Skip to main content

Posts

Showing posts with the label Google

गुगल अर्थ हेर्नको लागि कम्प्युटरमा अब गुगल अर्थ सफ्टवेयर डाउनलोड गर्नु नपर्ने भएकोछ । गुगल अर्थको पछिल्लो संस्करण सँगै, अब सिधै क्रोम ब्राउजर मार्फत गुगल अर्थ हेर्न/चलाउन सकिन्छ । यो हप्ता आउँदै गरेको पृथ्वी दिवस ( अर्थ डे ) को अवसर पारेर क्रोम ब्राउजर तथा एन्ड्रोइड मोबाइलको लागि गुगल अर्थको नयाँ संस्करण सार्वजनिक गरिएको हो । गुगल अर्थको नयाँ संस्करणमा प्रयोगकर्ताले ब्राउजरमै थ्रिडीमा हेर्न पाउनेछन् भने 'म भाग्यमानी महसुस गरिरहेको छु' (आइ एम फिलिङ लक्की) बटन थिचेर गुगलले विशेष रुपमा तयार पारेको विभिन्न ठाउँहरुको भ्रमण गर्न सक्नेछन् । 'आइ एम फिलिङ लक्की' मार्फत नसोचेको, नसुनेको ठाउँको यात्रामा निस्किन सकिन्छ (तल फोटोमा देखाए झैँ, आइ एम फिलिङ लक्की थिचेर म एक्कासी अन्नपूर्णमा पुगेँ, हिमालहरु थ्रिडीमा साह्रै गज्जब लाग्ने रहेछन्)। स्थानसँगै आउने 'ज्ञान कार्ड' (नलेज कार्ड) मार्फत उक्त ठाउँबारे जानकारी लिन सजिलो छ। 'भोयाजर' (Voyager) खण्डमा चलचित्रकर्मी, वैज्ञानिक आदि विभिन्न व्यक्तिहरुले निर्माण गरेका अन्तरक्रियात्मक यात्राहरु (इन्टर्‍याक्टिभ टुर

"सबैको लागि छिटो चित्र बनाउनको लागि" भन्दै गुगल'ले कम्प्युटर, मोबाइल तथा ट्याबलेटमा सजिलैसँग चलाउन मिल्ने 'अटोड्र' नामक वेव एप सार्वजनिक गरेको छ । केही पहिले चित्र बनाउने सजिलो तरिका 'को बारेमा लेखेको थिँए, आज चाँहि छिट्टो चित्र बनाउने गुगलको अटोड्रबारे लेख्दैछु । 'तँ आँट, म पुर्‍याउँछु' भनेझैँ हामीले हातले कोरेको चित्रहरुलाई, गुगल ले मेसिन लर्निङ पद्धतिबाट बुझेर हामीले बनाउन खोेजेको चित्र तुरुन्त बनाइदिन्छ । भन्नको मतलब मैले अटोड्र मा गोलाकार चित्र कोरेँ भने गुगलले मैले कोरेको गोलो चित्रसँग मिल्दोजुल्दो चित्रहरु देखाइदिन्छ, जुन आफूले छानेर राख्न सकिन्छ । उक्त चित्रलाई सानो, ठूलो बनाउनको साथै, रंगहरु परिवर्तन गर्न सकिन्छ । हेर्दा, सोच्दा सामान्य लाग्ने 'अटोड्र'मा आफूलाई चाहिएको चित्रहरु छिटो बनाउन सकिन्छ । कुनै आईकन चाहियो वा कसैलाई केही कुरा बुझाउनुपर्‍यो वा कसैलाई 'पोष्टकार्ड' बनाएर दिनुपर्‍यो भने, कि त गुगल सर्च नै गर्नुपर्ने वा क्यान्भा, पेन्सिल लगायतका विभिन्न वेब एपहरु प्रयोग गर्नुपर्ने झन्झटबाट 'अटोड्र'ले छुटका

हिजोआज फोटो प्रशस्त खिचिन्छ, तर पहिलेको जस्तो फोटो धुलाएर एल्बम बनाएर राखिन्न । अहिले डिजिटल एल्बम बनाइन्छ, खिचिएका हरेक फोटोहरु गुगल फोटो , फ्लिकर, आइक्लाउड आदिमा भण्डारण भएर बस्छन् । पहिलेका फोटोहरु यत्तिकै एल्बममा थन्किएर बसेकाछन् । पुराना दिनहरु सम्झना आउँदा कहिलेकाँही ती एल्बमहरु पल्टाएर हेरिन्छ तर पुराना फोटोहरु पुराना हुँदैजाँदा बिग्रदैँ जान्छन् । पुराना फोटोहरु कतिले स्क्यानर प्रयोग गर्दै आफ्नो डिजिटल लाइब्रेरीमा राख्छन् भने कतिले फोटोबाट फोटो नै खिचेर राख्ने गरेकाछन् । स्मार्टफोनको पहुँच बढेसँगै अधिकांशले मोबाइल क्यामेराबाट पुराना फोटोहरु खिच्ने गरेकाछन् । तर फोटोबाट फोटो खिच्न भनेजस्तो सजिलो छैन, फोटो स्क्यानर पनि धेरैको पहुँच बाहिरको कुरा हो । यही कुरालाई मध्यनजर गरेर गुगल ले, केही महिना पहिले "फोटो स्क्यान" मोबाइल एप सार्वजनिक गरेको थियो । आइफोन र एन्ड्रोइडको लागि उपलब्ध फोटो स्क्यान एप चलाउन सजिलो छ, फोटो स्क्यानको फ्रेमभित्र फोटो राखेपछि, अटोमेटिक रुपमा फोटोको छेउकुना पत्ता लगाएर स्क्यानरले फोटो खिच्छ । फोटोको छेउकुना चित्त नबुझेको अवस्थामा फोटो लिइसकेपछि

अघिल्लो महिना भिडियो कलिङ एप 'डुओ' सार्वजनिक गरेको गुगलले, हिजो नयाँ च्याट एप् 'आलो' (Allo) सार्वजनिक गरेको छ । स्मार्ट मेसेजिङ एप्‌को रुपमा सार्वजनिक भएको गुगलको 'आलो'ले, हामीले दैनिक प्रयोग गर्ने विभिन्न च्याट एप्सहरुमा उपलब्ध फिचरहरुलाई एकै ठाउँमा ल्याउन कोशिस गरेको झैँ देखिन्छ । 'आलो'मा गुगल असिस्टेन्टसँग च्याट गर्ने देखि लिएर, स्न्यापच्याटको जस्तो केही समयपछि 'मेसेज' आफैँ डिलिट हुने, आईमेसेजको जस्तो 'टेक्स्ट' ठूलो बनाउने फिचरहरु छन् । यसका साथै प्राय: सबै च्याट एप्सहरुमा उपलब्ध ग्रुप च्याट, ईमोजी, फोटो, स्टिकरहरु, डुडल आदि पनि एलोमा उपलब्ध छ । गुगल असिस्टेन्ट तथा स्मार्ट 'रिप्लाइ' बाहेक अर्को राम्रो फिचर भनेको, आलोको प्राइभेट च्याट हो, इनकग्‌निटो मोडमा गरिने च्याट, 'इन्क्रिप्ट' हुनुको साथै, यति समयपछि 'मेसेज' आफैँ डिलिट गर्ने भनेर समय सिमा तोक्न सकिन्छ । गुगल असिस्टेन्ट गुगल नाउलाई विस्थापित गर्दै गुगल असिस्टेन्ट आलो च्याट मार्फत प्रयोगकर्ताहरु माझ आइपुगेकोछ । गुगल असिस्टेन्टलाई, गुगल नाउमै उपलब्ध फि

अघिल्लो हप्ता गुगलले 'डुओ' नामक भिडियो कलिङ एप् सार्वजनिक गरेको छ । च्याट, मेसेन्जर हरुका बिचमा फेरि अर्को एक मेजेन्जर थपिए झैँ लागे पनि, 'डुओ' भिडियो कलको लागि मात्र बनाइएको एप हो । अत्यन्तै साधारण 'इन्टरफेस' भएको गुगल को 'डुओ' एन्ड्रोइड प्रयोगकर्ताहरुको लागि नौलो किसिमको भिडियो कलिङ एप हो। आइफोन प्रयोगकर्ताहरुले आपसमा कुरा गर्न 'फेसटाइम' प्रयोग गर्दै आइरहेकाले, यो खासै नयाँ नहुन सक्छ तर आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले एकआपसमा 'डुओ' प्रयोग गर्न सक्ने कारण, यो फेसटाइम भन्दा फरक छ । भाइबर जस्तै, डुओ चलाउनको लागि पनि मोबाइल नम्बरबाट रजिष्ट्रर गर्नुपर्ने हुन्छ, यसअघिका गुगलका एपहरुमा जिमेलबाट साइन इन गर्नुपर्ने बाध्यता थियो। फोनमा भएका कन्ट्याक्टबाट डुओ राखिएका व्यक्तिहरु देख्न सकिन्छ । डुओ एपमा, भिडियो कल गर्न मात्रै मिल्छ, फोन आउँदा आउँदै कसले फोन गर्यो, कस्तो अवस्थामा छ, कल नउठाइ देख्न सकिन्छ । गुगल ब्लग का अनुसार 'डुओ' छिटो र भरपर्दो छ । अन्य एपहरुमा भिडियो कल गर्दा, कनेक्टिङ वा डायलिङ भनेर केही समय लागिरहे

भर्चुअल रियालिटि गेम पोकेमन गो'को संसारभर व्यापक चर्चा भइरहँदा, गुगल 'ले "भर्न : द हिमालयज" नामक एन्ड्रोइड एप सार्वजनिक गरेको छ । सगरमाथा तथा आसपासका क्षेत्रहरुको थ्रिडी म्याप समेटेर बनाइएको यो खेलमा 'भर्न' नाम गरेको यति सँगै सगरमाथा तथा खुम्बु क्षेत्रको यात्रा गर्न सकिन्छ । ५ सय फिट अग्लो भर्न (Verne) नामक ' यति ' सँगै सगरमाथाको टुप्पामा कुद्दै जान सकिन्छ । भर्न सँगै कहिले याक धपाउन सकिन्छ भने, कहिले 'जेटप्याक' लाएर त कहिले ग्लाइडर लिएर हिमालको माथि माथि उड्न सकिन्छ । थ्रिडीमा सगरमाथा तथा आसपासका हिमाल, बजार, गुम्बा, ताल, जिवजन्तु आदिबारे यो एपबाट सजिलोसँग जान्न सकिने, घुम्न सकिने कुरा गुगल म्यापले आफ्नो ब्लगमा उल्लेख गरेको छ। गुगल म्यापमा विश्वका केही चर्चित ठाउँहरु थ्रिडीमा समेटिएकाछन् । यसैको निरन्तरता स्वरुप सगरमाथा तथा आसपासका क्षेत्रहरु बारे थ्रिडीमा सहज रुपमा जानकारी दिने उदेश्यले, यो एप बनाइएको हो । सन् २०१३ मा गुगलले सगरमाथा क्षेत्रको ३६० डिग्री तस्विरहरु गुगल म्यापमा सार्वजनिक गरेको थियो भने गत वर्ष गुगल स्ट्रिट भ्युमा सगरमाथ

स्ट्याटकाउन्टरका अनुसार विश्वमा ६२ प्रतिशत प्रयोगकर्ताहरु डेस्कटप कम्प्युटरमा गुगलको क्रोम ब्राउजर चलाउँछन् । २००८ मा सार्वजनिक भएको गुगल क्रोम अहिले नम्बर १ इन्टरनेट ब्राउजर बनेको छ । आजको यस ब्लगमा, यही गुगल क्रोम ब्राउजरमा राख्नै पर्ने ५ वटा अत्यन्तै उपयोगी एक्सटेन्सनहरुको चर्चा गर्दैछु । १. द ग्रेट सस्पेन्डर हामी मध्ये धेरै इन्टरनेट प्रयोगकर्ताको, क्रोम ब्राउजरमा अनगिन्ती ट्याब खोल्ने बानी हुन्छ, कतिपय अवस्थामा पेजको शीर्षक त छोडौँ, फ्यावकन आइकन समेत प्रस्ट देखिन्न । कुनै बेला त हाम्रो ट्याबमा दर्जनौँ साइटहरु एक डेढ महिनासम्म पनि बसिरहन्छ, तर फेरि फर्केर त्यो ट्याब/साइट हेर्दैनौ। क्रोममा धेरै ट्याब खोल्दा, ट्याबले कम्प्युटरको धेरै प्रोसेसिङ पावर, मेमोरी आदि खाइदिन्छ । फलस्वरुप ब्राउजर ह्याङ्ग हुने, कम्प्युटर 'स्लो' हुने गर्छ । 'द ग्रेट सस्पेन्डर' एक्सटेन्सन प्रयोग गरेर क्रोम ब्राउजर 'क्रयास' हुने, ह्याङ्ग हुने, कम्प्युटर स्लो हुने आदि समस्याबाट छुटकारा पाउन सकिन्छ । नामै काफी छ भने झैँ,  'द ग्रेट सस्पेन्डर' ले हामीले खोलेको तर प्रयोग नगरेका

नेपालमा मात्र होइन, पछिल्लो एक वर्षमा विश्वका विभिन्न ठाउँमा भूँइचालोहरु गइरहेकाछन् । भूँइचालो जानेबित्तिकै इन्टरनेट प्रयोगकर्ताहरु, भूकम्प कहाँ, कतिको गयो, के भयो भनेर भूकम्प सम्बन्धि जानकारी दिने साइटहरु, भूकम्प सम्बन्धि जानकारी दिने ट्विटर एकाउन्टहरु को खोजी गर्न थाल्छन् । भूकम्पकै जानकारी दिन भनेर, दर्जनौँ मोबाइल एप्सहरु पनि बनाइएकाछन् । तर अब भूकम्पबारे जानकारी लिन धेरै मेहेनत गर्नुपर्दैन, गुगलसर्चबाट सिधै भूकम्पबारे जानकारी लिनसकिन्छ । भूकम्पसँग सम्बन्धित उस्तै किसिमका शब्दहरु (earthquake, earthquake near me, etc.)  गुगलमा टाइप गरेर, भूकम्पबारे जानकारीहरु लिनसकिन्छ । नतिजामा सबैभन्दा माथि भर्खरैको ठूलो भूकम्पबारे, नक्सा सहित, कहाँ, कतिको भूकम्प गयो भनेर देखाउँछ । त्यस लगत्तैको कार्डमा गुगलले भर्खरैका अन्य भूकम्पहरु देखाउँछ । अंग्रेजी भाषाको साथसाथै नेपाली भाषा मा पनि गुगलमा सर्च गरेर भूँइचालो सम्बन्धि जानकारी लिन सकिन्छ । विश्वमा वर्षभरिमा करिब ५ लाख भूकम्पहरु जान्छन्, जसमध्ये करिब १ लाख भूँइचालो महशुस गर्न सकिन्छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्

" सेफर ईन्टरनेट डे २०१६ " को अवसर पारेर, यसवर्ष पनि गुगल'ले आज आफ्नो एकाउन्टको सेक्युरिटि चेकअप गर्ने प्रयोगकर्ताहरुलाई २ जिबी स्पेश गुगल ड्राइभमा निशुल्क थपिदिने भएको छ । ईन्टरनेटमा सेक्युरिटि, गम्भिर भएर सोच्नुपर्ने विषय हो । हामी कतिपयले ईन्टरनेटमा एकदमै कमजोर पासवर्ड राखिरहेका हुन्छौँ, आफ्ना व्यक्तिगत डाटाहरु अरुले सजिलै भेट्ने किसिमले सेयर गरिरहेका पनि हुनसक्छौँ। नचाहिएका डिभाइस वा एपहरुमा कनेक्ट गरिरहेका हुनसक्छौँ । त्यसैले, ईन्टरनेटमा सुरक्षित रहौँ भन्ने सन्देश सहित, गुगल ले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो गुगल एकाउन्टको सेक्युरिटि चेकअप गर्न सुझाएको छ । सेक्युरिटी चेकअपमा, तपाईले आफ्नो फोन नम्बर, रिकभरी ईमेल ठिक छ कि छैन, कनेक्ट भएका एप्स र डिभाइस ठिक छन् कि छैनन्, साइन ईन देखाएका लोकेशन ठिक छन् कि छैनन्, आदि चेक गर्नसक्नुहुन्छ। साथै, सेक्युरिटि चेकअप गरेको खण्डमा, गुगल'ले निशुल्क २ जिबी स्पेश गुगल ड्राइभमा उपलब्ध पनि गराउनेछ । गत वर्ष पनि गुगल'ले यस्तै किसिमको बोनसको व्यवस्था गरेको थियो । पोहोर, सेक्युरिटि चेकअप गर्नेहरुले पनि, अहिले चेक

युट्युबमा आजबाट नेपालमा ट्रेन्डिङ भइरहेका भिडियोहरु हेर्न सकिने भएकोछ । गुगल'ले नेपाललाई लक्षित गरेर युट्युब सञ्चालन सुरु गरे सँगै युट्युबमा यो सुविधा उपलब्ध भएको हो । गुगलको एसिया प्यासेफिक ब्लग का अनुसार नेपाल सहित पाकिस्तान र श्रीलंकामा पनि यसै प्रकारको सेवाको सुरुवात गरेको जनाएको छ । युट्युबको लोगोमा NP लेखेर, गुगल'ले, युट्युब नेपाल को जनाउ दिएको छ। युट्युबको नेपाल संस्करणले नेपाल र नेपालीलाई लक्षित गरेर भिडियो बनाउने युट्युबप्रयोगकर्ताहरुलाई, धेरै नेपाली प्रयोगकर्ताहरु सम्म पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ । त्यस्तै युट्युबमा भिडियो हेर्ने नेपाली प्रयोगकर्ताहरुले पनि नेपालमा रुचाइएका, धेरैले हेरेका, भिडियोहरु हेर्न पाउनेछन् । अब ट्रेन्डिङ भिडियो सेक्सनमा नेपालमा रुचाइएका, चलिरहेका भिडियोहरु देखिनेछ । तपाईले हेर्ने भिडियोहरु या भनौँ तपाईको भिडियो हेर्ने शैलीको अनुसन्धान गरेर, गुगल'ले तपाईलाई मनपर्न सक्ने भिडियोहरु देखाउँदै आएकोछ । अब यो लिस्टमा नेपालमा प्रचलनमा रहेका भिडियोहरु पनि थपिनेछन्। नेपाललाई लक्षित गरेर गतवर्ष नै युट्युबले नेपाली भाषामा उपलब्ध गराइसकेक

नेपाली ईन्टरनेट प्रयोगकर्ताहरु माझ, बहुप्रतिक्षित, ईन्टरनेटविना भिडियो हेर्न सकिने "युट्युब अफलाइन प्लेब्याक" फिचर अब नेपालमा सुरु भएकोछ । युट्युबमा आफूलाई मनलागेका भिडियोहरु "सेभ" गरेर आफ्नो अनुकुल समयमा, विना इन्टरनेट हेर्न सकिन्छ। युट्युब अफलाइन भिडियो कसरी हेर्ने? युट्युबको मोबाइल एपमा, आफूले सेभ गरेका भिडियोहरु, ईन्टरनेट नभएको समयमा पनि हेर्न सकिन्छ । युट्युबमा भिडियो अफलाइन हेर्न, ईन्टरनेट भएको समयमा, युट्युबमा उपलब्ध भिडियोहरु सेभ गरेर राख्नुपर्छ । युट्युबमा अपलोड गरिएका भिडियोहरुमा दायाँ तर्फ, "डाउनलोड" बटन देख्न सकिन्छ। डाउनलोड बटन क्लिक गरेपछि, भिडियोको गुणस्तर आफूले छान्नु पर्छ। भिडियो डाउनलोड भइसकेपछि, विना इन्टरनेट फेरि त्यही भिडियोहरु आफ्नो युट्युब एपमा हेर्न सकिन्छ । युट्युबका अनुसार, एकपटक डाउनलोड गरेको भिडियो, ४८ घन्टा सम्म मात्र अफलाइन हेर्न मिल्छ । साथै, भिडियो अपलोडकर्ताले भिडियो अफलाइन हेर्नको लागि डाउनलोड गर्न दिने वा नदिने 'अप्सन'मा 'डाउनलोड गर्न नदिने' पनि भनेका हुनसक्छन् । यस्तो अवस्थामा, उक्त भिडियो डाउनलोड

गुगल अनुवादक (ट्रान्सलेट)मा, नेपालीलाई अन्य भाषा वा अन्य भाषालाई नेपालीमा अनुवाद गर्नु भएको छ? अजिव सुनिने/देखिने अनुवाद देखेर हाँस्नु भएको छ? साइटमा तथा मोबाइल एपमा, हिज्जे नमिलेका नेपाली भाषाका विज्ञापन देखेर, गुगल अनुवादलाई सम्झिनुभएको छ? गुगल अनुवादकमा नेपाली भाषा २०१३ मा समावेश गरिएको भएपनि, अन्य भाषाहरु जस्तो नेपाली भाषा 'पर्फेक्ट' भइसकेको छैन । अत: अनलाइनमा नेपाली भाषा सुधार गर्नको लागि, गुगल'ले पहिलो पटक नेपालमा "आफ्नो भाषालाई माया गरौँ" कार्यक्रम घोषणा गरेको छ । अनलाइनमा नेपाली भाषा सुधार गर्नको लागि, मंगलबार सेप्टेम्बर २२ देखि सेप्टेम्बर ३० सम्म, ल्याङ्वेज टेक्नोलोजी केन्द्र र अरू ४० भन्दा बढी स्थानीय शिक्षण संस्थाहरू, संघहरू र व्यवसायिक संगठनहरूसँगको सहकार्यमा ‘अाफ्नो भाषालाई माया गरौँ’ ट्रान्सलेटाथन गर्ने गुगल'ले जनाएको हो । गुगल एसिया प्यासेफिक, पब्लिक अफेयर र न्यु इमर्जिंङ मार्केट्स कम्युनिकेसन्सकी एमी कुनरोज्पान्या भन्छिन, “हामीलाई विश्वास छ, गुगल अनुवादले यो देशको लागि, यहाँको मानिसहरूका लागि र नेपाली भाषाको लागि नेपालीमा उपयोगी वेब बना

विगत १७ वर्षमा गुगलको लोगो धेरै पटक परिवर्तन भइसक्यो । महिना दिन पहिले एल्फाबेटको घोषणा पछि, गुगलको लोगो फेरि परिवर्तन भएकोछ । पहिलेको झैँ निलो, रातो, पहेँलो र हरियो गरि चार प्रकारको रङ्गहरु प्रयोग भएको लोगोको बनोटमा स्यान्स सेर्‌फ समूह अन्तर्गतको 'प्रडक्ट स्यान्स' फन्ट प्रयोग गरिएकोछ। गुगलका सबै प्रडक्टमा गुगलको नयाँ लोगो प्रयोग हुनेछ, सानो ठाउँ तथा फेभिकनको लागि 'जि' मात्रै लेखिएको लोगो प्रयोग हुनेछ भने, मोबाइलमा सर्च गर्नुपर्दा 'डटहरु'को एनिमेसन देखिनेछ । गुगलको नयाँ लोगोको डिजाइनबारे विस्तृत कुरा यहाँबाट पढ्न सकिन्छ । गुगलको होमपेजमा गुगल डुडलको रुपमा गुगलको नयाँ लोगो राखिएको छ। गुगलको नयाँ लोगोलाई अधिकांशले मन पराएकाछन् ।

हिजोसम्म गुगल एउटा ठूलो टेक्नोलोजी कम्पनी थियो, तर आज गुगलभित्रैबाट गुगल भन्दा ठूलो अर्को कम्पनी 'एल्फाबेट'को निर्माण गरिएको घोषणा ल्यारी पेजले गरेकाछन्। एल्फाबेट कम्पनीको घोषणा सँगै, गुगल एल्फाबेटमा गाभिएको छ भने, गुगल'ले हेर्दै आएको एक्स ल्याब, स्वास्थ्य, रोबट आदि  लगायतका परियोजनाहरु एल्फाबेट अन्तर्गत रहनेछ । तर गुगल'ले हेर्दै आएका इन्टरनेट सम्बन्धी परियोजनाहरु भने, गुगल अन्तर्गत नै रहनेछ । नयाँ कम्पनी एल्फाबेट को घोषणा सँगै, गुगलका सम्पूर्ण सेयरहरु एल्फाबेटमा सरेको छ । एल्फाबेटको सिइओ ल्यारी पेज आफैँ रहेकाछन् । क्रोम, एन्ड्रोइड आदि हेर्दै आएका सुन्दर पिचाइ, गुगलको नयाँ सिइओ नियुक्त भएका छन् । एल्फाबेट अन्तर्गत गुगल लगायतका अन्य धेरै कम्पनीहरु हुनेछन् । ल्यारी पेजका अनुसार, ती सबै कम्पनीमा छुट्टाछुट्टै सिइओ हुनेछन्, सुपेरिवेक्षण तथा लगानी भने एल्फाबेटले गर्नेछ । अब गुगल होइन, एल्फाबेट कम्पनी भन्ने गरौँ। ➤ आकारपोष्ट एन्ड्रोइड एप् डाउनलोड गर्नुस् ।

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

गुगलप्लसको फोटो सर्भिस 'गुगलप्लस फोटो' गुगलले अगष्ट महिना देखि बन्द गर्ने भएको छ। नझुक्किनुहोला, गुगलले आफ्नो सोसल साइट गुगलप्लसको फोटो सर्भिस बन्द गर्न लागेको हो, गत मे देखि सञ्चालनमा आएको गुगल फोटो यथावत नै रहनेछ। गुगल फोटोमा अनलिमिटेड फोटो अपलोड गर्ने सुविधा छ। गुगलप्लस फोटो र गुगल फोटोका कारण, प्रयोगकर्ताहरु झुक्किने तथा गुगलले आफ्नो इन्जिनियरिङ दुई तिर फोकस गर्नुपर्ने कारण देखाउँदै गुगलप्लस फोटो बन्द गर्न लागेको हो । गुगलप्लसको फोटो सर्भिस पहिलेबाट नै उत्कृष्ट थियो, त्यसै फोटो सर्भिसको आधारमा गुगल'ले गुगुल प्लस भन्दा बाहिर, गुगल फोटो भनेर छुट्टै फोटो सर्भिस गत मे'मा सुरु गरेको थियो । गुगल फोटोमा अनलिमिटेड फोटो राख्ने सुविधा त छ नै, त्यसबाहेक फोटो सर्च गर्ने सुविधा पनि छ। गुगलप्लस फोटो बन्द भनेर नआत्तिनुहोला, तपाईका फोटोहरु गुगल फोटोमा सुरक्षित रहनेछन् । Download Aakar Post Android App

आज जेठ १५, गणतन्त्र दिवसको अवसरमा गुगल'ले आफ्नो होमपेजमा गुगल डुडल मार्फत नेपालको गणतन्त्र दिवस 'को सम्झना गरेकोछ । गुगल तथा गुगल नेपालको होमपेज मा उपलब्ध डुडल मार्फत, गुगलले नेपालीहरुको सहनशिलता र धैर्यताको प्रशंसा गर्दै, नेपालीहरु विश्वको लागि प्रेरणाको स्रोत हो भनेर उल्लेख गरेकोछ । आजको गुगल डुडलमा गुम्बा र मन्दिरलाई पछाडि धमिलो छायाँमा राखेर अगाडि मैनबत्ति बालिएको छ, जसले गणतन्त्र दिवस मात्र होइन, अहिले गएको महाभूकम्पलाई पनि इङ्गित गर्छ । गुगल होमपेजमा, डुडललाई क्लिक गरेपछि, रिजल्ट पेजमा गणतन्त्र दिवस सम्बन्धी सामाग्रीहरु देखिन्छन् । आजको 'नेपालको गणतन्त्र दिवस'को गुगल डुडल नेपालभरि google.com र google.com.np मा हेर्न सकिन्छ । गुगल क्राइसिस रेसपोन्स म्याप र पर्सन फाइन्डर सञ्चलान गरेको गुगल'ले उद्दार तथा राहत कार्यमा आफूले निरन्तर सहयोग गर्ने उल्लेख गरेकोछ । डुडलका बारे मा गुगल'ले यसो भनेकोछ: Today, we honor the strength and resilience of the people of Nepal. On May 28th, 2008, after decades of revolution and protests, Nepal became the Feder

एन्ड्रोइड फोन तथा ट्याबलेटमा, नेपाली टाइप गर्नको लागि, हाम्रो नेपाली किबोर्ड लगायत अन्य केही नेपाली किबोर्डहरु प्लेस्टोरमा भेट्न सकिन्छ । तर सानो 'स्कृन' भएका फोन प्रयोगकर्ताहरुलाई त्यही किबोर्डहरु पनि चलाउन गाह्रो परिरहेको देखिन्छ, कतिलाई बानी नभएका कारण नेपाली टाइप गर्नै झन्झट लाग्छ। तर, नेपाली टाइप आउँदैन भने पनि चिन्ता नलिनुस्, अब गुगल'ले, मोबाइलमा नेपाली लेख्न झनै सजिलो बनाइदिएकोछ । एन्ड्रोइडको लागि, यो हप्ताबाट गुगलको अर्को नयाँ किबोर्ड ' हेन्ड राइटिङ इनपुट ' थपिएको छ, यो किबोर्ड चलाउँदा, टाइप गर्नु पर्दैन । कापीमा कलमले जसरी नेपाली लेखिन्छ, त्यसैगरि मोबाइलमा खरर नेपाली लेख्नसकिन्छ । हामीले यो किबोर्डमा लेखेको कुरालाई, गुगल'ले अटोमेटिक रुपमा 'ट्रान्सलेट' गरिदिन्छ । हामीले नेपाली अक्षर लेख्ने तरिका देखि लिएर नेपाली अक्षरको बनोट आदि विविध कुराहरु वर्षौँ अध्ययन गरेर गुगल'ले यो इनपुट टुलको निर्माण गरेको हो।   गुगल रिसर्च ब्लग का अनुसार, 'हेन्ड राइटिङ इनपुट' किबोर्ड, नेपाली सहित ८२ भाषामा उपलब्ध छ। हातले लेखेको ट्वीट परिक्षण । टाइप

घरको कुनै कुनामा फोन छ, तर भेट्न सकिएन । कतै गइएको थियो, फोन छोडेर आइयो। आफ्नो फोन कहाँ छ, कसरी थाहा पाउने? गुगलको 'एन्ड्रोइड डिभाइस म्यानेजर' ले तपाईको फोनको 'लोकेसन' भनिदिन्छ। 'एन्ड्रोइड डिभाइस म्यानेजर' को यही फिचर अब सिधै गुगल सर्चमा उपलब्ध भएको गुगल'ले गुगलप्लस मार्फत जनाएकोछ। गुगलमा गएर ' find my phone ' टाइप गरेपछि, अब फोनको लोकेसन सिधै सर्च रिजल्ट पेजको माथिल्लो भागमा देखिन्छ। घरमै छ भने त घन्टी बजाउन पनि सकियो, फोन 'साइलेन्ट' मोडमा भएपनि, गुगलबाट फोन गर्दा चर्को आवाजले घन्टी बज्छ। फोनको सुरक्षाको हिसाबले, ' एन्ड्रोइड डिभाइस म्यानेजर ' प्रयोग गर्नै पर्ने 'फिचर' हो। फोन हराएको खन्डमा, 'एन्ड्रोइड डिभाइस म्यानेजर' को ड्यासबोर्डबाट आफ्नो फोन, खोज्न सकिन्छ, 'लक' गर्न सकिन्छ, अनि फोनमा भएका 'डेटा' सबै मेट्न पनि सकिन्छ। तपाईको फोन सँधै अनलाइन नहुनसक्छ वा 'लोकेशन अन' नभएको खन्डमा, गुगल'ले तपाईको फोन भएको अन्तिम 'लोकेसन' देखाउँछ । गुगलमा सर्च गर्दा तपाई आफ्नो गुगल एकाउन्टमा