Skip to main content

ट्विटरमा चलेको एउटा शहर

नेपालमा ट्विटरका प्रयोगकर्ता दिनानु दिन बढ्दै गइरहेछन् । प्रधानमन्त्री देखि स्कुलमा पढ्ने भाइ-बहिनीहरु सम्म ट्विटरबाट आफ्ना कुरा राखिरहेकाछन् । नेता, प्रधानमन्त्री, प्रहरी, आर्मी आदिले आफ्ना ट्विटर एकाउन्टबाट ट्विट गरेर सूचना, जानकारी दिनु अब नौलो रहेन । ट्विटर चलाउनु एउटा कुरा, तर ट्विटरबाटै एउटा शहरको शासन व्यवस्था नै चल्नु अर्को कुरा । स्पेनको एउटा शहरमा ट्विटर कसरी प्रयोग गरिएको छ भनेर न्यु योर्क टाइम्समा मार्क स्कटले लेखेको लेखको मूख्य अंशलाई साभार गरेर यहाँ प्रस्तुत गरिएकोछ ।

स्पेनको हुन् (जुन्) शहरका मेयरको घरमा अप्रिलमा छोरी जन्मिइन् । मेयरले आफ्नी भर्खर जन्मिएको छोरीका लागि ट्विटरमा एकाउन्ट बनाइदिए अनि जन्मिएको खबर, छोरीकै ट्विटरबाट "म जन्मिएँ" भन्दै ट्विट गरेर खबर सार्वजनिक गरे ।

जन्मने बित्तिकै फेसबुक र ट्विटर, किन चाहियो भनेर धेरैलाई चासो लाग्नु र अचम्म लाग्नु स्वाभाविक नै हो, तर यस स्पेनिश शहरका वासिन्दालाई भने यो सामान्य कुरा हो । करिब ३५ सय जनसङख्या रहेको यस शहरमा प्राय: हरेक गतिविधि ट्विटरबाटै हुन्छ । सम्भवत: संसारभरिमै यस शहरका वासिन्दा सबैभन्दा एक्टिभ ट्विटर प्रयोगकर्ताहरु हुन् ।

यस स्पेनिश शहरका वासिन्दाहरु स्थानिय सरकारी निकाय सँग ट्विटरमै कुरा गर्छन् । स्वास्थ जाँचको लागि डाक्टर भेट्नुपर्दा, ट्विटरबाट सिधै म्यासेज गरेर, 'एपोइन्टमेन्ट बुक' गर्छन् । शहरमा केही शंकास्पद गतिविधि देखियो भने, ट्विटरमा सिधै प्रहरीलाई जानकारी दिन्छन् ।

शहरका मेयरका अनुसार, प्राय: सबै काममा ट्विटरको प्रयोग बढेसँगै, शहरको वार्षिक बजेट २०११ देखि प्रतिवर्ष लगभग १३ प्रतिशतको दरले घटेको छ । यति मात्र होइन, शहरवासीले ट्विटरमै मेयरसँग सिधै आफ्ना गुनासो तथा समस्या राख्न पाएसँगै प्रहरीको सङ्ख्यामा पनि भारी कटौति गरिएकोछ ।

न्युयोर्क टाइम्समा मार्क स्कट अघि लेख्छन्, अमेरिकी राष्ट्रपति ओवामा देखि लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म ट्विटर नियमित रुपमा चलाउँछन् । तर यस शहरमा ट्विटरको महत्व छुट्टै छ, ट्विटर यहाँका वासिन्दाको जिवनको अभिन्न अंग बनिसकेकोछ । यतिसम्म कि स्कुलको 'लन्च मेनु' पनि ट्विटरमा देख्न पाइन्छ ।

स्थानिय निकाय तथा स्थानिय वासिन्दाले २०११ देखि ट्विटर चलाउन सुरु गरेका हुन् । शहरका मेयरले सबै स्थानिय निकायलाई ट्विटरमा एकाउन्ट बनाएर आफ्नो गतिविधि, काम कारवाही सार्वजनिक गर्न आग्रह गरे । प्रहरी, स्कुलदेखि, सडक सरसफाई कर्मचारी समेतले ट्विटरमा आफूले गरेको काम नियमित रुपमा ट्विट गर्ने गर्छन् । ट्विटरमा दोहोरो संवाद गर्न सजिलो हुने कारण, मेयरले फेसबुकको सट्टा ट्विटर रोजेका हुन् ।

स्थानिय निकाय ट्विटरमा आएसँगै, उनीहरुले शहरका वासिन्दालाई आफ्नो ट्विटर एकाउन्ट स्थानिय निकायमा दर्ता गर्न आग्रह गरे। ट्विटर एकाउन्ट दर्ता गरिएको कारण, कसको कुन एकाउन्ट हो भनेर स्थानिय निकायलाई थाहा छ भने ट्विटरमा आएका समस्याहरु, छिटो भन्दा छिटो समधान गर्न पनि सजिलो भएको छ ।

स्थानियले ट्विटरमा आफ्नो एकाउन्ट दर्ता गराएपछि ट्विटरबाटै समस्या तथा गुनासो राख्न स्थानिय निकायले सुझायो । बाटोमा कहिँ बत्ति बिग्रिएको छ, बाटोमा कतै फोहोर छ भने स्थानियले सरकारी निकायमा ट्विट मार्फत जानकारी दिन थाले । (नेपालमा हेल्लो सरकार यस्तै गतिविधिको निरन्तरता हो)। ट्विटरमा आएका समस्याहरु तत्काल सम्बोधन हुन थालेपछि, २०१३ देखि ट्विटरमा गतिविधि झन् ह्वात्तै बढेर गयो ।

सरसफाइ कर्मचारी आफ्नो कामलाई ट्विटरमा अपडेट गर्दै।

ट्विटर एकाउन्ट बनाउन लगाएर मात्रै हुँदैन, ट्विटर कसरी चलाउँदा सबैभन्दा धेरै फाइदा लिन सकिन्छ भन्ने कुरा पनि बुझ्न जरुरी छ । ट्विट, ह्यासट्याग तथा प्राइभेट म्यासेज कसरी गर्ने भनेर भनेर स्थानिय निकायले यस शहरका वासिन्दालाई 'ट्विटर १०१' क्लास पनि दिने गरेको छ । जसका कारण, 'लोकल क्याम्पेन'मा स्थानियहरु ह्यासट्याग सहित आफ्ना कुरा राख्छन् । केही समस्या/गुनासो भए ट्विट तथा म्यासेज गर्छन् ।

स्थानियहरु विरलै मात्र स्थानिय निकायमा फोन गर्छन् वा धाउँछन् । ट्विटरबाटै सबै सूचना आदान प्रदान हुने, गुनासा समस्या समाधान हुने भएपछि, कसले फोन गरिराखोस् ।

यही स्पेनिश शहरकै जस्तो गतिविधी प्राय: सबै तिर देखिन थालेको छ, हाम्रै देशमा पनि प्रधानमन्त्री, मन्त्री, प्रहरी, हेल्लो सरकार आदि ट्विटरमा छन्, विस्तारै स्थानिय निकाय पनि आउलान् । तर ट्विटरबाटै सुशासन कहिले आउला यहाँ? हिजोआज त ट्विटर, जतिबेला खोल्दा पनि पक्ष र विपक्षमा कहिले नटुंगिने वाद-विवाद चलिरहेको हुन्छ। यसो भन्दैमा ट्विटरबाट राम्रा गतिविधि भएकै छैनन् भन्न खोजेको होइन, भर्खरैको एनसेल कर प्रकरण देखि भारतीय दुतावासलाई तेल दिने सम्मका अभियान ट्विटरमा भएकाछन् ।

लेख तथा फोटो साभार: न्यु योर्क टाइम्स

Comments

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post