Skip to main content

फोन हरायो? गुगल गर्नुस्


घरको कुनै कुनामा फोन छ, तर भेट्न सकिएन । कतै गइएको थियो, फोन छोडेर आइयो। आफ्नो फोन कहाँ छ, कसरी थाहा पाउने?

गुगलको 'एन्ड्रोइड डिभाइस म्यानेजर' ले तपाईको फोनको 'लोकेसन' भनिदिन्छ। 'एन्ड्रोइड डिभाइस म्यानेजर' को यही फिचर अब सिधै गुगल सर्चमा उपलब्ध भएको गुगल'ले गुगलप्लस मार्फत जनाएकोछ। गुगलमा गएर 'find my phone' टाइप गरेपछि, अब फोनको लोकेसन सिधै सर्च रिजल्ट पेजको माथिल्लो भागमा देखिन्छ। घरमै छ भने त घन्टी बजाउन पनि सकियो, फोन 'साइलेन्ट' मोडमा भएपनि, गुगलबाट फोन गर्दा चर्को आवाजले घन्टी बज्छ।


फोनको सुरक्षाको हिसाबले, 'एन्ड्रोइड डिभाइस म्यानेजर' प्रयोग गर्नै पर्ने 'फिचर' हो। फोन हराएको खन्डमा, 'एन्ड्रोइड डिभाइस म्यानेजर' को ड्यासबोर्डबाट आफ्नो फोन, खोज्न सकिन्छ, 'लक' गर्न सकिन्छ, अनि फोनमा भएका 'डेटा' सबै मेट्न पनि सकिन्छ। तपाईको फोन सँधै अनलाइन नहुनसक्छ वा 'लोकेशन अन' नभएको खन्डमा, गुगल'ले तपाईको फोन भएको अन्तिम 'लोकेसन' देखाउँछ । गुगलमा सर्च गर्दा तपाई आफ्नो गुगल एकाउन्टमा 'साइन इन' भएको हुनुपर्छ।

पूनश्च: आफ्नो एन्ड्रोइड फोन/ट्याबलेटको सुरक्षाको लागि 'एन्ड्रोइड डिभाइस म्यानेजर' प्रयोग गर्नुहुन्छ भने मात्रै, गुगल सर्चबाट सिधै आफ्नो फोन खोज्न सक्नुहुन्छ। यदि गुगल'ले तपाईको फोन भेट्टाउन सकेन भने, 'एन्ड्रोइड डिभाइस म्यानेजर' को सेटिङ र आफ्नो फोनको सेटिङमा पूनर्विचार गर्नुहोला ।

Install Aakar Post Android App from Google PlayStore

Comments

  1. मोबाइलमा इन्टरनेट नचलेको रहेछ भने के हुने हो ?

    ReplyDelete
  2. कुनै समयमा, लोकेशनको डेटा गुगलमा पठाइएको हुनसक्छ, त्यस्तो समयमा अन्तिम लोकेशन देखाउँछ । इन्टरनेट नै चलाएको छैन, डिभाइस म्यानेजर नै चलाइएको छैन भने, गुगलमा सर्च गरेर फोन भेटिँदैन । ;)

    ReplyDelete
  3. यस्तो बेलामा भने कामै रहेन भन्दा पनि हुन्छ । त्यसैले मैले बिगत ४ वर्ष देखि चलाईएको androidlost.com को app को बिकल्प मिलेन, यसमा भने हराएको mobileमा data/wifi enable गर्न मिल्छ SMS पठाई ।
    गुगलको फिचर देखाउने दाँत मात्र लाग्यो मलाई ।

    ReplyDelete
  4. i phone5 harayeko 1 mahina bhayo icloud bata find gar bhanda device offline bhanxa.. . ma rohera baseko xu dai .. any idea?

    ReplyDelete
  5. https://play.google.com/store/apps/details?id=com.lsdroid.cerberus

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Subscribe to Aakar Post