Skip to main content

साझा बस क्रेज

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो ।
साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो रोजाइमा पर्छ । साना गाडी ती पहाडका साना घुमौरा बाटाका लागि उपयुक्त छन् । रुट मिलेसम्म काठमाडौँमा नेपाल यातायात रोजाइमा पर्नेगर्छ अहिले साझा यातायात  पनि लिस्टमा थपिएकोछ । काठमाडौँ - धुलिखेल रुटमा चढ्ने गाडीहरु पनि राम्रा र स्तरिय लाग्छन् ।

सुन्धारा जानुथियो । घरैछेउबाट भैँसेपाटी रत्नपार्क गाडी चल्ने भएपनि, एकान्तकुना चोक देखि जावालाखेल सम्म हिँडेरै जाने योजना बनाइयो । भैँसेपाटी चल्ने गाडीहरुमा उभिन मात्र होइन, बस्न पनि समस्या हुन्छ यद्दपि अफिस जाँदा अनि हतारमा त्यही बसहरु नचढि सुख चाँहि छैन ।मन लागेर वा नलागेर भएपनि तिनै साना बसहरु चढ्नुपर्छ । जावालाखेल सम्म हिँड्दा चाँही कम्तिमा विकल्प पाइन्छ भन्ने लाग्छ, भलै एकान्तकुना देखि जावालाखेल पुग्न निकै संघर्ष गर्नुपर्छ धुलो र धुँवासँग ।

चर्को घाम छल्ने र साझा कुर्ने मनसायले जावलाखेलको बसस्टपमा बसियो । माइक्रोबस, टेम्पुहरु सुन्धारा - रत्नपार्क, वानेश्वर - कोटेश्वर भन्ने नारा लगाइरहेकाथिए, बाटो हिँड्नेलाई पनि तानेर गाडी भित्रै हालुला झैँ गर्थे । काठमाडौँमा माइक्रोबस प्राय: सबैको बाध्यता हो, म नि प्राय चढ्छु । सिटभरि चढाउँदा त राम्रो लाग्छ, तर १०-१२ जना चढ्ने माइक्रोबसमा २०-२५ जना कोचेपछि, अनि कोचिन आइपुगेपछि भने 'इरिटेड' नै भइन्छ, श्वास पनि राम्रोसँग फेर्न पाइँदैन ।

बसस्टपमा म सँगै अरु एक दर्जन जति बटुवाहरु बसिरहेकाथिए । सायद घाम छल्न बसेका होलान् जस्तो लाग्यो ।एकैछिनमा साझा बस आइपुग्यो, बसस्टपमा बसिरहेकाहरु साझाको पछिल्लो ढोकातिर दौडिए । पछाडि फर्केर हेरेँ, अघिको भरिभराउ बसस्टप खालि भएकोथियो । उता माइक्रोबसका खलासी भन्दैथिए, "यो पनि साझा नै हो, सबैको साझा"! साझाबसका सबै सिट भरिभराउ थिए, उभ्भिनेहरु पनि प्रशस्तै थिए । कम्तिमा उभिन त राम्रोसँग पाइन्छ भनेर चढ्नेहरु पनि भेटियो । 
बेङ्लोर बस्दा यस्तै गाडीमा कहिलेकाँही यात्रा गरिन्थ्यो । लाग्थ्यो यस्तै बसहरु नेपालमा कहिले गुड्छन् होला । बेङ्लोरको एउटा रमाइलो अनुभव छ । लक्ष्मीदाइ र म सायद एचएएल रोडमा एरोस्पेस संग्राहलय हेर्न जाँदैथियौँ (वा कुनै सिनेमा हल तिर जाँदैथियौँ) । मुर्गेसपाल्यमबाट बस चढियो, बस चढ्ने बित्तिकै टिकट काट्नुपर्ने, टिकट काटियो । बसमा अघिल्लतिर दुईटा सिट खालि देखेँ । हतार हतार गरेर, अघि बढ्दै सिटमा गएर बसियो, बस गुढ्यो । बसमा उभिनेहरु प्राय: सबैले आफूतिर हेरिरहे झैँ लाग्यो, आफूलाई हेरिरहेको भएको भएर उनीहरुबाट ध्यान हटाउन यताउता हेर्दै थिँए, झ्याल छेउमा "महिला" भनेर लेखिएको रहेछ । बल्ल कुरो बुझियो, महिलाको लागि छुट्टयाइएको सिटमा बसेको देखेर त्यसरी सबैले अचम्म मानेर हेरेका रहेछन् । आफ्नो गल्ति थाहा भएपछि सरक्क उठियो, दुईजना महिला आएर सिटमा बसेँ । त्यो दिन देखि बेङ्लोरमा बस चढ्दा सिटमा बस्नु पहिले कसैको लागि सिट छुट्याइएको छ कि भनेर सावधानी अपनाउन थालियो ।

नेपालमा चल्ने सबै सार्वजनिक यातायातमा महिला/बृद्ध/अपांग भनेर सिट छुट्याइकोहुन्छ । तर यहाँ नियम कसैले मान्दैनन्, आफू पनि जहाँ मिल्छ त्यहीँ बसिन्छ,  बृद्ध अनि बच्चा बोकेका महिलाहरुलाई भने सिट छोड्ने गरिन्छ ।साझा बसमा भने केही हदसम्म यो नियम लागू गर्ने कोशिस गरिएकोछ र सफल पनि हुँदैछ । साझाका कारण यात्रुहरु बसस्टपमा चढ्ने र बसस्टपमै झर्ने बानी बसाउँदैछन्, अन्यत्र त बस रोकिँदैन पनि । साझा आएको देखेपछि, परैदेखि हात हल्लाउँदै, कुदेर बसस्टप आएर बस चढ्ने गर्न थालेकाछन् । साझा बसका स्टपहरुमा साझा बस भनेर सानो साइनबोर्ड पनि राखिएकोछ ।

साझाबस चढेको अनुभव गर्दा गर्दै र अरुका अनुहारका खुशी नियाल्दा नियाल्दै झर्ने स्टप पनि आइसकेछ । बसबाट सुन्धारा पेट्रोल पम्प अगाडि ओर्लिएर सिभिल मलतिर लागियो ।

साझाबसको क्रेज बढ्दै जाओस् । शुभकामना ।

Comments

  1. Sajha Bus ma route ko Number rakhi diyeko bhaye ajha ramro hune thiyo hola.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5 Krishna D

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

फेक वेबसाइटले झुक्यायो - नेपालमा फेसबुक अफिस

आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ । २-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो ।  उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक । Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. " @Ujyaalo : फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3 " — Aakar (@aakarpost) June 6, 2014 सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरे

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

Subscribe to Aakar Post