Skip to main content

जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु

नेपालका हाम्रा राजनितिज्ञ/विश्लेषक/बुद्धिजिवीहरु शब्दजाल बनाउन कत्तिको खप्पिस छन् भन्ने कुरा विवेक पौडेलको यो ब्लगबाट थाहा हुन्छ । चुनावको केही समय पहिले, 'चातुर्दिक' शब्द नेपाल भित्रिएको थियो, वा मैले पहिलोपटक सुनेकोथिँए । चुनावपछि 'मतादेश' शब्द पहिलोपटक सुनियो, चुनावमा हार ब्यहोरेका र जनताले नराम्रोसँग झापड लाइदिएकाहरुलाई यो 'मतादेश' शब्द अस्त्र झैँ भएकोछ अहिले। आफूले जिते 'जनादेश' तर आफूले हारे 'मतादेश' हुने भन्ने उनीहरुको बुझाइ अचम्म लाग्दोछ । 'मतादेश' शब्द बारेको हुटहुटि देखेर, यसै सन्दर्भमा  विवेक पौडेलले लेख्नुभएको जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु ब्लगलाई यहाँ पुन प्रकाशित गरेकोछु । विवेक पौडेललाई ट्विटरमा @tistung फलो गर्न सकिन्छ ।


एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो, “जनादेश र मतादेश फरक हो।” उहाँको आशय थियो कि चुनावले जनादेश दर्शाउँदैन, केवल मतादेश दर्शाउँछ, त्यसकारण नयाँ जनादेश भन्नु उचित होइन।

विस्तारै “मतादेश” को प्रयोग बढीरहेको छ। आजको कान्तिपुर सम्पादकीयको शिर्षकमै यो शब्द परेको छ। नेपाली राजनीतिमा नयाँ र अचम्मलाग्दा शब्दहरु आविष्कार गर्ने चलन पुरानै हो। दोश्रो जनआन्दोलन पछि पटक पटक नयाँ शब्दको प्रयोग र सो द्वारा परिभाषित नयाँ अर्थतर्फ बहस डोर्याउने प्रयास भएको पाइन्छ। नयाँ शब्दको परिभाषा शब्द आविष्कार गर्नेकै हातमा रहने हुँदा अन्योलता रहने, तथ्य र तर्कभन्दा शब्द र परिभाषामै बहसहरु अल्झिरहने गरेको जस्तो मलाई लाग्छ। साथै अर्को पक्षले आफ्नना कुरा माथी पार्न प्रयोगमा ल्याएको शब्दको स्वामित्व लिन नसक्ने गरेको देखिन्छ।

अचम्म लागेर मैले एउटा सानो खोज गरेँ गुगलमा, यो मतादेश भन्ने शब्द नेपालको सन्दर्भमा अचानक यस चुनावपछि आएको हो कि पहिलेका चुनाव वा सन्दर्भहरुमा पनि प्रयोग हुन्थ्यो भनेर। मुख्य समाचार वेवसाइटहरुमा खोजी गर्दा यस्तो नतिजा पाएँ (गुगलका अनुसार):

  • कान्तिपुर प्रकाशनको वेवसाइट ekantipur.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • नागरिकको वेवसाइट nagariknews.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • अन्नपुर्ण पोष्टको वेवसाइट annapurnapost.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • हिमाल खबरपत्रिकाको वेवसाइट himalkhabar.com र nepalihimal.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • नयाँ पत्रिकाको वेवसाइट nayapatrika.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • चर्चित ब्लग mysansar.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • चुनावभन्दा २ दिन अघि onlinekhabar.com ले प्रकाशित गरेको सीके लालको अन्तरवार्ता बाहेक “मतादेश” भन्ने शब्द गुगले थाहा पाएका कुनै पनि अन्य नेपाली वेवसाइटमा प्रयोग भएका रहेनछन्। प्रयोग भएका केहि भारतीय वेवसाइटहरु पनि केहि ब्लग र शब्दकोष मात्र रहेछन्, नाम चलेका कुनै पत्रिकाको वेवसाइटमा यो शब्द भेटिएन
चुनावको परिणाम आउन थालेपछि (मङ्गशिर ५ पछि) यो शब्दको प्रयोग कस्तो रह्यो भनेर मैले खोजी गर्दा यस्तो भेटेँ:
  • कान्तिपुर प्रकाशनको वेवसाइटमा यि स्थानहरुमा “मतादेश” शब्दको प्रयोग भएको रहेछ: आजको सम्पादकीय, आज प्रकाशित निलाम्बर आचार्यको अन्तर्वार्ता, हिजो प्रकाशित विजय कुमारको लेख,र चुनावपछिको सम्पादकीय
  • नागरिकको वेवसाइटमा यो शब्द एकपटक प्रयोग भएको रहेछ: सिके लालको हिजोको लेखमा
  • यि वेवसाइटहरुमा एकपटक पनि प्रयोग भएको रहेनछ: अन्नपूर्ण पोष्ट, हिमाल खबरपत्रिका, नयाँ पत्रिका, मेरो-संसार, र अनलाइनखबर।
  • हिन्दीका कुनै वेवसाइटहरुमा यो शब्द नेपालको चुनावपछि प्रयोग भएको रहेनछ। नेपालकै अरु वेवसाइट/ब्लगहरुले माथि प्रयोग भएका सामग्री पुन: प्रकाशित गरेर बाहेक यो शब्दको प्रयोग गरेका रहेनछन्।
तुलनात्मक रुपमा “जनादेश” भन्ने शब्द यसरी प्रयोग भएको रहेछ:
  • कान्तिपुरको वेवसाइटमा कुल ३,४६० पटक
  • नागरिको वेवसाइटमा कुल ५४३ पटक
  • अन्नपूर्ण पोष्टको वेवसाइटमा ६० पटक
  • हिमाल खबरपत्रिकाका दुई वेवसाइटहरुमा २३ र २५ पटक
  • मेरोसंसार ब्लगमा ३८६ पटक र अनलाइनखबर वेवसाइटमा २१० पटक
मतादेश र जनादेशको फरक muldharnews.com मा प्रकाशित अन्तर्वार्तामा सीके लालले यसरी दिनुभएको रहेछ:
आदेश र मतादेशको बारेमा बताई दिनु होस् न ?
क्रान्तिले जनादेश स्थापित गर्छ । मतादेश आवधिक निर्वाचनबाट आउने कुरा हो । जनादेश संविधानमा क्रान्तिले निर्देशित गरेको हुन्छ । जनादेश र मतादेशको त्यो फरक बुझ्न जरुरी छ ।
त्यस्तै मतादेश शब्द प्रयोग प्रति असन्तुष्टि प्रकट गर्दै अन्नपूर्ण पोष्टमा पुरुषोत्तम दाहालले यस्तो लेख्नुभएको रहेछ:
शब्दको नकारात्मक र उत्तेजनापूर्ण खेलमा रमाउनेका आँखामा यो मात्र मतादेश हो र जनादेश होइन। यसले हिजो राजाको कदममा पैसा राखेर ढोग्नेहरूको सेवा गरेको उनीहरूको तर्क छ। एमाओवादीबाहेक अरू कुनै पनि राजनीतिक दल उनीहरूका आँखामा अग्रगामी हुनै सक्दैनन्।
कुन्द दिक्षीतले गर्नुभएको ट्विट अनुसार “जनादेश होइन, मतादेश” भन्ने भनाईलाई क्यास माओवादी पक्षको प्रतिक्रियाको रुपमा लिनुभएको रहेछ:
मंसिर ५ देखि क्यासका प्रतिक्रियाहरु क्रमश: १ “धाँधली” २ “मतगणना बहिस्कार” २ “षडयन्त्र” ३ “जनादेश हैन मतादेश” ४ “मतदातामा चेतनाको कमि”
यस हिसाबले हेर्दा मतादेश भन्ने शब्द चुनावपछि नेपाली डिस्कोर्समा प्रवेश गरिसकेको जस्तो देखिन्छ। माथिको सानो खोज अनुसार कान्तिपुरले यो डिस्कोर्सको नेतृत्व गरेको देखिन्छ भने सीके लालले यसको शुरुवात। त्यस्तै यस शब्द प्रयोग प्रति केहि असन्तुष्टि पनि रहेको बुझ्न सकिन्छ। असन्तुष्टहरुले यसलाई एउटा राजनीतिक दलको चुनाव नतिजाको बचाऊ गर्न शुरु गरिएको नयाँ शब्द-प्रयोगको रुपमा बुझेका रहेछन् भन्ने अर्थ निकाल्न सकिन्छ।

Comments

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

BarCamp Kathmandu 2011 on 6th August #barcampktm

An ad-hoc ‘un-conference’ BarCamp is being organized on 6 th August at Nepal Administrative Staff College (NASC) Jawalakhel, Lalitpur Nepal. BarCamp is a common ground for like-minded people. It is about change and innovation. BarCamp is a free event, which means everyone is invited. It is participant driven program where discussions are not limited to just one topic, but a wide range of topics. BarCamp offers a favorable environment for young, motivated and talented people to interact. More importantly, it is where ideas get shared, created and advanced. This is not a formal gathering of black suits but an intense camp for those who strive to achieve. “We believe BarCamp Kathmandu 2011 will be a great opportunity to network with likeminded people and interact with potential customers, clients, and maybe even competitors! If you plan to reach out to the young and motivated in Nepal, this is the place to do it” , according to BarCamp Kathmandu 2011 Organizing Committee. The who

Subscribe to Aakar Post