Skip to main content

Posts

Showing posts with the label Social Media

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ ।

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो । यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, 'आहा' भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, 'यति धेरै फलोअर भएको

चिनी धेरै खायो भने तितो हुन्छ, भन्ने कुरा हालै आएर फेसबुक स्टोरीले प्रमाणित गरिदिएकोछ । स्न्यापच्याटले सुरु गरेको स्टोरी फिचर, स्न्यापच्याट प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । स्न्यापच्याट स्टोरी भनेको आफूले पोष्ट गरेको फोटो, भिडियो २४ घन्टा सम्म मात्र रहने र पछि आफैँ हराएर जाने फिचर भनेर बुझ्न सकिन्छ । फोटो, भिडियो केही समयपछि हराएर जाने कन्सेप्ट स्न्यापच्याटबाट सुरु भएको थियो । स्न्यापच्याट स्टोरीको लोकप्रियता देखेर फेसबुकले पनि सोही कन्सेप्ट कपि गरेर, इन्स्टाग्राममा स्टोरी फिचर ल्यायो । इन्स्टाग्राम स्टोरी धेरैले मन पराए । त्यसपछि फेसबुकले मेसेन्जर हुँदै गतहप्ता फेसबुकको मोबाइल एपमा पनि स्टोरी फिचर ल्यायो । अघिल्लो हप्ता फेसबुकमा स्टोरी थपियो; फेसबुक एपको सबैभन्दा माथिको लहरमा 'स्टोरी'; त्यसपछि स्टाटस अपडेट गर्ने ठाउँ; अनि त्यसपछि न्युजफिड । फेसबुक एप खोल्दा दिक्क लाग्यो, मैले तत्कालै फेसबुक एप मोबाइलबाट हटाएँ । मलाई २४ घन्टामा आफैँ हराएर जाने फोटो, भिडियो पोष्ट गर्नुछ भने, म स्न्यापच्याट वा इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक किन प्रयोग गर्छु र? स्न्यापच्याट र इन्स्टाग्राम

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

हिजोआज ट्विटरमा सेयर हुने प्राय: लिंकहरुमा अगाडी 'लिङ्कइज' (ln.is) झुन्डिएको हुन्छ । ट्विट गर्नेहरुले सायद पत्तो पाउँदैनन् तर उनीहरुका फलोवरका लागि भने यो 'लिङ्कइज', आतंक को दोस्रो नाम झैँ भएको छ, ट्विटरमा । जुनसुकै लिंक खोल्दा पनि ब्राउजरमा माथि लिङ्कइजको बार देखिन्छ । लिङ्कइजलाई एकपटक ट्विटरमा कनेक्ट गरिसकेपछि, हामीले ट्विट गर्ने हरेक लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजको लिङ्कमा परिवर्तन हुन्छ। लिङ्कइज कसरी हटाउने? यदि तपाईले ट्विट गरेका लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजमा परिवर्तन भइरहेकाछन् भने ट्विटरको सेटिङबाट एपमा जानुहोस् (ट्विटर एप सेटिङ, मोबाइलमा उपलब्ध छैन, अत: तपाईले ल्यापटप/कम्प्युटरबाट ट्विटरको एप सेटिङमा जानुपर्नेहुन्छ)। लिङ्कइजले आफ्नो एपको नाम परिवर्तन गरेर 'बुस्ट योर सेल्फ प्रमोशन' (Boost your self-promotion) नाम राखेको छ, अत: ट्विटरको एप सेटिङमा 'बुस्ट योर सेल्फ प्रमोशन' भन्ने एप खोज्नुहोस् र त्यसको छेउमा रहेको 'रिभोक एक्सस' (Revoke Access) बटन क्लिक गर्नुहोस् । यति गरेपछि तपाईको ट्विट लिङ्कइजबाट मुक्त हुन्छ। Go to Twitter

सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले अघिल्लो हप्ता उनको आफ्नो फेसबुक प्रोफाइलमा सेयर गरेको एउटा फोटोको इन्टरनेटमा व्यापक चर्चा भयो । फोटो सेयरिङ एप् इन्स्टाग्रामको प्रयोगकर्ता ५० करोड पुगेको जानकारी दिन, जुकरबर्गले फेसबुकमा फोटो पोस्ट गरेका थिए । मार्क जुकरबर्गले अपलोड गरेको फोटोमा, उनको ल्यापटपको वेवक्याम र माइकको ज्याकलाई टेपले छोपिएको देखिन्छ । धेरैलाई सामान्य लाग्ने यो फोटोले ईन्टरनेट सुरक्षाको अर्को खतारनाक पाटो उजागर गरेको छ । केही हप्ता पहिले मात्रै ह्याकरहरुले मार्क जकरबर्गको लिङ्कड्इन र ट्विटर प्रोफाइल ह्याक गरेका कारणबाट पनि यस फोटोको चर्चा चुलिएको हो । मार्क जुकरबर्गले आफ्नो ल्यापटपको वेवक्याम र माइक्रोफोनको ज्याक टेपले टाँसेको कुरा क्रिस ओल्सन नामक ट्विटर प्रयोकर्ताले ट्विटमा औँल्याएका थिए । 3 things about this photo of Zuck: Camera covered with tape Mic jack covered with tape Email client is Thunderbird pic.twitter.com/vdQlF7RjQt — Chris Olson (@topherolson) June 21, 2016 वेवक्यामलाई टेपले छोप्नुलाई केहीले

माइक्रोसफ्टले, ४३ करोड प्रयोगकर्ता रहेको प्रोफेशनल सोसल नेटवर्किङ साइट लिङ्क्डइन २६ अर्ब डलरमा (करिब २६ खर्ब नेपाली रुपैँया) किन्ने घोषणा गरेको छ ।  माइक्रोसफ्टका अनुसार , लिङ्क्डइन छुट्टै (आफ्नै) ब्रान्डको रुपमा रहनेछ । अहिलेका लिङ्क्डइनका सिईओ जेफ विनर नै माइक्रोसफ्ट अन्तरगत रहने लिङ्क्डइन सिईओको रुपमा रहनेछन् । माइक्रोसफ्ट प्रोफेशनल क्लाउड र लिङ्क्डइन प्रोफेशनल नेटवर्क भएको उल्लेख गर्दै, लिङ्क्डइनका सिइओ जेफ विनरले माइक्रोसफ्टसँग मिलेर अझै धैरै काम गर्न सकिने कुरा आफ्नो  ब्लगमा  उल्लेख गरेकाछन् । लिङ्क्डइनका सिइओको ब्लगमा आएका कमेन्टहरु सर्सर्ती हेर्दा, लिङ्क्डइनका प्रयोगकर्ताहरु उत्साहित भएको देखिँदैन । सत्य नडेला माइक्रोसफ्टको सिइओ भएसँगै, माइक्रोसफ्टले मोबाइल, वेबमा आफ्नो पुरानो स्थान खोज्दै आएको छ ।  हालैका वर्षहरुमा आइफोन तथा एन्ड्रोइडमा रहेका पपुलर एप्सका साथै एन्ड्रोइड ओएस आदिमा लगानी गर्दै माइक्रोसफ्ट, मोबाइलमा छिरेको छ (माइक्रोसफ्टको आफ्नै मोबाइल सफल हुन सकेको भने छैन) । यसैलाई निरन्तरता दिँदै सोसल मिडिया मार्फत आफ्नो बजार बिस्तार गर्न माइक्रोसफ्टले लिङ्क्डइन किनेको

नेपालमा ट्विटरका प्रयोगकर्ता दिनानु दिन बढ्दै गइरहेछन् । प्रधानमन्त्री देखि स्कुलमा पढ्ने भाइ-बहिनीहरु सम्म ट्विटरबाट आफ्ना कुरा राखिरहेकाछन् । नेता, प्रधानमन्त्री, प्रहरी, आर्मी आदिले आफ्ना ट्विटर एकाउन्टबाट ट्विट गरेर सूचना, जानकारी दिनु अब नौलो रहेन । ट्विटर चलाउनु एउटा कुरा, तर ट्विटरबाटै एउटा शहरको शासन व्यवस्था नै चल्नु अर्को कुरा । स्पेनको एउटा शहरमा ट्विटर कसरी प्रयोग गरिएको छ भनेर न्यु योर्क टाइम्स मा मार्क स्कटले लेखेको लेखको मूख्य अंशलाई साभार गरेर यहाँ प्रस्तुत गरिएकोछ । स्पेनको हुन् (जुन्) शहरका मेयरको घरमा अप्रिलमा छोरी जन्मिइन् । मेयरले आफ्नी भर्खर जन्मिएको छोरीका लागि ट्विटरमा एकाउन्ट बनाइदिए अनि जन्मिएको खबर, छोरीकै ट्विटरबाट "म जन्मिएँ" भन्दै ट्विट गरेर खबर सार्वजनिक गरे । जन्मने बित्तिकै फेसबुक र ट्विटर , किन चाहियो भनेर धेरैलाई चासो लाग्नु र अचम्म लाग्नु स्वाभाविक नै हो, तर यस स्पेनिश शहरका वासिन्दालाई भने यो सामान्य कुरा हो । करिब ३५ सय जनसङख्या रहेको यस शहरमा प्राय: हरेक गतिविधि ट्विटरबाटै हुन्छ । सम्भवत: संसारभरिमै यस शहरका वासिन्दा सबैभन्दा एक्ट

च्याट तथा मेसेजिङ एप् ह्वाट्सयाप (ह्वाट्स अप) अब सँधैको लागि 'फ्रि' हुने भएको छ (ह्वाटस्एप चलाउन पैसा नलाग्ने) । विज्ञापन नदेखाउने बरु ह्वाट्सयाप चलाएको दोस्रो वर्ष देखि प्रयोगकर्तासँग वार्षिक ९९ सेन्ट (करिब १०० रुपैयाँ) लिने ह्वाट्सयपको बिजनेस मोडल थियो । केही वर्षअघि फेसबुकले ह्वाट्सयापलाई १९ अरब डलरमा खरिद गर्दा, यसको बिजनेस मोडलको खुबै चर्चा भएको थियो । फेसबुकले यति महंगो मुल्य हालेर, ह्वाट्सएपलाई नभइ आफ्नो प्रतिद्वन्दीलाई खरिद गरेको थियो भन्ने कुरा पनि चर्चाको विषय भएको थियो, किनकी प्रयोगकर्ताहरु फेसबुक भन्दा धेरै ह्वाटस्एप चलाउँथे । करिब १ अरब प्रयोगकर्ता रहेको दाबी गरिएको ह्वाट्सयाप निकै रुचाइएको च्याटिङ एपहरु मध्यमा पर्छ। ह्वाट्सयापले हिजो ब्लग मार्फत ह्वाटस्एपको बिजेनस मोडलले सोचे जस्तो काम नगरेको सार्वजनिक गर्दै, ह्वाट्सयाप अब सँधैको लागि फ्रि हुने घोषणा गरेको हो । सबै प्रयोगकर्तासँग डेबिट/क्रेडिट कार्ड नभएको तर दोस्रो वर्ष देखि पैसा तिर्नुपर्ने हुँदा, आफन्तजनसँग ह्वाट्सयाप मार्फत नजिक हुन नपाएको कुरा ब्लगमा उल्लेख गरिएकोछ । यसको अर्थ, प्रयोगकर्ताहरु पैसा तिर्न

नेपालमा तराईको आन्दोलन कारण देखाउँदै, भारतले अघोषित नाकाबन्दी गरेका कारण, पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभाव भएको समयमा, भारतीय दुतावासले नेपाल आयल निगमसँग डिजल-पेट्रोल माग गरेको समाचार बाहिर आएपछि, नेपाली ट्विटर प्रयोगकर्ताहरुले ट्विटर मार्फत नै दुतावासलाई तेल दिने अभियान चलाएका थिए । भारतको अघोषित नाकाबन्दीको कारण, पेट्रोलियम पदार्थ नेपाल नभित्रिएको तर भारतीय दुतावासले तेलको माग गरेपछि, नेपाली ट्विटर प्रयोगकर्ताले व्यंग्यको रुपमा सुरु गरेको #DonateOilToIndianEmbassy ह्यासट्याग, बुधबार दिउँसो संसार भरि ट्रेन्ड भएको थियो । अतिथीलाई स्वागत सत्कार गर्ने प्रचलन भएको भन्दै, दुतावासले माग गरेपछि, हामीले तेल दिनुपर्छ भन्दै, ट्विटरमा भारतीय दुतावासलाई तेल दिन आग्रह गरिएको थियो । ट्विटरमा आग्रह गरिएको केही समयमै करिब २ सय युवाहरु स्वतस्फुर्त रुपमा भारतीय दुतावास अगाडी लैनचौरमा, प्लेकार्ड तथा पेट्रोल लिएर उपस्थित भएका थिए । #BackOffIndia लेखिएको प्लेकार्ड सहित भेला भएका युवाहरुले भारतको नाकाबन्दीको सांकेतिक विरोध गरेका थिए । यो ब्लग तयार गर्दासम्म, ट्विटरमा #

असोज ३ गते जारि गरिएको, नेपालको नयाँ संविधानका बारेमा भारतले असन्तोष जनाउँदै, नचाहिँदो प्रतिक्रिया दिएपछि, ट्विटर, फेसबुक लगायत सामाजिक सञ्जालमा भारतीय रवैयाको चर्को आलोचना गरिएकोछ । नेपालको तराईमा जारी आन्दोलनमा चासो देखाउँदै, असोज ४ गते सोमबार बेलुका, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धम्कीको भाषा प्रयोग गरिएको भन्दै, नेपाली ट्विटर प्रयोगकर्ताहरुले #BackOffIndia ह्यासट्यागमा आफ्ना विचारहरु ट्विटरमा राखेका थिए। सोमबार सुरु भएको "ब्याकअफइन्डिया" ह्यासट्याग, मंगलबार दिउँसो ट्विटर र फेसबुकमा संसारभर ट्रेन्ड भएको हो । यो ब्लग तयार पार्दासम्म ट्विटरमा १ लाख ८० हजार पटक #BackOffIndia उल्लेख गरिएको छ भने, फेसबुकमा ३५ हजार भन्दा धेरै पटक उल्लेख भएको देखिएकोछ । ट्विटर र फेसबुकले 'पब्लिक' प्रोफाइलको तथ्यांक मात्र देखाउने भएकोले, वास्तविकतामा यो संङ्ख्या अझै केही बढि हुनसक्नेछ । #BackOffIndia Trends Worldwide on Twitter on Tuesday , after the inappropriate comment on Nepal's constitution by GOI. pic.twitter.com/1VNyzLkB5w — Aakar Anil (@aakarpost) S