Skip to main content

Posts

Showing posts from October, 2009

Listen to Shirish Ko Phool Episode: 4.

उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । श्रुतीसम्बेग को यो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' को चौथो तथा अन्तिम अंक लिएर उपस्थित भएका छौँ ।



आज को वाचन सँगै, 'शिरिष को फूल' को वाचन सकिन्छ । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार गर्नुभएको कार्यक्रमलाई प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम ले साथ दिइरहनुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद !

विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ । आगामी हप्ता हामी श्रुती सम्बेग मा 'शंकर लामिछाने' ले 'शिरिष को फूल' को लागि लेख्नुभएको भुमिका तथा पारिजात कै अर्को कथा 'मैले नजन्माएको छोरो' लिएर उपस्थित हुनेछौँ ।

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ?


फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लगमार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ ।

अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भएको भन्दै…

Sundial Clock या भनौँ सौर्य घडि लाई विश्व को सबैभन्दा पुरानो घडि प्रविधि मानिन्छ । नेपाल मा पनि, काठमाडौँ घन्टाघर सँगै, छेउ मा सौर्य घडि रहेको छ । सौर्य घडि भएर पनि, अहिले कुनै उपयोग मा भने आएको छैन । एउटा भुलेको इतिहास झैँ भएर, त्रिचन्द्र कलेज को छेउ मा झोक्राएर बसिराको भान पर्छ । झार र घाँसहरु ले छोपिएको, अनि भएको घडि को पनि संरक्षण नगरिएको देख्दा दिक्क लागेर आउँछ ।

'अजबगजब ब्लग' का नविन सर ले मैले घन्टाघर को फोटोहरु राखेको बेला भन्नु भएको थियो, त्याँ Sundial Clock छ । अनि म दोहोरिएर गएको थिँए खोज्न, Sundial Clock लाई । तर यस्को अवस्था देख्दा चाँहि विरक्त नै लाग्यो । लाग्यो, हामी केही कुरा पनि जोगाएर राख्न सक्दैनौँ । Sundial Clock को अवस्था मैले भन्नु भन्दा पनि, तल को फोटो मा हेरेर बुझ्नु होला है ।

खासमा, Sundial Clock मा समय कसरी हेरिन्छ भनेर कौतुहलता होला, तल को फोटोलाई नियालेर हेर्नुस् त्यहाँ विभिन्न कोणहरु मा धर्काहरु बनाइएका छन्, रोमन मा १ देखि १२ लेखिएका छन् । अनि समय हेर्नलाई चाँहि सूर्यलाई आधार बनाइन्छ । सूर्य जता छ, त्यस्कै आधारमा घडि हेर्दै यति बज्यो भनेर भन्ने गरि…

Listen to Shirish Ko Phool Episode: 3.

उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । श्रुतीसम्बेग को यो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' को तेस्रो अंक लिएर उपस्थित भएका छौँ ।


सकम्बरी सँग को एकतर्फी प्रेमले भित्र भित्रै खोक्रो भएको सुयोगविर ले के गर्लान् त ? आज को शिरिष को फूल को अंक यही कुरा को वर्णन सँगै अघि बढ्दै गएको छ । अत: सुन्नुहोस्, श्रुती सम्बेग को यो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद !

विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

सायद तपाईहरु मोनालिसा को मुस्कान देखेर छक्क पर्नुभएको होला । अहिले सम्म कै अद्वितिय मानिएको मोनालिसा को फोटो नदेख्ने सायद कमै होलान् । सायद तपाईहरुले नियालेर हेर्नुभएको याद गर्नु भएको होला, एकैछिन हाँसिरहेको लाग्ने मोनालिसा अर्को पटक सिरियस भएको देख्नुहुनेछ । एउटै फोटो हेर्दा पनि हामी किन यतिसारो झुक्कीरहेका छौँ । कहिले मोनालिसा हाँसेको भान पर्छ भने, कहिले गम्भिर भएको भान हामीलाई पर्छ । यस्तो किन लागेको होला त ? भै’गो धेरै नसोच्नुहोस्, मोनालिसा को तस्विर को रहस्य खुलिसकेको छ । हाम्रो आँखाहरु ले मष्तिष्कलाई पठाउने मिश्रित संकेत का कारण हामीलाई मोनालिसा कहिले हाँसेको त कहिले गम्भिर लागेको भ्रम पर्छ ।

हाम्रो आँखा को रेटिनामा हुने विभिन्न कोषहरुव्दारा भिन्न भिन्न समूहका सुचना ‘च्यानल’ को रुपमा मष्तिष्क मा एकैसाथ प्रवाह गर्नेगर्दछ । ती च्यानलहरु ले object's size, clarity, brightness and location in the visual field बारे का सुचनाहरु एकैसाथ प्रवाह गर्छ ।

Diego Alonso Pablos सँग मिलेर यसकुरा को अध्ययन गरिरहेका Institute of Neuroscience in Alicante, Spain का न्युरोविशेषज्ञ Luis Martinez Ot…

बन्द छ हृदय
शिथिल छ शरीर
श्वास फेरिदिने कोशिश नगर

संसार भुलिदिएछु तिमीलाई चाहन खोज्दा
आफूलाई बिर्सिदिएछु तिमीलाई खोज्न चाहदा
सपना मै छ संसार
अन्धकार मै छ तिम्रो अस्तित्व
ब्युँझाईदिने कोशिश नगर

यसमा दोष तिम्रो हैन मेरो नै छ
अञ्जान समबेगलाई परिभाषा दिने जुन प्रयास मैले गरें
बान्छना त कुन हृदयमा पलाउदैन होला
तिम्रो अस्तित्वलाई अँगाल्ने जुन भुल मैले गरें

लज्जित छ अभिलाषा
दोषी छ हृदय
माफि दिने कोशिश नगर

लाग्थ्यो आँखाको अभिन्न अंश हो तिम्रो स्वरूप
तिम्रो सुन्दरताको ओजस्बिले बन्थें म कुरुप
रसाईसकेछन नयन
बगिसकेछ त्यो आकृति
आँखा खोलिदिने कोशिश नगर

चिसो आगो र निराश आशा छ मनमा
भाग्यलाई दोषी देख्ने सामर्थ्य छैन
दु:खी राख्ने चोट र अनन्त तिमी बोकी
बाँचिराख्ने जीवन देख्ने ईक्षा छैन

पार्थिब छ शरीर
आगो छ तिम्रा चाहनाको
समबेदना दिने कोशिश नगर ।

-अनिल शिवाकोटी
कुपन्डोल ।

Listen to Shirish Ko Phool Episode: 2.

उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग आज देखि ब्लग बाट पनि बजाउँदै छौँ । श्रुतीसम्बेग को पहिलो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' लिएर उपस्थित भएका छौँ । आज को अंकमा पारिजात को उपन्यास शिरिष को फूल को दोश्रो अंक लिएर उपस्थित भएका छौँ ।

शिरिष को फूल को कथानक मैले भन्दा सुन्नलाई खल्लो लाग्ला । अत: सुन्नुहोस्, श्रुती सम्बेग को पहिलो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद !

विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो एउटा सपना छ, शान्त सडक, मुख्य सडकका दुइतिर फराकिला साइकलमार्ग अनि सिमित सवारीसाधन मात्र । काठमाडौंको स्वच्छ वातावरणमा साइकल यात्रीहरु आ-आफ्ना गन्तव्यतफ गुडिरहेका छन् । स्कूलतर्फ होस या कार्यालयतर्फ, विहान बेलुका, अनि पर्यटक हुन वा यात्रु निर्धक्कसाथ साइकल सयर गर्दै ।

जलवायु परिवर्तनको प्रसग संगै जोडिन आउछँ पृथ्वीको तापमान वृद्धि, हरितगृह प्रभाव अनि ओजनतहको विनाश । १९९७ को क्योटो प्रोटोकल (Kyoto Protocal) ले वातावरणलाइ प्रत्यक्ष असर पार्ने ग्रिन हाउस ग्यास (Green House Gases) GHG को मात्रालाइ सुन्तुलन राख्न मपदण्ड वनाइसकेको छ । प्रमुखत : GHG विकास निर्माणका कार्यहरु तथा यातायातका साधनवाट निस्कने गर्दछ । नेपालजस्तो देशमा विकास निर्माणका कार्यहरुले प्राथमिकता पाउनुपर्ने अवस्थामा तपाइ हामीमा एउटा जिम्मेवारी आउँछ कार्बन फुट प्रिन्ट (Carbon Foot Print) को न्यूनिकरण । अहिले Carbon Foot Print को न्यूनिकरण अन्तराष्टिय बहस वनेको अवस्थामा, नेपालमा पनि थुपै गोष्ठी, सम्मेलन भइरहेका छन् , तर ति कती सफल भए भन्ने कुरा विश्लेषण गर्नु आवश्यक छ ।

यही समस्याको समाधानको बाटो खोज्दा एउटा प्रसंग उठ्यो…

Listen to World Cyclist Puskar Shah's experience in his own voice.

विश्वमा शान्ति फैलिरहोस् भन्ने कामना का साथ साइकल चढेर विश्व विजय गर्न ११ वर्ष अघि निस्किएका थिए पुष्कर शाह । दोलखा का पुष्कर शाह एसएलसी सकेर उच्च अध्ययन को लागि भनेर काठमाडौँ आए, तर उनको मन काठमाडौँ मा अड्न सकेन, फलस्वरुप उनी विश्व साइकल यात्रा मा निस्किए । अनि साइकल यात्रा सुरु गरेको ११ वर्षपछि उनले आफ्नो साइकल यात्रा सकिएको घोषणा गरे ।

काठमाडौँ साइकल सिटि सन् २०२० अभियान ले काठमाडौँ विश्वविद्यालय मा आयोजना गरेको एक कार्यक्रम मा उनै पुष्कर शाह आइएपुगेका थिए, अतिथि बनेर । उनी भन्दै थिए, हिमाल को माइनस ५ डिग्री तापक्रम देखि लिएर, मरुभुमी को ५० डिग्री तापक्रम मा दौडिएका क्षणहरु छन् । अनि फुटपाथ मा मस्त निदाएको रातहरु देखि लिएर, पाँच तारे होटल मा निन्द्रा नलागेका रातहरु छन् । हो, उनै पुष्कर शाह, जसले साइकल बाट विश्व विजय गरेको छ । आज उनकै यात्रा का रोचक अनुभवहरु हामी सुनाउँदै छौँ, उनकै आवाज मा ।

अफ्रिका मा लुटिएको क्षण देखि, मेक्सिको मा अपहरणमा परेका क्षणहरु उनी सम्झन्छन् । जिवन का ११ वर्ष साइकल को पाइडल खियाएर बिता…

Listen to Shirish Ko Phool.

उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग आज देखि ब्लग बाट पनि बजाउँदै छौँ । श्रुतीसम्बेग को पहिलो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' लिएर उपस्थित भएका छौँ ।

शिरिष को फूल को कथानक मैले भन्दा सुन्नलाई खल्लो लाग्ला । अत: सुन्नुहोस्, श्रुती सम्बेग को पहिलो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद !

विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

शुरु-शुरुमा एउटा शब्दले कुनै मूर्त वस्तु वा वस्तु-समूहलाई मात्र जनाउँथ्यो होला। अमूर्त वस्तु, सोचाइ र चिन्तनको अभावमा तिनलाई जनाउने शब्दको आवश्यकता पनि भएन। त्योभन्दा पहिले बाँदरको जस्तै आवाज निकालेर औंलाले देखाउँदै आ-आ ऊ-ऊ गर्नुपर्थ्यो होला। अझै पनि हामी आफूले नचिनेको कुनै चिज कतै देख्यौं भने ऊ त्यो भनेर देखाउँछौं।

नेपाली भाषालाई ऊ भन्ने यो एक अक्षरे शब्दले जति शायदै कुनै अर्को शब्दले गुन लगाएको होला। जस्तोसुकै नयाँ कुरा किन नहोस्, कुनै चिजको नाम नआओस् वा बिर्सियोस्, हाम्रो बचाउको लागि ऊ सदा तत्पर रहन्छ। नेपालीमा ऊ भनेपछि जे पनि हुनसक्छ। कसैले ऊ भनेर भनिएको कुनै कुरा बुझन सकेन भने त्यो लाटो मानिन्छ। यसको बारेमा एउटा उखानै छ― ऊले भन्दा कुन्नि के ल्याउने जस्तो! ऊ जस्तै जेलाई पनि मिल्ने शब्द अरू नभए पनि एक भन्दा बढी अर्थ लाग्ने शब्द धेरै छन्― तर, भिनाजु, कोइराला, आदि। एउटै शब्दबाट धेरै कुरा अथवा धेरै शब्दबाट एउटै कुरा जनाइनु वास्तविकता हो वा भाषाले सिर्जेको कृत्रिमता, कहिलेकाहीं ठम्याउन समेत अप्ठेरो पर्नसक्छ। जस्तो अङ्ग्रेजीका तीन शब्द see, look र watch को सट्टा हिन्दीमा एउटा शब्द देखना …

त्यो चन्द्रमा आकाशमा नभए पनि ,औँशी परेको पनि त होइन
तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन।

बाँच्ने इच्छा थियो मेरो तिमीलाई मनको ढुकढुकी भनि
तिम्रो आकृतिको प्रतिबिम्ब खोज्दथेँ अन्धकारमा पनि।
ढुकढुकी बन्द भएपनि, बाँच्न नचाहेको पनि त होइन
तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन।

क्षणिक भएतापनि तिम्रो हाँसोलाई आँखामा राख्न चाहेथें
उघानको अनगिन्ती फूलहरुमध्ये सून्दर एउटा पाएथें।
आखाँ केही रसाएपनि, आशु झार्न लागेको पनि त होइन
तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन।

म त भाग्यमानी नै रहेछु,तिम्रो तिरस्कार भए पनि पाएछु
तिमीलाई खोज्दै हिडेथें,तर तिमी भित्रै नै हराएछु।
त्यही तिरस्कार पिएर, बेहोस हुन रोजेको पनि त होइन
तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन।

-अनिल सिवाकोटी
कुपन्डोल !

--
imgsrc:school-clipart.com

‘मन, किन रुन्छ यो मन’ भन्ने गित एकपटक प्राय: सबैले रुचाए । सायद सबैको कथा यो गित ले भनिदिएको थियो होला । कहिलेकाँहि सोच्छु, यो ‘मन’ भन्ने चिज किन बन्यो होला । हाँसिरहेको मन एकैछिनमा रोइदिन्छ अनि अघिसम्म रोइरहेको मन एकैछिनमा हाँस्न थाल्छ । मन किन यति सारो सन्कन्छ ?

मन प्राय: वशमा हुँदैन, संसारमा प्रकाश को गति सबैभन्दा धेरै छ तर त्यसभन्दा करोडौँ गुना मन को गति छ, एकछिन अघिसम्म पछारिएको मन, एकैछिनमा चन्द्रमा चुमेर अघि बढ्छ । सबैले महशुस गरेको हुनुपर्छ, मन दुईवटा हुन्छन्, एउटा राम्रो सोच्ने अनि अर्को नराम्रो सोच्ने । अनि यी दुई मनहरु बिच घमासान पर्दा, हामीहरु को मगज नै खल्बल्याइदिन्छ । प्राय: यी दुई को झगडामा नकरात्मक पक्ष ले सकरात्मक पक्षलाई चेप्ट्याइदिन्छ ।

हो पनि, कहिलेकाँहि एउटै कुरालाई हेर्दा पनि म दुईवटा अर्थ लगाउँछु, एउटा राम्रो अर्को नराम्रो । तर परिस्थिति यस्तो बनिदिन्छ की, नराम्रो भन्ने थाहा हुँदाहुँदै पनि नराम्रो पक्ष को जित हुन्छ, अनि त्यसले निम्त्याउँछ कलह । आज महशुस हुँदैछ, मेरो मन को खैलाबैला का कारण, “लहरो तान्दा पहरो गर्जिएसरी”, कलह निम्त्याएकोछ । मन देखि मन सम्म को दूरी बढ…

Listen to story 'Biteka Kura'.

आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् ।

बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठको आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु ।

आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ ।

(साभार: मेरो रेडियो)