Skip to main content

Posts

Showing posts from April, 2017

गुगल अर्थ हेर्नको लागि कम्प्युटरमा अब गुगल अर्थ सफ्टवेयर डाउनलोड गर्नु नपर्ने भएकोछ । गुगल अर्थको पछिल्लो संस्करण सँगै, अब सिधै क्रोम ब्राउजर मार्फत गुगल अर्थ हेर्न/चलाउन सकिन्छ । यो हप्ता आउँदै गरेको पृथ्वी दिवस ( अर्थ डे ) को अवसर पारेर क्रोम ब्राउजर तथा एन्ड्रोइड मोबाइलको लागि गुगल अर्थको नयाँ संस्करण सार्वजनिक गरिएको हो । गुगल अर्थको नयाँ संस्करणमा प्रयोगकर्ताले ब्राउजरमै थ्रिडीमा हेर्न पाउनेछन् भने 'म भाग्यमानी महसुस गरिरहेको छु' (आइ एम फिलिङ लक्की) बटन थिचेर गुगलले विशेष रुपमा तयार पारेको विभिन्न ठाउँहरुको भ्रमण गर्न सक्नेछन् । 'आइ एम फिलिङ लक्की' मार्फत नसोचेको, नसुनेको ठाउँको यात्रामा निस्किन सकिन्छ (तल फोटोमा देखाए झैँ, आइ एम फिलिङ लक्की थिचेर म एक्कासी अन्नपूर्णमा पुगेँ, हिमालहरु थ्रिडीमा साह्रै गज्जब लाग्ने रहेछन्)। स्थानसँगै आउने 'ज्ञान कार्ड' (नलेज कार्ड) मार्फत उक्त ठाउँबारे जानकारी लिन सजिलो छ। 'भोयाजर' (Voyager) खण्डमा चलचित्रकर्मी, वैज्ञानिक आदि विभिन्न व्यक्तिहरुले निर्माण गरेका अन्तरक्रियात्मक यात्राहरु (इन्टर्‍याक्टिभ टुर

"सबैको लागि छिटो चित्र बनाउनको लागि" भन्दै गुगल'ले कम्प्युटर, मोबाइल तथा ट्याबलेटमा सजिलैसँग चलाउन मिल्ने 'अटोड्र' नामक वेव एप सार्वजनिक गरेको छ । केही पहिले चित्र बनाउने सजिलो तरिका 'को बारेमा लेखेको थिँए, आज चाँहि छिट्टो चित्र बनाउने गुगलको अटोड्रबारे लेख्दैछु । 'तँ आँट, म पुर्‍याउँछु' भनेझैँ हामीले हातले कोरेको चित्रहरुलाई, गुगल ले मेसिन लर्निङ पद्धतिबाट बुझेर हामीले बनाउन खोेजेको चित्र तुरुन्त बनाइदिन्छ । भन्नको मतलब मैले अटोड्र मा गोलाकार चित्र कोरेँ भने गुगलले मैले कोरेको गोलो चित्रसँग मिल्दोजुल्दो चित्रहरु देखाइदिन्छ, जुन आफूले छानेर राख्न सकिन्छ । उक्त चित्रलाई सानो, ठूलो बनाउनको साथै, रंगहरु परिवर्तन गर्न सकिन्छ । हेर्दा, सोच्दा सामान्य लाग्ने 'अटोड्र'मा आफूलाई चाहिएको चित्रहरु छिटो बनाउन सकिन्छ । कुनै आईकन चाहियो वा कसैलाई केही कुरा बुझाउनुपर्‍यो वा कसैलाई 'पोष्टकार्ड' बनाएर दिनुपर्‍यो भने, कि त गुगल सर्च नै गर्नुपर्ने वा क्यान्भा, पेन्सिल लगायतका विभिन्न वेब एपहरु प्रयोग गर्नुपर्ने झन्झटबाट 'अटोड्र'ले छुटका

चिनी धेरै खायो भने तितो हुन्छ, भन्ने कुरा हालै आएर फेसबुक स्टोरीले प्रमाणित गरिदिएकोछ । स्न्यापच्याटले सुरु गरेको स्टोरी फिचर, स्न्यापच्याट प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । स्न्यापच्याट स्टोरी भनेको आफूले पोष्ट गरेको फोटो, भिडियो २४ घन्टा सम्म मात्र रहने र पछि आफैँ हराएर जाने फिचर भनेर बुझ्न सकिन्छ । फोटो, भिडियो केही समयपछि हराएर जाने कन्सेप्ट स्न्यापच्याटबाट सुरु भएको थियो । स्न्यापच्याट स्टोरीको लोकप्रियता देखेर फेसबुकले पनि सोही कन्सेप्ट कपि गरेर, इन्स्टाग्राममा स्टोरी फिचर ल्यायो । इन्स्टाग्राम स्टोरी धेरैले मन पराए । त्यसपछि फेसबुकले मेसेन्जर हुँदै गतहप्ता फेसबुकको मोबाइल एपमा पनि स्टोरी फिचर ल्यायो । अघिल्लो हप्ता फेसबुकमा स्टोरी थपियो; फेसबुक एपको सबैभन्दा माथिको लहरमा 'स्टोरी'; त्यसपछि स्टाटस अपडेट गर्ने ठाउँ; अनि त्यसपछि न्युजफिड । फेसबुक एप खोल्दा दिक्क लाग्यो, मैले तत्कालै फेसबुक एप मोबाइलबाट हटाएँ । मलाई २४ घन्टामा आफैँ हराएर जाने फोटो, भिडियो पोष्ट गर्नुछ भने, म स्न्यापच्याट वा इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक किन प्रयोग गर्छु र? स्न्यापच्याट र इन्स्टाग्राम