Skip to main content

Posts

Showing posts from December, 2015

गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरमा गरेर ३० लाख भन्दा धेरै मोबाइल एप्सहरु छन् । सबैले, सबै एप्स चलाउन सम्भव छैन । स्थान, भाषा, रुची आदि विविध कारणले सबै एप्सहरुको आफ्नै महत्व र आफ्नै किसिमका प्रयोगकर्ताहरु छन् । आजको यस ब्लगमा भने, एन्ड्रोइड र आइफोनमा राख्नैपर्ने १० एपहरुको चर्चा गर्दैछौँ । १) हाम्रो नेपाली किबोर्ड - नेपाली लेख्न चाहनेहरुको पहिलो रोजाइ ‘हाम्रो किबोर्ड’ बन्ने गरेको छ । दश लाख भन्दा बढि पटक डाउनलोड भएको हाम्रो किबोर्ड, एन्ड्रोइड २.२ भर्सन देखि माथिका सबै एन्ड्रोइडफोनहरुमा चल्छ । नेपाली लेख्नका लागि गुगलको किबोर्ड देखि लिएर अन्य दर्जनौँ किबोर्डहरु प्लस्टोरमा उपलब्ध छन् तर हाम्रो किबोर्डमा फरक फरक ३ प्रकारले लेख्न मिल्ने कारण सबैको रोजाइमा परेको हो । एउटै किबोर्डबाट, नेपाली ट्रान्सिलिरेसन, रोमन युनिकोड, नेपाली युनिकोडमा लेख्न मिल्छ । नेपाली टाइप आउने र नआउने दुबैका लागि यो एप उपयोगी छ । नेपाली टाइप आउनेले नेपाली युनिकोड प्रयोग गर्न सक्छन् भने, मदन पुरस्कार पुस्तकालयले बनाएको रोमन नेपाली किबोर्डमा हात बसेकाले, रोमन नेपाली युनिकोड लेआउट छान्न सक्छन्, त्यस्तै गुगल

३२ वर्षअघि, सन् १९८३ जुनमा, एप्पलका संस्थापक स्टिभ जब्सले एक कन्फेरन्समा प्रस्तुत गरेका “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को अवधारणा यहाँ सम्म आइपुग्दा विकसित भइसकेको छ । “म्युजिक स्टोरमा छानी छानी गित सुन्न किन्न सकिए झैँ, सफ्टवेयर पनि त्यसरी नै स्टोरमा छानी छानी किन्न सकिने हुनुपर्छ, धेरैजसोलाई आफ्नो कम्प्युटरमा कुन किसिमको सफ्टवेयर चाहिन्छ भन्ने कुरा पनि थाहा छैन”, स्टिभ जब्सले उतिबेलै नयाँ किसिमको सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टरबारे आफ्नो अवधारणा राख्दै बोलेका थिए । त्यसको बिस वर्षपछि २००३ मा एप्पल’ले आईट्युन्स सार्वजनिक गर्यो, जहाँबाट आफूलाई चाहिने गित छानेर किन्न सकिन्छ । स्टिभ जब्सकै भिजनको बृहत रुपनै अहिलेका एपस्टोर, प्लेस्टोर, आइट्युन्स, मोबाइल एप्स आदि हुन्। उनले १९८३ मै “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को कुरा राखेपनि, मोबाइलमा चाँहि सन् २००७ पछि मात्रै यस किसिमको अवधारणा भित्रियो । २००७ को जुनमा, स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेर, स्मार्ट मोबाइलफोन युगको प्रारम्भ गरिदिएका थिए । आईफोन सँगै एन्ड्रोइड स्मार्टफोनहरु पनि भित्रिए, बजारमा पुरानै शैलीबाट चलिरहेका नोकिया, मोट