Skip to main content

Posts

Showing posts with the label Apps

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ । मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ । किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावे

स्थानीय निर्वाचनको ताजा नतिजा दिनको लागि हाम्रो पात्रो ले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ । हाम्रो पात्रोको पछिल्लो अपडेटसँगै प्रयोगकर्ताले अब सजिलो रुपमा आफ्नो क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्छन् । निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी हाम्रोपात्रोमा उपलब्ध हुनेछ । यसका साथै जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण पनि हेर्न सकिन्छ । हाम्रो पात्रोमा उपलब्ध स्थानीय निर्वाचनबारेका गतिविधिहरु सजिलै विभिन्न सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ । स्थानीय निर्वाचनको ताजा गतिविधि हेर्नको लागि तपाईको फोनमा हाम्रो पात्रोको पछिल्लो संस्करण हुन जरुरी छ । यदि तपाईको फोनमा हाम्रो पात्रोको अटोमेटिक अपडेट छैन भने प्लेस्टो

अनलाइनमा नेपाली टिभी च्यानलहरु हेर्नको लागि भनेर दर्जनौँ मोबाइल एप अनि सयौँको सङ्ख्यामा वेबसाइटहरु छन्। तर आफूले हेर्न खोजेको बेला अधिकांशले काम गर्दैनन् । अर्को कुरा इन्टरनेट 'स्पिड' का कारण, नेपालमा इन्टरनेटमा टिभी हेर्न सजिलो पनि छैन । गत हप्ता नेपाल र केन्याविच किर्तिपुरमा भएको क्रिकेट म्याच 'एन टिभी प्लस' (नेपाल टेलिभिजन) ले प्रत्यक्ष प्रशारण गरेको थियो । नेपाल टेलिभिजनकै साइटमा उक्त खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था थियो । केही मिनेट ढिलो गरि आइरहेको प्रशारण, त्यसमाथि राम्रो भनिएको इन्टरनेटमा पनि भिडियो अड्किरहने समस्या भयो ।  यसै त कमशल गुणस्तरको भिडियो, त्यसमाथि अनेक समस्या, जति नै प्रयास गरेपनि एनटिभीकै साइटमा उक्त प्रशारण हेर्न सकिएन । त्यसपछि विकल्पको रुपमा युट्युब च्यानलहरु चहारियो, करिब दर्जन जति युट्युब च्यानलहरुमा उक्त खेलको प्रत्यक्ष प्रशारण आइरहेको थियो, जुन एनटिभीको साइटमा भएको भन्दा राम्रो त थियो, तर आफूले खोजेजस्तो भेटिएन । अफिसमा कर्मठ दाइले सुझाउनु भयो, नेट टिभीको एप्‌मा राम्रो आइरहेको छ, लौ यसैलाई टिभी स्क्रिनमा हेर्ने व्यवस्था मिलाउँ

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ । यो नयाँ अपडेट सँगै एन्ड्रोइड एपमा उपलब्ध विभिन्न फिचरहरु आइफोन एपमा उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताहरुले अब एकै विषयका उस्तै समाचारहरु एकै ठाउँमा पढ्न सक्नेछन् । गतवर्ष नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोको एन्ड्रोइड एपमा पढ्न मिल्ने सुविधा थपिएको थियो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेकोछ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीका अनुसार, हाम्रो पात्रो एपको इन-एप ब्राउजर पहिलेको भन्दा ४० प्रतिशत "फास्ट" बनाइएको छ । नयाँ आएको आइफोन एपमा तस्विरहरुलाई पनि "अप्टिमाइज" गरिएकोछ, भन्नको मतलब एप खोल्दा अब हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ । हाम्रो पात्रो एप सबैभन्दा सुरुमा आइफोनको लागि बनाइएको भएपनि, एन्ड्रो

हिजोआज फोटो प्रशस्त खिचिन्छ, तर पहिलेको जस्तो फोटो धुलाएर एल्बम बनाएर राखिन्न । अहिले डिजिटल एल्बम बनाइन्छ, खिचिएका हरेक फोटोहरु गुगल फोटो , फ्लिकर, आइक्लाउड आदिमा भण्डारण भएर बस्छन् । पहिलेका फोटोहरु यत्तिकै एल्बममा थन्किएर बसेकाछन् । पुराना दिनहरु सम्झना आउँदा कहिलेकाँही ती एल्बमहरु पल्टाएर हेरिन्छ तर पुराना फोटोहरु पुराना हुँदैजाँदा बिग्रदैँ जान्छन् । पुराना फोटोहरु कतिले स्क्यानर प्रयोग गर्दै आफ्नो डिजिटल लाइब्रेरीमा राख्छन् भने कतिले फोटोबाट फोटो नै खिचेर राख्ने गरेकाछन् । स्मार्टफोनको पहुँच बढेसँगै अधिकांशले मोबाइल क्यामेराबाट पुराना फोटोहरु खिच्ने गरेकाछन् । तर फोटोबाट फोटो खिच्न भनेजस्तो सजिलो छैन, फोटो स्क्यानर पनि धेरैको पहुँच बाहिरको कुरा हो । यही कुरालाई मध्यनजर गरेर गुगल ले, केही महिना पहिले "फोटो स्क्यान" मोबाइल एप सार्वजनिक गरेको थियो । आइफोन र एन्ड्रोइडको लागि उपलब्ध फोटो स्क्यान एप चलाउन सजिलो छ, फोटो स्क्यानको फ्रेमभित्र फोटो राखेपछि, अटोमेटिक रुपमा फोटोको छेउकुना पत्ता लगाएर स्क्यानरले फोटो खिच्छ । फोटोको छेउकुना चित्त नबुझेको अवस्थामा फोटो लिइसकेपछि

अघिल्लो महिना भिडियो कलिङ एप 'डुओ' सार्वजनिक गरेको गुगलले, हिजो नयाँ च्याट एप् 'आलो' (Allo) सार्वजनिक गरेको छ । स्मार्ट मेसेजिङ एप्‌को रुपमा सार्वजनिक भएको गुगलको 'आलो'ले, हामीले दैनिक प्रयोग गर्ने विभिन्न च्याट एप्सहरुमा उपलब्ध फिचरहरुलाई एकै ठाउँमा ल्याउन कोशिस गरेको झैँ देखिन्छ । 'आलो'मा गुगल असिस्टेन्टसँग च्याट गर्ने देखि लिएर, स्न्यापच्याटको जस्तो केही समयपछि 'मेसेज' आफैँ डिलिट हुने, आईमेसेजको जस्तो 'टेक्स्ट' ठूलो बनाउने फिचरहरु छन् । यसका साथै प्राय: सबै च्याट एप्सहरुमा उपलब्ध ग्रुप च्याट, ईमोजी, फोटो, स्टिकरहरु, डुडल आदि पनि एलोमा उपलब्ध छ । गुगल असिस्टेन्ट तथा स्मार्ट 'रिप्लाइ' बाहेक अर्को राम्रो फिचर भनेको, आलोको प्राइभेट च्याट हो, इनकग्‌निटो मोडमा गरिने च्याट, 'इन्क्रिप्ट' हुनुको साथै, यति समयपछि 'मेसेज' आफैँ डिलिट गर्ने भनेर समय सिमा तोक्न सकिन्छ । गुगल असिस्टेन्ट गुगल नाउलाई विस्थापित गर्दै गुगल असिस्टेन्ट आलो च्याट मार्फत प्रयोगकर्ताहरु माझ आइपुगेकोछ । गुगल असिस्टेन्टलाई, गुगल नाउमै उपलब्ध फि

हामी मोबाइलबाट दिनहुँ दर्जनौँ फोटो खिचिरहेका हुन्छौँ, तर मोबाइलबाट खिचिएका अधिकांश फोटोहरुको गुणस्तर राम्रो हुँदैन। मोबाइलबाट खिचिएका फोटोहरुलाई थरिथरिका फिल्टरहरु प्रयोग गरेर, राम्रो र आकर्षक देखाएर, सेयर गर्नको लागि केभिन सिस्ट्रोमले सन् २०१० मा ' इन्स्टाग्राम 'को निर्माण गरेका थिए । 'इन्स्टाग्राम'लाई पच्छ्याउँदै मोबाइलमा फोटो सम्पादन गर्न, तथा सामाजिक सञ्जालमा सेयर गर्नको लागि सयौँ एन्ड्रोइड तथा आइओएस एप्सहरु निर्माण भएकाछन् । यो ब्लगमा फोटो सम्पादन गर्न सरल र सहज बनाउने ५ मोबाइल एप्सहरुबारे चर्चा गर्दैछु। १) स्न्यापसिड स्न्यापसिडमा फोटो सम्पादनका लागि चाहिने आधारभूत सबै 'फिचर'हरु उपलब्ध छ। स्न्यापसिडमा 'टुल्स' र 'फिल्टर्स' गरेर फोटो सम्पादनलाई दुई भागमा बाँडिएको छ । स्न्यापसिडको 'टुल्स' प्रयोग गरेर, आफूलाई चाहिएको जस्तो फोटो बनाउन सकिन्छ । फोटोमा विशेष रुची हुनेले स्न्यापसिडको 'टुल्स' चलाउन (सिक्न) जरुरी छ । तपाई सामान्य प्रयोगकर्ता हो, र 'म्यानुअल' मोडमा काम गर्न गाह्रो लाग्छ भने स्न्यापसिडको 'फिल्टर्स' ल

फेसबुक, ट्विटर, युट्युब लगायतका साइटहरु मोबाइलमा चलाउनेको संख्या दिनहुँ बढ्दो छ। भन्ने नै हो भने, नेपाल लगायत एसियाली देशहरु मोबाइल 'फस्ट' भनेर चिनिएकाछन् । हामीकहाँ कम्प्युटरमा इन्टरनेट चलाउनेको भन्दा मोबाइलमा इन्टरनेट चलाउनेको संख्या धेरै छ, र यही ट्रेन्ड नै जारी रहनेछ । नेपालमा ६० लाख भन्दा धेरै प्रयोगकर्ता हरुले फेसबुक चलाउँछन् । नेपालका अधिकांश भेगमा मोबाइल डाटा उपलब्ध छ, कहीँ राम्रो चल्ला, कहीँ नेटवर्क कमजोर होला, तर देशमा टुजी र थ्रिजीको राम्रो पहुँच छ भन्दा फरक नपर्ला । तर एनसेल, एनटिसी लगायतका डाटा प्रयोगकर्ताहरुको एउटै गुनासो हुन्छ, डाटाले पैसो स्वाहा पार्‍यो, केही चलाएकै हुन्न, त्यही नि पैसो जान्छ आदि इत्यादि । त्यसो त नेपालका अन्य इन्टरनेट सेवा प्रदयाक (आइएसपी)हरुले पनि 'भोल्युम बेस्ड' इन्टरनेट सेवा दिइरहेकाछन्, डाटा हुन्जेल छिटो चल्ने फेसबुक , ट्विटर , युट्युब आदि, हाइस्पिड डाटा सक्किएपछि ढिलो चल्न थाल्छन् । वाइफाइ प्रयोगकर्ताहरु पनि मोबाइल मा विभिन्न साइट र एप्सहरु चलाइरहेका हुन्छन्, तर प्रयोगकर्ताहरु वाइफाइ चलाउँदा, मोबाइल डाटा चलाउँदा जस्तो चनाखो द

अघिल्लो हप्ता गुगलले 'डुओ' नामक भिडियो कलिङ एप् सार्वजनिक गरेको छ । च्याट, मेसेन्जर हरुका बिचमा फेरि अर्को एक मेजेन्जर थपिए झैँ लागे पनि, 'डुओ' भिडियो कलको लागि मात्र बनाइएको एप हो । अत्यन्तै साधारण 'इन्टरफेस' भएको गुगल को 'डुओ' एन्ड्रोइड प्रयोगकर्ताहरुको लागि नौलो किसिमको भिडियो कलिङ एप हो। आइफोन प्रयोगकर्ताहरुले आपसमा कुरा गर्न 'फेसटाइम' प्रयोग गर्दै आइरहेकाले, यो खासै नयाँ नहुन सक्छ तर आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले एकआपसमा 'डुओ' प्रयोग गर्न सक्ने कारण, यो फेसटाइम भन्दा फरक छ । भाइबर जस्तै, डुओ चलाउनको लागि पनि मोबाइल नम्बरबाट रजिष्ट्रर गर्नुपर्ने हुन्छ, यसअघिका गुगलका एपहरुमा जिमेलबाट साइन इन गर्नुपर्ने बाध्यता थियो। फोनमा भएका कन्ट्याक्टबाट डुओ राखिएका व्यक्तिहरु देख्न सकिन्छ । डुओ एपमा, भिडियो कल गर्न मात्रै मिल्छ, फोन आउँदा आउँदै कसले फोन गर्यो, कस्तो अवस्थामा छ, कल नउठाइ देख्न सकिन्छ । गुगल ब्लग का अनुसार 'डुओ' छिटो र भरपर्दो छ । अन्य एपहरुमा भिडियो कल गर्दा, कनेक्टिङ वा डायलिङ भनेर केही समय लागिरहे

नेपालीहरु माझ परिचित, १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रोको नयाँ संस्करण १०.९.०, थप नयाँ सुविधाहरुको साथ आजबाट प्लेस्टोरमा उपलब्ध भएकोछ । गत वर्ष सेप्टेम्बरमा डिजाइनमा व्यापक सुधार गरेको हाम्रो पात्रोले यस पटक डिजाइनको साथ साथै, उपलब्ध सामाग्रीहरु पढ्ने/हेर्ने तरिकामा सुधार गरेको छ । हाम्रो पात्रो, क्यालेन्डर/पात्रोको लागि मात्र नभइ, दैनिक खबर पढ्न, लोडसेडिङबारे जानकारी लिन, अर्थ बजार बुझ्न, रेडियो सुन्न आदि विविध रुपमा प्रयोग हुँदै आएकोछ । यसब्लगमा हाम्रो पात्रोको नयाँ संस्करणमा आएका नयाँ सेवा सुविधाहरु बारे चर्चा गर्दैछौँ । सम्बन्धित समाचार हाम्रो पात्रोमा समाचार धेरै पहिले देखि नै उपलब्ध भएपनि, उस्तै समाचार या भनौँ एउटा कुनै विषयमा सूचना, समाचार पाउन निकै खोज्नुपर्ने हुन्थ्यो । हाम्रो पात्रको नयाँ संस्करणमा थपिएको सम्बन्धित समाचार (Similar) सेवाले एउटा विषयका समाचार हेर्न/पढ्न खोज्ने प्रयोगकर्ताहरुलाई थप सजिलो बनाइदिएको छ । जस्तो तपाई सूचना-प्रविधिका मात्रै समाचार हेर्न/पढ्न चाहनुहुन्छ भने, कुनै एउटा सूचना-प्रविधिको समाचारसँग सम्बन्धित समाचारहरु त्यहीँबाट हेर्न स

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर, नेपाली भाषाका नयाँ स्टिकरहरु सार्वजनिक गरेको छ । फ्रेडी, अङ्ग र अप्ठ्यारो गरि ३ वटा नयाँ स्टिकर प्याक सार्वजनिक गरेको हो । नयाँ सार्वजनिक गरिएका फ्रेडी, अङ्ग र अप्ठ्यारो, पहिले नै उपलब्ध अंग्रेजी भाषाका स्टिकहरुलाई नेपाली भाषामा उल्था गरेर ल्याइएको हो । स्टिकहरुले च्याटलाई रमाइलो बनाइदिने र आफ्नो मुड स्टिकरबाट भन्न/देखाउन पाइने कारण च्याटमा स्टिकरहरुको प्रयोग बढ्दो छ । भाइबरले सार्वजनिक गरेको नयाँ स्टिकरहरु भाइबरको स्टिकर मार्केटबाट निशुल्क डाउनलोड गर्न मिल्छ । ४५ लाख नेपाली प्रयोगकर्ताहरु रहेको भाइबर, फेसबुक मेसेन्जर पछि, नेपालमा सबैभन्दा धेरै प्रयोग हुने दोस्रो 'मेसेजिङ एप' हो । भाइबरबाट इन्टरनेट मार्फत निशुल्क, फोन र भिडियो च्याट गर्न मिल्छ । भाइबरले, केही हप्ता पहिले सिमित समयको लागि टुबोर्गसँगको सहकार्यमा नेपाली भाषाको 'टुबोर्ग फन स्टिकर' सार्वजनिक गरेको थियो ।

च्याट तथा मेसेजिङ एप् ह्वाट्सयाप (ह्वाट्स अप) अब सँधैको लागि 'फ्रि' हुने भएको छ (ह्वाटस्एप चलाउन पैसा नलाग्ने) । विज्ञापन नदेखाउने बरु ह्वाट्सयाप चलाएको दोस्रो वर्ष देखि प्रयोगकर्तासँग वार्षिक ९९ सेन्ट (करिब १०० रुपैयाँ) लिने ह्वाट्सयपको बिजनेस मोडल थियो । केही वर्षअघि फेसबुकले ह्वाट्सयापलाई १९ अरब डलरमा खरिद गर्दा, यसको बिजनेस मोडलको खुबै चर्चा भएको थियो । फेसबुकले यति महंगो मुल्य हालेर, ह्वाट्सएपलाई नभइ आफ्नो प्रतिद्वन्दीलाई खरिद गरेको थियो भन्ने कुरा पनि चर्चाको विषय भएको थियो, किनकी प्रयोगकर्ताहरु फेसबुक भन्दा धेरै ह्वाटस्एप चलाउँथे । करिब १ अरब प्रयोगकर्ता रहेको दाबी गरिएको ह्वाट्सयाप निकै रुचाइएको च्याटिङ एपहरु मध्यमा पर्छ। ह्वाट्सयापले हिजो ब्लग मार्फत ह्वाटस्एपको बिजेनस मोडलले सोचे जस्तो काम नगरेको सार्वजनिक गर्दै, ह्वाट्सयाप अब सँधैको लागि फ्रि हुने घोषणा गरेको हो । सबै प्रयोगकर्तासँग डेबिट/क्रेडिट कार्ड नभएको तर दोस्रो वर्ष देखि पैसा तिर्नुपर्ने हुँदा, आफन्तजनसँग ह्वाट्सयाप मार्फत नजिक हुन नपाएको कुरा ब्लगमा उल्लेख गरिएकोछ । यसको अर्थ, प्रयोगकर्ताहरु पैसा तिर्न

गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरमा गरेर ३० लाख भन्दा धेरै मोबाइल एप्सहरु छन् । सबैले, सबै एप्स चलाउन सम्भव छैन । स्थान, भाषा, रुची आदि विविध कारणले सबै एप्सहरुको आफ्नै महत्व र आफ्नै किसिमका प्रयोगकर्ताहरु छन् । आजको यस ब्लगमा भने, एन्ड्रोइड र आइफोनमा राख्नैपर्ने १० एपहरुको चर्चा गर्दैछौँ । १) हाम्रो नेपाली किबोर्ड - नेपाली लेख्न चाहनेहरुको पहिलो रोजाइ ‘हाम्रो किबोर्ड’ बन्ने गरेको छ । दश लाख भन्दा बढि पटक डाउनलोड भएको हाम्रो किबोर्ड, एन्ड्रोइड २.२ भर्सन देखि माथिका सबै एन्ड्रोइडफोनहरुमा चल्छ । नेपाली लेख्नका लागि गुगलको किबोर्ड देखि लिएर अन्य दर्जनौँ किबोर्डहरु प्लस्टोरमा उपलब्ध छन् तर हाम्रो किबोर्डमा फरक फरक ३ प्रकारले लेख्न मिल्ने कारण सबैको रोजाइमा परेको हो । एउटै किबोर्डबाट, नेपाली ट्रान्सिलिरेसन, रोमन युनिकोड, नेपाली युनिकोडमा लेख्न मिल्छ । नेपाली टाइप आउने र नआउने दुबैका लागि यो एप उपयोगी छ । नेपाली टाइप आउनेले नेपाली युनिकोड प्रयोग गर्न सक्छन् भने, मदन पुरस्कार पुस्तकालयले बनाएको रोमन नेपाली किबोर्डमा हात बसेकाले, रोमन नेपाली युनिकोड लेआउट छान्न सक्छन्, त्यस्तै गुगल

३२ वर्षअघि, सन् १९८३ जुनमा, एप्पलका संस्थापक स्टिभ जब्सले एक कन्फेरन्समा प्रस्तुत गरेका “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को अवधारणा यहाँ सम्म आइपुग्दा विकसित भइसकेको छ । “म्युजिक स्टोरमा छानी छानी गित सुन्न किन्न सकिए झैँ, सफ्टवेयर पनि त्यसरी नै स्टोरमा छानी छानी किन्न सकिने हुनुपर्छ, धेरैजसोलाई आफ्नो कम्प्युटरमा कुन किसिमको सफ्टवेयर चाहिन्छ भन्ने कुरा पनि थाहा छैन”, स्टिभ जब्सले उतिबेलै नयाँ किसिमको सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टरबारे आफ्नो अवधारणा राख्दै बोलेका थिए । त्यसको बिस वर्षपछि २००३ मा एप्पल’ले आईट्युन्स सार्वजनिक गर्यो, जहाँबाट आफूलाई चाहिने गित छानेर किन्न सकिन्छ । स्टिभ जब्सकै भिजनको बृहत रुपनै अहिलेका एपस्टोर, प्लेस्टोर, आइट्युन्स, मोबाइल एप्स आदि हुन्। उनले १९८३ मै “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को कुरा राखेपनि, मोबाइलमा चाँहि सन् २००७ पछि मात्रै यस किसिमको अवधारणा भित्रियो । २००७ को जुनमा, स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेर, स्मार्ट मोबाइलफोन युगको प्रारम्भ गरिदिएका थिए । आईफोन सँगै एन्ड्रोइड स्मार्टफोनहरु पनि भित्रिए, बजारमा पुरानै शैलीबाट चलिरहेका नोकिया, मोट

विद्यार्थी जिवनमा 'परिक्षा' सँधैको हाँउगुजी हो । त्यो भन्दा नि ठूलो तनाव त प्रवेश परिक्षाले दिन्छ । एसएलसीबाट प्लसटु अनि प्लस'टु बाट ब्याच्‌लर'मा छलाङ हान्नुपर्ने बेला विद्यार्थी तनावमा देखिन्छन् । के पढ्ने, कति पढ्ने, कस्तो प्रश्न सोधिन्छन्, कताबाट सोधिन्छ, कसरी सोधिन्छ भनेर विद्यार्थीहरु (विशेषत आइटी/ईन्जिनियरिङ र मेडिकलका) तनावमा हुन्छन् । विद्यार्थीहरुले भोग्ने यस्तै समस्याहरुलाई सम्बोधन गर्न नेपाल सिएसआइटी एसोसियसन  र अस्कल'का विद्यार्थीहरुले, बिएस्सी सिएसआइटी (BScCSIT) पढ्न तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर, प्रवेश परिक्षा तयारीको लागि मोबाइल एप निर्माण गरेको छ । अब ब्याच्‌लरमा आइटी पढ्न जुर्मुराए'का विद्यार्थीहरुलाई सिएसआइटी इन्ट्रान्स एपले सहयोग गर्नेछ । सिएसआइटी इन्ट्रान्स एपमा प्रवेश परिक्षा'को मोडल प्रश्नपत्रहरु तथा अघिल्लो वर्षका प्रश्नपत्रहरु राखिएको छ, जहाँबाट विद्यार्थीहरुले सजिलै ती परिक्षाहरुमा नि:शुल्क भाग लिन पाउँछन् । प्रश्नहरुको जवाफ दिँदै जान सकिन्छ, जवाफ दिइसकेपछि, आउने स्कोरको आधारमा तत्काल आफ्नो जवाफ सही भयो कि भएन

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा! नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रो को नयाँ संस्करण गुगल प्लेस्टोरमा आजबाट उपलब्ध भएको छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल'ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले'को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् । डिजाइन मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो'को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्या