Skip to main content

Posts

Showing posts from September, 2015

असोज ३ गते जारि गरिएको, नेपालको नयाँ संविधानका बारेमा भारतले असन्तोष जनाउँदै, नचाहिँदो प्रतिक्रिया दिएपछि, ट्विटर, फेसबुक लगायत सामाजिक सञ्जालमा भारतीय रवैयाको चर्को आलोचना गरिएकोछ । नेपालको तराईमा जारी आन्दोलनमा चासो देखाउँदै, असोज ४ गते सोमबार बेलुका, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धम्कीको भाषा प्रयोग गरिएको भन्दै, नेपाली ट्विटर प्रयोगकर्ताहरुले #BackOffIndia ह्यासट्यागमा आफ्ना विचारहरु ट्विटरमा राखेका थिए। सोमबार सुरु भएको "ब्याकअफइन्डिया" ह्यासट्याग, मंगलबार दिउँसो ट्विटर र फेसबुकमा संसारभर ट्रेन्ड भएको हो । यो ब्लग तयार पार्दासम्म ट्विटरमा १ लाख ८० हजार पटक #BackOffIndia उल्लेख गरिएको छ भने, फेसबुकमा ३५ हजार भन्दा धेरै पटक उल्लेख भएको देखिएकोछ । ट्विटर र फेसबुकले 'पब्लिक' प्रोफाइलको तथ्यांक मात्र देखाउने भएकोले, वास्तविकतामा यो संङ्ख्या अझै केही बढि हुनसक्नेछ । #BackOffIndia Trends Worldwide on Twitter on Tuesday , after the inappropriate comment on Nepal's constitution by GOI. pic.twitter.com/1VNyzLkB5w — Aakar Anil (@aakarpost) S

गुगल अनुवादक (ट्रान्सलेट)मा, नेपालीलाई अन्य भाषा वा अन्य भाषालाई नेपालीमा अनुवाद गर्नु भएको छ? अजिव सुनिने/देखिने अनुवाद देखेर हाँस्नु भएको छ? साइटमा तथा मोबाइल एपमा, हिज्जे नमिलेका नेपाली भाषाका विज्ञापन देखेर, गुगल अनुवादलाई सम्झिनुभएको छ? गुगल अनुवादकमा नेपाली भाषा २०१३ मा समावेश गरिएको भएपनि, अन्य भाषाहरु जस्तो नेपाली भाषा 'पर्फेक्ट' भइसकेको छैन । अत: अनलाइनमा नेपाली भाषा सुधार गर्नको लागि, गुगल'ले पहिलो पटक नेपालमा "आफ्नो भाषालाई माया गरौँ" कार्यक्रम घोषणा गरेको छ । अनलाइनमा नेपाली भाषा सुधार गर्नको लागि, मंगलबार सेप्टेम्बर २२ देखि सेप्टेम्बर ३० सम्म, ल्याङ्वेज टेक्नोलोजी केन्द्र र अरू ४० भन्दा बढी स्थानीय शिक्षण संस्थाहरू, संघहरू र व्यवसायिक संगठनहरूसँगको सहकार्यमा ‘अाफ्नो भाषालाई माया गरौँ’ ट्रान्सलेटाथन गर्ने गुगल'ले जनाएको हो । गुगल एसिया प्यासेफिक, पब्लिक अफेयर र न्यु इमर्जिंङ मार्केट्स कम्युनिकेसन्सकी एमी कुनरोज्पान्या भन्छिन, “हामीलाई विश्वास छ, गुगल अनुवादले यो देशको लागि, यहाँको मानिसहरूका लागि र नेपाली भाषाको लागि नेपालीमा उपयोगी वेब बना

विद्यार्थी जिवनमा 'परिक्षा' सँधैको हाँउगुजी हो । त्यो भन्दा नि ठूलो तनाव त प्रवेश परिक्षाले दिन्छ । एसएलसीबाट प्लसटु अनि प्लस'टु बाट ब्याच्‌लर'मा छलाङ हान्नुपर्ने बेला विद्यार्थी तनावमा देखिन्छन् । के पढ्ने, कति पढ्ने, कस्तो प्रश्न सोधिन्छन्, कताबाट सोधिन्छ, कसरी सोधिन्छ भनेर विद्यार्थीहरु (विशेषत आइटी/ईन्जिनियरिङ र मेडिकलका) तनावमा हुन्छन् । विद्यार्थीहरुले भोग्ने यस्तै समस्याहरुलाई सम्बोधन गर्न नेपाल सिएसआइटी एसोसियसन  र अस्कल'का विद्यार्थीहरुले, बिएस्सी सिएसआइटी (BScCSIT) पढ्न तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर, प्रवेश परिक्षा तयारीको लागि मोबाइल एप निर्माण गरेको छ । अब ब्याच्‌लरमा आइटी पढ्न जुर्मुराए'का विद्यार्थीहरुलाई सिएसआइटी इन्ट्रान्स एपले सहयोग गर्नेछ । सिएसआइटी इन्ट्रान्स एपमा प्रवेश परिक्षा'को मोडल प्रश्नपत्रहरु तथा अघिल्लो वर्षका प्रश्नपत्रहरु राखिएको छ, जहाँबाट विद्यार्थीहरुले सजिलै ती परिक्षाहरुमा नि:शुल्क भाग लिन पाउँछन् । प्रश्नहरुको जवाफ दिँदै जान सकिन्छ, जवाफ दिइसकेपछि, आउने स्कोरको आधारमा तत्काल आफ्नो जवाफ सही भयो कि भएन

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा! नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रो को नयाँ संस्करण गुगल प्लेस्टोरमा आजबाट उपलब्ध भएको छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल'ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले'को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् । डिजाइन मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो'को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्या

फोटो खिच्न महंगो क्यामेरा होइन, 'कन्सेप्ट'को जरुरी पर्छ । मोबाइल फोनबाटै खिचिएका फोटोहरु ले पनि बेला - बेलामा तहल्का मच्चाउने गरेकाछन् । आज यस ब्लगमा भने, मोबाइलबाट सम्भवत पहिलो नेपाली म्युजिक भिडियो खिचिएको चर्चा गरिँदैछ। २०१२ को सेप्टेम्बरमा ठूलो तामझामका साथ, नोकियाले "लुमिया ९२०" विन्डोज फोन सार्वजनिक गर्यो । नोकियाले लुमिया ९२० को ८ मेगापिक्सल क्यामेरालाई 'प्योर भ्यु'को विशेषण दिएर, आफ्नो क्यामेरा उत्कृष्ट भएको बताएको थियो। फोन सार्वजनिक गर्ने क्रममा, नोकिया लुमिया ९२० बाट खिचिएको भिडियो भन्दै केही भिडियोहरु पनि देखाइएको थियो, तर पछि थाहा भयो, ती भिडियोहरु मोबाइलबाट खिचिएका थिएनन् । नोकियाको कर्तुतको आलोचना हुनथालेपछि, नोकियाले आफ्नो ब्लग मार्फत माफी नै माग्नुपर्यो । माथि नोकियाको प्रसंगले थाहा हुन्छ, ३ वर्ष अघिसम्म मात्रै पनि व्यवसायिक भिडियो खिच्नका लागि मोबाइलहरु उपयुक्त थिएनन् । तर विगत ३ वर्षमा आइफोन, एन्ड्रोइड तथा विन्डोज फोनका सफ्टवेयर र हार्डवेयरमा ठूलै परिवर्तन भइसकेकोछ । अब स्मार्टफोनबाट भिडियो खिच्नु, बनाउनु ठूलो कुरो रहेन, दिनहुँ आन्दोलनक

विगत १७ वर्षमा गुगलको लोगो धेरै पटक परिवर्तन भइसक्यो । महिना दिन पहिले एल्फाबेटको घोषणा पछि, गुगलको लोगो फेरि परिवर्तन भएकोछ । पहिलेको झैँ निलो, रातो, पहेँलो र हरियो गरि चार प्रकारको रङ्गहरु प्रयोग भएको लोगोको बनोटमा स्यान्स सेर्‌फ समूह अन्तर्गतको 'प्रडक्ट स्यान्स' फन्ट प्रयोग गरिएकोछ। गुगलका सबै प्रडक्टमा गुगलको नयाँ लोगो प्रयोग हुनेछ, सानो ठाउँ तथा फेभिकनको लागि 'जि' मात्रै लेखिएको लोगो प्रयोग हुनेछ भने, मोबाइलमा सर्च गर्नुपर्दा 'डटहरु'को एनिमेसन देखिनेछ । गुगलको नयाँ लोगोको डिजाइनबारे विस्तृत कुरा यहाँबाट पढ्न सकिन्छ । गुगलको होमपेजमा गुगल डुडलको रुपमा गुगलको नयाँ लोगो राखिएको छ। गुगलको नयाँ लोगोलाई अधिकांशले मन पराएकाछन् ।