Skip to main content

Posts

Showing posts from May, 2013

गतहप्ता फ्रान्सेली केन्द्रमा भएको कार्यक्रममा मैले एउटा प्रश्न सोधेको थिँए, "जनयुद्धका विषयमा बनेका चलचित्रहरु किन हेर्ने वा भनौँ उमा किन हेर्ने?", उत्तर थियो "उमा 'वार मुभी' होइन तर तत्कालिन जनयुद्धका कारण उब्जिएका विभिन्न समस्याहरु मध्यको एउटा पाटोको चित्रण हो । वास्तवमा भन्ने हो भने, 'उमा' मानविय सम्बन्ध र सम्वेदना कथा हो ।नेपाल प्रहरी सेवामा रहेको दाजु र माओवादी जनयुद्धमा होमिएकी बहिनी बिचको सम्बन्धको कथा नै उमाको कथा हो।"

दाजु मिलन कुँवर (सौगात मल्ल) प्रहरी सेवामा छन्, बहिनी उमा (रिचा शर्मा) प्लस टुको पढाइ पछि काठमाडौँ गएर नर्सिङ पढ्ने  चाहना छ, अनि आमा (मिथिला शर्मा) बिरामी छिन्। गाउँमा सुनिल सर (प्रकाश घिमिरे) छन्, उनी क्रान्तिका कुरा गर्छन्, सामाजिक विभेदका विरुद्ध आवाज उठाउन प्रेरित गर्छन्, साहित्यका माध्यमबाट राजनैतिक चेत युवाहरूमा बाँड्ने कोशिस गर्छन् । सुनिल सरको अभियानमा सहभागी हुन, दिल्लीमा इन्जिनियरिङ पढिरहेका सुनिल सरका पुराना विद्यार्थी अनिल (प्रविण खतिवडा), सुनिल सरकै गाउँमा आउँछन् । सुनिल सर माओवादी भएको निहुँमा प्रहरीबाट मारिन्छन…

सन् १५०० यता विभिन्न भाषामा प्रकाशित भएका किताबहरुलाई गुगलले डिजिटाइज गरेर गुगल बुक्समा राखिदिएकोछ । ती पुराना एतिहासिक किताबहरुलाई ओसिआर, रिक्याप्चा आदि प्रविधिव्दारा गुगलले डिजिटाइज गर्दै आएकोछ । विकिपेडियाका अनुसार सन् १५०० देखि सन् २००८ सम्ममा प्रकाशित भएका करिब ५२ लाख किताबहरु गुगलले डिजिटाइज गरेर गुगल बुक्समा उपलब्ध गराएकोछ ।

ती डिजिटाइज गरिएका ५२ लाख किताबहरुमा रहेका अक्षर, शब्दहरु आदिको संख्या गुगल एनग्राम (ग्राफ) मा हेर्न सकिन्छ । विभिन्न भाषा तथा शब्दहरुमा रुची राख्नेका लागि गुगल एनग्राम उपयोगी रहेकोछ । गुगल एनग्राम मा कुन शब्द कहिले देखि प्रयोग गर्न थालियो, कुन समयमा धेरै प्रयोग गर्न थालियो, किन प्रयोग गरियो, कुन शब्द कहिले उत्तपति भयो भन्ने जस्ता विभिन्न जिज्ञासाहरुको समाधान भेट्न सकिन्छ ।

जस्तो कि विश्वयुद्द (World war) भन्ने शब्द सन् १९०० पछिका किताबहरुमा देख्न सकिन्छ । सन् १९०० देखि सन् १९५० बिचमा लेखिएका किताबहरुमा "वल्ड वार" शब्द धेरै प्रयोग भएकोछ । (पहिलो विश्वयुद्द सन् १९१४-१८ र दोश्रो विश्वयुद्ध १९३९-४५ मा भएको थियो)

तर गुगल एनग्राममा भएका सबै तथ्य विश्वा…

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो ।
साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो रोजाइम…

फेसबुक र ट्विटरमा अनगिन्ती गुनासाहरु पोखिएकाछन् । सामाजिक सञ्जालमा अपडेहरु हेर्दा यस्तो लाग्छ हामीलाई “नमर्ने रिस उठेकोछ”, आफू माथि,  भ्रष्ट नेताहरु माथि, मन्त्रीपरिषद अध्यक्ष, राष्ट्रपति, अनि लोकमान माथि । आफ्नै आँखा अगाडी अराजकताको राज चलिरहेकोछ, अनि हामी टुलुटुलु हेरिरहेकाछौँ । हामीसँग विकल्प छैन भन्दै आफ्नै पुर्पुरोमा हात लगाएर बसिरहेकाछौँ । चारदलहरुले नै यस्तो नचाहिँदो निर्णय गरेपछि अनि राष्ट्रपतिले नै लालमोहर लगाइदिसकेपछि लोकमानलाई मात्र गाली गरेर हुनेवाला पनि केही छैन । यदि यो गलत कदम हो भने, लोकमान भन्दा कयौँ गुना दोषी, माओवादी, कांग्रेस, एमाले लगायतका दलहरुछन् । यी तिनै दलहरु हुन् जो चुनावको समयमा हामीसँग हात पसार्दै आइपुग्छन् भोटको लागि । अनि हामी तिनै भ्रष्टहरुलाई चुनेर पठाउछौँ, हामीमाथि शासन गर्न । अनि उही प्रवृत्ति दोहोरिन्छ, कम्तिमा मैले यही देखेँ विगत १८-२० वर्षको समयमा । मलाई के लाग्छ भने, यी दलहरुका नेतृत्व विरुद्ध ती पार्टिका युवा नेताहरु जाग्नुपर्छ । लोकमान नियुक्तीको विरोधमा नेपाल बन्द गरेर सर्वसाधारण जनतालाई दुख दिनुभन्दा, आफ्ना पार्टि कार्यालय घेराउ गर्नुपर्छ । य…

"मैले गुगल ग्लास प्रयोग गर्न थालेको दुई हप्ता भन्दा धेरै भयो ! गतहप्ता मैले गुगल ग्लास लगाएरै ५ वटा कार्यक्रममा बोलेँ, एयरपोर्टबाट ४ पटक ओहोरदोहोर गरेँ, सयौँ जनालाई मेरो ग्लास प्रयोग गर्न दिँए, सुत्ने समय बाहेक अरुबेला गुगल ग्लास बिरलै खोलेँ ।" प्रख्यात टेक्नोलोजी ब्लगर रोबर्ट स्कोबलले अब  जीवनका बाँकी दिनहरु गुगल ग्लास वा गुगल ग्लास जस्तै अर्को कुनै ग्याजेट विना कल्पना गर्न सक्दिन भनेर आफ्नो गुगल ग्लास अनुभव लेखेकाछन् ।
गुगल ग्लासको बारेमा जान्न चाहने साथीहरुलाई रोबर्टको कुरा रोचक लाग्न सक्ने भएकोले उनले गुगल प्लसमा लेखेको "गुगल ग्लास अनुभव"  तल जस्ताको तस्तै राखेकोछु । पहिले गुगल ग्लास बारे बनाइएको भिडियो हेर्नुहोस् ।

How it feels through Google Glass:


Here's my review after having Google Glass for two weeks:

1. I will never live a day of my life from now on without it (or a competitor). It's that significant.
2. The success of this totally depends on price. Each audience I asked at the end of my presentations "who would buy this?" As the price g…