Skip to main content

दाइजो र नयाँ नेपाल

गगन थापा को बिहे को चर्चा देश भरी नै भइरहेको छ, उनको भनाइ सबै टिभी,रेडियो,पत्रपत्रिका,साइट,ब्लगमा छाइरहेकाछन् । नेपाली कांग्रेसको समानुपातिक तर्फबाट नयाँ-नेपालको संविधान सभा को निर्माण मा गइसकेका गगन थापाले अस्ति भर्खर विवाह गरेकाछन् । उनले विवाह मा लाग्ने सम्पूर्ण खर्च पाटन अस्पतालको आइसियु को लागि दिने घोषणा पनि गरिसकेका छन् ।

काठमाडौँ उपत्यकामा थापाले यी कुराहरु भनिरहँदा उता पूर्व संखुवासभाको खाँदवारीमा भने विवाहमा मोटरसाइकल,कम्प्युटर,सुन आदी नदिएको भन्दै बेहुला पक्षले बेहुली फिर्ता गरेका छन् । समाचार अनुसार गत आइतवार (२०६५,वैशाख १५ गते) भएको विवाहमा राम्रा कपडा,उच्च गुणस्तरका फर्निचर आदी नदिएको भन्दै खाँदवारी-१० नयाँबजारका बेहुला वसन्तकुमार चापागाईँले बेहुली खाँदवारी-३, झरीथुम्का की वविता पोखरेललाई मंगलबार उनकै घर लगेर छाडेर आएका छन् ।

यी दुवै युवा “नयाँ नेपाल” का “तपाई-हामी”हरुका प्रतिनिधि पात्र हुन् । तर यी दुइ बिच यत्तिका भिन्नता किन ? किन समाजमा विद्दयमान कुसंस्कार को अन्त्य हुनसकेको छैन ? किन दाइजो को निहुँमा अपराधिक घटनाहरु दिनहुँ बढिरहेका छन् ? मान्छेहरु ले मानविय धरातल किन विर्सदैँ गइरहेका होलान् ? आदी-आदी कुराहरु मेरो दिमागमा आएर ताण्डव गरिरहेकाछन् ।

सुन्दा र कुरा गर्दा सामान्य लाग्ने यी घटनाहरु ले ठूला-ठूला दुर्घटना र मानसिक आघात निम्त्याइरहेकाछन् । वास्तवमा भन्ने हो भने मान्छे को महत्वकांक्षाहरुका कारणले गर्दा यस्ता “दाइजो-प्रथा”हरु ले हामी बिच गहिरो जरा गाडिरहेकाछन् । अनी हामी मानवियतालाई लत्याइरहेका छौँ, धन-सम्पतिका लागि तर महाकवि लक्ष्मीप्रसाद देवकोटाको “हातका मैला, सुनका थैला के गर्नु धनले” भन्ने कुरा भने भट्याउन छाडेका छैनौँ। चेतना को कमीले यस्ता घटनाहरु घट्ने गरेका छन् भनौँ भने,यस्ता घटनाहरु शिक्षित भनिएका परिवारमा नै धेरै घटिरहेकाछन् । यी दाइजोप्रेमी चापागाईँ पनि १२ कक्षामा पढिरहेका छन्, कक्षाका हिसाबले भन्ने हो भने उनलाई शिक्षित मान्नैपर्छ तर उनी र उनको परिवार को व्यबहार हेर्दा लाग्छ उनीहरु मान्छेका नाउँमा कलंक हुन । उनीहरु नरपशु नै हुन्, यो ठोकुवा गर्न हामीलाई कुनै आपत्ति छैन र सायद उनीहरुलाई पनि आपत्ति छैन होला, अन्यथा यस्ता निच व्यवहार उनीहरुले भुलेर पनि गर्ने थिएनन् ।

यहाँ मान्छेहरुलाई भनेर,सम्झाएर यस्त प्रथाहरु तह लाग्ने छाँट देखिएको छैन, त्यसैले यस्ता घटनाहरुका सम्बन्धमा कडा कानुन मात्र नबनिकन कानुन को कडा कार्यान्वयन पनि गरिनुपर्छ । साथै यी चापागाईँ परिवारलाई पनि राम्रै पाठ पढाउनु जरुरी छ । आशा छ, यस सम्बन्धमा सरोकारवाला पक्ष तथा अधिकारकर्मीहरुले बुलन्द आवाज उठाउने छन् र ती पिडक तथा दाइजोप्रेमीहरुलाई कडा भन्दा कडा हदैसम्मको सजाय दिलाउनेछन् ।

नेपाली समाजमा विवाहलाई एक पवित्र बन्धन को रुपमा लिने गरिएकोछ । तर यस्तो पवित्र बन्धन हिजोआज दाइजो को कारणले नै बिग्रेका उदाहरणहरु प्रशस्त छन् । विवाहमा “को भन्दा को कम” भनि धनिमानीले देखाउने रवाफका कारण नै यस्ता घटनाहरुले बढावा पाइरहेकछन् । अत: विवाह को दाइजो सम्बन्धमा नै कडा कानुन बनाउनुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

यस्ता समस्याहरुबाट मुक्ति पाउन “नयाँ-नेपाल” मा कस्तो खाले संविधान बनाइनुपर्छ होला ?

Comments

  1. 'दाईजो र नयाँ नेपाल' तपाईंको छोटो आलेख मनपर्यो । यस्ता सामाजिक बिसंगतीहरुबाट हाम्रो समाज क्रमश उठ्ने क्रममा छ । मान्छेभित्रको चेतनाको ढोका संधै शिक्षाले नै खोल्छ भन्ने कुरालाई होइन भनेर चापागाईँ परिवारले देखाईदिएको छ । कानुनको कडाईका साथ कार्यान्वयन नगरिए सम्म यस्ता घट्नाहरु दोहोरिरहन्छन । मलाई कुनैबेला आफैले लेखेको गजलको यौटा टुक्रा याद आयो -

    लेखे लेख्नेले किताबमा नीति कानुन सबै ,
    तिनैले धज्जी उडाए बबुरो कानुन रोयो ।

    ReplyDelete
  2. आकार जि!

    मलाई लाग्छ यो समस्या तपाईले भने जस्तै कानून मात्रै बनाएर पक्कै पनि समाधान हुदैन।

    मानिसको धारणामा बिचारमा आमूल परिवर्तन ल्याउन सकेमा मात्रै यसको समाधान हुनसक्छ । तर दु:ख नगरि कनै आर्काको सम्पतिमा मोज गर्ने मनाशाय राख्‍ने यस्ता दाईजो पिपासुको भने समाजमा यसरिनै बिरोध हुनु जरुरी छ ।

    एक चोटि यसरी दाओजो मागेर बदनाम हुनेलाई सामाजिक बहिस्कार गरि पछि कसैले पनि छोरि नदिने गर्न सके यि कृपणहरु केहि तह लाग्थे कि?

    ReplyDelete
  3. bibahako barema manchheko laalachi soch le baki jiwan bhari usalae pida din6 ni akar ji....

    ReplyDelete
  4. yes you are right aakar and dilip jee मानिसको धारणामा र बिचारमा परिवर्तन ल्याउन सकेमा मात्रै यसको समाधान हुनसक्छ ।

    ReplyDelete
  5. Very good article. We have to fight with thist types of social unjustice. No other ways.

    ReplyDelete
  6. We need a very good and dedicated public education campaign first. Second, public figures like politicians and actors should make their marriages as low profile as possible. These are the people whom general population takes as examples and wants to imitate.
    And we will always need strict rules and regulations. But rules and regulations wilbe useless if they are not applied strictly and for all.

    ReplyDelete
  7. Very good article!!!
    यस्को बिरोधमा चर्को आवाज उठाउनु पर्छ र स्थानिय स्तर बाट नै सामाजिक बहिसकार गरी ती पिडक तथा दाइजोप्रेमीहरुलाई कडा भन्दा कडा हदैसम्मको सजाय दिलाउनुपर्छ

    ReplyDelete
  8. Dowry system is a serious social problem in Nepali society. There should be proper laws regarding it in order to make a 'New Nepal' .

    ReplyDelete
  9. bibahako barema manchheko laalachi soch le baki jiwan bhari usalae pida din6 ni akar ji....

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

Subscribe to Aakar Post