Skip to main content

Posts

Showing posts from February, 2015

१४० क्यारेक्टर मात्र लेख्न मिल्ने ट्विटरमा, ट्विटबाट सिधै भिडियो ट्विट गर्न मिल्ने सुविधा थपिएकोछ । यसका अतिरिक्त 'ग्रुप डिएम' सुविधा पनि ट्विटरले थपेकोछ । ट्विटर भन्दा पछि आएका विच्याट, लाइन आदि च्याट मेसेजिङ एपहरुका प्रयोगकर्ता ट्विटरको भन्दा धेरै छन् । ट्विटरमै भएका साथीहरुले पनि समूहमा म्यासेज पठाउनु पर्यो भने, विच्याट, भाइवर जस्ता अर्को मेसेजिङ एपहरु चलाउनुपर्ने बाध्यता थियो । पछिल्ला च्याट एपहरुले गरेको प्रगतिको अनुपातमा, ट्विटरले 'डिएम' (Direct Message) बाट लाभ लिन नसकेको/समयानुकुल सुधार नगरेको, प्राइभेट म्यासेजिङलाई वेवास्ता गरेको, वा भनौँ "माल पाएर पनि चाल नपाएको" आरोप लाग्दै आएको थियो । तर ढिलै सही ट्विटरको वर्षौँ अघिको प्रण अनुरुप, ट्विटरले अघिल्लो साता 'ग्रुप डिएम' सार्वजनिक गरेको हो । ट्विटरको ग्रुप डिएम मार्फत एकपटकमा २० जनासम्म कुरा गर्न सकिन्छ । ट्विटरमा आफूलाई फलो नगरेको व्यक्तिलाई डिएम पठाउन सकिन्न तर डिएम ग्रुुप च्याटमा सहभागी भएका अन्य फलोअर्सहरुले भने एक-आपसमा सबैलाई फलो गरेकै हुनु पर्ने बाध्यता छैन, एक-आपसमा फलो नगरिएको भएपन

झम्सिखेलको एक रेष्टुरेन्टको भित्तामा एउटा 'क्युआर' (QR) कोड टाँसिएको थियो, खानेकुरा अर्डर गर्नु भन्दा पहिले नै मैले मोबाइलमा 'क्युआर ड्रोइड' एप खोलेर उक्त 'क्युआर' कोड स्क्यान गरेँ, १२ प्रतिशत छुट भनेर स्क्यानरले देखायो । मेनु हेरेर केही खानेकुरा अर्डर गरियो, बिल तिर्नेबेला एउटा डिस्काउन्ट कार्ड देखाएँ, वेटरले १२ प्रतिशत छुट दिएको बिल ल्याए। मनमा केही शंका - उपशंका रहँदा रहँदै, एउटा इन्टरनेट कम्पनीले निकालेको डिस्काउन्ट कार्ड लिएकोथिँए, सोचेभन्दा सरल र सहज रुपमा काम गर्यो । अर्को पटक, जावलाखेलको एउटा डिपार्टमेन्ट स्टोरमा छिर्दा पनि त्यही कार्ड देखाएँ, त्यहाँ झन् गजब भयो । डिपार्मेन्ट स्टोरमा हरेक 'क्याटगोरी'का लागि फरक फरक छुट रहेछ, कार्ड मार्फत । कपडाको लागि छुट्टै, इलेक्ट्रोनिक्स सामानको लागि छुट्टै, ग्रोसरीका लागि छुट्टै छुटको व्यवस्था रहेछ। त्यसअघि उक्त डिपार्टमेन्ट स्टोर छिर्दा १ रुपैयाँ पनि छुट पाइएको थिएन। छुट पाउनु के थियो, 'दिल गार्डेन गार्डेन' भने झैँ भो । केही अघिसम्म छुटका कार्डहरुमा खासै विश्वास थिएन तर आफूले चाहेको ठाउँमा का