Skip to main content

Posts

Showing posts from June, 2016

नेपालीहरु माझ परिचित, १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रोको नयाँ संस्करण १०.९.०, थप नयाँ सुविधाहरुको साथ आजबाट प्लेस्टोरमा उपलब्ध भएकोछ । गत वर्ष सेप्टेम्बरमा डिजाइनमा व्यापक सुधार गरेको हाम्रो पात्रोले यस पटक डिजाइनको साथ साथै, उपलब्ध सामाग्रीहरु पढ्ने/हेर्ने तरिकामा सुधार गरेको छ । हाम्रो पात्रो, क्यालेन्डर/पात्रोको लागि मात्र नभइ, दैनिक खबर पढ्न, लोडसेडिङबारे जानकारी लिन, अर्थ बजार बुझ्न, रेडियो सुन्न आदि विविध रुपमा प्रयोग हुँदै आएकोछ । यसब्लगमा हाम्रो पात्रोको नयाँ संस्करणमा आएका नयाँ सेवा सुविधाहरु बारे चर्चा गर्दैछौँ ।

सम्बन्धित समाचार
हाम्रो पात्रोमा समाचार धेरै पहिले देखि नै उपलब्ध भएपनि, उस्तै समाचार या भनौँ एउटा कुनै विषयमा सूचना, समाचार पाउन निकै खोज्नुपर्ने हुन्थ्यो । हाम्रो पात्रको नयाँ संस्करणमा थपिएको सम्बन्धित समाचार (Similar) सेवाले एउटा विषयका समाचार हेर्न/पढ्न खोज्ने प्रयोगकर्ताहरुलाई थप सजिलो बनाइदिएको छ । जस्तो तपाई सूचना-प्रविधिका मात्रै समाचार हेर्न/पढ्न चाहनुहुन्छ भने, कुनै एउटा सूचना-प्रविधिको समाचारसँग सम्बन्धित समाचारहरु त्यहीँबाट हेर्न सक्नुहु…

सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले अघिल्लो हप्ता उनको आफ्नो फेसबुक प्रोफाइलमा सेयर गरेको एउटा फोटोको इन्टरनेटमा व्यापक चर्चा भयो । फोटो सेयरिङ एप् इन्स्टाग्रामको प्रयोगकर्ता ५० करोड पुगेको जानकारी दिन, जुकरबर्गले फेसबुकमा फोटो पोस्ट गरेका थिए ।


मार्क जुकरबर्गले अपलोड गरेको फोटोमा, उनको ल्यापटपको वेवक्याम र माइकको ज्याकलाई टेपले छोपिएको देखिन्छ । धेरैलाई सामान्य लाग्ने यो फोटोले ईन्टरनेट सुरक्षाको अर्को खतारनाक पाटो उजागर गरेको छ । केही हप्ता पहिले मात्रै ह्याकरहरुले मार्क जकरबर्गको लिङ्कड्इन र ट्विटर प्रोफाइल ह्याक गरेका कारणबाट पनि यस फोटोको चर्चा चुलिएको हो । मार्क जुकरबर्गले आफ्नो ल्यापटपको वेवक्याम र माइक्रोफोनको ज्याक टेपले टाँसेको कुरा क्रिस ओल्सन नामक ट्विटर प्रयोकर्ताले ट्विटमा औँल्याएका थिए ।

3 things about this photo of Zuck:

Camera covered with tape
Mic jack covered with tape
Email client is Thunderbird pic.twitter.com/vdQlF7RjQt — Chris Olson (@topherolson) June 21, 2016
वेवक्यामलाई टेपले छोप्नुलाई केहीले मार्क जुकरबर्गमा, …

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर, नेपाली भाषाका नयाँ स्टिकरहरु सार्वजनिक गरेको छ ।

फ्रेडी, अङ्ग र अप्ठ्यारो गरि ३ वटा नयाँ स्टिकर प्याक सार्वजनिक गरेको हो । नयाँ सार्वजनिक गरिएका फ्रेडी, अङ्ग र अप्ठ्यारो, पहिले नै उपलब्ध अंग्रेजी भाषाका स्टिकहरुलाई नेपाली भाषामा उल्था गरेर ल्याइएको हो । स्टिकहरुले च्याटलाई रमाइलो बनाइदिने र आफ्नो मुड स्टिकरबाट भन्न/देखाउन पाइने कारण च्याटमा स्टिकरहरुको प्रयोग बढ्दो छ । भाइबरले सार्वजनिक गरेको नयाँ स्टिकरहरु भाइबरको स्टिकर मार्केटबाट निशुल्क डाउनलोड गर्न मिल्छ ।

४५ लाख नेपाली प्रयोगकर्ताहरु रहेको भाइबर, फेसबुक मेसेन्जर पछि, नेपालमा सबैभन्दा धेरै प्रयोग हुने दोस्रो 'मेसेजिङ एप' हो । भाइबरबाट इन्टरनेट मार्फत निशुल्क, फोन र भिडियो च्याट गर्न मिल्छ । भाइबरले, केही हप्ता पहिले सिमित समयको लागि टुबोर्गसँगको सहकार्यमा नेपाली भाषाको 'टुबोर्ग फन स्टिकर' सार्वजनिक गरेको थियो ।

माइक्रोसफ्टले, ४३ करोड प्रयोगकर्ता रहेको प्रोफेशनल सोसल नेटवर्किङ साइट लिङ्क्डइन २६ अर्ब डलरमा (करिब २६ खर्ब नेपाली रुपैँया) किन्ने घोषणा गरेको छ । माइक्रोसफ्टका अनुसार, लिङ्क्डइन छुट्टै (आफ्नै) ब्रान्डको रुपमा रहनेछ । अहिलेका लिङ्क्डइनका सिईओ जेफ विनर नै माइक्रोसफ्ट अन्तरगत रहने लिङ्क्डइन सिईओको रुपमा रहनेछन् ।

माइक्रोसफ्ट प्रोफेशनल क्लाउड र लिङ्क्डइन प्रोफेशनल नेटवर्क भएको उल्लेख गर्दै, लिङ्क्डइनका सिइओ जेफ विनरले माइक्रोसफ्टसँग मिलेर अझै धैरै काम गर्न सकिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेकाछन् । लिङ्क्डइनका सिइओको ब्लगमा आएका कमेन्टहरु सर्सर्ती हेर्दा, लिङ्क्डइनका प्रयोगकर्ताहरु उत्साहित भएको देखिँदैन ।

सत्य नडेला माइक्रोसफ्टको सिइओ भएसँगै, माइक्रोसफ्टले मोबाइल, वेबमा आफ्नो पुरानो स्थान खोज्दै आएको छ ।  हालैका वर्षहरुमा आइफोन तथा एन्ड्रोइडमा रहेका पपुलर एप्सका साथै एन्ड्रोइड ओएस आदिमा लगानी गर्दै माइक्रोसफ्ट, मोबाइलमा छिरेको छ (माइक्रोसफ्टको आफ्नै मोबाइल सफल हुन सकेको भने छैन) । यसैलाई निरन्तरता दिँदै सोसल मिडिया मार्फत आफ्नो बजार बिस्तार गर्न माइक्रोसफ्टले लिङ्क्डइन किनेको हो । अघिल…

नेपालमा ट्विटरका प्रयोगकर्ता दिनानु दिन बढ्दै गइरहेछन् । प्रधानमन्त्री देखि स्कुलमा पढ्ने भाइ-बहिनीहरु सम्म ट्विटरबाट आफ्ना कुरा राखिरहेकाछन् । नेता, प्रधानमन्त्री, प्रहरी, आर्मी आदिले आफ्ना ट्विटर एकाउन्टबाट ट्विट गरेर सूचना, जानकारी दिनु अब नौलो रहेन । ट्विटर चलाउनु एउटा कुरा, तर ट्विटरबाटै एउटा शहरको शासन व्यवस्था नै चल्नु अर्को कुरा । स्पेनको एउटा शहरमा ट्विटर कसरी प्रयोग गरिएको छ भनेर न्यु योर्क टाइम्समा मार्क स्कटले लेखेको लेखको मूख्य अंशलाई साभार गरेर यहाँ प्रस्तुत गरिएकोछ ।
स्पेनको हुन् (जुन्) शहरका मेयरको घरमा अप्रिलमा छोरी जन्मिइन् । मेयरले आफ्नी भर्खर जन्मिएको छोरीका लागि ट्विटरमा एकाउन्ट बनाइदिए अनि जन्मिएको खबर, छोरीकै ट्विटरबाट "म जन्मिएँ" भन्दै ट्विट गरेर खबर सार्वजनिक गरे ।

जन्मने बित्तिकै फेसबुक र ट्विटर, किन चाहियो भनेर धेरैलाई चासो लाग्नु र अचम्म लाग्नु स्वाभाविक नै हो, तर यस स्पेनिश शहरका वासिन्दालाई भने यो सामान्य कुरा हो । करिब ३५ सय जनसङख्या रहेको यस शहरमा प्राय: हरेक गतिविधि ट्विटरबाटै हुन्छ । सम्भवत: संसारभरिमै यस शहरका वासिन्दा सबैभन्दा एक्टिभ ट्वि…