Skip to main content

मोबाइलमा फोटो सम्पादन गर्नका लागि उपयोगी ५ एप्स


हामी मोबाइलबाट दिनहुँ दर्जनौँ फोटो खिचिरहेका हुन्छौँ, तर मोबाइलबाट खिचिएका अधिकांश फोटोहरुको गुणस्तर राम्रो हुँदैन। मोबाइलबाट खिचिएका फोटोहरुलाई थरिथरिका फिल्टरहरु प्रयोग गरेर, राम्रो र आकर्षक देखाएर, सेयर गर्नको लागि केभिन सिस्ट्रोमले सन् २०१० मा 'इन्स्टाग्राम'को निर्माण गरेका थिए । 'इन्स्टाग्राम'लाई पच्छ्याउँदै मोबाइलमा फोटो सम्पादन गर्न, तथा सामाजिक सञ्जालमा सेयर गर्नको लागि सयौँ एन्ड्रोइड तथा आइओएस एप्सहरु निर्माण भएकाछन् । यो ब्लगमा फोटो सम्पादन गर्न सरल र सहज बनाउने ५ मोबाइल एप्सहरुबारे चर्चा गर्दैछु।

१) स्न्यापसिड
स्न्यापसिडमा फोटो सम्पादनका लागि चाहिने आधारभूत सबै 'फिचर'हरु उपलब्ध छ। स्न्यापसिडमा 'टुल्स' र 'फिल्टर्स' गरेर फोटो सम्पादनलाई दुई भागमा बाँडिएको छ । स्न्यापसिडको 'टुल्स' प्रयोग गरेर, आफूलाई चाहिएको जस्तो फोटो बनाउन सकिन्छ । फोटोमा विशेष रुची हुनेले स्न्यापसिडको 'टुल्स' चलाउन (सिक्न) जरुरी छ । तपाई सामान्य प्रयोगकर्ता हो, र 'म्यानुअल' मोडमा काम गर्न गाह्रो लाग्छ भने स्न्यापसिडको 'फिल्टर्स' ले काम चलाउन सक्नुहुन्छ । इन्टरनेटमा उपलब्ध एप्सहरु मध्ये गुगलको स्न्यापसिडलाई सबैभन्दा राम्रो 'फोटो' सम्पादन गर्ने एप मान्न सकिन्छ । फोटो सम्पादनको लागि 'स्न्यापसिड' मेरो पहिलो रोजाइ पर्छ। स्न्यापसिड एन्ड्रोइडआइओएसमा उपलब्ध छ ।


२) पिक्सलर
अटोडेस्कको पिक्सलर एपलाई दर्जनौँ प्रकारले प्रयोग गर्न सकिन्छ । फोटो सम्पादनका लागि चाहिने आधारभूत सबै 'फिचर'हरु त पिक्सलरमा छ नै, यसबाहेक फोटोहरु जोडेर - फोटो कोलाज बनाउन, स्टिकरहरु राख्न, चाडपर्व अनुसार पोस्टकार्ड आदि बनाउन सकिन्छ । स्न्यापसिड पहिलो रोजाइमा परेदेखि, पिक्सलर मेरो दोस्रो रोजाइमा पर्न थालेको छ। पिक्सलर एन्ड्रोइडआइओएसमा उपलब्ध छ, साथै पिक्सलरको वेब भर्सन पनि उपलब्ध छ ।

३) गुगल फोटो
अनगिन्ती फोटोहरु राख्न मिल्ने गुगलको, गुगल फोटोमा सजिलो सँग फोटोहरु सम्पादन गर्न सकिन्छ । गुगल फोटोबाट, फोटोको 'लाइट', 'कलर'‍ आदि मिलाउन सकिन्छ । यसका साथै, गुगल फोटोमा आकर्षक फिल्टरहरु पनि उपलब्ध छ । मोबाइलमा धेरै फोटो खिच्नेहरुलाई गुगल फोटो अत्यन्तै उपयोगी एप्स हो । गुगल फोटोमा तपाईले खिचेको फोटोहरु, गुगल’ले सुरक्षित सँग राखिदिन्छ, यतिमात्र होइन, तपाईका फोटोहरु गुगल’ले अटोमेटिक भिडियो, नयाँ फोटो आदि पनि बनाइदिन्छ । गुगल फोटो एन्ड्रोइड तथा आइफोनका साथै वेबमा पनि उलब्ध छ।


४) भस्को
फोटोलाई हल्का फरक किसिमको 'लुक एन्ड फिल' दिनुपर्‍यो भने भस्को क्याम प्रयोग गर्न सकिन्छ । इन्स्टाग्रामका प्रयोगकर्ताहरु माझ भस्को क्याम 'पपुलर' छ । इन्स्टाग्राममा उपलब्ध फिल्टहरु भन्दा भस्कोमा उपलब्ध फिल्टरहरु फरक छन्, अर्को तरिकाले भन्नुपर्दा, भस्को क्याममा उपलब्ध फिल्टरहरुले तपाईका फोटोलाई 'कुल' देखाइदिन्छ । भस्को क्याम एन्ड्रोइड आइओएसमा उलपब्ध छ।

५) प्रिज्म
केही महिना अघि मात्रै सार्वजनिक भएको प्रिज्म एप अझै चर्चाको शिखरमा छ । प्रत्येक फोटोलाई कलामा बदल्नुस् (Turn Every Photo into Art) भन्ने ट्यागलाइन सहित आएको प्रिज्म एपले मेसिन लर्निङको (डाटाहरुको मद्दतले कम्प्युटरलाई पढाउने/सिकाउने) मद्दतले तपाईका हरेक फोटोहरुलाई कलात्मक पेन्टिङमा बदलदिन्छ। भ्यान गग्, पिकासो लगायत प्रख्यात कलाकारहरुको शैली (तरिका) प्रिज्म एपबाट बनाइने पेन्टिङमा देख्न सकिन्छ । प्रिज्म एन्ड्रोइडआइओएसमा उलब्ध छ।

Comments

Popular posts from this blog

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

सामाजिक सञ्जालको राग

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

बलियो पासवर्ड राख्ने तरिका [VIDEO]

जति धेरै साइट र एप्स चलाउछौँ, त्यति धेरै पासवर्ड सम्झनुपर्ने बाध्यता छ । फोन नम्बर नसम्झिने समयमा, त्यति धेरै पासवर्ड कसरी सम्झिने? अझ त्यो भन्दा नि महत्वपूर्ण कुरा, बलियो पासवर्ड कसरी राख्ने या भनौँ बलियो पासवर्ड कसरी बनाउने? जब पनि नयाँ साइटमा साइन अप गर्ने बेला हुन्छ, यही पासवर्ड के राख्ने, कसरी बलियो बनाउने भन्ने कुराले दिमाग खान्छ । साना-ठूला अक्षर, अंक र स्पेशल क्यारेक्टर राखेर बलियो पासवर्ड बनाउनु पर्छ भन्ने सुन्दै र भन्दै आइएको धेरै भयो। पासवर्डको सन्दर्भमा, एचबिओ'को गतहप्ताको 'लास्ट विक टुनाइट' कार्यक्रममा एडवार्ड स्नोडनले, बलियो पासवर्ड बनाउने तरिका बताएका थिए। ( एडवार्ड स्नोडन , 'नेसनल सेक्युरिटि एजेन्सी' (एन एस ए), अमेरिका'को गोप्य दस्तावेजहरु 'सार्वजनिक' गरेर चर्चामा आएका व्यक्ति हुन्।) स्नोडनका अनुसार आठ क्यारेक्टरको पासवर्ड कम्प्युटरले सजिलै क्रयाक गर्न सक्छ । अत: पासवर्ड बलियो राख्न, आफ्नो बेग्लै 'पास-फ्रेजेज' बनाउन उनको सुझाव थियो, जुन डिक्सनरीमा नभेटियोस र सजिलै सम्झन पनि सकियोस् । बलियो पासवर्ड कस्तो हुन्छ, यो छोटो ३ मिनेटको

नेपाल टेलिकमले ल्यायो नि:शुल्क अनलाइन कक्षा

मोबाइल सेवा प्रदायक नेपाल टेलिकम ले, आएरल्याण्डको स एकेडेमी (Shaw Academy) सँगको सहकार्यमा अनलाईन एजुकेशन सेवा (Online Education Service) सेवा सुरु गरेको छ । आफूलाई पढ्न मन लागेको विषयहरु अब घरै बसेर अनलाइन, त्यो पनि नि:शुल्क पढ्न पाइने भएको छ। नेपाल टेलिकमको फेसबुक पोष्ट अनुसार, तीन महिनाको परिक्षणको रुपमा रहेको यो सेवा हाललाई नेपाल टेलिमकका ग्राहकहरुको लागि नि:शुल्क उपलब्ध गराईएकोछ । नेपाल टेलिमकका प्रयोगकर्ताहरुले स एकेडेमीमा 'रजिष्ट्रर' गरि, आफ्नो रुची अनुसारको कोर्समा नि:शुल्क भर्ना हुन सक्नेछन् । स-एकेडमीमा डिजिटल मार्केटिङ, फोटोग्राफी, ग्राफिक डिजाइन, प्रोग्रामिङ, सोसल मिडिया मार्केटिङ, फोटोसप, अंग्रेजी भाषा आदि विभिन्न विषयहरु उपलब्ध छन् । नेपाल टेलिकमको नि:शुल्क कक्षामा भर्ना हुनको लागि  shawacademy.com/nepaltelecom लिंकमा क्लिक गरेर स-एकेडमीमा जानुहोस्, र आफूलाई मन परेको विषय छानेर, रजिष्ट्रर गर्नुहोस् । टेलिकमको यो सेवा अन्तर्गत एकजनाले कतिवटा विषयहरु पढ्न सक्ने (छान्न सक्ने) भन्नेबारेमा चाँहि खुलाइएको छैन । साइटमा रजिष्ट्रर गरेपछि, कक्षा हुने अघिल

गुगलको यात्रा

सेप्टेम्बर ४, १९९८ लाई गुगलको जन्मदिन मानिन्छ । अस्ति भर्खर मात्रै गुगल १२ वर्ष पुगेर १३ लागेको छ । सर्च इन्जिनबाट सुरु भएको गुगल को यात्रा एन्ड्रोइड फोन हुँदै गुगल प्लस सम्म आइपुगेको छ । गुगलले सर्च देखि मोबाइल र सामाजिक सञ्जाल को क्षेत्रमा प्रयोगकर्ताहरुको वाहवाही पाइरहेको छ । १३ वर्ष अघि गुगल सुरु भो, जुनबेला हाम्रो देशमा ‘नेपाल पर्यटन वर्ष १९९८’ (Visit Nepal 1998) को नारा लागेको थियो, र मलाई इन्टरनेट, कम्प्युटर को केही ज्ञान थिएन । हुन त ईन्टरनेट नै भर्खर भर्खर विकास हुँदै गइरहेको थियो । गुगल को जन्म हुँदा याहु (Yahoo!) र एओल (AOL) को वर्चश्व थियो । गुगलका संस्थापकद्वय ‘ल्यारी पेज’ र ‘सेर्गे ब्रिन’ को भेट स्टान्डफोर्डमा सन् १९९५ मा भएको थियो र उनीहरुले १९९६ को जनवरी मा “ब्याकरब” नामक सर्चइन्जिन सार्वजनिक गर्ने विचार गरेका थिए । तर पछि उनीहरुको त्यही “ब्याकरब” गुगल सर्च इन्जिन मा परिवर्तन भयो । गणितमा गुगल (Googol) को अर्थ हुन्छ १ पछाडी सय वटा शुन्य । आज गुगल ( Google ) करोडौँ इन्टरनेट प्रयोगकर्ताहरुको जिवनशैली बनिसकेको छ । १९९६-१९९७: ब्याकरब संस्थापकद्वय पेज र ब्रिन ले सुरु

Subscribe to Aakar Post