Skip to main content

Posts

Showing posts from September, 2009

दशैँको टीका लगाउने साइत १० बजेर ५५ मिनेट मा जुरेको छ । आज बिहान को १० बजेर ५५ मिनेट जाँदा टीका सुरु गर्नु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ । मुख्य साइत १०:५५ मा भएपनि दिनभरी नै टीका ग्रहणको लागि साइत शुभ रहेको छ । आज को दिन बिहान ९ बजेर ३५ मिनेट मा देवी विसर्जन गर्नु उपयुक्त समय रहेको छ । शुभकाम गर्नलाई साइत जुराउने चलन छ । नौ दिन अघि दशैँघर,पुजाकोठा मा राखिएको जमरा र टीका आजको दिन मान्यजन बाट देवी को प्रसाद को रुपमा ग्रहण गर्ने चलन छ । टीका र प्रसाद ग्रहण गर्नलाई निकै प्लानिङ नै गर्नुभएकोहोला, सबै प्लान अनुसार नै गर्नुहोला । नेपाल को सन्दर्भ मा त आज को दिन गाडि चढ्नै गाह्रो छ, तर पनि हामीलाई धेरै ठाउँ धाउनै पर्ने छ । देश बाहिर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु पनि आ-आफ्नो समूह मा भेला भएर रमाइलो गर्दैहुनुहुन्छ होला । दशैँ को शुभअवसर मा पुन: एकपटक यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना ! यहाँ को दशैँ शुभरहोस् । imgsrc: flicker.com

Listen to Maya Thakuri's Story 'चौतारो साक्षी छ' in RadioBachan. आज को रेडियोवाचन को नयाँ अंक मा "माया ठकुरी" को कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि हाम्रा चिरपरिचित प्रस्तोता 'अच्युत घिमिरे' कथा वाचन गर्दैहुनुहन्छ भने प्रविधि मा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने,  शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भए

Today, I'm going to post some picture of XT Computer. I've clicked this picture from our Computer Science & Engineering Department, Kathmandu University Dhulikhel Kavre. It has become a show piece as it is an Old Computer. This computer was gifted by NIDC. In picture you can see that, this computer consist of monitor and CPU only, but where is mouse and Keyboard ? Might be lost, and yet another thing, there is no screen glass. As it is an old computer and gifted by NIDC. This is a XT computer and this picture are taken from website.It's not in KU... :P Beside Last picture, all pictures are clicked by myself from mobile.Low Quality Picture. :(

विगत का ६ शृंखलामा हामीले रेडियोवाचन अन्तर्गत डा वानिरा गिरी को उपन्यास 'कारागार' वाचन गरेका थियौँ । अच्युत घिमिरे को वाचन रहेको डा गिरी को उपन्यास 'कारागार' यहाँहरुलाई मनपर्‍यो भन्ने हामीले आशा गरेका छौँ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । गएको हप्ता गरेको वाचा अनुसार आज हामी कारागार को सम्पुर्ण डाउनलोड लिंक सहित उपस्थित भएका छौँ । Download Karagar (Radio Bachan) Download: Karagar-1 Download: Karagar-2 Download: Karagar-3 Download: Karagar-4 Download: Karagar-5 Download: Karagar-6

Software Freedom Day 2009 is inagurated by Honorable Minister Sankar Pokharel, in Yalamaya Kendra, PatanDhoka Lalitpur. In an inagurating ceremony, he said government is ready to help orgainization like FOSS Nepal, and wished best of luck for the success of program. Likewise, Madan Pariyar of HLCIT, Former minister Ganesh Shah and CAN Presidnet has also given speech on free and open source software.Mr. Ganesh Shah focused in '7-e' once again. At end of session KamalMani Dixit, has given thanks to everyone and encourage to use Linux as Operating System as well. Several events like, presentation on different projects and topics, disscussion on Open Space, Demo of several software, freedom toaster, cd distribution are taking place side by side. --- will update photo and more info later... (updated from mobile)

असोज ३ गते शनिबार प्रतिपदा तिथि, आज घटस्थापना । आज को दिन ९ बजेर २५ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ । आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । टिका को साइत भने असोज १२ गते, सोमबार १०:५५ मा उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिएपनि, भित्र भने पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि 9 दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो परम

Software Freedom Day (SFD) Software Freedom Day Software Freedom Day (SFD) is a worldwide celebration of Free and Open Source Software (FOSS). Over 500 volunteer groups in over 120 countries all around the world are celebrating the sixth Software Freedom Day this year on September 19. Software Freedom Day is an annual grass roots effort to educate the public on the virtues of Free/Open Source Software (FOSS) and also to encourage its use. Our goal in this celebration is to educate the worldwide public about of the benefits of using high quality FOSS in education, in government, at home, and in business - in short, everywhere! Free software movement is a philosophical movement which values freedom, collaboration, community and transparency; it benefits the public good and ensures basic human freedoms are strengthened by technology, not hampered. Vision Our vision is to empower all people to freely connect, create and share in a digital world that is participatory, transparent, and

यो जिन्दगीमा साथ दिनेहरु अनि साथ छोड्नेहरु धेरै भेटिन्छन् । वाचा गर्नेहरु अनि वाचा गरेर पनि पुरा नगर्ने प्रवृत्तिहरु धेरै भेटिन्छन् । यो मन किन यति कमलो हुन्छ ? यदि यो मन नहुने हो भने, जसले जे गरोस्, कुनै मतलब हुन्थ्यो होला र ? यहाँ वाचा अनि मन को कुरा जोडिएकोले फरक अर्थ लाग्ला तर कुरा पहिले नै क्लियर गरिहालौँ, यो मायाप्रिति को कुरा पक्कै होइन । हामी आफ्नै वरिपरि हेर्नसक्छौँ, हाम्रो समाजलाई नियाल्न सक्छौँ, हाम्रो देश अनि नेता का व्यवहारलाई हेर्नसक्छौँ, हामी आफ्ना साथिहरु को व्यवहारलाई हेर्न सक्छौँ । सबैतिर एउटै कुरा छ, एकदिन वाचा गर्‍यो, अर्को दिन बिर्सियो । यदि वाचा पुरा गर्नु नै छैन भने कर ले किन वाचा गर्नु ? नेताले किन जनताको काम गर्छु भनेर वाचा गर्नु, जिन्दगी भर साथ दिनु छैन भने प्रेमी प्रेमीकाले किन वाचा को स्वाङ गर्नु ? आफ्नो कुरा आफैँलाई ठिक लाग्दैन भने, यस्तो र त्यस्तो गर्छु भनेर किन कसैले वाचा गर्नु ? अरुको कुरा मा लागेर, अरु को कुरा सुनेर हामी कसैको व्यवहारमा परिवर्तन हुँदैन भने, हामी आफ्नो कुरा किन अरुलाई भन्छौँ ? अरु को कुरा किन सुन्छौँ, यदि हामी आफ्नो सुर छोड्दैनौँ भने

As we know Firefox is one of the best browser in the world. And we are allowed to add add-ons in our browser. We can customize our browser according to our needs. I’m going to discuss  few add-ons here which might be interesting and useful for you. Twitter Fox: TwitterFox is a Firefox extension that notifies you of your friends' tweets on Twitter. If you use twitter then, Twitter Fox must be useful add-ons for you and for your browser firefox. This extension adds a tiny icon on the status bar which notifies you when your friends update their tweets. Also it has a small text input field to update your tweets. Install TwitterFox. The Facebook Toolbar: The Facebook Toolbar for Firefox is a free extension for Firefox that lets you extend your Facebook experience into your everyday browsing. Right from the browser users can update their status, upload photos and connect with friends. You don’t need to log in to facebook every time to update your status, just in one click you can

Listen to Banira Giri's Karagar : Episode-6 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को अन्तिम अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु ! आगामी अंक मा, हामी कारागार को सम्पुर्ण डाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।

अन्त्य के हो ? खै, के हो के हो, मेरो मगज ले भेट्न सकेको छैन । साँच्चै भन्ने हो भने, ‘अन्त्य’ के हो भनेर मैले ठम्याउन सकेको छैन । सायद, अरुहरुलाई नि, ‘अन्त्य’ या भनौँ ‘अन्तिम विन्दु’ के होला भन्ने जिज्ञासा होला । पक्कै हुनुपर्छ, तर म पनि यहाँ अन्तिम विन्दु यो नै हो भनेर लेख्दैछैन, खासमा कहिले काँहि यो खालि खालि दिमाग मा नानाभाँति का कुराहरु आएर खेल्ने गर्छन् । त्यसकै प्रतिफल स्वरुप, म आज अन्त्य को खोजी गर्दैछु । अन्त्य केलाई मान्ने यही नै दुविधामा छु म, अनि कुन विन्दु या भनौँ कुन तहमा पुगेपछि अन्त्य भएको मान्ने ? मृत्युलाई नै अन्त्य मान्ने त हैन होला ? मर्दा पनि, शरीर मात्र मर्छ, आत्मा त कहिले मर्दैन रे, भने अन्त्य केलाई भन्ने, सिद्धि या पूर्ण केलाई मान्ने ? अमेरिका, त्यहाँ दिनहुँ विकास भै’रहेको छ, अनि नेपाल पनि विकास को बाटो मा बामे सर्न खोज्दैछ भने केलाई अन्त्य मान्ने ? कुन तह मा पुगेपछि विकास भएको मान्ने ? हामी अमेरीकी जत्तिकै भएपछि विकास भएको मान्ने हो त ? यो पनि सम्भव छैन, उनीहरु जति जति अघि बढ्छन् हाम्रो अन्त्य को खोज पनि त्यती नै टाढा टाढा भाग्छ । पूर्ण केही पनि छैन, कोही

सँधै को झैँ यसवर्ष पनि सेप्टेम्बर १९ का दिन संसार भर "FOSS for Enterprise" भन्ने नाराका साथ Software Freedom Day 2009 मनाइँदै छ । सेप्टेम्बर १९ अर्थात असोज ३ गते, नेपालमा पनि Software Freedom Day मनाउन FOSS NEPAL ले जोडतोड का साथ तयारी गरिरहेको छ । विश्वव्यापिकरण र बजारीकरण सँगै, कम्प्युटर अनि सफ्टवेयरहरु मा पनि प्रतिस्पर्धा देखिएको छ । बढ्दो बजारीकरण सँगै अस्वस्थ प्रतिस्पर्धा बढेको छ, अनि कुनै समूह विशेष या व्यक्ति विशेष कै सफ्टवेयर तथा कम्प्युटर नै प्रयोग गर्न प्रयोगकर्ताहरुले अप्रत्यक्ष दबाब झेल्नुपरिरहेको छ । यसै कुरालाई मध्यनजर राख्दै खुल्ला तथा स्वतन्त्र सफ्टवेयर मा विश्वास गर्ने युवाहरु को पहल मा FOSS NEPAL नामक संस्था को स्थापना गरिएको थियो । सन् २००५ देखी नेपाल मा FOSS NEPAL ले Software Freedom Day मनाउँदै आएको छ । खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग गर्नुपर्छ भन्ने मान्यता का साथ अघि बढेको FOSS NEPAL को नियमित इभेन्ट अन्तर्गत यसबर्ष पनि Software Freedom Day सेप्टेम्बर १९ का दिन मनाउन लागिएको हो । सेप्टेम्बर १९ का दिन Software Freedom Day मनाउन विभिन्न

Listen to Banira Giri's Karagar : Episode-5 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को पाचौँ अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

३१ अगस्ट २००९, हेलसिन्की Silver Lining Creation ले निर्माण गरेको The Third Generation नामक ३८ मिनेट लामो डकुमेन्ट्रि को फिनल्याण्ड को हेलसिन्की मा पहिलो प्रदर्शनी गरिएको छ । फिनल्याण्ड को हेलसिन्की मा गरिएको प्रथम प्रदर्शनी मा दर्शक ले दिएको सकरात्मक रेसपोन्स को कारण, चलचित्र निर्माण टोली उत्साहित भएको छ । Silver Lining Creation ले The Third Generation प्रदर्शनी कै क्रम मा 'Will You Accept Me?' र 'An Ecological Date' नामक छोटा फिल्महरु पनि सार्वजनिक गरेको थियो । साथै, प्रदर्शनी को अन्तिम मा 'The possible use of new media in community transformation.’ नामक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । कार्यक्रम मा The Third Generation का निर्देशक तथा Silver Lining Creation का अध्यक्ष मनोज कुमार भुषाल ले आफ्नो संस्था Silver Lining Creation को स्थापना को उद्देश्य को बारेमा बोल्नुभएको थियो भने कार्यक्रम को सञ्चालन Silver Lining Creation कै उपाध्यक्ष सोम प्रसाद चौँलागाई ले गर्नुभएको थियो । साथै, चलचित्रका का बारेमा, आमन्त्रित अतिथिहरुले पनि आफ्नो धारणा राखेका थिए । कार्य

Optical illusion वा दृष्टिभ्रम कहिलेकाँहि हुने रहेछ । केही दिन अघि दिक्क लागेर, facebook मा यही Optical illusion भन्ने quiz खेलेको थिएँ, ९ वटा मा ८ ओटा चाँहि मिलाएछु एउटा मा त मलाई नराम्रो सँगै दृष्टि भ्रम परेछ । दृष्टिभ्रम पार्ने चित्रहरु, फोटोहरु पनि गज्जब ले बनाइँदोरहेछ, हामी के सोचिराको हुन्छौँ, तर नियालेर हेर्ने हो भने ती फोटोहरुले अरु कुराहरु इंगित गरिरहेको हुन्छ । यस्तै दृष्टिभ्रम पार्ने केही फोटोहरु यहाँ राख्दैछु, फेसबुक तथा अन्य विभिन्न साइटबा साभार गरेर । सायद, दृष्टि भ्रम भनेको नि कुनै बिरामी हो कि भन्ने पनि लाग्छ कहिलेकाँहि । त्यहीँ प्रष्ट देखाइएको कुरा पनि आफूले चाँहि नदेख्दा, कहिले काँहि नमज्जा नि लाग्छ, हाहाहा । Optical illusion भनेर यहाँ यसको बारे चर्चा गर्न खोजेको नभइ, Optical illusion हुने/गराउने केही फोटोहरु देखाउन खोज्दैछु । यी नेटबाट खोजखाज गरिएका केही फोटो हेर्नुहोस् अनि, मुल्यांकन गर्नुहोस्, दृष्टिभ्रम कत्ति को रहेछ ? कतिवटा बाघ छ होला, यो फोटो मा ? हाँस र खरायो, दुवै छन् कि ? यो कुनै भाँडो हो वा कोही दुइजना को अनुहार हो ? अचम्म मानेर हेर्नुभा'को हो,