Skip to main content

Posts

Showing posts from December, 2013

सन् २०१३ ले विदा माग्ने सुर कस्दैछ, दिन बित्दै जाँदैछ, ब्लग बुढो हुँदै जाँदैछ । दिनहुँ नयाँ कुरा सिकिँदैछ, नयाँ परिवर्तनको अनुभव गरिँदैछ । 'गुगल किप'मा हरेक दिन जसो केही न केही टिपोट गरिन्छ, ब्लगको लागि भनेर तर सँधै भोलि भनेर पन्छिएको धेरै समय भयो । यही अनिमियतताको विच पनि गत १ वर्षमा ६५ वटा ब्लग प्रकाशित गरिएछ, केही ड्राफ्टमै थन्किएकाछन् । पछिल्लो १ वर्षलाई नियाल्दा ब्लग नियमित नभएपनि सँधै केही न केही चैँ लेखिनै रहिएको रहेछ भन्ने लाग्यो  । त्यो भन्दा महत्वपूर्ण कुरा, ब्लगमा प्रकाशित कुन र कस्तो ब्लगपोष्टहरुलाई रुचाइएको रहेछ भनेर जान्ने मौका पनि मिल्यो । यसले ब्लगमा आगामी दिनमा कस्ता सामाग्री प्रकाशन गर्नु पर्ने रहेछ भनेर एक किसिमको सन्देश पनि मलाई दियो । धेरैले भन्ने गर्छन्, ब्लग आफ्ना लागि लेखिने हो । सायद सही नै होलान् तर पढ्ने पाठक नभइदिए, ब्लगहरुको काम छैन भन्ने लाग्छ । केही वर्ष पहिलेसम्म ब्लग भनेका व्यक्तिगत गुनासा पोख्नेठाउँ मात्र हुन् भन्ने लाग्थ्यो तर अहिले ब्लगको परिभाषा मेरा लागि फेरिँदै आएकोछ । अत: ब्लगमा आफूले जानेका, आफ्नो पेशासँग सम्बन्धित र अरुलाई उपयोगी

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) ले २७ डिसेम्बर शुक्रबार देखि आइतबारसम्म ३ दिन ' आइटि मिट २०१३ ' आयोजना गर्नेभएकोछ । 'लिङ्किङ सोसाइटि विद इन्फर्मेसन टेक्नोलोजी' (Linking Society with Information Technology) थिममा आयोजना गरिने कार्यक्रम काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रेको प्रांगणमा सञ्चालन हुनेछ । केयु कम्प्युटर क्लबव्दारा जारी गरिएको विज्ञप्तिमा, चारवटा विश्वविद्यालयका २० वटा भन्दा धेरै कलेजहरुले कार्यक्रममा सहभागिता जनाउने उल्लेख गरिएकोछ । आइटि मिट, कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गतको कम्प्युटर क्लबको वार्षिक कार्यक्रम हो । तिन दिन सम्म चल्ने आइटि मिट २०१३ मा निम्न कार्यक्रमहरु समावेश गरिएकोछ: सफ्टवेयर कम्पिटिसन हार्डवेयर कम्पिटिसन वर्कसप आइटि क्विज वेव/ग्राफिक्स कम्पिटिसन ह्याकाथन गेमिङ कम्पिटिसन थ्रिडी मुभी Event Details: KU IT Meet 2013 Entrance: Free Venue : Kathmandu University, Dhulikhel Kavre Time: 9am-4pm Date: 27-29 December 2013 Hashtag: #ITMEET2013 Cross post on Aakar Tech: Kathmandu University I

ईन्टरनेटमा नेपाली भाषाको लागि यो हप्ता विशेष रह्यो । रोमनाइज्ड नेपाली युनिकोड मा आधारित एन्ड्रोइड एप 'हाम्रो नेपाली किबोर्ड' यसैहप्ता गुगल प्लेस्टोरमा सार्वजनिक भयो भने गुगलले आफ्नो ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश गर्यो। Read -->  Best Nepali Keyboard for Android - Hamro Keyboard गुगल ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश भएसँगै, हामी विश्वका विभिन्न ८० वटा भाषासँग ईन्टरनेटको माध्यमबाट जोडिन पुगेकाछौँ ।  यो पटक नेपाली, पञ्जावी, मंगोलियन आदि नौ भाषालाई ट्रान्सलेसन टुलमा समावेश गरिएको, गुगलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । अब नेपाली भाषामा लेखिएको साइटहरुलाई गुगलले 'हिन्दी' को 'सट्टा' नेपाली उल्लेख गर्नेछ । साथै अब इन्टरनेटमा देखिने अधिकांश कुराहरु पनि नेपाली भाषामा पढ्न सकिनेछ भने नेपाली भाषामा लेखिएका कुराहरु पनि अन्य भाषा बोल्ने/लेख्नेहरुले उनीहरुको आफ्नै भाषामा पढ्न पाउनेछन् । जस्तो, अब नेपालीले 'चिनिया' भाषामा लेखिएको कुराहरु नेपालीमा पढ्न सक्छन्, अनि नेपालीमा लेखिएका कुराहरु 'चिनिया'हरुले आफ्नै भाषामा पढ्नसक्छन्। गुगल नेपाली

अनलाइनमा केही दिन यता अमेजनको ड्रोन, गुगलको रोबट र आकाशिएको बिटकोइनको मुल्यको चर्चा छ । यस ब्लगमा यो हप्ता इन्टरनेटमा चर्चित रहेका यिनै विषय तथा केही रमाइला/उडन्ते ट्विटहरु राखेकोछु ।तल राखिएका  ट्विटहरुलाई मनोरञ्जनको रुपमा मात्र लिइयोस् भन्ने मेरो आग्रह छ । १. अमेजनले ड्रोनबाट प्याकेज डेलिभरी गर्ने सिस्टमको परिक्षण गरिरहेको कुरा यो हप्ता सार्वजनिक भएकोछ। अमेजनका सिइओ जेफ बेजोजले ६० मिनेट नामक एक टेलिभिजन कार्यक्रम मार्फत 'अमेजन प्राइम एयर'को खुलासा गरेका हुन् । बेजोजका अनुसार परिक्षणमा रहेको यो प्रविधी २०१५ देखि अमेरिकाको केही शहरहरुमा सुरु हुनेछन् ।  साइन्स फिक्सन् जस्तो लाग्ने यी कुराहरु अव वास्तविकतामा परिणत हुँदैछन् । तपाई अमेरिकी शहरमा हुनुहुन्छ भने २०१५ को आगमन सँगै तपाईले अमेजनमा किनेका प्याकेजहरु कुनै व्यक्तिको सट्टा हवाईमार्ग मार्फत एमेजनका ड्रोनहरुले तपाईको घरसम्म ल्याइपुर्याइदिनेछन् । यसका माध्यमबाट प्याकेजहरु समयमै र छिटो 'डेलिभरी' गर्न सकिने जेफ बेजोजको विश्वास छ । अधिक जानकारीको लागि तलको यो अमेजन एयर प्राइम भिडियो हेर्नुहोस् । २. अमेजनले ड्

नेपालका हाम्रा राजनितिज्ञ/विश्लेषक/बुद्धिजिवीहरु शब्दजाल बनाउन कत्तिको खप्पिस छन् भन्ने कुरा विवेक पौडेलको यो ब्लग बाट थाहा हुन्छ । चुनावको केही समय पहिले, 'चातुर्दिक' शब्द नेपाल भित्रिएको थियो, वा मैले पहिलोपटक सुनेकोथिँए । चुनावपछि 'मतादेश' शब्द पहिलोपटक सुनियो, चुनावमा हार ब्यहोरेका र जनताले नराम्रोसँग झापड लाइदिएकाहरुलाई यो 'मतादेश' शब्द अस्त्र झैँ भएकोछ अहिले। आफूले जिते 'जनादेश' तर आफूले हारे 'मतादेश' हुने भन्ने उनीहरुको बुझाइ अचम्म लाग्दोछ । 'मतादेश' शब्द बारेको हुटहुटि देखेर, यसै सन्दर्भमा  विवेक पौडेलले लेख्नुभएको  जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु  ब्लगलाई यहाँ पुन प्रकाशित गरेकोछु । विवेक पौडेललाई ट्विटरमा  @tistung  फलो गर्न सकिन्छ । एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो,