Skip to main content

Posts

Showing posts with the label Story

अनि मैले पनि “हेए माईट” भन्न थालेँ। जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो। १४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भन

बर्खे बिदाका दिन, घर बस्दा बस्दा वाक्कै लाग्थ्यो। आमा प्राय पर्म भर्न मेला जानु हुन्थ्यो, भाइ घरमै हुन्थ्यो तर त्योसँग फाइट मात्रै पर्थ्यो। हजुरआमा नि हुनुहुन्थ्यो, दिनभर फतफताई मात्रै रहनुहुन्थ्यो। टिभी पनि थियो टि-सिरिजको, तर शनिबार बाहेक अरु दिनमा बिहान नौ देखि बेलुकी पाँच बजेसम्म प्रसारण बन्द हुन्थ्यो। म ४ या ५ कक्षामा पढ्थेँ सायद, कोठैभरी कापी र किताब मिल्केका हुन्थे, बर्खे बिदाको लागि सब बिषयका सरहरुले यत्ति धेरै होमवर्क दिएका हुन्थे तर होमवर्क गर्न फिटक्कै मन लाग्दैनथ्यो। गर्मी उस्तै, पानी नपरेको दिनमा असारको गर्मीको के बयान गरिसाध्य, हन्नामा मकै पड्के जसरी घामले छानाका टिन तातेर पड्किन्थे। पौडीे खेल्न जाउँ भने बिजयपुर खोलो बढेर पुलसम्मै आउँथ्यो, बगाइहाल्यो भने भनेर पौडीन जान पनि डर लाग्थ्यो। अनि भान्छाकोठामा जान्थेँ, खाजा के राखिदिनु भएछ आमाले भनेर हेर्थें, सँधै निख्ला चिउरा। देख्नासाथ हुर्याइदिम जस्तो झोंक चल्थ्यो, तर जतिसुकै खान्न भनेर घुर्की लगाए पनि सुनिदिने कोही हुन्थेन। दिन ढल्दै गएपछि भोकले गलाउँदै लैजान्थ्यो, अनि मन नलाई नलाई त्यही चिउरा हसुर्न पर्थ्यो। तर भोकको मेसा

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल

१. सस्तो खाना बल्खुबाट सुमो गुढेको करिब अढाई घन्टापछि देउराली भन्दा पर तलतिर गढीमा खाना खानको लागि रोकियो । सिटमा सँगै रहेका एकजना सिस्नेरी नपुग्दै देखि ड्राइभरलाई खाना खाने ठाउँ सोधिरहन्थे, उनको बोली सुन्दा सुन्दा मलाई पनि झर्को लागिसकेकोथियो । ड्राइभर पनि कुनै कुरा नसुनेको झैँ उडाइदिन्थे, म पनि ड्राइभरले ठिकै गरे भनेर मनमनै भन्थेँ। ती सिटका व्यक्ति यतै सिस्नेरीमा खाउँ, कुलेखानीमा खाउँ, देउरालीमा खाउँ भन्थे, ड्राइभरले गढीमा खाना खाने गरिएकोछ भन्दै गढीमा पुर्याए । बाटो हिँड्दा होटलमा प्राय: खाना खान मनलाग्दैन, खाजासम्म भने खाइन्छ । दश बज्दैथियो, भोक लागेजस्तो भयो, खाना नै खाउँ भनेर खाना खान बसियो, मैले माछा खाना मगाएँ । दाल, भात, तरकारी, अचार, माछा खाना निकै मिठो लाग्यो, थपेर नै बजाइयो । खानाको पैसा तिर्न काउन्टरमा पुग्दा माछा खानाको १६० रुपैयाँ भयो भने, मैले एउटा पानी पनि किने १५ रुपैँयामा । १६० रुपैँयाको खाना भन्दा, आफूलाई पोखरा जाँदा घाँसीकुवाको रेष्टुरेन्टमा एउटा २५० एमएल कोकको ५० रुपैँया तिरेर खाएको सम्झना भयो। नौबिसे/धार्केमा १८० रुपैँयाको खाजा चना/भुटेकोभात खाएको याद आयो । रा

'बाँदराखुइ, ह्याँ आएर पिँढीमा बसो, अब पनि चकचक गरेको देखें भने भालेसँग थुन्दिन्छु' हामी मामाघर जाँदा हजुरबुबाको 'वार्निङ' सँधै यस्तै हुन्थ्यो। मामाघरमा हजुरबुबा, हजुरआमा र लक्ष्मी दिदी थिए। मामा माइजु 'इन्डिया' बस्नुहुन्थ्यो। हाम्रो घरबाट हाम्रो मामाघर आधि घण्टाको दुरीमा थियो, शुक्रबार हुने बित्तिकै हामी दाजुभाइ मामाघर दगुर्थ्यों। मामाघर नपुग्दासम्म हजुरबुबाको केहि याद आउँथे'न, गौँडो कट्ने बित्तिकै हजुरबुबाको चर्को अवाज सुनिन्थ्यो अनि हामी दाजुभाइका पाइला रोकिन्थे। 'यी बाँदराचोद आए पछी घराँ कैल्यै शान्ति'सँ बस्न दिन्नन्, चकचक चकचक मात्रै गर्छन'। यस्ता गाली सुनेपछि हामीलाई हजुरबुबा पटक्कै मन पर्दैनथ्यो। उहाँको बोली साह्रै खरो थियो, बोली सुन्ने बित्तिकै हामी डरले तैं चुप मै चुप हुन्थ्यौं अनि पिँढीमा बसेर उड्कुसी मुड्कुसी खेल्थ्यौँ। ​हेर्दा पनि निकै नराम्रो हुनुहुन्थ्यो हाम्रो हजुरबुबा, कालो न कालो हुनुहुन्थ्यो, कहिल्यै हाँस्नु हुँदैनथ्यो, खाली बाँदराखुइ र बाँदराचोद भन्दै गाली गर्नुहुन्थ्यो। केट'केटी हुँदा हामी त्यो भनेको के हो बुझ्दैनथ्यौं,

(प्रेम दिवस या भनौँ भ्यालेन्टाइन डे आउन एकहप्ता बाँकी छ । यसै सेरोफेरोमा आज हामीले साथी निशांकको “भ्यालेन्टाइन डे” नामक कथा प्रकाशित गरेकाछौँ । - आकारपोष्ट) अ स्ति ट्वीटरमा अनन्त सरले ‘मेन्सन’ गरेपछि बल्ल धेरै भएछ नलेखेको जस्तो ‘फिल’ भयो। अझ सरले #Feb लागेछ भन्नु भयो, सार्‍है घत लाग्यो। कतै म पनि भर्खर बैंसले छोएका अनि भ्यालेन्टाइन-डेको व्यग्र प्रतिक्षा गर्दै बसेका फुच्चे लभरब्वाइहरु जस्तै देखिएको पो छु कि जस्तो लागेर आयो। भित्रभित्रै त हल्का प्रतीक्षा त जसले पनि गर्छ, नदेखियोस् भन्ने मात्र मनसाय हो। यो कुरामा मै मात्र बिटुलो छुइन होला, यहाँ जम्मै सिंगल उस्तै परे मिङ्गलहरु पनि ‘फोट्टिन फेब्रुअरी’ कहिले आउला र प्रपोज गरौँला/गर्लान भनेर 'फिंगर क्रस' गरेर बसिरहेका होलान्। होलान् के भन्नु, छन् नै। नेपालमा यसरी चर्कै भ्यालेन्टाइन मनाउन थालिएको कहिले देखि हो कुन्नि, मैले चाहिँ डाइरेक्ट कलेज पुगेपछि यो घटना र 'हेल्लो पुजा, के छ मैया' गीत सुनेपछि बल्ल थाहा पाएको हूँ।  सानैमा एसएलसी पास गरियो, स्कुलमा जसरी कलेजमा पनि सँधै फुच्चे मै गनिइयो, फुच्चेहरुलाई कसैले हेर्दारहेनछन्।

घर पुग्नै लागेको थिँए, उखुले भरिएको (उखु लोड गरिएको) एउटा ट्रक धुलो उडाउँदै आइपुग्यो । धुलोले बाटो डम्म ढाकियो, भिजिबिलिटि मुस्किलले १-२ मिटर हुँदो हो तर दिमागमा एक्कासी बत्ति बलेझैँ भयो । ए! उखु काट्ने सिजन हो भनेर काठमाडौँबाट घर जाँदा यादै नगरेको । अंग्रेजी नयाँ वर्ष त उखु खाएरै मनाइने भो, घर जो पुगिएको थियो । गाउँमा सबैभन्दा धेरै उखुबारी बैदे बुढाको थियो । सबैले बैदे, बैदे भन्या भएर आफूले नि बैदे भनेर चिनियो, उनको नाम धेरै पछि मात्र मलाई थाहा भयो । बैदेको घर नेपालको दक्षिणी सिमा नजिक थियो तर हाम्रो गाउँमा नि एउटा ठूलो घर थियो, खेतबारी थियो, साँच्चै भन्दा हाम्रो गाउँ उसको लागि आराम घर जस्तो थियो । वर्षमा २-३ महिना जति हाम्रो गाउँमा आएर बस्थे अनि बाँकी समय आफ्नै गाउँमा बिताउँथे । हाम्रो गाउँको मध्यभागमा, पूर्व फर्किएको एउटा ठूलो घर थियो, त्यसलाई “नौगोल घर” भनिन्थ्यो । घरको पूर्व-उत्तरमा एउटा ठूलो गोठ थियो, जसलाई मकै, गहुँ आदि थन्क्याउन प्रयोग गरिन्थ्यो । त्यस्तै दक्षिणतिर छुट्टै भान्साघर थियो, अनि अलि अगाडी इनार थियो । सय मिटर जति गहिरो इनार गाउँका सबैजनाको पानीको स्रोत थियो । आँख

"पोखरा बजार टुरिस्ट हजार" त जम्मैले सुनेकै होलान्। हामी त्यहिँ हुर्केम् बढेम्, नानाथरि उपद्रो र उट्पट्याङ गरेम्, व्यक्तित्व त त्यस्तै हो तर ‘साइज’ले चैं ठुला भएम्, अब बिस्तारै बुढाहरुमा पनि गनिन्छौँ होला। 'होला' के भन्नु, लक्षण आजकलै देखा परिसकेकोछ, कसैले साइड हान्दैनन्, आफुले हानेका साइडको रेस्पोन्स पाइन्नन्। कताकता मन खिन्न हुन्छ। जे होस् टुरिस्ट बढेका बढ्यै छन् पोखरामा। ‘ट्रेकिङ’, ‘साइट सिईङ’, ‘बोटिङ’ले त प्रख्यात नै थियो पोखरा, ‘एभिया क्लब’का स्याना जहाज अनि ठुल्ठुला रंगीचंगी बेलुनमा मान्छेहरु उड्न आऊँथे, अहिले झन् ‘प्याराग्लाईडिङ’ र ‘जिप फ्लायर’ले गर्दा आन्तरिक र बिदेशी पर्यटक ह्वात्तै बढेका छन्। अझै केबुल कार र अरु धेरैकुरा खुल्दैछन् भन्ने सुन्नमा आइरहेको छ। हामी स्याना हूँदा यतिका धेरै पर्यटक हूँदैनथे, जे होस् फाट्टफुट्ट चाहिँ देखिन्थे। टुरिस्टलाइ हामी कुइरे भन्थेम्, बसमा देखिए भने 'टाटा', साक्षात देखिए भने 'नमस्ते' गर्नु भनेर हामीलाई सिकाइएको थियो। अझ दुईतले बसमा कुइरे आएको देखेम् भने टाटा गर्दै च्याँठ्ठिदै उफ्रिन्थेम्। अचेल त्यो दुइतले बस कत

पचासको दशकमा बालखकालाँ पोखरा तिरका स्कुल स्कुल खुबै डुलियो। एउटा बर्ष यो स्कुल, अर्को बर्ष त्यो स्कुल, जाँ गएनी चिनेकै सर भेटिने, अनि साथी त कति हुन कति। त्यतिबेला फेसबुक भएको भए फ्रेन्ड लिस्ट भरिसक्थ्यो होला, नअटेर कल्लाई ‘डिलिट’ गर्ने कल्लाई राख्ने, दोधारमा भईंदो हो। तर प्रसंग स्कुलको होइन, स्कुल कम्पाउण्ड बाहिरको हो। हाम्रो स्कुल अगाडी नाङले ब्यापारीहरु पसल थापेर बस्थे, नाङलामा ‘आइटम आइटम’का मिठाइराख्थे, अनि पाउरोटीका ढ्वांग, कटन क्यान्डी वाला, चना चट्पटे, बेलाउती र सुन्तलाका डोके ब्यापारीहरु लाइन लागेर पसल थापेर बसेका हुन्थे। हाम्लाईजस्तै तिनलाई पनि कति खेर हाल्फ छुट्टीको घण्टी बज्ला भनेर ‘एक्साइटमेन्ट’ हुँदो हो। त्यसै त हामी कहलिएको गरिब देशका भुक्का विद्यार्थी, स्कुल’एज’मा त झन् सुक्को पैसा हूँदैनथ्यो, खाजा खान अड्कलेर दिएको पैसा बाहेक फाल्तु खर्च गर्ने पैसा हूँदैनथ्यो। स्कुल जाँदा आऊँदा एक दिन मिठाइ राखेको नाङलामा एउटा चारपाटे आकारको प्लास्टिकमा बेरिएको चीजमा आँखा पर्यो। सेतो रंगको, प्लास्टिकले बेरिएको दामी खालको थियो, मलाइ बर्फी जस्तोलाग्यो। जहिले त्यो देख्ने बित्तिकै मुख र

'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने। 'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए। 'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ' 'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन' ---------- अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म। हुन पनि म निकै फ्रस्टेड भैसकेको थिएँ, केहि महिना अघि अप्रत्यासित रुपमा घर फर्केको थिएँ। घर आउने खासै योजना नहूँदा नहूँदै कम्पनिले आकस्मिक निर्णय गरेर घर पठाएको थियो। त्यसैले मलाई केहि खल्लो लागि रहेको थियो, म’मा घर फिर्तीको जुन उमङ्ग हुनुपर्ने हो त्यो थिएन। कम्पनिले जनवरीमा कन्ट्रयाक्ट पायो भने बोलाऊँछ भन्ने गाइगुईं सुनेर झिनो आशा त थियो, तर भर लागेको थिएन। शुरुका लाहुरे दिन कलेज पढ्दा ताकाका दशैं छुट्टीका दिन जस्ता थिए, बिहान अबेरसम्म कुम्भकर्णको झैँ सुत्य