Skip to main content

वाचा

यो जिन्दगीमा साथ दिनेहरु अनि साथ छोड्नेहरु धेरै भेटिन्छन् । वाचा गर्नेहरु अनि वाचा गरेर पनि पुरा नगर्ने प्रवृत्तिहरु धेरै भेटिन्छन् । यो मन किन यति कमलो हुन्छ ? यदि यो मन नहुने हो भने, जसले जे गरोस्, कुनै मतलब हुन्थ्यो होला र ? यहाँ वाचा अनि मन को कुरा जोडिएकोले फरक अर्थ लाग्ला तर कुरा पहिले नै क्लियर गरिहालौँ, यो मायाप्रिति को कुरा पक्कै होइन । हामी आफ्नै वरिपरि हेर्नसक्छौँ, हाम्रो समाजलाई नियाल्न सक्छौँ, हाम्रो देश अनि नेता का व्यवहारलाई हेर्नसक्छौँ, हामी आफ्ना साथिहरु को व्यवहारलाई हेर्न सक्छौँ । सबैतिर एउटै कुरा छ, एकदिन वाचा गर्‍यो, अर्को दिन बिर्सियो । यदि वाचा पुरा गर्नु नै छैन भने कर ले किन वाचा गर्नु ? नेताले किन जनताको काम गर्छु भनेर वाचा गर्नु, जिन्दगी भर साथ दिनु छैन भने प्रेमी प्रेमीकाले किन वाचा को स्वाङ गर्नु ? आफ्नो कुरा आफैँलाई ठिक लाग्दैन भने, यस्तो र त्यस्तो गर्छु भनेर किन कसैले वाचा गर्नु ? अरुको कुरा मा लागेर, अरु को कुरा सुनेर हामी कसैको व्यवहारमा परिवर्तन हुँदैन भने, हामी आफ्नो कुरा किन अरुलाई भन्छौँ ? अरु को कुरा किन सुन्छौँ, यदि हामी आफ्नो सुर छोड्दैनौँ भने !

‘पिने वालो के लिए छुँ बाहाना’ भनेको जस्तो, आफूलाई आफ्नो कुरा पुरा गर्नु नै नभएपछि जे गर्दा अनि जे बाहाना गर्दा पनि हुन्छ । केही दिनयता प्रधानमन्त्री नेपाल र प्रचण्ड बिच वाक दोहोरी चलेको छ । एउटा ले अर्कोलाई दोष दिने, अनि अर्कोले अर्कोलाई दोष दिने, अनि आफू पानी माथिको ओभानु बन्न खोज्ने ? सहनु को हद अनि लचकता को हद पनि केही हुँदो हो, तर आफ्नो सुर नछोड्नेहरु कुरा सुनेको जस्तो गरेर पनि कुरा सुन्दैनन्, उनीहरु हाम्रो मन को कुरा बुझ्दैनन् । ‘दिनभरि करायो, दक्षिणा हरायो’ भनेजस्तो यदि दिइएको सल्लाह व्यर्थ हुन्छ भने, बोली को केही महत्व छैन भने भन्नु, सुन्नु सुनाउनु व्यर्थ छ हैन र ? कुरा एउटा अनि काम अर्को, छिनछिन मा कुरा मा चेन्ज अनि छिनछिन मा नयाँ बाहाना अनि छिनछिन मा नयाँ वाचा गरिन्छ भने कुन कुरा चाँहि ठिक हो भनेर मान्ने, के भनेर बुझ्ने ?

कति सपना र कति आशाहरु थिए होलान् । ती कुराहरु पुरा हुन्छन् हुँदैनन् भन्न कठिन छ किनकी हामीबिच विश्वास को धागो चुँडिदैँछ । चुँडिदै, गासीँदै गर्दा धागोमा धेरै गाँठाहरु पर्दै जान्छन् अनि त्यो धागो, विश्वास को धागो नभएर आवेशको, आक्रोशको अनि बदला को धागो मा परिणत हुन्छ । गरिएका वाचाहरु त्यही धागोमा परेका गाँठाहरु भित्र गुम्सिएर बस्छन्, अनि सबै कुरा भित्र भित्रै सकिन्छ । मन त के हो र, व्यर्थ का आशुँ झारिदिन्छ, मनभरि यस्ता धागोका गाँठाहरु धेरै भएपछि, रुनु सिवाय अरु विकल्प पनि छैन नि !

मन को कुरा अरु ले बुझ्छन्, आफू जस्तो सोचिन्छ त्यस्तै गरिदिन्छन् जस्तो लाग्छ तर यति धेरै विश्वास गरियो भने, जरुर धोका नै हुन्छ । अत: पहिले नै कुन कुरा चाँहि सहि हो भनेर आफूले फिल्टर गरेर लिनुपर्ने भयो । विश्वास नै विश्वास को संसारमा अविश्वास ले डेरा जमाउँछ जब धेरै बहाना अनि वाचाहरु ले जन्म लिन्छन् । अनि सायद, वाचाहरु तोडिएपछि फेरी विश्वास गर्न एकदम गाह्रो छ, के आधारमा विश्वास गर्ने, जब कि “हिँड्दैछ पाइला मेट्दैछ” भनेको जसरी हामीहरु वाचा गर्दै विर्सदैँ गर्छौँ भने ! अनि त्यसपछि यही मन आएर नानाभाँति सोच्न थाल्छ, यस्तो त्यस्तो !

फेरी हामी सँधै आफ्नै कुरा मात्र माथि राख्छौँ, विवाद गर्न नि नमिल्ने ! एउटा बाहाना ले जन्मलिन्छ जसले जोकोही को मन सजिलै पगाल्छ अनि त्यही बाहाना वाचा गर्ने माध्यम बन्छ तर मन फेरी रुन्छ जब वाचा पुरा हुँदैनन् । मन रोइदिन्छ जब एक्लो महशुस हुन्छ, जब आफूलाई फरक व्यवहार गरिएको थाहा हुन्छ । यस्तो हुँदै होइन भनेर मन बुझाउने उपाय नै केही बाँकि रहँदैन, किनकी सबै घटनाहरु चलचित्रका दृश्यसरी मानसपटल मा आएर घुमिरहन्छन् ।

यस्तो कुरा मा आफूलाई सही र गलत को आभाष नभएसम्म केही हुनेवाला छैन । कोही अरु ले भनेर, कसैको मन छिन मै परिवर्तन हुँदैन । परिवर्तन को लागि दह्रो आत्मविश्वास चाहिन्छ भनि भित्री मन देखि नै वाचा गर्नुपर्छ अन्यथा बाहिर देखाउन गरिने वाचा को के नै अर्थ रह्यो र ? हो नि, आफूलाई भित्रै देखि केही कुरा को आभाष नभएसम्म केही कुरा परिवर्तन हुन्छ भनेर आश गर्नु मुर्खता मात्र हुन्छ । अरुलाई बाहिर देखाएर मख्ख पार्ने उपाय बाहेक केही होइन, यो देखावटि वाचा ।

यही वाचा अनि मनलाई लिएर हजारौँ संगित श्रृजना भएकाछन् । हजारौँ कथाहरु लेखिएकाछन्, कुनै सामाजिक क्रान्ति को नाम मा त कहीँ माया प्रेम को निहुँमा । जे को निहुँमा लेखिएको भए पनि, परिवर्तन को लागि आफू दृढ नभएसम्म केही गर्न सकिँदैन । यी नेताहरु ले जति नै जनता जनता भनेर फलाके पनि, के हाम्रो मन ले यिनीहरु ले गरेको वाचा सही छ, पुरा गर्छ भनेर विश्वास गर्नसक्छ र ? पक्कै हाम्रो मन बाट यी नेताहरु प्रति को विश्वास चुँडिदैँ छ । सहिद को रगत र जनताको लाशमाथि राजनिती गर्नेहरु बाट हामीले के आश गर्ने ? यिनीहरु ले गरेको कुन वाचा चाँहि पुरा गर्छन्, अनि देश नयाँ बनाउँछन् भनेर मान्ने ? हाम्रो कति मन कुँडिएकोछ, तिनीहरुले यसको लेखाजोखा गर्न सक्दैनन् । यिनीहरु त आफ्नो कुर्सीको लागि लडिरहेकाछन्, भिडिरहेकाछन् । हामी जनतालाई भेडा बनाएर हाम्रा इच्छा अनि चाहनाहरुको बलि चढाउँदैछन् । होशियार, वाचा गर्नु अघि एकपटक सोच्ने कि ?

मैले लेखेको कुरा गफ मात्र हैन भन्ने कुरा त यो एउटा ‘पोडकाष्ट’ ले नै सिध्द गर्दैछ । शनिबार को दिन रेकर्ड गरिएको यो समाचार को टुक्रा सुन्नुहोस्, एउटा तल्लो स्तर को कमेडि शो भन्दा यसको कुनै महत्व छैन । अनि यो कमेडि शोमा हाम्रा नेताहरु ले आफैँ नै प्रस्तुती देखाइरहेकछन्, भ्रम मा नपर्नुहोस्, यो प्रस्तुती एकदम असली हो, यो कुनै क्यारिकेचर होइन । हाम्रा नेताहरु को बुद्धि अनि स्तर के रहेछ भनेर सबै छर्लङ्ग हुन्छ, सबैलाई कुर्सी नै चाहिएको छ, जनतासँग गरिएका वाचाहरु भाँड मा जाये !

लौ सुन्नुहोस् यो अडियो:



कान्तिपुर एफएम अनि उज्यालो नाइन्टि नेटवर्क को समाचार का टुक्राहरु जम्मा पारेर ५-६ मिनेटको एउटा विशेष कमेडि शो तयार पारेको छु, जसमा पहिलो ४ मिनेट हाम्रा कमरेड प्रचण्ड को सोलो प्रस्तुती छ भने, बाँकि समय मा माधब कुमार नेपाल, केपी ओली, रामचन्द्र पौडेल अनि बाबुराम भट्टराइ को प्रस्तुती रहेको छ । यिनीहरुले जनतासँग गरेको वाचा सम्झनुहोस्, अनि यहाँ बोलेका कुराहरु सुन्नुहोस्, मुल्यांकन आफैँ गर्नुहोस् । अन्त्य मा यति भन्छु, यो शो सुनेर एक पटक पेट मिचिमिचि जरुर हाँस्नुहोस् । अनि वाचा गर्नुअघि एकपटक सबैले सोच्नुहोस्, किनकी हाम्रो कमेडी शो पछि कसैले बनाउन नसकोस्, हाहाहा !

माथिको अडियो डाउनलोड गर्नुहोस् ।

imgsrc:safar-debu.blogspot.com

Comments

  1. चुँडिदै, गासीँदै गर्दा धागोमा धेरै गाँठाहरु पर्दै जान्छन् अनि त्यो धागो, विश्वास को धागो नभएर आवेशको, आक्रोशको अनि बदलाको धागोमा परिणत हुन्छ ।

    नेपालको राजनीतिलाई यति मिठो संग विम्बात्मक रुपमा विश्लेषण गर्नु भएको रहेछ - आकारजी ...निकै राम्रो लाग्यो ।

    ReplyDelete
  2. Emotional kura liyera....different tarika le satire gareko chau....ramro lagyo...lekh ma naya naulo pan aayeko cha....

    Bichar garera herda...Rajniti ko barema lekheko hoina jasto lage pani...conclusion ma testai po rahe6....

    Ramro lagyo malai ta...ani comedy wala voice pani ramro cha hai ;)

    ReplyDelete
  3. यो अडियो सुने पछि एकछिन हाँसे, तर यी घटीया भातमाराहरुको कुरा सुनीसकेपछी भने चिन्ता पो लाग्यो । यो त भट्टीमा जाँड खाएपछि माईला र साईलाले मुख छाडेको भन्दा पनि अचाक्ली रहेछ ! लौ गज्जब बन्नेभो नयाँ नेपाल !

    ReplyDelete
  4. हाम्रो नेताहरुले कहिले बुझ्ने हुन् कुन्नी सधै कुर्सिको लागीनै लडिराखेका हुन्छन।जुन नेता आएपनि आफ्नो भुँडी भर्ने काम मात्र गर्ने त हुन्।जनतासँग गरिएका वाचाहरु त त्यस्तै हुन..............
    "जुन जोगी आएपनि कानै चिरेको" भने झैं पो भएको छ नेपालमा !!

    ReplyDelete
  5. the fav part of ur writing is the word selection..u select word in such a way tht everyone can understand wht writer is trying to tell his reader..n esp u write those things which has occured to everyone of us n try to express those readers' feelings with the simple words

    ReplyDelete
  6. Thank you very much for your such an inspiring comment...
    I'll try my best....
    :)

    ReplyDelete
  7. Emotional kura liyera....different tarika le satire gareko chau....ramro lagyo...lekh ma naya naulo pan aayeko cha....

    Bichar garera herda...Rajniti ko barema lekheko hoina jasto lage pani...conclusion ma testai po rahe6....

    Ramro lagyo malai ta...ani comedy wala voice pani ramro cha hai ;)

    ReplyDelete
  8. चुँडिदै, गासीँदै गर्दा धागोमा धेरै गाँठाहरु पर्दै जान्छन् अनि त्यो धागो, विश्वास को धागो नभएर आवेशको, आक्रोशको अनि बदलाको धागोमा परिणत हुन्छ ।

    नेपालको राजनीतिलाई यति मिठो संग विम्बात्मक रुपमा विश्लेषण गर्नु भएको रहेछ - आकारजी ...निकै राम्रो लाग्यो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post