Skip to main content

Posts

Showing posts from July, 2014

फोन होस् वा इन्टरनेट, नेपाली भाषामा चलाउन खोज्ने, देवनागिरी लिपी मात्र बुझ्ने प्रयोगकर्ताहरुको सङ्ख्या नेपालमा उल्लेख्य मात्रामा छ । नेपाली भाषा प्रेमीहरुलाई खुशीको खबर, जिमेल अब नेपाली भाषामा उपलब्ध भएकोछ । हिजोबाट जिमेल नेपाली लगायत अन्य १२ वटा भाषामा उपलब्ध भएको हो । यो सँगै, जिमेल अब ७१ वटा भाषाहरुमा उपलब्ध भएको कुरा जिमेलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । नेपाली स्वयंसेवकहरुको महिनौँको मेहनत पछि जिमेल नेपालीमा उपलब्ध भएको हो, गतवर्ष डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो । जिमेल नेपाली भाषामा कसरी प्रयोग गर्ने? १) जिमेलमा 'साइन इन' गर्नुस् २) दायाँ छेउको 'गियर आइकन' क्लिक गर्नुस् ३) सेटिङ्स छान्नुस् ४) सेटिङ्स पेजको माथिल्लो भागमा 'जिमेल डिस्प्ले ल्याङ्गवेज' लेखिएको हुन्छ, त्यहाँको 'ड्रप डाउन' मेनुबाट 'नेपाली' भाषा छान्नुस् ५) पेजको तलको बटनबाट सेटिङ सेभ गर्नुस् अब तपाईको जिमेल एकपटक रिलोड हुनेछ, त्यसपछि जिमेल नेपाली भाषामा प्रयोग गर्नसक्नुहुन्छ । जिमेल नेपाली भाषामा भन्नुको मतलब तपाईले जिमेलमा स

पूल्चोक इन्जिनियरिङ क्याम्पसले यस वर्ष देखि दुई चरणमा प्रवेश परिक्षा सञ्चालन गर्दैछ, पहिलो चरणको परिक्षामा कम्तिमा ३० प्रतिशत अंक ल्याउनेहरु मात्र दोस्रो परिक्षामा सम्मिलित हुन पाउनेछन् । असार २५ गतेबाट सुरु हुने पहिलो चरणको परिक्षा कम्प्युटरको माध्यमबाट लिइनेछ । इन्जिनियरिङ तथा मेडिकलको प्रवेश परिक्षा भनेपछि यसैपनि विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास हुन्छ, हजारौँ विद्यार्थीहरु सँग प्रतिस्पर्धा गर्नुपर्ने मात्र नभइ, नयाँ ठाउँ र नयाँ परिवेशमा परिक्षा दिनुपर्छ, त्यसमाथि 'क्यारियर'को पहिलो खुड्किलोको रुपमा पनि प्रवेश परिक्षालाई हेर्ने गरिन्छ । इन्जिनियरिङ तथा मेडिकलको, प्रवेश परिक्षा दिन तम्तयार विद्यार्थीहरुका यस्तै यावत समस्याहरु समाधान गर्न नेपाली स्टार्टअप 'फुङ्का टेक्नोलोजी' ले नयाँ उपाय सुझाएको छ, 'मेरो एन्सर' एप मार्फत ।मेडिकल तथा इन्जिनियरिङ प्रवेश परिक्षाको पाठ्यक्रम अनुसार निर्माण गरिएको 'मेरो एन्सर', एप मार्फत इन्जिनियरिङ तथा मेडिकलको प्रवेश परिक्षाको अभ्यास आफूले चाहेको समयमा गर्न सकिन्छ । ' मेरो एन्सर'एप वेब र एन्ड्रोइड मा उपलब्ध छ