Skip to main content

जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु

नेपालका हाम्रा राजनितिज्ञ/विश्लेषक/बुद्धिजिवीहरु शब्दजाल बनाउन कत्तिको खप्पिस छन् भन्ने कुरा विवेक पौडेलको यो ब्लगबाट थाहा हुन्छ । चुनावको केही समय पहिले, 'चातुर्दिक' शब्द नेपाल भित्रिएको थियो, वा मैले पहिलोपटक सुनेकोथिँए । चुनावपछि 'मतादेश' शब्द पहिलोपटक सुनियो, चुनावमा हार ब्यहोरेका र जनताले नराम्रोसँग झापड लाइदिएकाहरुलाई यो 'मतादेश' शब्द अस्त्र झैँ भएकोछ अहिले। आफूले जिते 'जनादेश' तर आफूले हारे 'मतादेश' हुने भन्ने उनीहरुको बुझाइ अचम्म लाग्दोछ । 'मतादेश' शब्द बारेको हुटहुटि देखेर, यसै सन्दर्भमा  विवेक पौडेलले लेख्नुभएको जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु ब्लगलाई यहाँ पुन प्रकाशित गरेकोछु । विवेक पौडेललाई ट्विटरमा @tistung फलो गर्न सकिन्छ ।


एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो, “जनादेश र मतादेश फरक हो।” उहाँको आशय थियो कि चुनावले जनादेश दर्शाउँदैन, केवल मतादेश दर्शाउँछ, त्यसकारण नयाँ जनादेश भन्नु उचित होइन।

विस्तारै “मतादेश” को प्रयोग बढीरहेको छ। आजको कान्तिपुर सम्पादकीयको शिर्षकमै यो शब्द परेको छ। नेपाली राजनीतिमा नयाँ र अचम्मलाग्दा शब्दहरु आविष्कार गर्ने चलन पुरानै हो। दोश्रो जनआन्दोलन पछि पटक पटक नयाँ शब्दको प्रयोग र सो द्वारा परिभाषित नयाँ अर्थतर्फ बहस डोर्याउने प्रयास भएको पाइन्छ। नयाँ शब्दको परिभाषा शब्द आविष्कार गर्नेकै हातमा रहने हुँदा अन्योलता रहने, तथ्य र तर्कभन्दा शब्द र परिभाषामै बहसहरु अल्झिरहने गरेको जस्तो मलाई लाग्छ। साथै अर्को पक्षले आफ्नना कुरा माथी पार्न प्रयोगमा ल्याएको शब्दको स्वामित्व लिन नसक्ने गरेको देखिन्छ।

अचम्म लागेर मैले एउटा सानो खोज गरेँ गुगलमा, यो मतादेश भन्ने शब्द नेपालको सन्दर्भमा अचानक यस चुनावपछि आएको हो कि पहिलेका चुनाव वा सन्दर्भहरुमा पनि प्रयोग हुन्थ्यो भनेर। मुख्य समाचार वेवसाइटहरुमा खोजी गर्दा यस्तो नतिजा पाएँ (गुगलका अनुसार):

  • कान्तिपुर प्रकाशनको वेवसाइट ekantipur.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • नागरिकको वेवसाइट nagariknews.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • अन्नपुर्ण पोष्टको वेवसाइट annapurnapost.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • हिमाल खबरपत्रिकाको वेवसाइट himalkhabar.com र nepalihimal.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • नयाँ पत्रिकाको वेवसाइट nayapatrika.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • चर्चित ब्लग mysansar.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • चुनावभन्दा २ दिन अघि onlinekhabar.com ले प्रकाशित गरेको सीके लालको अन्तरवार्ता बाहेक “मतादेश” भन्ने शब्द गुगले थाहा पाएका कुनै पनि अन्य नेपाली वेवसाइटमा प्रयोग भएका रहेनछन्। प्रयोग भएका केहि भारतीय वेवसाइटहरु पनि केहि ब्लग र शब्दकोष मात्र रहेछन्, नाम चलेका कुनै पत्रिकाको वेवसाइटमा यो शब्द भेटिएन
चुनावको परिणाम आउन थालेपछि (मङ्गशिर ५ पछि) यो शब्दको प्रयोग कस्तो रह्यो भनेर मैले खोजी गर्दा यस्तो भेटेँ:
  • कान्तिपुर प्रकाशनको वेवसाइटमा यि स्थानहरुमा “मतादेश” शब्दको प्रयोग भएको रहेछ: आजको सम्पादकीय, आज प्रकाशित निलाम्बर आचार्यको अन्तर्वार्ता, हिजो प्रकाशित विजय कुमारको लेख,र चुनावपछिको सम्पादकीय
  • नागरिकको वेवसाइटमा यो शब्द एकपटक प्रयोग भएको रहेछ: सिके लालको हिजोको लेखमा
  • यि वेवसाइटहरुमा एकपटक पनि प्रयोग भएको रहेनछ: अन्नपूर्ण पोष्ट, हिमाल खबरपत्रिका, नयाँ पत्रिका, मेरो-संसार, र अनलाइनखबर।
  • हिन्दीका कुनै वेवसाइटहरुमा यो शब्द नेपालको चुनावपछि प्रयोग भएको रहेनछ। नेपालकै अरु वेवसाइट/ब्लगहरुले माथि प्रयोग भएका सामग्री पुन: प्रकाशित गरेर बाहेक यो शब्दको प्रयोग गरेका रहेनछन्।
तुलनात्मक रुपमा “जनादेश” भन्ने शब्द यसरी प्रयोग भएको रहेछ:
  • कान्तिपुरको वेवसाइटमा कुल ३,४६० पटक
  • नागरिको वेवसाइटमा कुल ५४३ पटक
  • अन्नपूर्ण पोष्टको वेवसाइटमा ६० पटक
  • हिमाल खबरपत्रिकाका दुई वेवसाइटहरुमा २३ र २५ पटक
  • मेरोसंसार ब्लगमा ३८६ पटक र अनलाइनखबर वेवसाइटमा २१० पटक
मतादेश र जनादेशको फरक muldharnews.com मा प्रकाशित अन्तर्वार्तामा सीके लालले यसरी दिनुभएको रहेछ:
आदेश र मतादेशको बारेमा बताई दिनु होस् न ?
क्रान्तिले जनादेश स्थापित गर्छ । मतादेश आवधिक निर्वाचनबाट आउने कुरा हो । जनादेश संविधानमा क्रान्तिले निर्देशित गरेको हुन्छ । जनादेश र मतादेशको त्यो फरक बुझ्न जरुरी छ ।
त्यस्तै मतादेश शब्द प्रयोग प्रति असन्तुष्टि प्रकट गर्दै अन्नपूर्ण पोष्टमा पुरुषोत्तम दाहालले यस्तो लेख्नुभएको रहेछ:
शब्दको नकारात्मक र उत्तेजनापूर्ण खेलमा रमाउनेका आँखामा यो मात्र मतादेश हो र जनादेश होइन। यसले हिजो राजाको कदममा पैसा राखेर ढोग्नेहरूको सेवा गरेको उनीहरूको तर्क छ। एमाओवादीबाहेक अरू कुनै पनि राजनीतिक दल उनीहरूका आँखामा अग्रगामी हुनै सक्दैनन्।
कुन्द दिक्षीतले गर्नुभएको ट्विट अनुसार “जनादेश होइन, मतादेश” भन्ने भनाईलाई क्यास माओवादी पक्षको प्रतिक्रियाको रुपमा लिनुभएको रहेछ:
मंसिर ५ देखि क्यासका प्रतिक्रियाहरु क्रमश: १ “धाँधली” २ “मतगणना बहिस्कार” २ “षडयन्त्र” ३ “जनादेश हैन मतादेश” ४ “मतदातामा चेतनाको कमि”
यस हिसाबले हेर्दा मतादेश भन्ने शब्द चुनावपछि नेपाली डिस्कोर्समा प्रवेश गरिसकेको जस्तो देखिन्छ। माथिको सानो खोज अनुसार कान्तिपुरले यो डिस्कोर्सको नेतृत्व गरेको देखिन्छ भने सीके लालले यसको शुरुवात। त्यस्तै यस शब्द प्रयोग प्रति केहि असन्तुष्टि पनि रहेको बुझ्न सकिन्छ। असन्तुष्टहरुले यसलाई एउटा राजनीतिक दलको चुनाव नतिजाको बचाऊ गर्न शुरु गरिएको नयाँ शब्द-प्रयोगको रुपमा बुझेका रहेछन् भन्ने अर्थ निकाल्न सकिन्छ।

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post