Skip to main content

Posts

Showing posts from October, 2013

गुगलप्लसको प्रोफाइल र पेजमा धेरै समय देखि प्रतिक्षा गरिएको 'कस्टम युजरनेम' राख्ने सुविधा गुगलले गएराती सार्वजनिक गरेकोछ । केही चुनिएका व्यक्ति तथा ब्रान्डहरुलाई यसअघि नै आफ्नो युजरनेम राख्न दिइएको भए पनि, सम्पूर्ण प्रयोगकर्ताहरुको लागि भने गएराती देखि यो सुविधा आएको हो । जस्तो कि आकारपोष्ट गुगल प्लस पेज यस्तो थियो,  https://plus.google.com/111373834639850968132/ तर अब युजरनेम राखिसकेपछि उक्त पेज यस्तो देखिनेछ: https://plus.google.com/+Aakarpostblog/  ! फेसबुक र ट्विटर झैँ अब गुगल प्लसको आफ्नो युजरनेम पनि अब सबैलाई सहज रुपमा सेयर गर्न सकिने भएकोछ । केही समय पहिले गुगलले गुगलप्लसलाई तपाई हाम्रो "आइडेन्टिटी" को रुपमा विकास गर्ने लक्ष्य रहेको बताएको थियो । के थाहा अबको केही वर्षपछि हामी ट्विटर र फेसबुकको युजरनेम भन्दा पनि गुगलको युजरनेम धेरै सेयर गर्छौ होला, आफ्नो बिजनेस कार्डको रुपमा। तर गुगलप्लसमा युजरनेम बनाउन भने निम्न कुराहरु पुरा भएको हुनुपर्छ । १) फ्रोफाइलमा फोटो भएको हुनुपर्ने २) कम्तिमा १० जना साथीहरुले फलो गरेको हुनुपर्ने ३) एकाउन्ट कम्तिमा ३० दिन पु

गएको दुई-तिन देखि फेसबुकमा अनौठो लहर चलेकोछ । फेसबुक प्रयोगकर्ताहरु धमाधम आफ्नो तस्विर परिवर्तन गरेर 'जिराफ' को फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाइरहेकाछन् । जिराफ मन परेर वा जिराफ बचाउ अभियान भनेर कसैले पनि जिराफको फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाएका भने होइनन् । जिराफ किन? फेसबुकमा जिराफको फोटो सहित एउटा प्रश्न देख्न सकिन्छ । प्रश्नकर्ताले उक्त प्रश्नको जवाफ आफूलाई आउँछ भने, 'म्यासेज'मा पठाउन सुझाउँछन् । उत्तर सही भएको खण्डमा केही गर्नुप्रदैन तर उत्तर गलत भएको खण्डमा आफ्नो प्रोफाइल फोटोमा पनि जिराफको तस्विर राख्नुपर्छ । अनि खेलको नियम अनुसार गलत उत्तर दिनेहरुले जिराफको फोटोलाई केही समयको लागि आफ्नो प्रोफाइल फोटो बनाउँछन् र सोही प्रश्न अरुलाई दोहोर्याउँछन् । अत: फेसबुक जिराफमय बनेकोछ । प्रश्न यस्तो छ, "रातको ३ बजेकोछ, ढोकाको घन्टि बज्छ र तपाई उठ्नुहुन्छ । तपाईले नसोचेका पाहुनाहरु (तपाईको आमा-बाबा) ब्रेकफास्टको लागि आइपुगेकाछन् । तपाईसँग स्ट्रवेरी जाम, मह, वाइन, ब्रेड र चिज छ । अब भन्नुस तपाई सबैभन्दा पहिले के खोल्नुहुन्छ?" प्रश्नको

Bhim Niroula's latest video ' Sunday Morning Love you ' is going viral on the internet. Sunday morning love is popular among Nepalis generating 350K+ views within a week, few are skeptical about his song though. Watch: Hitler Reacts to Sunday Morning Love As usual, our Hitler is not happy with Bhim Niroula, as Saturday has been missing from the song. Hitler becomes furious when an Officer tells him that Nepalis are using a new chemical weapon called 'Sunday Morning Love' to win the world war. Hitler orders Bhim to add Saturday Morning Love in his song. Hitler video is also going viral on the web after Sunday Morning Love. Hitler's reaction to Sunday morning love has been watched more than 30K times within two days.

१२ अक्टोबर २०१३ मा अपलोड गरिएको भिम निरौलाको नयाँ गित " सन्डे मर्निङ लभ यु " ले १९ अक्टोबर देखि अनलाइनमा तहल्का मच्चाएकोछ । गएको ३ दिनमा भिडियो डेढ लाख भन्दा बढि पटक युट्युबमा हेरिएकोछ भने फेसबुक र ट्विटरमा पनि यही नै चर्चाको विषय बनेकोछ । रमाइलो शब्द, लय अनि कम्मर मर्काइ मर्काइ नाचेका कारण भिडियोले अनलाइनमा छोटो समयमै लोकप्रियता हासिल गरेकोहो । सिम्प्लिफाइ ३६० का अनुसार  यो भिडियोबारेमा ६ हजार भन्दा धेरै ट्विट गरिएकोछ।यो गितले कोलाभरी डी तथा ग्याङनाम स्टाइल झैँ अनलाइनमा तहल्का मच्चाउने आकंलन गरिएकोछ । भिडियोको चर्चा १-२ दिन यही गतिमा हुने हो भने संसार भरि यही सन्डे मर्निङको बारेमा चर्चा हुने कुरालाई नकार्न सकिन्न । लगभग ६ सयवटा भिडियो अपलोड गरेका भिम निरौलाको सबैभन्दा चर्चित गित नै यही बन्न पुगेकोछ । भिडियोमा लगातार कमेन्टको वर्षा भइरहेकोछ, अधिकांशले भिडियोबाट भरपुर मनोरन्जन लिएको उल्लेख गरेकाछन् । भिडियो भाइरल भएसँगै, "Sunday Morning Love You" भन्ने पेजहरु फेसबुकमा धमाधम बन्न थालेकाछन् यसका साथै "Bhim was born in Nepal" भन्ने भनाइहरु पनि अनलाइनमा

यो रित्त्याउने चाड हो… शहर रित्तिन्छन, पसल रित्तिन्छन, गोठ रित्तिन्छन, बोतल रित्तिन्छन, खल्ती रित्तिन्छन! यो मत्त्याउने चाड हो… कोही जितेर मात्तिन्छन, कोही पिएर मात्तिन्छन, कोही खाएर मात्तिन्छन, कोही पाएर मात्तिन्छन, कोही लाएर मात्तिन्छन! यो मार्ने चाड हो… पशु मर्छन, पंक्षि मर्छन, धेरैको घर जाने सपना मर्छन, बाआमाको हातको टिका लगाउने चाहना मर्छन, कोही डाहले मर्छन, कोही पिडाले मर्छन! यो रुवाउने चाड पनि हो… कोही हर्षले रुन्छन, कोही बिस्मातले रुन्छन, कोही पिरेर रुन्छन, कोही कुरेर रुन्छन, कोही फोटो हेर्दै रुन्छन! यो खाली खाली चाड पनि हो… कसैको घरै खाली हुन्छ, कसैको मनै खाली हुन्छ, कसैको निधारै खाली हुन्छ, कसैको पकेट खाली हुन्छ, कसैको त पेटै खाली हुन्छ! - By   N®B    Image via  I nspihive  by  Ananda