Skip to main content

Posts

Showing posts from August, 2013

छ वर्ष अघि सन् २००७ मा यो ब्लग सुरु गर्दा, आजको आफ्नो यो परिचय को कल्पना गरिएको थिएन । आफ्ना स्केच र विश्वविद्यालयको गृहकार्यलाई संग्रह गर्नको लागि सुरु भएको ब्लगले विस्तारै आफ्नो यो परिचय छोडेर, सबैको लागि सबैथोक बन्ने कोशिस गर्यो । सुरुवातका दिनमा रुपेश दाइ को निरन्तरको हौसलाले ब्लगलाई निरन्तरता दिएँ, आफ्ना मनमा उब्जिएका सबैकुरा ब्लगमा पोतियो । बिस्तारै फेसबुक र ट्विटरको लोकप्रियता बढ्न थाल्यो, अनि त्यही लहरमा लागियो । ब्लग, फेसबुक र ट्विटरबाट भुपेन्द्र दाइ को नजिक पुगियो अनि रुचीको रुपमा रहेको 'सोसल मिडिया' मेरो प्रोफेसनको रुपमा देखापर्यो । सोसल मिडियालाई सबैले आफू अनुकुल परिभाषित गरेकाछन् अनि आफू अनुकुल प्रयोग गरेकाछन् । जस्तो कि, पत्रकारिता क्षेत्रमा सोसल मिडियाले क्रान्ति ल्यायो भनिन्छ, अत यसलाई "नागरिक पत्रकारिता" को दर्जा दिइन्छ (अन्य पाटाहरु पनि छन्) । अनि यता डिजिटल मार्केटिङमा पनि सोसल मिडियाले धार नै परिवर्तन गराइदिएकोछ । यसबाट मैले निकालेको निचोड भनेको 'सोसल मिडिया'ले "कम्युनिकेसन"मा युगान्तकारी परिवर्तन ल्याइदियो । इन्टरनेट

अस्ति एकजना साथीले मेरो मोवाइल नम्बर सोध्नुभो । "नाइन, एट, फोर, वान...", त्यसपछि आफैँलाई आफ्नो नम्बर तत्काल याद आएन ।त्यसो त मलाई मेरो मोवाइल नम्बर याद नहुने होइन, तर त्यो दिन अचानक साथीले सोध्दा भन्न नसकेको मात्र हुँ । घर आइसकेपछि आफैँलाई जाँच्न मनलाग्यो । मोबाइलको कन्ट्याक्ट्समा हेरेँ लगभग ३ हजारको नाम रहेछ, गुगल प्लसको कन्ट्याक्ट सबै आएछ फोनमा । गुगललाई एकछिन मनमनै गाली गरेँ, मैले कन्ट्याक्ट सिन्क गरेको त थिएन तर पनि फोनमा देखियो । मेरो बाहेक कतिजनाको नम्बर आफूलाई आउँदोरहेछ भनेर जाँच्नखोजेँ । अहँ, मेरो आफ्नु नम्बर बाहेक अरु कसैको नम्बर सम्झन सकिँन । प्रविधीको विकास र प्रयोग सँगै नम्बरहरु बिर्सिएछ , पहिले दर्जनौँका फोन नम्बर मुखाग्र थियो । केही दिनपछि यो साइट मा केही रमाइला कार्टनुहरु देखेँ, आफैँलाई व्यङ्ग्य गरेको जस्तो लाग्यो । मोबाइलले झुठो बोल्न सिकाको कुरा त ५-६ वर्ष अघि नै यहाँ लेखिसकेकोछु ।  Life Before and After Mobile Phones माथिका कार्टुनहरुसँग तपाई कत्तिको सहमत हुनुहुन्छ? 

"गजुर छ मन्दिर हैन, पखेटा छ चरा हैन, करंग छ मान्छे हैन, घुम्रिएको पुछर छ कुकुर हैन के हो साथी तेस्को नाम?"  गाउँखाने कथा भन्ने बित्तिकै आफूलाई चाँहि स्कुलको याद आउँछ । स्कुल पढ्दाताका गाउँखाने कथाहरु धेरै खेलिन्थ्यो, अरुलाई सोधिन्थ्यो, जवाफ पनि धेरै मिलाइन्थ्यो । हरेक बालपत्रिकामा "गाउँखाने कथा" हुने कारण पनि उ बेला धेरै जानकारी राखिन्थ्यो होला । हिजोआज गाउँखाने कथाका उत्तरहरु मिलाउन आफूलाई त हम्मे हम्मे पर्छ ।सबैकुरामा गुगलको भर पर्ने गरेका कारण कति कथाहरु त बिर्सि पनि सकियो । तर गाउँखाने कथालाई इन्टरनेटमा जिवित राख्न गाउँखाने कथा डटकम आएकोछ । सुशिल गुप्ताले निर्माण गरेको यस साइटमा गाउँखाने कथाहरु पढ्न सकिन्छ, अनि आफूले जानेका गाउँखाने कथाहरु साइटमा थप्न पनि मिल्छ । भविष्यमा गाउँखाने प्रतियोगिता पनि साइटमा राख्ने सुशिलको 'प्लान' छ ।  प्रयोगकर्ताहरुले अहिलेको लागि आफूलाई आउने गाउँखाने कथाहरु साइटमा थपिदिएर, गाउँखाने कथाको डेटावेस निर्माणमा सहयोग गर्न सक्छन् । 'थप्नुहोस्' सेक्सनमा गएर गाउँखाने प्रश्न, उत्तर, आफ्नो नाम र इमेल लेख्न