Skip to main content

भुत सँग जम्काभेट

हजुरबुवा र म बिच कुराकानी भैरहेको छ । हजुरबुवालाई म पुराना कुराहरु सोध्दैछु, हजुरबुवा जवाफ दिनुहुन्छ, मेरो मन मा खुल्दुली झनै बढ्दै जान्छ । म सोध्छु “बा” (हजुरबुवा) दिनुहुन्छ, कुनै ईन्टरभ्यु लिएजस्तो । दशैँको कुराबाट सुरु भएको हाम्रो गन्थन धेरै पछाडि का पुराना कुराहरु सम्म पुगे ।

“पहिले नुन कसरी ल्याउनुहुन्थ्यो ?”, बा जवाफ दिनुहुन्छ – “दशैँ अगाडि माझिलाई १०-१५ रुपैँया दिएर लेकबाट आलु ल्याउन लागाइन्थ्यो, अनि तिहार पछि बेच्न पठाइन्थ्यो” । “वास्तवमा बाहुन बाठा नै हुन्, सबै माझिलाई फर्किँदा आफ्नो लागि एक पाथि नुन ल्याइ’दे भनिन्थ्यो, अनि सबैले ल्याउने भएकोले, धेरै भइहाल्थ्यो, वर्षभरिलाई पुग्थ्यो” ।
मेरो प्रश्न –“काम गरेको ज्याला दिइन्थ्यो त ?”, “काँ’दिनु, उनीहरुले लगेको ऋण नै फर्छौट हुँदैनथियो, तर काममा आएकालाई भने खाजा खुवाइन्थ्यो” – हजुरबुवाले भन्नुभयो ।

यस्तै कुराहरु भइरहेको वखत मैले प्रसंग बदलेँ । हुन त मलाई बुढा पुरानका “गफ” सुनिरहन मन लाग्छ । त्यही भएर पनि मैले कुरा अन्तै तिर मोड्ने हिसाबले सोधेँ “बा, यो विर, मसान, भुत प्रेत भन्ने हुन्छ ?”, “भूत भन्नाले याद आयो, एकपटक मेरो भुत सँग जम्काभेट भएको छ, केटा” ।



“ओहो ! भुतलाई नै भेट्नु भो ?” मेरो कौतुहलता ।

हजुरबुवा, भुमिसुधार को खरदार हुनुहुन्थ्यो, शिक्षक हुनुभन्दा पहिले, तर अहिले रिटायर भै’सक्नुभएको छ । स्टेशनरी सामान लिएर माथि रामेछाप डाँडा को अड्डामा जानुथियो । भुमिसुधार का खर्दार बाजे (हजुरबुवा) ले भरियाहरु लगाएर सामान लिएर उकालो लाग्नुभयो । बाटोमा रात परेकोले त्यसरात त्यहिँकतै चिनेको घरमा वास बस्नुभयो । भोलिपल्ट विहान ४ बजेतिरै हजुरबुवा “म हिँडे” भनेर झिसमिसे अँध्यारोमा नै उकालो लाग्नुभएछ, घरवेटि ले चिया खाएर जानु भनेको थियो रे, तर हजुरबुवा म गइहाल्छु, बाहुन को छोरो नुहाउनुपर्छ भन्दै उकालो लाग्नुभयो । हजुरबुवा झिसमिसे अँध्यारोमा बढ्दै हुनुहुन्थ्यो । हजुरबुवा ले आफ्नो अड्डा छेउमा एकाबिहानै कोहि बसिरहेको देख्नुभयो, घुम्मलुङ्ग लुगा ओडेर बसेको जस्तो । (वास बसेको ठाउँबाट अड्डा धेरै टाढा थिएन, आफन्त पर्ने को घर बाटोमा नै भएकोले वास बसिएको थियो ।)

सँधै आफूले पिसाव गर्ने ठाउँतिर देखिएको, आकृति देखिएपछि हजुरबुवा झसंग हुनुभयो किनभने त्यसठाउँमा हस्पिटल थियो जहाँ ल्याएको एउटा बिरामी त्यसै ठाउँमा मरेको थियो, महिना दिन अगाडि । हजुरबुवालाई के गरौँ, कसो गरौँ भन्ने भयो । भर्खरको ठिटो भएपनि असाध्यै डर लागेर आयो । मनलाई दह्रो पारेर अगाडि बढ्न खोज्नुहुन्छ । तर खै, के ले – के ले रोक्छ । यसो हेर्नुहुन्छ, अगाडि जाउँ भने अगाडिबाट झम्टा दे’ला अनि फर्कियौँ भने पनि लखेट्ला भन्ने चिन्ता । डेरा त अब नजिकै थियो तर पनि पाइला अगाडि बढ्दैन । पेट कटक्क काटेर आयो, छेउमा मकैघारी थियो बा त्यतै पस्नुभयो । अनि निस्केर फेरी हिँडौ भन्ने विचार लाग्छ तर फेरी पनि पेट कटक्क काट्यो । अनि त पखाला नै चल्न सुरु गर्‍यो, झन् अब त रगत मासी नै पनि पर्‍यो केही मिनेट को अन्तराल मा, बा साह्रै आँत्तिनुभयो । बल्लतल्ल उज्यालो भयो । बा, विस्तारै पाइला सार्नुहुन्छ, उज्यालो भएपछि अगाडि बढ्नुभयो तर त्यो अघिको आकृति उज्यालोमा पनि त्यहिँ थियो । नजिकै पुगेपछि थाहा पाइयो , “त्यो त रुख को ठूटो पो रहेछ”, जसलाई पहिले सायद याद गरिएको थिएन या भनौँ “भूत” भन्ने शब्दले मनमा डेरा जमाएकोले होशहवास उडेको थियो ।

जसोतसो आफ्नो डेरा मा त पुगियो तर रगतमासी पर्न छाडेन । हजुरबुवा साह्रै सिकिस्त हुनुभएकोले धामी लगाइयो तर हजुरबुवालाई “आफूलाई के भएको भन्ने थाहा छ”, अनि धामीमाथि पनि विश्वास थिएन । त्यही भएर डाक्टरी औषधी लिनुभएछ, हजुरबुवा बेलुका भने केही सद्दे हुनुभएछ । त्यसदिन देखि भुत, प्रेत, विर, मसान आदिको विश्वास लाग्न छाड्यो रे ! “भुत भन्ने कुरा हाम्रो मन मा हुँदोरहेछ, मन दह्रो पार्‍यो भने केही हुँदैन” – हजुरबुबाले आफ्नो कथा टुङ्ग्याउनु भयो ।

अनि मेरो कुरा गर्ने हो भने, मलाई भुतप्रेत मा विश्वास लाग्दैन तर पनि बेला-बेला मा त्यहाँ त्यस्तो भयो भन्ने कुराहरु सुन्नेगर्नाले कहिलकाँहि, यस्तो आत्माको अस्तित्व छ कि भन्ने पनि लाग्छ । साथीहरु, के तपाईलाई भुत प्रेत मा विश्वास लाग्छ ??

२०६२-०६-१७, सोमबार
“आकार” को डायरीबाट

Comments

  1. आकार जी को "भुत सँग जम्काभेट"-
    गजब !को नै रहेछ । ..........
    म पनी वुढा पाकाका कुराहरु निकै चाख लाएर सुन्ने गर्दछु - त्यस्ता कुराहरु सुन्न निकै मन पर्छ ।
    ...........कतै निकै अबेर (रात को ) सम्म बस्नु पर्दा, रात मा बिरामी कुर्न बस्नु पर्दा वा धामी झाक्री बस्दा -भुत को कुराहरु निस्किन थियो ।
    अनि भुत मा कतिको विस्वाश लाग्छ भन्ने कुरमा भने - अहिले को विज्ञानको जमाना मा कहा पत्याउनु र तर ...रातमा एकलै बस्नु पर्दा भने मन डराउछ । न पत्याउदा पनी ।

    ReplyDelete
  2. संसारमा देउताको अस्तित्व छ भने त्यसको उल्टो भुत-प्रेतको पनि अस्तित्व हुनु पर्ने हो।

    तर यौटा कुरा अलिकता प्रष्ट गरौं:- देउता भनेर मलाई व्यक्तिवादि भगवानमा पनि विश्वास नभए पनि मानव चेतनाको परम विकासमा बुद्धत्व वा ज्ञान प्राप्ति सम्भव छ जस्तो लाग्छ। त्यस्तै असल आत्माको अस्तित्वको रुपमा भगवान रहेपछि खराव आत्माको रुपमा भुत-प्रेत पनि नहोलान भन्न सकिन्न । तर देउता प्रतक्ष नभए झै भुत-प्रेतसंग पनि भौतिक रुपमा जम्काभेट भने सम्भव छैन , यो चौंथो आयामको कुरा हो ।

    ReplyDelete
  3. भूतसँग भेट्ने रहर मेरो पनि हो । तर अहिलेसम्म त्यो चान्स नपाइएकोले भूत छ नै भन्न सक्दिनँ ।

    ReplyDelete
  4. अब भुत र भगवान को कुर निकली हल्नुभयो आकार जि। मैले भुत र भगवानलाई चाँही आफ्नै हिसाबले बुझेको छु कतिको सत्यहो अथवा विश्वास लाग्दोहो थाहाचाही भएन । पहिले पहिले ऋषी मुनिहरु जङलमा बस्थे त्यसबेला पनि अहिलेको जस्तो दरिद्र आरुको बिगार गरिदिने मान्छे पक्कै हुन्थे होला । अब त्यतिबेला न त पुलिस थियो न त प्रशासन नै अनी अदालतको त कुरानै भएन । त्यस्तो त्यसबेलामा अभद्र र दरिद्र अथवा दुरचरी मान्छेहरुलाई राक्षसको नम्ले चिनिन्छ भने भगवान भनेको चाँही एउटा एस्तो शक्ती भएको अद्रिश्य शक्ती जस्ले चाँही मनमापनी नराम्रो सोच्यो भने उक्त अद्रिश्य शक्तिले सुन्न सक्छ र त्यसको सजय दिन्छ भन्ने दर देखाएर नियन्त्रन गरिएको हो कि जस्तो लाग्यो र भुत भन्नले चाँही ति ऋषी मुनिले कल्पना गरेको एउट भ्रम जसलाई तेही रक्षस को संज्ञा दिखिन्छ । अब रह्यो राम कृष्ण आदी नाम को यिनिहरु भनेको चाँही शायद महान पुरुषहरु जस्तो लाग्छ जस्ले केही शान्ति बनाइ राख्न तथा मनब जतिको बिकासमा महत्वपूर्ण सहयोग गरेको हुनुपर्छ । त्यसइलाई ऋषीहरु कथात्मक शैलिमा बिभिन्न किताबमा जस्लाई पुरन भनिन्छ त्यस्मा बर्नन गरेको हुनु पर्छ जस्तो लाग्छ। अन्त्यमा यो मेरो नितन्त मेरो बिचार मात्र हो यो कुनै कतै पढेर अथवा कसैले भनेको चाँही पाईदैन ।

    ReplyDelete
  5. आकारजी कुरो निकै रमाइलो छ। मेरो पनि यस्तै खालका केही घटना र संस्मरणहरु छन्। झन् गाउँघरमा छँदा साँझपख कुराकानी गर्दाताका यस्तै कुराकानीहरु सुन्न पाइन्थ्यो। कुनै बाटोघाटो, ओढार, झाडी या खोलाखोल्सासँग यस्तै थुप्रै भूतप्रेतका कथाहरु गाँसिएका हुन्थे। कसैले आफैले देखेको दाबी गर्थे र त्यसमाथि अझ मरमसलाहरु थपथाप गरेर सुनाएपछि हाम्रो मानसपटलमा पनि केही न केही छाप छाडी नै हाल्छ। त्यसैले झाडी या रुखका ठूटाको पनि हात खुट्टा पलाएर भूतको स्वरुपमा हाम्रो मनमा बास बस्ने स्थिति पैदा हुन पुग्छन्। अनि फेरी जुनसुकै रोगको लागि पनि भूतप्रेत लागेको विश्वास गर्ने र त्यही अनुरुप उपचार गर्ने या गराउने परम्परा यद्यपि छँदैछ हामी माझ नै। हुन त म पनि विश्वास गर्दिन भूतप्रेत हुन्छ या भेटिन्छन् भन्नेमा। तर पनि सानैदेखि सुन्दै आएको र डराउने मनसायले प्रयोग गरिएका कतिपय प्रसंगहरुकै कारणले पनि मनमा एकखालको स्थान बनाएको छ भन्ने कुरामा भने म दुईमत छुइन।

    ReplyDelete
  6. आफू त वर्तमानमा छु यार । भविष्यको थाहा छैन । भुतमा चाहीँ चकचके थिएँ । भुतको कुरा भन्या त्यै त हो

    ReplyDelete
  7. चारपाँचजना बीसे बाईसे जम्मा भएर नयाँ बन्दै गरेको घर रुङ्न बसेका थियौं । सबै सम्साँझै आ आफ्नो घरबाट गाँस टिपेर हिँडेका थियौं त्यसैले लालटिन बालेर अलि अग्लो ठाउँमा झुण्ड्याएर गफमा मस्त बन्यौं हामी । बिभिन्न गफका प्रसंगहरु चले , राजेश हमालका कुरा भए , उदितनारायणका कुरा भए , नेपाली काँग्रेसका कुरा भए , मदन भण्डारीका कुरा भए , गाउँकै खसीको मासु बेच्ने भोगेका कुरा भए , स्कुलमा वैंशको भेल उराल्ने मिस सरका कुरा भए , धर्मका कुरा भए , सबैका प्रेमिकाका कुरा भए । यावत यावत कुरा हुँदै गर्दा भुतका कुरा पनि आए । सबैले आ आफ्नो तर्क अनुशार भुत छ या छैन भनियो । त्यो बन्दै गरेको घर गाउँ भन्दा बाहिर मशान घाट ( लास जलाउने स्थान ) भएतिर बन्दै थियो । गाउँलेहरु भन्थे त्याँहा राँके भुत देखिन्छ भनेर । गाउँलेहरुको के कुरा मैले पनि आगोको झिल्को जस्तो कैले रातो कहिले पहेँलो त कैले निलो जस्तो देखिने राँके भुत देखेको थिएँ त्यही एरियामा । त्यसबखत म भुत हुन्छ भन्नेमा थिएँ । हामीमध्ये यौटाले निक्कै बलियो तर्क गरेर भुत हुँदैहुंदैन भन्यो । उसलाई भुतको डर हुन्छ कि हुँदैन तेरो मनमा भनेर सोध्यौं पनि, उसले हुँदैन भन्यो । भुतको डर नै हुँदैन तँलाई भने तेरो लागी भुत हुँदैन तर भुत हुनचाँही हुन्छ हामीले सम्झायौं उसलाई । उसले प्रगतिशिल मान्छेले यस्तो कुरा गर्नै सुहाउँदैन भनेर भुतको सम्बन्धमा मोदनाथको पुस्तक पढेको कुरा झिक्यो । त्यो बेला सम्म हामी कसैले उक्त किताब पढेका थिएनौं । हामीले उसलाई भुत होस कि नहोस तलाईँ भुतको डर हुँदैन भनेर हामीलाई प्रमाणित गरेर देखा भन्यौं ।
    उ जे पनि गरेर देखाउन तयार भयो । हामीले चिहानको माटो लिएर आईज भन्यौं । उ तयार थियो तर उसले ल्याएको माटो चिहानको भनेर कसरी पत्याउने ? त्यसैले उसलाई यौटा किलो दिएर चिहानघारीको नयाँ चिहान ( जो दिउँसो तिर त्यता गोठाला जाँदा वा खेल्दा सबैले देखेको थियौं ) मा ठोकेर आईज भन्यौं र साथमा यौटा मुँग्रो पनि दिएर पठायौं । हामी कसैसँग टर्च लाईट ( फ्ल्यास लाईट ) थिएन त्यो बेला भएको भनेको त्यही यौटा लालटिन थियो । उसले अँध्यारैमा जानुपर्ने शर्त थियो । उ किलो र मुँग्रो बोकेर गयो । यता हामी उतै भुतले खाएर मार्यो भने बर्वाद भन्दै उसलाई पर्खेर बस्यौं । उ फर्केर आईपुग्ने समय भै सकेको थियो तर आएन । बेपत्तै भयो उ । हामीले खोज्न चिहानघारीमा जाने निर्णय गर्यौं र दुईवटा पुल्ठो बनएर अझ सण्ठी ( जुटको भित्रिभाग ) बालेर राँको पनि र साथमा लालटिन पनि लिएर गयौं उतै । हामीलाई मनग्गे उज्यालो बोकेर जाँदापनि भुतको डर लाग्दैथियो । त्यसैले मान्छे त खतरा हो यार यस्तो डरलाग्दो ठाउँमा एक्लै आउने आँट गर्ने भन्दै जाँदैथियौं हामी । शँका पनि थियो हामीलाई कतै उ सुटुक्कै आफ्नो घरतिर त गएन भन्ने । हामी सबै डराउँदै डराउँदै चिहानघारी पुग्यौं र उक्त चिहानको छेउमै पुगेर उसलाई लम्पसार परेको देख्यौं । उ त चिहानको ढिस्को माथी नै पसारिएको थियो । हामी सबैजनाकोसातो पुत्लो उड्यो । ला यस्लाई त भुतले मारिसकेछ अब हामीलाई पनि मार्ने भयो भनेर हामी भाग्न खोज्दैथियौं तर हैन यो नमरेको पनि हुन सक्छ यस्लाई घर लौजाउँ भनेर बिस्तरै गएर तान्यौं । उस्लाई उठाउनै मुस्किल भयो हामीलाई जति तान्दा नि नआउने । भुतले चिहानभित्रबाट त तान्दैछैन भन्दै मजाले हेरेको त विचराले चिहानमाथी किलो ठोकेको रहेछ तर अध्यारोमा चिहानमा किलो ठोक्दा उसकै शर्टको एकपटी फेरो माथी ठोकेको रहेछ । हामीले किलो उखेलेर उसलाई उठाएर त्यही नयाँ घरमा ल्यायौं । निक्कैबेर पछि पानी छ्याप्दा छ्याप्दा उ बौरियो र भन्न लाग्यो । म कसरी बाँचे? मलाई त भुतले समातेर तानेको थियो ।
    उ केहिदिन सम्म विरामी पनि पर्यो । वास्तवमा भएछ के भने उ जोसिएर चिहानमा किलो ठोक्न गएपनि उ भित्र डर भने रहेछ भुतको त्यसैले चिहानमा किलो ठोक्दा कतै भुत त आउने हैन भन्दै डरले दाँयावाँया हेर्दै ठोकेछ किलो त्यसैले उसले शर्टमाथी किलो ठोकेको पत्तो पाएनछ । जब किलो दह्रै ठोकिसकेपछि उ घरतिर दौडनलाई खोजेछ तब किलोमा शर्ट परेको हुनाले उठेर लम्कनै सकेनछ बरु उसलाई भुतले चिहानबाटै तानेजस्तो लागेछ र त्यहीँ होस गुमाएर बेहोस भएर पसारिएछ । उसलाई हामीले तेरो शर्टमा किलो ठोकिएको थियो मुला । भुत हुँदैन रहेछ भन्ने तैंले प्रमाणित गरिस भन्दा उ हैन यार भुत हुन्छ । मलाई भुतले समातेर लडाएपछि भुतले मलाई साह्रै डरलाग्दो ठाउँमा लिएर गएको थियो । भुत कस्तो हुन्छ भन्ने पनि देखेँ मैले त भन्थ्यो । त्यसदिन देखि हामी भुत हुँदैन रहेछ भन्ने भयौं भने उ चाँही भुत हुन्छ भन्ने भयो ।

    ReplyDelete
  8. सारै राम्रो प्रसंग उठाउनु भयो।आकार जी ले,त्यसमाथि हाम्रो बसन्त जी ले झन हसाउनु भयो।बास्तवमा यि कुराहरु बिबादास्तै छ।अब भुत छैन भनौ भने अहिलेको एक्काइसौ सत्ताब्दीमा पनि हाम्रै देशमा भुत प्रेत बोक्सि भनि बिभिन्न किसिमको यातना दिईन्छ।बिस्वास गर्ने कि नगर्ने!!!साच्चि भन्नु पर्दा मेरो बिचारमा मन हो।

    ReplyDelete
  9. दिपक जी,
    तपाईले भनेको भूत को कथाको त एउटा चलचित्र पनि बनेको रहेछ ।
    चलचित्र यहाँ छ ।
    http://www.youtube.com/watch?v=UVArjhoFXUA

    ReplyDelete
  10. malai ta daar lagcha ba...jasle je sukai bhane pani...
    tara tei pani...malai daar lagyo...bich bich ma rokidai rokidai...padeko ...

    ReplyDelete
  11. malai ta daar lagcha ba...jasle je sukai bhane pani...
    tara tei pani...malai daar lagyo...bich bich ma rokidai rokidai...padeko ...

    ReplyDelete
  12. दिपक जी,
    तपाईले भनेको भूत को कथाको त एउटा चलचित्र पनि बनेको रहेछ ।
    चलचित्र यहाँ छ ।
    http://www.youtube.com/watch?v=UVArjhoFXUA

    ReplyDelete
  13. manche janmane ra marne ta sadhai huncha.. aja hospital ma. teso bhaye ta teha basne lai ta bhut le basna khana nadinu parne.. mero biswas garnus sathi ho bhoot hunna.. tyo just hallucination ho. natra ma postmortem garne doctor, quarter ma eklai basthen . ahile samma kasaile tarsako thaha chaina ho. sab maan ko traas ho.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post