Skip to main content

Posts

Showing posts from February, 2010

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Listen to 14th episode of Radha in Shrutisambeg.   यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

तपाई ब्लग वा साइट मा भिजिटर बढाउने सोच्दै हुनुहुन्छ भने, Inrev Systems को Buzzom.Com उपयोगी हुनसक्छ । Inrev Systems India को एउटा वेवसाइट buzzom.com मा Twitter Account को सहयोग मा आफूलाई रजिष्टर गरेर, आफ्नो Feed लाई रजिष्टर गर्न सक्नुहुन्छ । बढ्दै गएको प्रतिस्पर्धा सँगै, सबैलाई आफ्नो Traffic बढाउने सोच हुन्छ । तपाई को Twitter Account तथा ब्लग छ भने, buzzom.com तपाई को लागि धेरै नै उपयोगी हुनेछ । Buzzom.com को Feed Management मा गएर आफ्नो Feed  लाई म्यानेज गर्नसक्नुहुन्छ । तपाई ले त्यहाँ Feed URL, Post Cycle आदि मिलाउन सक्नुहुन्छ, बाँकि काम Buzzom ले गरिदिन्छ । तपाई ले आफ्नो ब्लगको पोष्टहरु लाई Cycle मा घुमाउन पनि सक्नुहुन्छ, कुन पोस्ट कति अन्तराल मा ट्वीटर तथा फेसबुक मा प्रकाशित गर्ने भनेर तपाई ले Buzzom मा मिलाउन सक्नुहुन्छ । अत: अटोमेटिक रुप मा तपाई का ब्लग पोष्टहरु Twitter तथा Facebook मा प्रकाशित हुन्छन् । फलस्वरुप, तपाई को ब्लग मा भिजिटर बढ्नेछन्, साथै nxy.in मा रजिष्टर गरेर, ट्वीट गर्दै केही हदसम्म पैसो कमाउन पनि सक्नुहुनेछ । Buzzom मा तपाई ले एक भन्दा बढि Feed हरु पनि

Listen to Bulbul Episode-26 [February 24,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । आज को बुलबुल रंगी सारी गुलाबी चुनारिया बिशेष रहेको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-26 [ February 24 , 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

प्याँप्याँ र ट्याँट्याँ को दोहोरी उस्तै छ भिड पनि फुटपाथ बाट हुँकिदैछन् बाइकवाला र स्कुटिवालीहरु सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   रातो र हरियो बत्ति एकैचोटि पिलिक्क बाटो काट्ने को हुल निस्कन्छ फुत्त न जेब्रा क्रसिङ न ट्राफिक लाइट गाडि ले हरन लाउँछ झ्वाट्ट !   कोलाहाल धुवाँ र धुलो फोहोर थुारिएको साँघुरो बाटो उकुसमुकुस साह्रै सकस समय को सँधै सत्यानाश !   वाइकवाला र निजी कारलाई सँधै हतार गाडि बढेपनि बाटो नबढ्दा जाम झेल्न सँधै लाचार सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   ( नोट: कथा लेख्ने प्रयास गर्दैथिँए, कविता जस्तो बन्दै गएछ तर यो कविता को व्याकरण मा मिल्यो कि मिलेन थाहा भएन । जे सुकै होस्, आफना मन मा उठेका भाव पोख्ने कोशिस गरेको छु है!)

Listen to 13th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण  धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

पहिलोपटक धरहरा चढेर फटाफट फर्कदैँ गर्दा कसैले पछाडि बाट बोलायो ‘दाइ सुन्नुस् त’ भन्दै । म टक्क रोकिँए, एउटी राम्री केटी मेरो अगाडि आइपुगी । उसले भन्नथाली, ‘दाइ, हामी पश्चिम बाट आएका पढ्न, अनि पैसा को लागि, हामी यो नोटबुक, कलमहरु बेचिरहेका छौँ, हाम्रो ठूलो समूह छ, हामी पढ्नलाई, सामान बेचिरहेका छौँ, तपाई पनि केही लिइदिनु न’ । म अक्क न बक्क परेँ, अनि एकछिन पछि भने, मैले त भर्खर किनेँ भनेर टार्न खोजेँ, तर उसले धेरै अनुनय विनय गर्न थालेपछि, एउटा कलम किनेँ अनि टेम्प चढ्न हिँडे । सोचेँ मैले राम्रै काम गरेछु, सबैले यसै गरे भने त पढिहालछन नि तिनीहरु । करिब ४-५ वर्ष अघि को सुन्धारा अनुभव थियो यो । जुन समय मा म काठमाडौँ भर्खर भर्खर छिरेको थिँए । त्यहाँ बाट कलम किनेर हिँडेको थिएँ म तर सबैतिर काठमाडौँ मा उनीहरु कै भिड पो देखेँ । रत्नपार्क, वानेश्वर, कोटेश्वर सबैतिर उनीहरु त्यसैगरि बाटो हिँड्नेलाई रोकेर, आग्रह गरिरहेकाथिए । लाग्यो २-३ दिन को उनीहरु को अभियान होला । तर के को, २-३ दिन को अभियान हुन्थ्यो त्यो त तिनीहरु को काम नै रहेछ, सामान बेच्ने । उनीहरु को काम नराम्रो भन्न खोजेको हैन । तर काठमाडौ

Listen to Bulbul Episode-25 [February 17,2010].    रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । आज को अंक नेपाली गजल विशेष रहेको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-25 [ February 17 , 2010] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

अहिले राजधानी र ठूला शहरहरूमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहँदा ललितपुरको मापिखेल, गुर्दङ गाउँका ३० घर तथा काभ्रेको भीमखेरी गाविस, तल्लो केराबारीका ३२ घरमा चौबीसै घण्टा बिजुलीबत्तीको सुविधा छ। गुर्दङमा ६ महिनाअघि र केराबारीमा पुसको अन्तिम साता बत्ती बलेपछि यहाँका मानिसले टुकीको धूवाँबाट मुक्ति पाएका छन्। यो परिवर्तन कसरी त? पत्याउन गाह्रो पर्ला― भर्खरै टिनएज (किशोरवय) पार गरेकी एक नेपाली युवतीले करिब साढे १२ लाख रुपैयाँको खर्चमा ३/३ किलोवाटको दुई साना जलविद्युत् योजना कसैलाई पत्तै नदिई पूरा गरेकी छन्। यो काम अमेरिकामा अध्ययनरत् काठमाडौं, कुलेश्वरकी २१ वर्षीया दृष्टि श्रेष्ठ ले आफ्नो मोडल माइक्रो हाइड्रो पावर प्रोजेक्ट पूरा गर्न कुनै सरकारी, गैरसरकारी संस्थाबाट खर्च जुटाएकी हैनन्, न त अमेरिकामा चन्दा सङ्कलन नै गरेर। अमेरिकाको भर्मोण्टस्थित मिडलबेरी कलेजमा लिवरल आर्टस्तर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत् उनले अन्तरकलेज प्रतिस्पर्धाका लागि विद्यार्थीहरूमाझ् आह्वान गरेको प्रोजेक्टको पेपरवर्क हेरेर कलेजले नै १० हजार अमेरिकी डलर दिएको हो। उनको सोही प्रोजेक्टले ७ हजार अमेरिकी ड

काठमाडौँ उपत्यका मा, बाग्मती जति नै फोहोर देखिन्छ, त्यही बाग्मती तराई झरेपछि उति नै स्वच्छ र निलो देखिन्छ । काठमाडौँ देखि दक्षिण बग्दै जाँदा, बाग्मती मा मिसिएका फोहोरहरु, सायद बाटै मा पच्छन् होला र त, तराई मा पुग्दा निकै सङ्लो र निलो देखिन्छ । धेरै जना ले सोध्ने प्रश्न, ‘यो त्यही काठमाडौँ मा देखिने बाग्मती हो त?’ रौतहट र सर्लाही जिल्ला को सिमा मात्र नभइ, नारायणी र जनकपुर अञ्चल को सिमा पनि बाग्मती नै हो । पूर्व पश्चिम राजमार्ग, माथि रहेको बाग्मती पुल !   बाग्मती सिचाइँ आयोजना यहीँ नै रहेको छ, पर देखिएको बाग्मती ब्यारेज हो । त्यहीँ बाट सर्लाही तथा रौतहट का भागहरु मा सिँचाइ को लागि, नहर को निर्माण गरिएको छ । बाग्मती बाट निकालिएका नहर, जहाँ को पानी सिँचाइ को लागि प्रयोग गरिन्छ। बाग्मती प्रदुषित भयो भनेर कराएको धेरै वर्ष भइसकेको छ, तर काम गरिएको छैन, ढल, मल सबै त्यही बाग्मती मा मिसाएका छन्, काठमाडौँवासी ले । बाग्मती नदी, काठमाडौँ मै सफा भइदिने हो भने, बाग्मती को सुन्दरता अझै बढ्ने थियो अनि बाग्मती सभ्यता बाँचिरहने थियो ।

Listen to 12th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण  धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

हिजो आज त गाडि का खलासी पनि निकै चलाख भइसकेछन् यार, आइडि कार्ड को डेट नै पो हेर्छन् भन्ने कुरा अब पुरानो नै हुन थालिसक्यो । यातायात क्षेत्र मा जति नै कडाइ गर्न खोजेपनि, नक्कली कार्ड र नक्कली कार्डधारीहरु को बिगबिगि नै छ । हुन त विद्यार्थी ले आन्दोलन मार्फत सार्वजनिक यातायात का साधन मा ४५ प्रतिशत छुट पाउँछन् तर मन कुँडिने कुरा, यो सहुलिुयत यही काठमाडौँ आसपास मा मात्र देखिन्छ । काठमाडौँ बाट केही टाढा पुग्ने बित्तिकै कार्ड केही भ्यालु नै राखीँदैनन्, गाडिवालाहरु । हुन त काठमाडौँ बाट बाहिर जाने दैनिक दिवा तथा रात्री बसहरु ले पनि, भनेअनुसार विद्यार्थीलाई भाडा मा छुट दिँदैनन् । यति हुँदा हुँदै पनि यो आफैँ मा जटिल विषय बनेको छ, सहुलियत को लागि अधिकांश कार्डहरु नक्कली बनाइएकाछन् । जसले गर्दा सक्कली कार्डधारीहरु ले पनि छुट पाउँदैनन्, कहिलेकाँहि त आज शनिबार बिदा को दिन भनेर पनि छुट दिँदैनन्, गाडिवालाहरु ! खैर, आज मैले यो कुरा मा बहस गर्न खोजेको त होइन । मात्र म यहाँ आज आफूले खिचेको फोटो देखाउँदैछु । यहाँ एउटा फोटो ले भन्छ, ‘गाडि मा छुट लिने हो भने, भर्ना गरेको रसिद लिएर आउ’, अनि अर्को फोटो ले भन्

Listen to Bulbul Episode-24 [February 10,2010].    रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा  सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-24 [ February 10 , 2010] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

आज माघ २६, हिजो देखि निक्कै जाडो बढेको थियो, आज बिहान त पानी नै पर्‍यो । चिसो चिसो मौसम छ, पानी सिमसिम पर्दैछ, ११ घन्टा को लोडसेडिङ को मार खेप्दै,अनलाइन मा नि एकछिन देखापर्नुछ । जाडो नि के सारो बढेको हो, माघ को अन्तिम मा ! यता जाडो बढ्दैछ, अनि हाम्रो महानगर, हाम्रो राजधानी काठमाडौँमा अपराध को श्रृंखला बढ्दैछ । दैनिक अखबार का पेजहरु मा कभर स्टोरी अपराध कै विषयमा हुन्छ । सरकार जति जति सुरक्षा व्यवस्था कडा पारेको छु भन्छ,त्यति नै गति मा अपराध बढ्दैछ । अस्ति २४ गते दिउँसै दिनदहाडै जमिम शाह को हत्या भएबाट, हाम्रो सुरक्षा व्यवस्था मै प्रश्न चिन्ह खडा भएको छ । लाजिम्पाट जस्तो व्यस्त ठाउँ, उसमाथि उपराष्ट्रपति को सपथ ग्रहण को कार्यक्रम भन्दै व्यापक सुरक्षाकर्मीहरु परिचालन गरिएको बेला, केही अज्ञात बन्दुकधारी ले सुरक्षाकर्मीहरु कै अगाडि, जमिम शाह को हत्या गरे । दुतावास का सुरक्षार्थ खटिएका प्रहरीहरु घटना हेरेर नै बसेछन् । कस्तो बिडम्बना, अपराधिहरु सजिलै उम्किए । हत्या भइसकेपछि, बैठक बस्यो, कमजोरी भएको स्विकार्‍यो, अपराधि को नजिक पुगिसक्यो भन्यो, अलि पछि कुरा त्यसै सेलाएर जान्छ । प्रधानमन्त्री ब

बिहानी भाले को डांक संगै, सुतिरहेको राजधानी मा अव्यवस्थित कृयाकलाप को कुइरीमण्डल अराजकता फैल्याउंदै दिनचर्या सुरु हुनु कुनै नौलो कुरा होइन। त्यही पनि राजधानी मौन नै छ, किनकी उ निर्जिव छ। यथास्थानमा छ र यावत सल्बलाहट भोग्न बाध्य छ। रोड देखिन बोर्ड सम्म,जाली देखि घर को पाली सम्म, फटाहा देखिन चोटाह सम्म इत्यादी सम्पूर्ण को सर्म नमानी कर्म गर्न पाइने कर्मथलो भैदिएको छ राजधानी। विश्वमान चित्र को ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको मुलुक को यस राजधानी कत्तिनै पो ठुलो होला भन्ने सामान्य ठोकुवा त जो कोहिले पनि लगाउनु कुनै ठुलो कुरा भएन यध्यपि यहाँ हुने अराजकता कसैको ज्ञान चछु सम्म नपुगेको पनि हुन सक्दछ। यदि पुग्थ्यो होला त समाधान पनि निक्लिने थियो होला। वर्तमानलाई हाँक्न नसेके पनि भविष्य छर्लङै दृष्‍टिगोचर गर्न सक्ने भविष्यवक्ता पनि नजन्मिएका होइनन् यस राजधानी मा। भविष्यलाई छर्लङै देखि नाम राख्न सिपालु महापण्डितहरु ले न्वारन गरिदिएका कतिपय संघ संस्थाहरु का नाम र काम आज पनि पूर्णिमा को जून झैँ छर्लङै पाउन सकिन्छ। वायुसेवा निगम, टेलिकम, आयलनिगम,वन विभाग इत्यादी इत्यादी, अरु पनि धेरै छन् त्यो पत्ता

Listen to 11th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण  धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Listen to Bulbul Episode-23 [February 03,2010].    रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा  सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-23 [ February 03 , 2010] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

A Web browser is a software application for retrieving, presenting, and traversing information resources on the World Wide Web. The major web browsers are Internet Explorer, Mozilla Firefox, Apple Safari, Google Chrome, Netscape Navigator 9, and Opera for Windows and Apple Safari, Mozilla Firefox, Netscape Navigator 9, and Opera for Macintosh. WorldWideWeb was the world’s first web browser and was introduced on February 26, 1991, by British scientist Sir Tim Berners-Lee, and ran on the NeXTSTEP platform. It was later renamed Nexus to avoid confusion with the World Wide Web. The World’s First Graphical Browser was Erwise and it was developed by four Finnish college students in 1991. Mosaic was developed at the National Center for Supercomputing Applications (NCSA) beginning in late 1992. NCSA released the browser in 1993, and officially discontinued development and support on January 7, 1997. The Lunascape Web Browser from Tokyo is the world’s fast hybrid browser.