Skip to main content

Posts

Showing posts from May, 2008

लामो प्रतिक्षा पछि २०६५ जेठ १५ गते रातको करिब ११:२२ बजे नेपाल गणतन्त्र राज्य भएको घोषणा गरिएकोछ । बैठक बिहान दिनको ११ बजे बस्ने भनिएको भएपनि दलहरु बिच सहकार्य हुन नसक्दा अनि राष्ट्रपति को बारेमा सहमति हुन नसक्दा बिहान बस्ने भनिएको बैठक दिउँसो ३, बेलुका ६ भन्दै राती ९ बजे सुरु भएको थियो । यसै बैठकलाई लक्षित गरेर खुलामञ्च मा दिउँसो एउटा तथा बेलुका बिआइसिसि मा दुईवटा बम बिस्फोट गराइएको थियो । बिस्फोटन को जिम्मा रणविर सेनाले लिएको छ । आज बैठक बस्ने भनिएकोले बिहानैदेखि गणतन्त्र को पक्षमा नारा जुलुस भएको थियो भने ठाउँ-ठाउँमा खुशियाली मनाउँदै विविध साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो । धेरै शंका र उपशंका विच गणतन्त्र घोषणा भएको छ । प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला ले पेश गरेको गणतन्त्र को प्रस्ताव को पक्ष मा ५६० मत तथा विपक्षमा ४ मत परेको थियो । अब नेपाल गणतान्त्रिक राज्य बन्ने कुरा मा शंका नरहेपनि, कार्यान्वायन पक्षको बारेमा केही भन्न नसकिने स्थिति छ । दलहरु कसरी अगाडि जाने हुन्, सहमति को कुरा कहिलेसम्म राम्रो हुने हो, यी यावत कुराहरु मा अहिले नै केही भन्न नसकिएपनि, नारायणहिटिलाई संग्राह

अनुत्तरित प्रश्न उसलाई अपहरण गरिएको धेरैदिन पछि उ मारियो भन्ने खबर आयो । घर परिवारलाई पत्याउन गाह्रो परेपनि आखिर उ मरिसकेकै थियो या भनौँ मारिइसकेको थियो । उ मारिएको र लाश सम्म पनि नपाएको विरोध मा चक्काजाम, बन्द, हड्ताल सबै गरियो । केहिदिन पछि हत्यारा का नाइकेले घटनाको सम्बन्धमा माफी माग्दै, परिवारलाई राहत दिने बताए । उता बाबुको हत्याले मर्माहत भएको १२ वर्षे छोरोले एउटा ठूलो मास अगाडि सम्बोधन गर्दै भन्यो- “जसले मेरो बाबु को हत्या गरेर राहत दिन्छु भनेको छ, म पनि त्यसै गर्न चाहन्छु, त्यसलाई मारेर म पनि राहत दिन्छु त्यसको परिवारलाई, के त्यो मर्न तयार छ ? के मैले त्यसको हत्या गर्न पाउँछु ?” उपस्थित दर्शकदिर्घाबाट ताली बज्यो । तर उसको प्रश्न भने अनुत्तरित नै रह्यो । ------------------------------------------------------------------------ वन्यजन्तु संरक्षणविद एक विदेशी नागरिक नेपाल आएका थिए, केही वर्ष पहिले । उनी वन्यजन्तुमा चाख राख्दारहेछन् साथै वन्यजन्तु संरक्षण सम्बन्धि लेखहरु लेख्दारहेछन्, विभिन्न पत्रपत्रिकाहरुमा । नयाँ-नयाँ जीवजन्तुबारे लेख लेख्न उनी नेपाल का वनजंगल चहारीरहन्थे । अ

दृश्य – १ काठमाडौँ जानुपर्ने थियो, अफिस ले एकचोटि आउनुपर्यो भनेर खबर गरेको थियो । अत: कलेजमा एउटा म्याथ क्लास लिएर अफिस जाने विचार गरेँ । तर साथी ले भन्यो, अफिस बाट फोन आ’कोथ्यो म्याम को, अफिस जुन २-३ तारीख तिर गए हुन्छ रे ! मैले भैहाल्यो त्यतिनैखेर जाउँला नि त भने । तर काठमाडौँ जान खुट्टो उचालीसकिएको भएर, अफिस नगएपनि काठमाडौँ भने जाने भएँ । दृश्य – २ बाटोभरी लाम लागेका गाडिले डिजेल,पेट्रोल को अभाव र’छ भन्ने जानकारी दिए । हाम्रो गाडिमा पनि डिजेल कम र’छ, तर म अचम्म मा परेँ, किनकि हाम्रो गाडिले त सजिलै डिजेल पायो । थाहा पाएँ, पेट्रोल पम्पले आफ्ना गाडिलाई मात्र तेल दिएको र’छ । पेट्रोल पम्प मा डिजेल छैन भनेर बोर्ड झुन्ड्याइएको थियो, भने पम्पलाई पनि सटर लाएर राखिएको थियो । बाहिर बाट हेर्दा पम्प बन्द देखिन्थ्यो तर भित्र पट्टिको पम्प को सटर भने आधा खोलिएको थियो । भन्न को मतलब पम्प (मेसिन) लाई फलामे सटर भित्र राखिएकोथियो, जुन सडक बाट हेर्दा बन्द देखिन्थ्यो,सटर लगाएकोले तर अर्को साइड भने खुल्लै थियो । (सायद स्पष्ट पार्न सकिन होला ?) दृश्य - ३ काठमाडौँमा सडक विस्तार गर्न बिजुलीका पोलहरु उ

Dharahara RaniPokhari Kamaladi Ganeshthan Newroad Gate Durbar School Royal Palace Swayambhu Tundikhel Bagmati Bridge Bir Hospital New Road Thapathali Durbar Complex Hanuman Dhoka These are the historical photos of Nepal. I don't know who took these snaps.

गगन थापा को बिहे को चर्चा देश भरी नै भइरहेको छ, उनको भनाइ सबै टिभी,रेडियो,पत्रपत्रिका,साइट,ब्लगमा छाइरहेकाछन् । नेपाली कांग्रेसको समानुपातिक तर्फबाट नयाँ-नेपालको संविधान सभा को निर्माण मा गइसकेका गगन थापाले अस्ति भर्खर विवाह गरेकाछन् । उनले विवाह मा लाग्ने सम्पूर्ण खर्च पाटन अस्पतालको आइसियु को लागि दिने घोषणा पनि गरिसकेका छन् । काठमाडौँ उपत्यकामा थापाले यी कुराहरु भनिरहँदा उता पूर्व संखुवासभाको खाँदवारीमा भने विवाहमा मोटरसाइकल,कम्प्युटर,सुन आदी नदिएको भन्दै बेहुला पक्षले बेहुली फिर्ता गरेका छन् । समाचार अनुसार गत आइतवार (२०६५,वैशाख १५ गते) भएको विवाहमा राम्रा कपडा,उच्च गुणस्तरका फर्निचर आदी नदिएको भन्दै खाँदवारी-१० नयाँबजारका बेहुला वसन्तकुमार चापागाईँले बेहुली खाँदवारी-३, झरीथुम्का की वविता पोखरेललाई मंगलबार उनकै घर लगेर छाडेर आएका छन् । यी दुवै युवा “नयाँ नेपाल” का “तपाई-हामी”हरुका प्रतिनिधि पात्र हुन् । तर यी दुइ बिच यत्तिका भिन्नता किन ? किन समाजमा विद्दयमान कुसंस्कार को अन्त्य हुनसकेको छैन ? किन दाइजो को निहुँमा अपराधिक घटनाहरु दिनहुँ बढिरहेका छन् ? मान्छेहरु ले मानविय धरातल कि

-Ramesh Nepali O n my last week's article, one of our friends wrote a very heartfelt comment saying that we must serve and make Nepal rather than serving and making NRNA. Our fortune or say, a series of events has made it that we now do not live in our motherland. But I know that we all, despite differences in our age and profession, despite differences in our education and wealth, everyday feel that we have to do something for our country. And I believe that we all have Nepali hearts and like a line from Dr Jugal Bhurtel's song(singer Ani Sherpa) - "wherever we go, we carry Nepal with us(Jaha Jaha Janchhau Hami, Nepal Sangai Lanchhau)". So we Nepali, even being NRNs are carrying Nepal with us in our hearts and all Nepali living outside the country as NRNs together form "Spiritual Nepal". Our brave and rich history is not only made by the courage of Bir Bal Bhadra and Amar Singh Thapa, but Nepalis who lived and worked outside the country also had made Nep