Skip to main content

Posts

Showing posts from April, 2015

एन्ड्रोइड फोन तथा ट्याबलेटमा, नेपाली टाइप गर्नको लागि, हाम्रो नेपाली किबोर्ड लगायत अन्य केही नेपाली किबोर्डहरु प्लेस्टोरमा भेट्न सकिन्छ । तर सानो 'स्कृन' भएका फोन प्रयोगकर्ताहरुलाई त्यही किबोर्डहरु पनि चलाउन गाह्रो परिरहेको देखिन्छ, कतिलाई बानी नभएका कारण नेपाली टाइप गर्नै झन्झट लाग्छ। तर, नेपाली टाइप आउँदैन भने पनि चिन्ता नलिनुस्, अब गुगल'ले, मोबाइलमा नेपाली लेख्न झनै सजिलो बनाइदिएकोछ । एन्ड्रोइडको लागि, यो हप्ताबाट गुगलको अर्को नयाँ किबोर्ड ' हेन्ड राइटिङ इनपुट ' थपिएको छ, यो किबोर्ड चलाउँदा, टाइप गर्नु पर्दैन । कापीमा कलमले जसरी नेपाली लेखिन्छ, त्यसैगरि मोबाइलमा खरर नेपाली लेख्नसकिन्छ । हामीले यो किबोर्डमा लेखेको कुरालाई, गुगल'ले अटोमेटिक रुपमा 'ट्रान्सलेट' गरिदिन्छ । हामीले नेपाली अक्षर लेख्ने तरिका देखि लिएर नेपाली अक्षरको बनोट आदि विविध कुराहरु वर्षौँ अध्ययन गरेर गुगल'ले यो इनपुट टुलको निर्माण गरेको हो।   गुगल रिसर्च ब्लग का अनुसार, 'हेन्ड राइटिङ इनपुट' किबोर्ड, नेपाली सहित ८२ भाषामा उपलब्ध छ। हातले लेखेको ट्वीट परिक्षण । टाइप

घरको कुनै कुनामा फोन छ, तर भेट्न सकिएन । कतै गइएको थियो, फोन छोडेर आइयो। आफ्नो फोन कहाँ छ, कसरी थाहा पाउने? गुगलको 'एन्ड्रोइड डिभाइस म्यानेजर' ले तपाईको फोनको 'लोकेसन' भनिदिन्छ। 'एन्ड्रोइड डिभाइस म्यानेजर' को यही फिचर अब सिधै गुगल सर्चमा उपलब्ध भएको गुगल'ले गुगलप्लस मार्फत जनाएकोछ। गुगलमा गएर ' find my phone ' टाइप गरेपछि, अब फोनको लोकेसन सिधै सर्च रिजल्ट पेजको माथिल्लो भागमा देखिन्छ। घरमै छ भने त घन्टी बजाउन पनि सकियो, फोन 'साइलेन्ट' मोडमा भएपनि, गुगलबाट फोन गर्दा चर्को आवाजले घन्टी बज्छ। फोनको सुरक्षाको हिसाबले, ' एन्ड्रोइड डिभाइस म्यानेजर ' प्रयोग गर्नै पर्ने 'फिचर' हो। फोन हराएको खन्डमा, 'एन्ड्रोइड डिभाइस म्यानेजर' को ड्यासबोर्डबाट आफ्नो फोन, खोज्न सकिन्छ, 'लक' गर्न सकिन्छ, अनि फोनमा भएका 'डेटा' सबै मेट्न पनि सकिन्छ। तपाईको फोन सँधै अनलाइन नहुनसक्छ वा 'लोकेशन अन' नभएको खन्डमा, गुगल'ले तपाईको फोन भएको अन्तिम 'लोकेसन' देखाउँछ । गुगलमा सर्च गर्दा तपाई आफ्नो गुगल एकाउन्टमा

गुगल ट्रान्सलेट, जिमेल हुँदै युट्युब पनि अब नेपाली भाषामा उपलब्ध भएकोछ । नेपाली भाषा वा भनौँ देवनागिरी लिपी मात्र बुझ्ने कम्प्युटर प्रयोगकर्ताले इन्टरनेटमा अब सजिलै युट्युब चलाउन सक्नेछन् । युट्युब नेपाली भाषामा भन्नुको मतलब, युट्युब साइट नेपाली भाषामा हुनेछ, तर युट्युबमा रहेका भिडियोहरु यथावत रहनेछन् । गुगल र नेपाली स्वयंसेवकहरुको महिनौँको प्रयास पछि, युट्युब नेपाली भाषामा उपलब्ध भएको हो । नेपाली सहित ७५ भन्दा धेरै भाषामा युट्युब उपलब्ध छ। युट्युबमा संसारभरबाट प्रति मिनेट ३०० घन्टा बराबरको भिडियो अपलोड गरिन्छ । डिसेम्बर २०१३ मा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो भने, जुलाई २०१४ बाट जिमेल नेपाली भाषामा उपलब्ध भएको थियो। युट्युब नेपाली भाषामा कसरी प्रयोग गर्ने? युट्युब पेजको तल रहेको 'सेटिङस्'मा गएर, 'ल्याङ्वेज सेक्सन'मा नेपाली भाषा छान्न सकिन्छ । नेपाली 'क्लिक' गरेपछि, तपाईको लागि युट्युब नेपाली भाषामा उपलब्ध हुन्छ । साइटमा, केही ठाउँमा अंग्रेजी शब्दलाई ठाडो नेपाली भाषामा अनुवाद गरेको अमिल्दो देखिन्छ। जस्तो कि 'प्रेस' (Pres

नेपाली गितहरु, साउन्ड क्लाउड, युट्युब आदिमा खोज्दै, सुन्ने गरिएकोछ । तर 'गाना डटकम'मा हिन्दी गितहरु सुन्ने बानी परेकोले, नेपाली गित सुन्नको लागि पनि त्यस्तै एप भइदिए हुन्थ्यो भनेर धेरै पहिले देखि नै लागेको हो। अघिल्लो स्टार्टअप विकेन्ड काठमाडौँमा लिसन् (Lishn) देख्दा रमाइलो लागेको थियो, भन्ने नै हो भने मैले रोहित जोन क्षेत्रीको "बिस्तारै बिस्तारै..." भन्ने गित पहिलो पटक लिसन् मा सुनेको थिएँ (स्टार्टअप विकेन्डमा, परिक्षणको रुपमा लिसन् मा "बिस्तारै बिस्तारै..." सहित अन्य केही नेपाली गितहरु राखिएको थियो)। "बिस्तारै बिस्तारै..." भन्ने गित २०१३ मै आएको भएपनि, मैले ढिलो मात्र सुनेछु, एकपटक सुन्ने बित्तिकै मन पर्यो। सायद युट्युब, साउन्ड क्लाउड आदिमा, आफूले पहिले सुनिसकेका गितहरु मात्रै सुन्दै थिँए । यस्तै कारण पनि, नेपाली गितहरु स्ट्रिमिङ गर्न्ने लिसन् जस्तो साइट भइदिए हुन्थ्यो भन्ने लागेकोथियो । पर्खाइ सकिएको छ, नयाँ वर्षको अवसर पारेर, नेपाली गित-संगित स्ट्रिमिङ साइट लिसन् २५ जना संंगितकर्मीका १ सय २० भन्दा धेरै गित-संगितहरु सहित सुरु भएकोछ । ल

नेपाली मोबाइल एप डेभ्लपर्स र नेपाली प्रयोगकर्तालाई लक्षित गरेर सुरु भएको एप्सझोलाबाट अब एन्ड्रोइड एप्सहरु किन्न र बेच्न सकिने भएकोछ । एप्सझोलाले, परिक्षणको रुपमा अस्ति देखि अनलाइन बाघचाल एपको बिक्रिवितरण सुरु गरेकोछ । नेपालमा मोबाइल एप्स बनाइए पनि, गुगल प्लेस्टोरमा राख्न समस्या भएको र एप्समा देखाइने 'विज्ञापन' बाहेक, डेभ्लपर्सले अन्य कुनै स्रोतबाट आम्दानी गर्न नसक्ने भएकोले, एप्सझोला को सुरुवात गरिएको हो। डेभ्लपरहरुले मोबाइल एप्सबाट ३ किसिमले आम्दानी गर्नसक्छन्: १) एप्समा विज्ञापन देखाएर २) एप्स बेचेर ३) फ्रि एप्स तर केही फिचरहरुको लागि पैसा लिएर नेपाल र नेपालीलाई लक्षित गरेर बनाइएको एप्स, अन्तराष्ट्रिय पे-मेन्ट गेटवे नभएका कारण, गुगल प्लेस्टोरमा राखेर बेच्न सकिने अवस्था छैन, अत: नेपाली डेभ्लपर्सका लागि एप्समा विज्ञापन देखाउनु बाहेक अन्य कुनै विकल्प छैन। पहिलो त नेपालबाट गुगल प्लेस्टोरमा एप्स राख्नै समस्या छ, डेभ्लपर खाता खोल्न २५ डलर लाग्नेगर्छ, पैसा तिरेर खाता खोल्छु भन्दा पनि, तिर्ने अप्सन छैन। अनि प्रयोगकर्ताहरुलाई एप्समा विज्ञापन राखेको मन पर्दैन, तर फ्रिमा पाइन

आज बाग्मती नदी सफाइ थालिएको एक सय हप्ता, नेपाल टेलिकमले हिजै एसएमएस गरेर आज मानव हाते साङ्लो बनाइने सूचना दिँदै, अभियानमा सामेल हुन आह्वान गरेको थियो । त्यसै अनुसार आज शनिबार,  बाग्मती सफाइ अभियान थालिएको सय हप्ता पुगेको अवसरमा सुन्दरीजल देखि चोभारसम्मको २८ किलोमिटर लामो मानव हाते साङलो बनाइएको थियो। बाग्मती सफाइ अभियानको एक सय हप्ता र हाते साङ्लो बनाइने खबरले, बिहान देखि नै ट्विटरमा बाग्मती सफाइ अभियानको सन्दर्भमा पक्ष र विपक्षमा ट्विटहरु देखिए। ट्विटर सेन्टिमेन्ट एनालिटिक्स इन्जिन, ओपिनिओ का अनुसार आज बाग्मतीको सन्दर्भमा लगभग ७ हजारवटा ट्विट गरिएको थियो, त्यसमध्ये करिब ६ हजार ट्विट नेपाली भाषामा गरिएको थियो भने बाँकी १ हजार ट्विट अंग्रेजी भाषामा गरिएको थियो । Here is the Sentiment Analysis of tweets related to Bagmati by @TheOpinio . @rSwechha tweet made the most impression pic.twitter.com/EmmWJMHH8X — Chandan Goopta (@chandangoopta) April 11, 2015 बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म गरिएका ७ हजार ट्विटहरु मध्ये, करिब ६८ प्रतिशतले बाग्मती अभियान सफाइ अभियानलाई समर्थन गरे

जति धेरै साइट र एप्स चलाउछौँ, त्यति धेरै पासवर्ड सम्झनुपर्ने बाध्यता छ । फोन नम्बर नसम्झिने समयमा, त्यति धेरै पासवर्ड कसरी सम्झिने? अझ त्यो भन्दा नि महत्वपूर्ण कुरा, बलियो पासवर्ड कसरी राख्ने या भनौँ बलियो पासवर्ड कसरी बनाउने? जब पनि नयाँ साइटमा साइन अप गर्ने बेला हुन्छ, यही पासवर्ड के राख्ने, कसरी बलियो बनाउने भन्ने कुराले दिमाग खान्छ । साना-ठूला अक्षर, अंक र स्पेशल क्यारेक्टर राखेर बलियो पासवर्ड बनाउनु पर्छ भन्ने सुन्दै र भन्दै आइएको धेरै भयो। पासवर्डको सन्दर्भमा, एचबिओ'को गतहप्ताको 'लास्ट विक टुनाइट' कार्यक्रममा एडवार्ड स्नोडनले, बलियो पासवर्ड बनाउने तरिका बताएका थिए। ( एडवार्ड स्नोडन , 'नेसनल सेक्युरिटि एजेन्सी' (एन एस ए), अमेरिका'को गोप्य दस्तावेजहरु 'सार्वजनिक' गरेर चर्चामा आएका व्यक्ति हुन्।) स्नोडनका अनुसार आठ क्यारेक्टरको पासवर्ड कम्प्युटरले सजिलै क्रयाक गर्न सक्छ । अत: पासवर्ड बलियो राख्न, आफ्नो बेग्लै 'पास-फ्रेजेज' बनाउन उनको सुझाव थियो, जुन डिक्सनरीमा नभेटियोस र सजिलै सम्झन पनि सकियोस् । बलियो पासवर्ड कस्तो हुन्छ, यो छोटो ३ मिनेटको

फेसबुकमा कत्तिको च्याट गर्नुहुन्छ? गुगल प्लेस्टोरका अनुसार, अहिले फेसबुक मेसेन्जर नेपालमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल च्याट/मेसेजिङ एप हो। केही अघिसम्म नेपालमा फेसबुक मेसेन्जर भन्दा भाइबर सबैभन्दा धेरै प्रयोग हुन्थ्यो। कम्प्युटरबाट धेरै फेसबुक च्याट गर्नुहुनेहरुलाई खुसीको खबर छ, रिकोडका अनुसार फेसबुक'ले बुधबार देखि मेसेन्जरको लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । भन्नको मतलब, फेसबुकमा च्याट गर्नको लागि, अब फेसबुकमा लग इन गर्नुको सट्टा, छुट्टै मेसेन्जर डटकम 'मा सिधै लगइन गरेर च्याट गर्न सकिन्छ ।  हाललाई थोरै प्रयोगकर्ताहरुलाई मात्र यो सुविधा उपलब्ध भएको भएपनि, बिस्तारै यो सेवा सबैलाई उपलब्ध हुँदै जानेछ । मोबाइलमा फेसबुक र मेसेन्जर छुट्टाछुट्टै एपको रुपमा उपलब्ध भएजस्तै अब वेबमा पनि फेसबुक र मेसेन्जर छुट्टाछुट्टै रुपमा उपलब्ध भएको छ । फेसबुकको न्युज फिड नहेर्ने, च्याट मात्र गर्नेलाई मेसेन्जर डटकम उपयोगी हुनसक्छ । मोबाइलमा उपलब्ध सम्पूर्ण 'फिचर'हरु मेसेन्जरको वेब भर्सनमा उपलब्ध हुने जनाइएको छ । ➤ Install Aakar Post Android app from Google PlayStore or Ap

घरमा प्लम्बिङ, इलेक्ट्रिकल रिपेयरिङ, फर्निसिङ आदि गर्नुपर्दा, यो विषय सँधै टाउको दुखाइ हुन्छ। मर्मत सम्हार गर्ने मान्छे कहाँ, कता खोज्ने? यस्तै विविध घरायसी समस्याहरुलाई समाधन गर्न, घर मर्मत सेवा सजिलो, छिटो-छरितो र भरपर्दो बनाउन 'डोरस्टेप्स'को ' होम रिपेयर एप ' आइपुगेकोछ । घरमा धारा, इन्भर्टर, टेबल - कुर्सी, झ्याल - ढोका आदि बिग्रियो भने के गर्ने भनेर अलमल पर्दै हुनुहुन्छ भने, अब ढुक्कसँगले  रिपेयर लेखेर २२०० मा एसएमएस ( SMS REPAIR to 2200)  पठाउनुस् । तपाईले फोन वा एसएमएस मार्फत रजिष्ट्रर गरेपछि, होम रिपेयर एपका एक्सपर्टले तपाईको घरमा आएर निशुल्क समस्याको जाँच गर्छन् । आफूले दिने सेवा भए, होम रिपेयर एपका एक्सपर्टले नै मर्मत सम्हार गरिदिन्छन्, आफ्नो भन्दा बाहिरको काम भए, अरुलाई रिकमेन्ड गरिदिन्छन् । होम रिपेयर एप, व्यक्ति/घर र अफिसको लागि गरि दुईवटा छुट्टाछुट्टै स्किममा उपलब्ध छ । होम रिपेयरले घरको लागि बार्षिक २,००० रुपैँयाको 'प्रिपेड' सर्भिस पनि सुरु गरेकोछ, जसमा वर्षभरिमा ३,००० रुपैयाँ बराबरको सेवा पाइने कम्पनीको दाबी छ । निरिक्षण निशुल्क गरिदिँदै आ

केही महिना अघि देखि नेपालीमा लेखिएका ह्यासट्याग पनि ट्विटरमा देखिन थालेकोछ । पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विटबाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो । how do you feel about using # (pound) for groups. As in #barcamp [ msg ]? — Chris Messina ☠ (@chrismessina) August 23, 2007 ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए । न्युयोर्क टाइम्सका अनुसार क्रिसलाई ' ह्यासट्यागको गडफादर ' (hash godfather) भन्ने गरिन्छ । ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्वपूर्ण माध्यम  हो । अघिल

एप्सझोला मार्फत उपलब्ध हुँदै आइरहेको आकारपोष्टको एन्ड्रोइड एप अप्रिल १ देखि गुगल प्लेस्टोरमा उपलब्ध गराइएको छ। आकारपोष्ट एपमा, आकारपोष्ट, आकारटेक, सहित पाँचवटा च्यानलहरु एकै ठाउँमा पढ्न मिल्छ । एपमा विशेषत नेपालमा भइरहेका स्टार्टअप, सोसल मिडिया तथा टेक्नोलोजीका प्रगतीहरुलाई समेट्ने कोशीस गरिनेछ, यसका साथै अहिलेसम्म समेट्दै आइरहिएको अन्य विषयहरुलाई पनि निरन्तरता दिइने छ। फोन र ट्याबलेटको लागि डिजाइन गरिएको यो एप हाललाई 4.0 भन्दा माथिका एन्ड्रोइड फोन र ट्याबलेटमा मात्र चल्छ । आकारपोष्ट एपका विशेषता: १) अफलाइन पढ्न सकिने २) स्वाइप गर्दै एकपछि अर्को लेख पढ्न मिल्ने ३) आफूलाई मन परेको लेआउट छान्न मिल्ने (लिस्ट, ग्रिड, कार्ड लिस्ट, कार्ड म्यागजिन स्टाइल) ४) मन परेका लेख फेव गरेर राख्न मिल्ने, पढिसकेका कुरा डिलिट पनि गर्न मिल्ने, सर्च गर्न मिल्ने आदि ५) सोसल मिडियामा सजिलै सेयर गर्न मिल्ने एप्सझोला सँगको सहकार्यमा निकालिएको एप, तपाईहरुको सल्लाह सुझाव अनुसार, समयसँगै परिवर्तन हुँदै जानेछ । आइफोन र आइप्याड, तथा एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले आकारपोष्ट प्ले न्युजस्ट्यान्डमा पन

सोसल मिडिया , विशेषत ट्विटर र फेसबुक एकहप्ता यता प्रा.डा. गोविन्द केसीमय भएको छ । फेसबुक र ट्विटरमा देखिने पोष्टमा सरकार प्रति आक्रोश र डा. केसी र उनको अनसन प्रति सहानुभुती देखिन्छ । एकहिसाबले भन्दा सोसल मिडिया एकपक्षिय नै देखिन्छ, डा. केसीको समर्थनमा दिनहुँ सयौँ ट्विटहरु बर्सिरहेकाछन् । टप्सीबाट लिइएको तथ्यांक अनुसार पछिल्लो एघार दिनमा ट्विटर मा, "आइ एम विद डा. केसी" ( #IamwithDrKC ) भनेर दश हजार भन्दा धेरै ट्विट भएको देखिन्छ, यसबाहेक हामीले ट्रयाक नगरेका र ह्यासट्याग प्रयोग नगरी पनि हजारौँ ट्विटहरु गरिएकाछन् । कतिले आफ्नो नाम र फोटोमा समेत "आइ एम विद डा. केसी" नै राखिएको भेटिएकोछ । ट्विट गरेर, फेसबुकमा पोष्ट गरेर समर्थन हुन्छ? डा. केसी अनसन बसेकाछन्, अरु ट्विटरमा कराएर बसेकाछन् भन्नेहरु पनि देखिए, समर्थन गर्ने भए 'टिचिङ' नै जाउ यता नलेख/हल्ला नगर भन्ने पनि भेटिए । जानेहरुले फोटो सहित ट्विट गरे, आफ्नो एक्यबद्धता जनाए, अनसनस्थल नपुग्नेहरुले ट्विटरबाटै समर्थन गरेर डा. केसीको अनसनमा एक्यबद्धता जनाए। अनसनकै निहुँमा ट्विटरमा चर्काचर्का कुरा पनि देखिए,

गुगल डेभ्लपर्स ग्रुप, गुगल बिजनेस ग्रुप, गुगल अर्थ आउटरिच प्रोगाम हुँदै नेपाल छिरेको गुगल'ले नेपालको ईतिहासमै पहिलोपटक एकैसाथ पाँचवटा नेपाली कम्पनीहरु किन्न लागेकोहो ।'ईमर्जिङ मार्केट' भनेर चिनिने दक्षिण एसियाका देशहरुलाई लक्षित गरेर गुगल'ले केही वर्ष अघि देखि विशेष कार्यक्रमहरु चलाउँदै आएको थियो । गुगलसँग नजिक रहेर काम गरिरहेका एप्सझोला , एनलोकेट , वान वान बिप , एल्लो नेपाल र पिकोभिको गरि, पहिलो चरणमा जम्मा पाँच वटा नेपाली टेक्नोलोजी स्टार्टअपहरु गुगलले एकैसाथ किन्न लागेको ब्लगमा उल्लेख छ । अघिल्लो हप्तामात्रै गुगल'ले स्टोरीसाइकल सँग मिलेर खुम्बु क्षेत्रलाई गुगल म्यापमा अनलाइन ल्याएको थियो। रेष्टुरेन्ट मोबाइल सर्च इन्जिन भनेर चिनिने एल्लो नेपाल, गतवर्ष गुगलले आयोजना गरेको ' गुगल स्टोरिज कम्पिटिसन ' को बिजेता पनि हो भने एनलोकेट लोक्कल सर्च इन्जिन हो । यी दुवै स्टार्टअपसँग लोकल डाटा भएको र गुगल लोकल बिजनेसमा छिर्न खोजिरहेका कारण, गुगल'ले यी दुबैलाई किन्ने भएको हो । गुगल'ले किन्ने प्रयास थालेसँगै एनलोकेटले आफ्नो एप नयाँ डिजाइनमा केही महिना अघि