Skip to main content

Posts

Showing posts from March, 2009

Smoking is injurious to health. But, Today I'm posting one Nepali Video about smoking. It's a short Nepali movie. This short movie is about smoking. Student of Kathmandu University has made this short movie. Hope you will like it. It's theme is all about smoking . In the story, some one is working and he feels tired, then he search for cigarette. Will he get cigarette ? Well, for whole story watch this short movie . This black and white movie has no dialogue. Without any dialogue, they are telling a story. Hope to get, comment from your side for our crew and about movie. Watch Movie: Actor: Shekhar KC Camera: Prem Tshering Sherpa Director: Rajan Kathet

Wild Deer in City.Photographer Prem Tshering has taken some snaps of wild deer. Tshering-"This pics were taken while I was on my way to Banepa 25kms away from Kathmandu,wild deer in city area which indicates that forest area is destroying day by day.Save the forest,save animals life." Photographer: Prem Tshering Shrepa

अब बिजुली (लाइन) चौबिसै घन्टा आउने भएको छ , एक हप्ता मा ! लौँ, नहाँस्नुहोस् है, मैले त कसरी सकरात्मक सोच्ने भनेर एउटा सानो टुक्रा जोडेको मात्रै हुँ । हुन त कसरी हाँस्नु, जबकी हामी सँग केही नै छैन, हाँस्न को लागि । नचाहेरै पनि हाँस्नु पर्ने बाध्यता, कतै हाँस्न त बिर्सिएका छैनौँ, हामी ले ? हाँस्न बिर्सिएका हुन पनि सक्छौँ, किनकी हाम्रो स्थिति नै त्यस्तै छ । ...विचरा महादेवले के लिए, बाघ को छाला र सर्प को माला, अब हेर्नुहोस् देउताको स्वास्नीहरुको चर्तिकला ! हाम्री श्रीमतीले टाउकोमा जुम्रा पर्दा टिपेर फ्याँकिदिन्छे, महादेव को घाँटिमा त्यत्रो गोमन साँप बेरिँदा, हेरिरहने पार्वती कस्ती मान्छे ? हाम्री श्रीमतीले अलिकति रक्सी पिउँदा छेक्न आउँछे, भन्छे रक्सीले फाइदा गर्दैन, महादेव ले विष पिउँदा पार्वतीले छेक्न जानु पर्छ कि पर्दैन ???... खैर, सबैकुरालाई भुलेर, यो लोडसेडिङ को पिडा, अनि खानेपानी को हाहाकारलाई भुलेर एकैछिन हाँसौ न त ! नेपाल साँस्कृतिक संस्थान ले आयोजना गरेको "हाँस्य सप्ताह २०६५" बाट केही अंश हामीले यहाँ राखेका छौँ । टेलिभिजनका चिरपरिचित कलाकारहरुको प्रहसन, कविता, व्यङ्ग्य

विर हस्पिटल को आकस्मिक कक्ष, निकै नै दौड धुप छ । डाक्टरलाई, नर्सलाई भ्याइनभ्याइ छ, परिचय नखुलेको एक अपरिचत को शरीरमा धुकधुकी बाँकि छ । डाक्टरहरु उसलाई बचाउन प्रयासरत छन्, तर अफसोच हस्पिटल मा उसलाई चिन्ने कोही छैनन् । एउटा लावारिश नै भन्दा पनि हुन्छ, यतिखेर सम्म पनि परिचय खुल्न सकेको छैन उसको । उसलाई राखिएको कक्ष को एक कुना मा उसलाई बाटो मा भेटेर उपचारार्थ ल्याउने नर्स शैली उभिएकि छिन् । शैली को हात मा एउटा डायरी छ, जुन घटनास्थल मा उक्त अपरिचित सँगै फेला परेको थियो तर त्यसमा कहिँ पनि नाम लेखिएको छैन तर दर्जनौँ पेजहरु भरिएकाछन्। शैली विर हस्पिटल कै नर्स हुन्, उपचार मा उनी आफ्नो संलग्नता जनाउँदैछिन् । शैली ले त्यो घाइतेलाई कुपण्डोल को बाग्मती पुल मा भेटेकि थिइन । भर्खर झिसमिसे साँझ परेको थियो, एउटा बत्तासिएर गएको निजी गाडिले उसलाई अर्थात रविलाई ठक्कर दिएको थियो, ऊ ढुन्मुनाउँदै लड्यो, त्यो निजी गाडि एकपटक पनि नरोकिइ पत्पत धुवाँ उडाउँदै कुद्‍यो । त्यही गाडि पछि पछि ट्याक्सीमा आउँदै गरेकि शैली ले घाइतेलाई देखिन्, अनि आफ्नो, एउटा नर्सको दायित्व निभाउन, त्यो घाइतेलाई विर अस्पताल को आकस्मिक कक्

यो म नै हुँ ! होली कै बारेमा सोच्दैछु । लौ हेर, हिलो मा डुबेर उफ्रेका ! एउटा ग्याङ को फोटो नि ! यो हाम्रो छोटा ग्याङ रे, क्या ! के जस्तो देखिएछु है, तर यो म नै हुँ, हाहाहा! मलाई सहमति मै हिलो मा चोबल्न लगिँदै, ती ३ जनाको अगाडि मैले जान्न भनेर के जोड चल्थ्यो र ? कस्तो बेलामा, खिचिक्क गर्न भ्याएछन् भने । मलाई हिलो मा फ्याल्दैछन्, हिले होली पो भयो । हिलो बाट निस्केपछि तर्सेर उफ्रेको त, गज्जब को फोटो पो आएछ , हाहाहा ! These are my holi (fagu) pictures. Really, I enjoyed a lot... and how about yours ??? सबै फोटोहरु: सुवास

काठमाडौँ - धुलिखेल यात्रा धेरै पटक गरिसकियो, अनि हरेक पटक म एउटा कुरा सँधै देख्ने गर्छु, त्यो हो अचम्म को वनोट भएको रुख । केहिमहिना अघि साह्रै खसखस लागेर, रुख हेर्न गएको थिँए । के को रुख त थाहा भएन, तर रुख भने साँच्चै सम्झनयोग्य रहेछ । वनेपा नजिक अरनिको राजमार्ग भन्दा दक्षिण तर्फ खेतको बिचमा रहेको रुखमा, हामी पुग्दा केही केटाकेटीहरु खेलिरहेका थिए । रुख बारे जान्ने जिज्ञासा थियो, तर छेउछाउमा कोही भेटिएनन्, रुख बारे जानकारी दिन को लागि । यतिसम्म कि, के को रुख हो भन्ने कुरा पनि थाहा भएन । खैर रुख जे को भएपनि, रुख चाँहि अचम्म कै छ । केही को भनाइमा, त्यही एउटै रुखमा कुनै एउटा नेपाली गित को म्युजिक भिडियो सुटिङ गरिएको छ रे ! तपाईहरु पनि हेर्नुहोस्, अजिव बनोट भएको रुख ।