Skip to main content

मन

‘मन, किन रुन्छ यो मन’ भन्ने गित एकपटक प्राय: सबैले रुचाए । सायद सबैको कथा यो गित ले भनिदिएको थियो होला । कहिलेकाँहि सोच्छु, यो ‘मन’ भन्ने चिज किन बन्यो होला । हाँसिरहेको मन एकैछिनमा रोइदिन्छ अनि अघिसम्म रोइरहेको मन एकैछिनमा हाँस्न थाल्छ । मन किन यति सारो सन्कन्छ ?

मन प्राय: वशमा हुँदैन, संसारमा प्रकाश को गति सबैभन्दा धेरै छ तर त्यसभन्दा करोडौँ गुना मन को गति छ, एकछिन अघिसम्म पछारिएको मन, एकैछिनमा चन्द्रमा चुमेर अघि बढ्छ । सबैले महशुस गरेको हुनुपर्छ, मन दुईवटा हुन्छन्, एउटा राम्रो सोच्ने अनि अर्को नराम्रो सोच्ने । अनि यी दुई मनहरु बिच घमासान पर्दा, हामीहरु को मगज नै खल्बल्याइदिन्छ । प्राय: यी दुई को झगडामा नकरात्मक पक्ष ले सकरात्मक पक्षलाई चेप्ट्याइदिन्छ ।

हो पनि, कहिलेकाँहि एउटै कुरालाई हेर्दा पनि म दुईवटा अर्थ लगाउँछु, एउटा राम्रो अर्को नराम्रो । तर परिस्थिति यस्तो बनिदिन्छ की, नराम्रो भन्ने थाहा हुँदाहुँदै पनि नराम्रो पक्ष को जित हुन्छ, अनि त्यसले निम्त्याउँछ कलह । आज महशुस हुँदैछ, मेरो मन को खैलाबैला का कारण, “लहरो तान्दा पहरो गर्जिएसरी”, कलह निम्त्याएकोछ । मन देखि मन सम्म को दूरी बढेको छ ।

मन भनेको गज्जब को चिज रहेछ । अनि प्राय: एकान्तमा धेरै सक्रिय हुँदोरहेछ । एकान्तमा, फूर्सद हुँदा, मनमा अनगिन्ति कुराहरु खेल्न थाल्छन्, घमासान लडाइ पर्छ अन्त्यमा मुखबाट फुत्कन्छ अनि सबै स्वाहा । म सोच्छु, त्यसबेला मन ले किन राम्रो सोच्न सक्दैन । अनि लाग्छ, यो मन नै नभइदिने हो भने कति गज्जब हुन्थ्यो होला ।

यो मन कहिले चंगा जसरी उडिदिन्छ त कहिले नौनी सरी पग्लिदिन्छ, अनि कहिलेकाँहि चट्टान भन्दा पनि साह्रो बनिदिन्छ । आखिर किन यो हुन्छ ? मन किन कहिले यति कठोर अनि कहिले त्यती नरम बनिदिन्छ ? ब्याख्या आ-आफ्नै हुनसक्छन्, तर यो मन किन यस्तो हुन्छ ?

म आफैँ छक्क पर्छु, एउटा पाटो सोच्दा झनक्क रिस उठ्छ, अनि अर्को पाटो सोच्दा आफैँ ग्लानि ले पानी पानी हुन्छु । कहिलेकाँहि सबै कुरा एकदम बेक्कार लाग्छ, बेक्कार को दु:ख यही मन कै कारण, हुनु केही छैन, भएको केही छैन तर यही मन को घमन्ड अनि मन को तर्कनाले बेक्कारमा धेरै दु:ख दिन्छ । तर फेरी कहिलेकाँहि यो पुरै संसार नै मन भित्र अटाइदिन्छ । मन को कुरा अभिव्यक्त गर्ने तरिका गलत हुँदा पनि, कहिलेकाँहि पछुतो लाग्ने रहेछ । हुन त महशुस नगरिकन केही पनि गर्न सकिँदैन तर नकरात्मक लागेका कुराहरु भित्र पनि डुबुल्की मारेर हेर्ने हो भने, सकरात्मक कुरा देखिन्छन् । तर यी सबै कुरा को लागि पनि मन नै चाहिने ।

यही मनका कारण जिन्दगी मा ठूलो पाठ सिकिएको छ, अब मनलाई आफ्नो वशमा पार्ने कोशिस गर्दैछु । आशा छ, यो सिकेको पाठ आगामी दिन मा कामलाग्ने छ । धन्यवाद उनको मनलाई । तर पनि अन्त्यमा यशकुमार को गित मा सहि थप्दै भन्छु, ‘तिम्रो मन बदलिएछ…” । उनको मन पनि उही सपना श्री कै स्वरमा सही थाप्दै भन्दै होला, ‘तिम्रै मन बदलिएछ…” । कुनै मन ले आफ्ना गल्तिहरु स्विकार गरि, अब ती गल्ति कहिले दोहोर्याउँदैन भनेर कसम खान्छ भने, अन्तिम माफी भनेर त्यसको मनलाई माफी पो दिने हो की जस्तो पनि लाग्छ ?

हुन त जब मन ले घमण्ड गर्छ, जब मन ले म र मेरो स्वतन्त्रता भनेर घमण्ड गर्छ भने, त्यो मनलाई सम्झाउन बुझाउन सकिँदैन किनकी घमण्ड को उपचार छैन रे ! जिवनमा माफी दिन सक्दैन र जान्दैन भने, त्यस्तो मन को पनि केही काम छैन । त्यो मन सँग केबल घमण्ड हुन्छ र सँधै टेढो सोचिरहन्छ । मेरो मन वरिपरि धेरै मनहरु झुम्मिएका छन् भनेर कुनै मन ले दिउँसै सपना देख्छ अनि, नजिक का आफ्ना भनिएका मनहरु लाई कुनै वास्ता गर्दैन भने, त्यो मनलाई, त्यो मन भएकाहरुलाई ‘भिरबाट लड्ने गोरुलाई राम, राम भन्न सकिन्छ, काँधै हाल्न त सकिँदैन’ भन्नु सिवाय म सँग कुनै विकल्प छैन ।

आज सकरात्मक सोचिरहेको मन ले , एक्कासी नकरात्मक सोचिदिन्छ । म यही कुरा सोचिरहेको छु, यो मन भन्ने चिज के ले बनेको हुन्छ ? अनि मन किन यस्तो हुन्छ ? किन आफू माथि सहानुभुति राखीयोस् भन्ने सोच्छ मन, आखिर उनीहरु, तिनीहरु, तिमीहरु, तपाईहरु, हजुरहरु को नै हो र ? जय होस्, ‘मन’ को !

Comments

  1. हो है ? यो मन भन्ने अचम्मको जिनिस नभै'दिया भे कस्तो हुँदो हो मान्छेको जुनी !
    तर धन्यवाद त्यो मनलाई, जसको बदलिनुले यति सरल र सरस लेख जन्मियो ।

    ReplyDelete
  2. जे गर्छ यो मनले नै गर्छ-तर, यसले आफुलाई वशमा पार्नुअघि यसलाई आफ्नो वशमा राख्ने कला सिके धेरै राम्रो! :)

    ReplyDelete
  3. मन लाइ बसमा राख्ने कला सिक्नु मात्र को कुनै अर्थ छैन त्यसलाई प्रयोगमा ल्याउनु ब्यबहारमा ल्याउनु ठुलो कुरा हो, सिक्न सजिलो छ तर ब्यबहारमा ल्याउन नै कठिन छ | हामी मध्ये धेरैलाई थाहा छ मनलाई बसमा राख्न के गर्नु पर्छ भनेर तर ब्यबहारमा हामी कति जनाले उतारेका छौ त ?

    ReplyDelete
  4. बश मा छैन मेरो मन.....;)

    ReplyDelete
  5. hummmm. Yo lekh rahechha,

    Tan bhitra ko mann
    jati bujhna khojyo
    uti gahirincha jhan-jhan......

    Here I recalled the song, "Yo bujhani nasakine maanish ko jivan, jivan bhanda gahiro meri premika ko mann..............."

    :-)

    J

    ReplyDelete
  6. मन लाइ बसमा राख्ने कला सिक्नु मात्र को कुनै अर्थ छैन त्यसलाई प्रयोगमा ल्याउनु ब्यबहारमा ल्याउनु ठुलो कुरा हो, सिक्न सजिलो छ तर ब्यबहारमा ल्याउन नै कठिन छ | हामी मध्ये धेरैलाई थाहा छ मनलाई बसमा राख्न के गर्नु पर्छ भनेर तर ब्यबहारमा हामी कति जनाले उतारेका छौ त ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ...

Subscribe to Aakar Post