Skip to main content

Posts

Showing posts from March, 2008

- ईशान गजुरेल
[email protected]

टेबुलमा कम्प्युटर आरामले बसेको छ ।

त्यसको बायाँपट्टी
टक्-टक् आवाज निकाल्दै
रातलाई चुनौती दिँदैछ मेरो घडी ।
मैले त्यसलाई घुरेको आधाघण्टा भयो
उपलब्धि, केबल समयनाश ।

आज म त्यो घडिमा मेरो देश देख्दैछु,
अनि त्यसका सुइहरुमा राजनिति
जसलाई चलाईराखेका छन् ब्याट्रीले ।
ती ब्याट्रीमा म नेतालाई देख्छु ।
बेला-बेलामा ती ब्याट्रीलाई फेर्नुपर्छ,
फेर्नेमान्छे अर्थात स्वयम मलाई
म जनता देख्छु ।
घडिमा तिथी पनि छ,
घडिमा १,२,….१२ अंक पनि छन्,
हरेक अंकमा म देशमा घट्ने घटना देख्छु ।

मैले त्यस घडिमा एकनासले
निकम्मा भएर हेरेको देख्दा,
ती नेताले,
म जनतालाई राजनितिको सुई घुमाउँदै
विभिन्न घटना घटाउँदै १२ बज्छ,बज्छ
संविधानसभा आउँछ-आउँछ भनेर
१२ बजे पुग्दा नपुग्दै आफ्नो रुप
फेरेर फेरी तिनै घटना
दोहोय्राउँदै छन् ॥

एक समय
आउला
जब ती राजनितिक सुई
१२ अंकमा टक्क रोकिएला
जुनबेला
ब्याट्री फेल हुनेछन्,

नयाँ ब्याट्री फेर्नुपर्नेछ
मैले ॥

चुनाव आउन मात्र १३ दिन बाँकी । तर आमजनताको मनमा अझै पनि साँच्चै चुनाव हुन्छ र भन्ने आशंकाहरु । ती आशंकाहरु बिना काम मै आएका भने हैनन् । नेता तथा पार्टिहरुको दिनहुँ को रवैयाले पनि यही नै संकेत गर्छ कि,यो चुनाव हुन गाह्रो नै छ, चुनाव भैहाले पनि निष्पक्ष हुने छैन,अनि राजनितिक जटिलता झनै बढ्दै जानेछ । चुनाव को मुखमा यी कुराहरु भन्न नहुने तर के गर्नु,जताततै डामाडोल देखेपछि भा’को कुरा त गर्नै पर्छ,मन थामेर बस्न सकिँदैन । यही चुनावको निहुँमा दिनैपिच्छे कुटाकुट परिरहेकोछ,झडप परिरहेको छ । दिनहुँ सयौँ को सङ्ख्यामा कार्यकर्ताहरु घाइते भैरहेकाछन्,कतै-कतै त केही ले ज्यानै पनि गुमाइसकेकाछन् । हैन , यो चुनाव भन्ने चिज नै यस्तै हो कि क्या हो ?

चुनाव अपरिहार्य छ,परिवर्तन का लागि , नयाँ सोच र नयाँ कामका लागि । तर “आफ्नो गोरुको बाह्रै टक्का” भन्ने कुरा गर्नाले स्थिती सन्तोषजनक भने देखिएको छैन । सबै नेता र पार्टिहरु जनताको दुहाइ दिन्छन् –“जनता ले यो चाहेको छ,जनताले त्यो चाहेको छ,जनता हाम्रा पक्षमा छन्” । देश धेरै अस्थिर भएको छ तर नेताहरु सजिलै पन्छिने गरेकाछन्,यो संक्रमणकालिन अवस्था हो,यस्तै हुन्छ । संक्र…

बत्तिको झिलिमिलि - जर्मनीमा साँझपख कोठाबाहिर झ्याल बाट खिचिएको दृश्य ! pics by:milan

I'm here.....








Celebrating holi..........................

“नेपालले के गर्यो मलाई भन्न छोडिदेउ,
नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ,
श्रृष्टिको बिहानी सृजना गर्ने शिव त्यो तिम्रै हो,
विश्वमा शान्ति फैलाइदिने बुध्द त्यो तिम्रै हो,
विश्वको शिर उठाइदिने सगर तिम्रै हो,
हिरा र मोती फलाइदिने धरती तिम्रै हो,
नेपाल ले के गर्यो मलाई भन्न छोडिदेउ,
नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ ….
मेची र काली,गण्डकी कोशी,सबै यो तिम्रै हो,
विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग यो तिम्रै हो,
चन्द्र र सूर्य हाँसेर बस्ने यो झण्डा तिम्रै हो,
गुँरास माथि डाँफेले नाच्ने यो देश तिम्रै हो,
नेपालले के गर्यो मलाई भन्न छोडिदेउ,
नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ ।”

हामीसँग के छ ? अनि हाम्रो कर्तव्य के हो ? माथि उल्लेखित गितका हरफले सबै भनिसकेकोछ, तर हामी किन नचाहिँदा बखेडा झिकिरहेका छौँ । साँच्चै हामीसँग नभएको केही छैन,तर हामी मौका मा काम गर्न सक्दैनौँ अथवा भनौँ हामी गर्न चाहँदैनौँ। “करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल….” - हाम्रो एउटै देश छ नेपाल अनि यहाँ सबै नेपाली छन्,कोही पराइ छैन तर किन हो थाहा छैन,सबै नानाथरीका बहाना बनाइरहेका छन् । अनि आपसमै फुट ल्याइरहेकाछन् । केही समयअघिसम्म कायम रहिआ…

नेपाल मा गर्मी बढ्दै गर्दा जर्मनीमा चाँही गज्जबले हिँउ परिरा'छ ! pics by:milan

इन्टरनेटमा खबरहरु पढ्दै थिँए,मेरा आँखाहरु ई-कान्तिपुर को यो खबर मा गएर टक्क रोकिए ।

March 17 - Sarlahi District Education Office has arrested one person and suspended sixteen invigilators on charge of misconduct on first day of SLC exam. Similarly, 10 invigilators from Krishnamati Secondary School exam centre, two from the Public Secondary School exam centre and 4 from the Musali exam centre were also suspended. Invigilator Mr. Dhirendra Kumar Singh, who was helping the students by writing the answers on the blackboard, at Gamhadia exam centre, was also caught red hand by an exam monitoring team. The guilty was handed over to the police.

My Observation:

लाग्यो स्थिति अझै उस्तै रहेछ, मैले ४ वर्ष अघि एस एल सी दिँदा जस्तो हाल थियो अहिलेपनि त्यस्तै रहेछ । अनि लाग्यो यस्तो मामला मा सर्लाही निकै अगाडि रहेछ । म यहाँ कुरा गर्दैछु,सोमबार भएको एस एल सी परीक्षाको,जुन परीक्षा मा सर्लाहीबाट अत्याधिक संङ्ख्यामा invigilator हरू पक्राउपरेका छन् साथै १६ जना जति invigilator हरू suspended भएका छन् । यसरी प…

"अब त खान पनि नसकिने भयो,हैन कस्तो महंगी बढेको,के भा'को होला ?" एक अपरिचित यसै भन्दै थिए यहीँ नजिकैको किराना पसल मा । सोधेँ पत्ता लाग्यो-उनी तेल किन्न आएका रहेछन्,अनि तेल को दाम सुनेर तीन छक्क परेकारहेछन् । "एक महिना अगाडिसम्म प्रति लिटर १३० रुपियाँको हाराहारीमा रहेको तोरीको तेलको मूल्य अचेल डेढ सयभन्दा माथि पुगिसकेछ । के गर्नु भाइ देशमा लोकतन्त्र नभै 'भोकतन्त्र' आ'कोर'छ !" उनले भने । म खिसिक्क हाँसेर भनेर -"के गर्ने दाइ ? नेताले,मन्त्रिले खान पा'कै छन् क्यारे ! अनि पेट्रोल,डिजेल जति महंगो भएपनि गाडि चढेकैछन् क्यारे" । उनले पनि सहमति जनाए -"त्यही त भन्या" अनि तुरुन्तै आक्रोश पोखे "सबलाई एउटै लाइनमा लगाएर गोली ठोक्नुपर्ने,यसै नभाको-उसै नभाको,हुन पनि कति सम्म महंगो भाको'त" । म केही बोल्न सकिंन मात्र टाउको हल्लाएँ ।
चुनाव आइसकेको छ तर खाद्यवस्तु देखि लिएर सब चिजमा दाम ह्वात्तै बढेको छ । उनमा पिडा झल्किएको थियो साथै आक्रोश पनि । "अब त सय-पचास ले त केही नै नहुने भयो"-उनी भन्दै गए, म केही बोलिन मात्र टाउक…

चुनाव त आइसक्यो,देशै चुनावमय भएको छ तर अब मलाई चुनाव प्रति रूची छैन,मलाई चुनाव को कुनै मतलब छैन भन्न मन लागेको छ । तर आफ्नो अधिकार को प्रयोग त सबैले गर्नैपर्छ अर्थात चुनाव मा भोट हाल्नै पर्छ । अन्यथा साँच्चै हो मलाई चुनाव चाहिएन,मलाई किन चाहियो र ? पहिले के भएको थियो अनि अब के नै हुन्छ र ? “जति जोगी आएपनि कानै चिरेका” जो आएपनि केही हुनेवाला छैन । जो आएपनि,जो गएपनि के मतलब ? रेडियो र टिभि ले चुनाव आयो,भोट हाल्नुपर्छ भनेर फुकेको फुकेकै छ अनि आचारसंहिता सबैलाई पालन गर्न पनि आग्रह गरिरहेको छ । तर अफसोच देशमा लोकतन्त्र न’भै मनपरितन्त्र छ,जसले जे गर्दा पनि हुन्छ अनि जे भने पनि हुन्छ,यहाँ कानुन नाम को केही चिज पनि छैन जस्तो छ । लगातार घटिरहेका घटना ले यीनै कुराहरुको संकेत गर्छ साथमा भविष्यमा यसले ठूलै दुर्घटना ल्याउने पक्का छ ।

हिजो भर्खर पनि चुनावी सिलसिलामा हिँडेका नेकपा एमालेका रामेछाप का उम्मेदवार देवशंकर पौडेल लगायत १ दर्जनलाई माओवादी कार्यकर्ता ले कुटपिट गरेका छन् । त्यस्तै हिजै राप्रपा को चितवन को चुनावी कार्यक्रमबाट केही राप्रपा कार्यकर्तालाई पनि अपहरण गरिएको छ । त्यस्तै सूर्यबहादुर …

लाग्छ मेरो हालत पनि पागलको जस्तै छ । कता-कता रिस उठिरहेको छ, आँफैदेखि । एकदम बेग्लै सोच आउनलागेको छ , डर लाग्छ कतै पागल त भइने हैन ! घनचक्कर लेख्ने सञ्जिव उप्रेती ले मात्र नभै हिजो-आज सबै नै आफूलाई(आफूमा) परिवर्तन आएको आभाष गरिरहेकाछन् । साँच्चै हो - म कहिले काँही सोच्दा-सोच्दै कहाँ पुग्छु आफैँलाई थाहा हुँदैन । यो संसार देखि नै विरक्त लाग्छ । हामी के-को लागि यस्तो मारामार गरिरहेका छौँ , आखिर मरेर के लानु छ, अनि बाँचेर के गर्नु छ । फेरी सोच्छु, यो त गर्नै पर्छ । तर के-का लागि प्रस्ट हुन सकिरहेको छैन । के साँच्चै म पनि पागल हुन लागेको हुँ । हैन भने फेरी किन नानाथरिका तर्कना आऊँछन् । किन केही गर्ने जाँगर आउँदैन ।

लेख्ने मन थियो ब्लगमा दिनहुँ - तर खै किन लेख्न सक्दिन , मात्र तर्कना आउँछ । कहिलेकाँही म फेरी सोच्छु,म किन ब्लग मा लेख्ने गर्छु,लेखेर के फाइदा । तर हैन मैले लेख्नै पर्छ र लेख्छु पनि । अनि अनायासै हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटा को "पागल" कविता सम्झन्छु, उनले के पाए र यो सब लेखेर - केहि न केही,उनलाइ पनि त पागल नै त प्रमाणित गरियो । अनि अहिलेकाले मलाई के पागल बनाउन …