Skip to main content

Posts

Showing posts from April, 2009

-दिक्क लागेपछि- Listen to Gajal. गुमाएर होशहरु मात लिएर आएँ । माफ गर बिन्ती आज अली पिएर आएँ । निराशाका काँडाहरुले कोर्दा कोर्दा च्यातिएको उध्रिएको जिन्दगीलाई मदिराले सिएर आएँ । धेरै जिए अभाव र सम्झौता को जीवन मैले अलिकती मधुशाला को जिन्दगी जिएर आएँ । बाटा हिँड्नेहरु पनि मलाई हेर्दै हाँस्दै हिंडे अपमानका छालहरुले अलिकती खिएर आएँ । गुमाएर होशहरु मात लिएर आएँ । माफ गर बिन्ती आज अली पिएर आएँ । -साभार : मेलोडियस मिलन आवाजमा : आकार -माथिको अडियो डाउनलोड गर्नुहोस् ।

I know you love to listen Nepali Radio Online and sometime going to particular site for listening live fm may be irritating. Yes, I’ve realized that. As for example, I want to listen Kantipur fm 96.1 Online, and for this I’ve to go to it’s site http://www.kfm961.com/live . But here in Nepal most of has slow internet connection. And if you want to access site of Kantipur fm, it takes sometime to open. May be sometime, your browser will be hang because of this. Also, Most of the people would like to Listen BBC Nepali Sewa and BBC World Live, as they are the most reliable source of news. But going to BBC site every time to listen BBC may be irritating too. So, I’ve brought up the solution for it as these days I’m listening Kantipur fm, BBC Nepali Sewa, BBC World Live right from my desktop without any other software like radio tuner or fm tuner. For this, simply you need only real player as these files has extension as .rm (.rm file). First of all, get the real player and install it in

म अहिले उभिएको छु, त्रिपुरेश्वर चोकमा, युनाइटेड वल्ड ट्रेड सेन्टर को बाहिर ! आँखा, अगाडि तेर्सिएको बोर्डमा पर्‍यो, अझ सुन्धारा जाने बाटो देखाइएको हेर्दा त हाँसो पनि उठ्यो । यसो हेर्दै गा'को त ट्राफिक लाइट पनि त्यस्तै हालतमा पो रहेछ । म किन अचम्म मा परेँ भने, त्रिपुरेश्वर व्यस्त चोक, अनि त्यहाँ ट्राफिक लाइट, तथा संकेत बोर्ड ढलेको केही दिन भइसकेको छ । तर खै, कसैको आँखा नपुगेको हो कि के हो, त्यस्तो बिजोग त गर्नुभएन नि ! सायद, सबैलाई प्रधानसेनापति को बारेमा सोच्दैमा फुर्सद नभएर होला, यति सानो कुरा पनि मर्मत संहार नगरिएको । आखिर जे भएपनि नेपाल हो, जे गर्दा पनि चल्छ भन्ने सोच ले सबैकुरा डोरिएको होला । लौ, सुन्धारा त्रिपुरेश्वरबाट कता पर्दोरहेछ ? यी फोटोहरु हेर्नुस् त : Note: These pictures are taken from my mobile.

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न

“पछाडि सर्नुस् त”, राम्रैसँग ले बोलेको भएपनि, उसलाई झनक्क रिस उठ्यो, अर्को को कुरा सुनेर । २०६५ साल को अन्तिम दिन, भोलिपल्ट नयाँवर्ष भएका कारण अधिकांश बसहरु भरिएका छन् मान्छे ले । जाने हतारो सबैलाई छ, काठमाडौँ नै जानुछ सबैलाई, सहर मा रमाइलो गर्नलाई । फोहोर को डंगुर काठमाडौँमा, खानेपानी को हाहाकार काठमाडौँ मा, प्रदुषित वातावरण काठमाडौँ मा, सबैलाई यी कुराहरु थाहा भएपनि तर सबैको मन मा काठमाडौँ मा एउटा सानो घर भइदिए हुन्थ्यो भन्ने लाग्ने गर्छ । २०६५ साल को अन्तिम शनिबार विना कुनै पुर्व योजना, हाम्रो ७ जना को टोली धुलिखेलबाट मेलम्ची हान्निएको थियो, छत यात्रा गर्दै । मेलम्ची को धुलो बाटोमा छत मा बसेर धुलो खानेमा थियौँ, मदनमणि अधिकारी, लक्ष्मीप्रसाद खतिवडा, आशीष लुँइटेल, प्रवेश पौडेल, ईशान गजुरेल, शेखर के सी र म । सायद, यही “पछाडि सर्नुस् त”, भन्ने डाइलग सुन्नु नपरोस्, कोचिनु नपरोस् भन्ने मनसाय ले नै हामी छत मा चढेका थियौँ (?), साथ मा नयाँ बाटो र ठाउँ खुल्ला ठाउँमा बसेर हेर्नु को मज्जा पनि त बेग्लै छ । ट्राफिक नियम को उछित्तो काट्दै हामी बसको छत मा बसेर काभ्रे र सिन्धुपाल्चोकका ठाउँहरु कौतुहल

सन् १९९७ मा स्थापना भएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि), काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रे मा कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु व्दारा सञ्चालित गैर-नाफामुखी तथा आत्मनिर्भर कम्प्युटर क्लब हो । विगत ११ वर्षदेखि सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि) नेपाल कै एक उत्कृष्ट कम्प्युटर क्लब हो । विगतका वर्षहरुमा झैँ, यसवर्ष पनि केयुसिसि ले कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट, काठमाडौँ युनिभर्सिटि सँग को सहकार्यमा “सफ्टवेयर मिट – २००९” आयोजना गर्दैछ । प्रमुख अतिथि, माननिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री श्री गणेश साह व्दारा उद्‍घाटन गरिने “सफ्टवेयर मिट – २००९” तीन दिन सम्म चल्नेछ । कार्यक्रममा, विभिन्न कलेज का विद्यार्थीहरुव्दारा निर्माण गरिएका सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरु तथा प्रोजेक्टहरु विच प्रतिस्पर्धा गराइनेछ, साथै सूचना प्रविधि तथा कम्प्युटर प्रविधिसँग सम्बन्धित कार्यपत्रहरु पनि कार्यक्रम मा पेश गरिने छ । सूचना तथा कम्प्युटर

नेपाली रुपैयाँ को नोटमा अब प्रचण्ड को फोटो छापिने भएको छ । हाम्रा प्रधानमन्त्री पुषपकमल दाहाल "प्रचण्ड" अहिले नर्वे लगायत का मुलुकहरुको को भ्रमणमा रहेकाछन् । जलस्रोत तथा विद्युत उर्जाका सम्बन्धमा छलफल गर्न नर्वे गएको भनिएपनि प्रचण्ड ले आफ्नो फोटो कागजी नोटमा छाप्ने व्यवस्था बारे पनि नर्वेका अधिकारीहरुसँग छलफल गरेका कुरा, आकारपोष्ट का नर्वेस्थित एक पाठक ले जनाएकाछन् । नर्वेबाट आकारपोष्ट ब्लग पढ्दै र कमेन्ट गर्दै आएका हाम्रा एक पाठकले यो कुरा हामीलाई जानकारी गराएकाहुन् । विगत १०० वर्षमा नेपाल ले जम्मा ६१० मेगावाट विद्युत उत्पादन गरेको, तर प्रधानमन्त्री प्रचण्डले १० वर्ष भित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने कुरा केही समय पहिले बताएका थिए । स्रोत भन्छ, १० वर्ष भित्र १० हजार मेगावाट भन्ने कुरा ले नर्वेका राजा समेत छक्क परेका थिए । नेपाल को राजनितिक अस्थिरता र माओवादीको कोकल्याँटोपन देखेका, भोगेका, र माओवादी को प्रतिबध्दता को कार्यान्वायन कस्तो हुन्छ भनेर थाहा पाएका नर्वेजियनहरुलाई प्रधानमन्त्री प्रचण्ड को कुरा नपचेको भेद, अस्ति आयोजित रात्रीभोजमा उनीहरुले व्यक्त गरेका थिए ।