म जहिले सोच्थेँ, सगरमाथा बेसक्याम्प कस्तो छ, खुम्बु आइसफल कहाँ छ, हिलारी स्टेप कस्तो देखिन्छ आदि इत्यादि । फोटो र चलचित्रमा धेरै पटक सगरमाथा हेरियो तर सगरमाथाको खासै भेउ पाउन सकिएको थिएन । अप्रिल तेस्रो साता खुम्बुमा हिमपहिरो गएसँगै 'डिस्कभरी'ले केही हप्ता पहिले 'एभरेष्ट अभलान्चे ट्याजिडी' साइट सार्वजनिक गरेकोछ , जसबाट घरै बसेर सगरमाथा चढेको अनुभव (थ्रिडी अनुभव) गर्न सकिन्छ। सगरमाथा बेसक्याम्पबाट सुरु हुने ट्रेक, खुम्बु आइसफल, हिलारी स्टेप हुँदै सगरमाथाको टुप्पामा पुगेर टुंगिन्छ । सगरमाथाको टुप्पाबाट हिमालहरुको दृश्यावलोकन पनि मज्जाले गर्न सकिन्छ, सायद यसै कारण पनि होला, सबैजना सगरमाथा चढ्न मरिहत्ते गरेका । साइटमा, खुम्बुमा गएको हिमपहिरोको पनि वर्णन गरिएकोछ, ब्याकग्राउन्डमा मान्छेहरु बोलेको, अनि हिमालको चिसो स्याँठको आवाजको अनुभव गर्नसकिन्छ, ट्रेकभरि नै । साइटको वाँया भागमा उचाइको जानकारी देखिन्छ, बाटोलाई रातो धर्सोले देखाइएको छ । बेसक्याम्प देखि टुप्पासम्मको यात्रा कठिन रहेछ भन्नेकुरा डिस्कभरीको थ्रिडी ट्रेक गरेपछि अनुभव भयो । खुम्बुमा गएको हिमपहिरो