Skip to main content

Posts

Showing posts from November, 2008

ब न्द ! बन्द को अर्थ थाहा नपाउने अनि बन्द नभोग्ने नेपाली कोही छैन होला । बन्द महिना मा कतिपटक होला ? एकपटक अनुमान गर्नुहोस् । मलाई थाहा छ तर तपाई को अनुमान मिल्नेवाला छैन कारण महिना मा कतिदिन बन्द हैन, कतिदिन खुल्ला हुन्छ भनेर प्रश्न गर्नु उचित होला । अब सायद, प्रश्न केही सजिलो भयो कि ? लोकतन्त्र सँगै, छाडातन्त्र अनि अराजकतन्त्र पनि भित्रिएछ, हाम्रो नेपाल मा थाहा नै नपाइ । अनि हामीलाई नराम्रोसँग गाँजिरहेछ, यही छाडातन्त्र र अराजकताले । लोकतन्त्रलाई यहाँ गलत व्याख्या गरिँदैछ, अराजकतालाई बढावा दिँइदैछ । यस्तो अराजकता बढ्दैगएमा, मुलुक मा ठूलो दुर्घटना अवश्य हुनेछ, यसमा कुनै दुईमत नहोला । बन्द किन हुन्छ, अनि के कारण ले हुन्छ । मैले पहिले नै लेखिसकेको छु, एकपटक यहाँ हेर्नुहोला है, धेरै कुरा स्पष्ट हुनेछ । भन्दिहालौँ, “बन्द” भन्ने पोष्ट कान्तिपुर एफएम बाट बजिसकेको छ, अनि डामाडोल डटकम मा पनि छापिएको छ । बन्द को बिरोध मा कतिपटक लेखियो होला, कतिपटक कुरा गरियो होला, अनि कति पटक त्यस्ता समूहलाई सम्झाइयो होला अनि, हप्काइयो होला, अनि कतिपटक प्रतिबद्धता पनि लिन लगाइयो होला । तर “काग कराउँदैछ, पिना

पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू कोमल हात थाम्न खोजे, छुटाइदिन्छ्यौ सानू माया तिम्रो कति लाग्छ, धड्कन बनि हेर (२) तिमी हिँड्ने बाटो कुर्दा, ठुस्किदिन्छ्यौ सानू पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू । तिमी हाँस्दा ओठभरि, लालीगुँरास फुल्छ नजरमा नजर मिल्दा, झुकाइदिन्छ्यौ सानू मुटु भित्र कति कुरा, सुनाउ भन्छु मैले (२) तिम्रो सामु पुग्दा मात्रै, भुलाइदिन्छ्यौ सानू पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू । मैले पुग्ने गन्तव्य त, वादल पारी देश छाडि जाने पाइला मेरा, रुकाइदिन्छ्यौ सानू माया पाउने आशै-आशमा, कुर्दा कुर्दा ऐले (२) छिया-छिया पारी मुटु, रुवाइदिन्छ्यौ सानू पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू । -मुकुन्द “अनडेस्टिनी” बायोटेक दोश्रो वर्ष, केयु

एपीजे अब्दुल कलाम, उनी साहित्यकारभन्दा पनि राष्ट्रपति हुन्, त्यसभन्दा पनि वैज्ञानिक हुन्, अझ त्यसभन्दा पनि खुला हृदयका धनी मानिस हुन् । साधारण लवाइ-खुवाइमा जीवन व्यतीत गरिरहेका मर्धन्य प्रतिभाका धनी यी विश्वप्रसिद्ध वैज्ञानिकको नेपाल आगमन अहिले चर्चाको विषय बनेको छ । आफ्नो मिहिनेत र बलबुताले देशलाई आणविक शक्तिसम्पन्न बनाउँदै भारतमा वैज्ञानिक क्रान्तिको सूत्रपात गर्ने त्यहाँका ११ औं राष्ट्रपति डा अभुल पकिर जैनुलाब्द्दिन अब्दुल कलाम आज मंगलबार हुने काठमाडौं विश्वविद्यालयको १४ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा आएका छन् । आफू धर्तीमा आएपछि पृथ्वीले ७७ चोटी सुर्यको फन्को मारिसकेको बताउने कलामले भर्खरै एक टीभी च्यानलस“गको अन्तर्वार्तामा पृथ्वीजस्तै निरन्तर आफ्नै कार्यपथमा लम्किरहने बताए । विश्वका ३० भन्दा बढी विश्वविद्यालयबाट डाक्टर उपाधिद्वारा सम्मानित कलाम 'एरोनोटिकल इन्जिनियर' हुन् । महाशक्ति राष्ट्रहरूको निमन्त्रणालाई अस्वीकार गर्दै कलामले भारतमै पहिलोपटक सफलतापुर्वक स्याटेलाइट प्रक्षेपण गरे, जसले भारतलाई 'स्पेस क्लब'को सम्मानित सदस्य पनि बनायो । विभिन्न इन्स्टिच

मृत्युको पगरी गाँसिएरै जन्मेको 'मानिस' हरेक समय त्यो अद्भुत शक्तीको खोजी गर्दैछ जसको अधिनमा रहेर उसले यस संसारमा अभिनय गरिरहेको हुन्छ। आत्माका अनुभुतीहरु आफै नै त्यो अलौकिक शक्तीको ज्वारभाटाबाट निस्केका झिल्का हुन। मुटुमा हात राखेर हामीले परमात्मालाई अनुभुत गरेका छौं, अंगालोमा बेरिएर हामीले त्यो ओजश्वी शक्तीको परीक्षण गरेका छौं। स्वयंले बिकास गरेका अनगिन्ती नाता सम्बन्धहरुले ब्यक्ती आँफै भ्रमीत हुँदैछ र मात्र हो, नत्र, परमेश्वरको अथाह शक्ती आफैमा निहित नभएको भए चन्द्रमा र मंगल ग्रह सम्म पुग्ने क्षमता उसमा कसरी बिकास हुन्थ्यो! हरेक ब्यक्ती बिशाल छ, ठूलाठूला युद्ध उसले जितेको छ उसका कर्तुतहरुको लागि इतिहाँस साक्षी छ तर पनि त्यो बिशालता भित्र सबैभन्दा पातलो र कमलो 'मन' राखिएको छ। त्यो पलभरमा हात्ती जस्तो गर्‍हुङ्गो हुन्छ अनी एकैक्षणमा फेरी चङ्गा जस्तो तैरिन्छ। आफ्नो जवानी र जोशमा ठूलाठूला सपना बोकेर त्यो गर्‍हुङो बन्छ भने सानो झट्का र आत्मामा लागेको चोट सहन नसकेर आँफै बरबाद पनि हुन्छ। प्रचुर प्राकृतिक श्रोत र साधनले सम्पन्न भएकै कारण अरबीहरु संसारको ध्यान केन्द्र बनेका छ

ईन्टरनेटको दुनिँया, आफैँमा रमाइलो दुनियाँ । एउटा सपनाको दुनिँया भन्दा पनि फरक नपर्ला, ईन्टरनेटलाई । अझ ब्लगिङ का दुनियाँ मा छिरिसकेका अनि इन्टरनेटमा देश दुँनिया चहार्न पल्केकालाई त यो इन्टरनेट भनेको अनि ब्लगिङ भनेको त एउटा नशा नै सरह हुन्छ । ब्लगिङ सुरु गरिए पछि, इन्टरनेट नशा सरह त लाग्दै गयो, नयाँ साथीहरु पनि भेटिँदै गए । हुन त ब्लगिङ बाट परिचित भएका कुनैपनि साथीलाई अझसम्म भेटिएको छैन तर पनि उनीहरु किन यती धेरै आत्मिय लागेका हुन्, थाहा छैन । सम्भवत: ब्लगिङ को दुनिँयामा रमाइरहेका ब्लगरहरु सबैलाई, देख्दै नदेखेका अनि संसारको अर्को कुना मा रहेका ब्लगर साथीहरु प्यारा लाग्छन् होला । खै, यो कस्तो भावनात्मक नाता हो ? सायद हामीविच यही ब्लगरको साइनो होला, अथवा हाम्रा कुराहरु आपसमा मिल्ने भएर पनि हो कि ? कहिलेकाँहि सोच्छु अचम्म लागेर आउँछ, हैन सबै ब्लगरहरु एकैकिसिम का विचार राख्ने हुन्छन् कि क्या हो, कारण अधिकाशं विषयबस्तु मिलिरहेका हुन्छन्, अनि अधिकांश कमेन्टहरु पनि हो मा हो मिलाएर आइरहेको हुन्छ, हामी हो मा हो मिलाएर लेखिरहेका हुन्छौँ । अब, भुमिका धेरै नबाँधौ होला । आज म यहाँ एउटा साथीको खोजी ग

हजुरबुवा र म बिच कुराकानी भैरहेको छ । हजुरबुवालाई म पुराना कुराहरु सोध्दैछु, हजुरबुवा जवाफ दिनुहुन्छ, मेरो मन मा खुल्दुली झनै बढ्दै जान्छ । म सोध्छु “बा” (हजुरबुवा) दिनुहुन्छ, कुनै ईन्टरभ्यु लिएजस्तो । दशैँको कुराबाट सुरु भएको हाम्रो गन्थन धेरै पछाडि का पुराना कुराहरु सम्म पुगे । “पहिले नुन कसरी ल्याउनुहुन्थ्यो ?”, बा जवाफ दिनुहुन्छ – “दशैँ अगाडि माझिलाई १०-१५ रुपैँया दिएर लेकबाट आलु ल्याउन लागाइन्थ्यो, अनि तिहार पछि बेच्न पठाइन्थ्यो” । “वास्तवमा बाहुन बाठा नै हुन्, सबै माझिलाई फर्किँदा आफ्नो लागि एक पाथि नुन ल्याइ’दे भनिन्थ्यो, अनि सबैले ल्याउने भएकोले, धेरै भइहाल्थ्यो, वर्षभरिलाई पुग्थ्यो” । मेरो प्रश्न –“काम गरेको ज्याला दिइन्थ्यो त ?”, “काँ’दिनु, उनीहरुले लगेको ऋण नै फर्छौट हुँदैनथियो, तर काममा आएकालाई भने खाजा खुवाइन्थ्यो” – हजुरबुवाले भन्नुभयो । यस्तै कुराहरु भइरहेको वखत मैले प्रसंग बदलेँ । हुन त मलाई बुढा पुरानका “गफ” सुनिरहन मन लाग्छ । त्यही भएर पनि मैले कुरा अन्तै तिर मोड्ने हिसाबले सोधेँ “बा, यो विर, मसान, भुत प्रेत भन्ने हुन्छ ?”, “भूत भन्नाले याद आयो, एकपटक मेरो भुत सँ

सानो कोठा, कोठाभरि अध्याँरोको साम्राज्य छ, सानो आँखिझ्यालबाट जुनका केही किरणहरु छिर्दै भित्रको अँध्यारोसँग जुधिरहेको थियो जसले त्यस आँखिझ्याल नजिकैका ठाउँमा अस्पष्ट आकृति देखिन्थे । अँध्यारो गुजुल्टोबाट केही बढीरहेको भान हुन्छ, त्यो आकृति त्यही आँखिझ्यालनिर रोकिन्छ । झट्ट हेर्दा कुनै पुरुषको जस्तो लाग्ने त्यो आकृति निकैबेर त्यहाँबाट चियाइरहन्थ्यो, कै’ले झोक्राएको त कैले आशुँ पुछेकोजस्तो लाग्थ्यो । ढ्याप्प आवाज आउँछ र केही छिनमा नै हातमा मैनबत्ति लिएर अस्वभाविक हिँडाइमा एक महिलाको प्रवेश हुन्छ । “सुत्‍नुभा’को”, यो आवाज सुनेर त्यो पुरुष झस्किन्छ । धेरै बेर पछि त्यो पुरुष ले जवाफ फर्काउँछ । “तिमीले भान्सा सकायौ, आज निकै अबेर भैसक्यो” । नजिकैको खोपीमा बलिरहेको सानो मैनबत्तिको कमजोर किरण र अध्याँरोको महासंग्राम भइरहेको बेला ती महिला र पुरुष आकृति अति चम्किला देखिन्थे । “आज हजुर, किन त्यसरी रिसाउनुभा’को, मेरो भाग्य यस्तै रै’छ, म अभागिनि ले गर्दा तपाई किन दु:ख पाउनु” एकैछिन मौनता छायो, यतिबेलासम्म मैनबत्ति वरिपरि स-साना किरा र पुतलीहरु आफ्नो मृत्युको लागि होडबाजी गरिरहेकाथिए । “तपाई, अर्की ब

विगतका वर्षहरु झैँ यसवर्ष पनि काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । यही २००८,नोभेम्बर १० तारिख सोमबार (कात्तिक २५ गते) का दिन, केयु युथ रेडक्रस सर्कल ले काठमाडौँ विश्वविद्यालय, धुलिखेल प्रांगण मा रक्तदान को कार्यक्रम आयोजना गर्दैछ । ईच्छुक व्यक्तिहरुलाई सो दिन, केयु मा उपस्थित भएर रक्तदान गरिदिनहुन यसै ब्लगमार्फत अनुरोध गरिन्छ । बिहान करिब ११ बजे देखि रक्तदान कार्यक्रम सुरु हुने कुरा, काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल ले जनाएको छ । स्मरणिय रहोस्; "रक्तदान जिवनदान हो" "क्लब '०७" ले प्रसिद्ध हाँस्यव्यंङ्ग्य कलाकार मनोज गजुरेललाई हाँस्यव्यंङ्ग्यात्मक कार्यक्रम का लागि काठमाडौँ विश्वविद्यालय मा निम्त्याउँदै छन् । मिति: मंसिर ८ गते स्थान: काठमाडौँ विश्वविद्यालय,धुलिखेल समय: बेलुका ठिक ४ बजे त्यस्तै २००८, नोभेम्बर १२ तारिख बुधबार (कात्तिक २७ गते) का दिन काठमाडौँ विश्वविद्यालय जियोम्याटिक्स ईन्जिनियरिङ सोसाइटिले "ग्रेटर नेपाल" (Greater Nepal - In Quest of Boundary) नामक वृत्तचित्र को प्रदर्शनी गर्ने भएको छ

केही समययता: ईन्टरनेटमा नेपाल का अर्थमन्त्रि डा. बाबुराम भट्टराई को फेसबुक प्रोफाइल का बारेमा चर्चा भैरहेको छ । कोही भन्छन् यो भट्टराई को नक्कली फेसबुक प्रोफाइल हो, अनि कोही भन्छन् यो नै सक्कली हो । उनी बाबुराम भट्टराई नै हुन् । यस्तै-यस्तै खुल्दुलीहरुले निकै चर्चा पाएको छ वेवसाइट र ब्लगहरुमा अनि व्यक्तिगत भेटघाट का बखत पनि केही हदसम्म भट्टराईको फेसबुक प्रोफाइल को चर्चा हुने गरेको थियो । "होइन होला, काँ मन्त्रि फेसबुक चलाएर बस्छन् ?", "हैन, यीनी कम्प्युटर प्रविधि - ईन्टरनेटमा चासो राख्छन्, अनि फेसबुक पनि यीनकै हो रे", यस्तै-यस्तै कुरा चलिनैरहेको छ । फेसबुक बिना अहिले के के नभएजस्तो लाग्न थालेको छ, फेसबुक का प्रयोगकर्ताहरुलाई । अत: फेसबुकमा एकपटक छिरेपछि मान्छे त्यहाँ भित्र नै हराउँछ । सिम्पल र क्लियर डिजाइन अनि चलाउन सजिलो भएकोले प्राय: सबै यसतर्फ आकर्षित हुँदै गएकाछन् । खैर, यहाँ म डा बाबुराम भट्टराईको फेसबुक प्रोफाइल को बारेमा चर्चा गरिरहेछु । हामीहरुका विभिन्न अड्कलबाजीहरुका बिच, आज भट्टराईको एक पत्रले,फेसबुक प्रोफाइल भट्टराईकै हो भन्ने कुरा पुष्टि भएको छ । इन्टन

यहाँ पनि मोबाइल कै कुरा । मोबाइल अर्थात अहिले हामीले भोगिरहेको नेटवर्क को समस्या । हुन त यहाँ कुरा गर्नलाई विषयको खाँचो छैन । विषय प्रशस्त छन्: जस्तो कि, यहाँ को लोडसेडिङ, अनि दिनैपिच्छे बन्द भैरहने बजार र राजमार्ग, डान्सबार को रात्रिजिवन मा बन्देज लागेपछि को अवस्था, क्यासिनो काण्ड,फुटपाथको आन्दोलन, अनि राजनितिक दाउपेचहरु, खानेपानीको समस्या, अनि बेला-बेला उपराष्ट्रपति को बोलि ले ल्याउने तरंग, अनि कोही लुटिइरहेका, कोही मरिरहेको अवस्था आदि ईत्यादी ! यहाँ समस्याको जालो मात्र देखिन्छ तर नेताले गर्ने प्रत्येक भाषण मा "नयाँ नेपाल" भन्ने शब्द हुन्छ, जुन सुन्दा साह्रै कर्णप्रिय लाग्छ तर व्यवहारमा लागु नभइदिनाले गर्दा हामीले मनको लड्डु घिउ सँग खाएर बस्नु बाहेक अर्को कुनै उपाय छैन । लोडसेडिङ को कुरा पुरानो भै'सक्यो भन्दा हुन्छ र अब लोडसेडिङ बाट पार पाउन कम्तिमा पनि ४-५ वर्ष कुर्नुपर्छ रे ! अनि बारम्बार हुनेगरेको बन्द को महिमा पनि कम छैन । तर एउटा कुरा चाँहि उदेक के छ भने, काठमाडौँ उपत्यका मा गरिएको बन्द १-२ दिन मै पारलाग्छ तर विभिन्न जिल्लामा हुने बन्दहरु भने निकै लामो समयसम्म लम्ब