थियो तर कन्सर्ट नभएपछि बनाइएका टिसर्टहरु त्यसै थन्किए । आफूले काटेको टिकटहरुको पैसा आफ्नै खल्तीबाट सबैलाई फिर्ता गरे, कन्सर्टको आयोजकले एकपैसा पनि फिर्ता दिएनन् । यसले हामीलाई धेरै कुरा सिकायो, उनीहरुको एउटै स्वर थियो ।

उनीहरुका लागि फेसबुक वरदान सावित भएकोछ, मार्केटिङ र कस्टमर सपोर्टका लागि । अधिकांश युवा विद्यार्थीहरु थ्रेडपेन्ट्सका ग्राहक छन्, सन्तुष्ट छन् त्यसैले "वर्ड अफ माउथ"बाट ग्राहक थपिने क्रम जारी छ । अब उनीहरुको चुनौती भनेको कसरी "ठूलो स्केल"मा जाने भन्नेछ, ठूलो स्केलमा जान, ठूलै लगानीको आवश्यकता पर्छ भन्ने कुरा उनीहरुले बुझेकाछन् । उनीहरु लगानीकर्ता पनि खोजी गर्दैछन् ।


थ्रेडपेन्ट्स डटकममा गएर आफूलाई मन परेको डिजाइनको टिसर्ट नेपालभरिबाट किन्न सकिन्छ वा आफैँले डिजाइन गरेको टिसर्ट पनि अर्डर गर्न सकिन्छ  । टिसर्टको लागि अनलाइन मै पैसा तिर्नुपर्छ भन्ने छैन, टिसर्ट हातपरेपछि पैसा तिर्दा हुन्छ । टिसर्ट अर्डर गरेको बढिमा ३ दिन भित्र टिसर्ट ग्राहकको हात पर्छ । हाललाई काठमाडौँ बाहिरका ग्राहकले चाँही अग्रिम भुक्तानी गर्नुपर्छ, होम डेलिभरी भने थ्रेडपेन्ट्सले नै निशुल्क  गरिदिन्छ । उनीहरुलाई अर्को चुनौती भनेको, नेपालमा 'स्ट्यान्डर्ड एड्रेस' नहुनु हो भन्ने लागेकोछ। बाटोहरुको नाम, घर नम्बर आदि कुराहरु व्यवस्थित नहुँदा, डेलिभरी गर्न जाँदा कहिलेकाँही हैरानी पनि खेप्नुपर्छ ।

काठमाडौँ बाहिर केही सहरहरुमा स्थानिय स्टोरहरुबाट थ्रेडपेन्ट्सका टिसर्टहरु किन्ने व्यवस्था पनि छ । तर काठमाडौँमा भने थ्रेडपेन्ट्सका टिसर्टहरु कुनैपनि स्टोरमा किन्न पाइँदैनन् र अहिले नै आफ्नै टिसर्ट स्टोर खोल्ने कुनै योजना पनि छैन । उनीहरु अनलाईनलाई नै अगाडी बढाउन चाहन्छन्, नेपालमा इन्टरनेटको पहुँच बढ्दैजाँदा "ई-कमर्श"को स्कोप पनि बढ्दैगएको देखेकाछन् ।

Comments

  1. थ्रेडपेन्ट्स टिमलाई हार्दिक शुभकामना ! यस्ता सृजनशील मन र जाँगरहरुलाई आउदा दिनहरुमा अझ बढी सफलता मिलोस !

    ReplyDelete
  2. काजी भाईApril 3, 2015 at 7:02 PM

    त्यो Finger देश टुक्र्याउने पाजीहरुका लागि देखाको हो बोरो, तिमी हामी जस्ता देशभक्तका लागि होईन।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up.Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban.Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went.Radha faces a…

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening).

The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening.

Altogether 528,257 examines had appeared for the exam.

SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results.

यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ ।

एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ ।

SLC Result 2068 Published

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले २००७ २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु।

प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही "…

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar).


According to ekantipur, the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”.

SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online.

SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it to 5001.

Subscribe to Aakar Post