Skip to main content

गुगल अब एल्फाबेट कम्पनी अन्तर्गत

हिजोसम्म गुगल एउटा ठूलो टेक्नोलोजी कम्पनी थियो, तर आज गुगलभित्रैबाट गुगल भन्दा ठूलो अर्को कम्पनी 'एल्फाबेट'को निर्माण गरिएको घोषणा ल्यारी पेजले गरेकाछन्। एल्फाबेट कम्पनीको घोषणा सँगै, गुगल एल्फाबेटमा गाभिएको छ भने, गुगल'ले हेर्दै आएको एक्स ल्याब, स्वास्थ्य, रोबट आदि लगायतका परियोजनाहरु एल्फाबेट अन्तर्गत रहनेछ । तर गुगल'ले हेर्दै आएका इन्टरनेट सम्बन्धी परियोजनाहरु भने, गुगल अन्तर्गत नै रहनेछ ।

नयाँ कम्पनी एल्फाबेटको घोषणा सँगै, गुगलका सम्पूर्ण सेयरहरु एल्फाबेटमा सरेको छ । एल्फाबेटको सिइओ ल्यारी पेज आफैँ रहेकाछन् । क्रोम, एन्ड्रोइड आदि हेर्दै आएका सुन्दर पिचाइ, गुगलको नयाँ सिइओ नियुक्त भएका छन् ।

एल्फाबेट अन्तर्गत गुगल लगायतका अन्य धेरै कम्पनीहरु हुनेछन् । ल्यारी पेजका अनुसार, ती सबै कम्पनीमा छुट्टाछुट्टै सिइओ हुनेछन्, सुपेरिवेक्षण तथा लगानी भने एल्फाबेटले गर्नेछ । अब गुगल होइन, एल्फाबेट कम्पनी भन्ने गरौँ।

आकारपोष्ट एन्ड्रोइड एप् डाउनलोड गर्नुस्

Comments

Subscribe to Aakar Post