Skip to main content

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ ।

हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ ।

हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको छु, टिप्पणीहरु तल दिइएकाछन् ।

Palpasa Café's Hangover! शीर्षक मा अन्जली लेख्छिन्:

Literature in true sense speaks out the millions of pressurized voices of the victims of any adversity if used to represent their true sentiments. And, the potential of articulating the emotions in an effectual way is a major skill of any writer. The similar powerful expressions in "Palpasa cafe" made me subsist in the exasperating condition of my country during the 12 years of people's war.

Though I had heard its alacrity's appraisal numerous times from my teacher, I was quite unlucky to grab its first copies as soon as it was published in 2005. I was only a student of class 10 at that time, who rarely got time from the course book. Yet, I deem now that I would still be deprived from its clear depiction of life under threat and the innocent laypeople's reluctant sacrifice for the unknown objectives if I had not got it as my 19th birthday gift recently. The heaps of previous offerings had never enthralled me as much as this single one on this year did.

Narayan Wagle introduces two characters- Drishya and Palpasa as his main protagonists. The story jogs between the unexpressed affection between them. Drishya is a creative painter who runs away from his own inner feelings and loves isolation whereas Palpasa dares to utter her feelings. Their magnetism itself faces conflicts, even between cultures they were brought up in as one was brought up in the Western culture whereas the other within the natural fragrance of our countryside.

In the mid, the itinerant Drishya disappears from his beloved's sight under pressure of his created revolting character Siddhartha towards the landscapes. He gains the experience of the dreadful lives of blameless sufferers of the ongoing war and of the ones involved within it and their uncertain life hanging on the edge of the sharp sword. The helplessness of the widows, orphans, the support less mothers and the relatives dying every moment in the loss of their dearly loved kin is heart piercing. Their frailty and the evergreen trepidation shrouding their minds regarding both warrior parties (Maoists and Army) reminded me of the dread we too experienced during the wartime as my guardian was a security personnel.

Since I am talking about the ominous situation and fear, one might develop a pessimistic view that it must be a tragic novel. It is, but it also includes jocular dialogues regarding the apprehension of adversity. A small girl (Nanu) throws her sight about her love for her mitini. She also naively denies coming to Kathmandu as she had heard about the Narayanhiti massacre and the daily bloodsheds (Raja lai ta marne thau, darr lagchha). The people in the remote places were the genuine witnesses and victims of the tragic aftermaths of every crossfire, battle, bombardment and the hatred between brothers increased by the weapons.

The brainstorm of abroad studies and employment was swiftly amplified due to obliterating and uncertain civil war which was deteriorating Nepal's stipulation. It succeeds in illustrating the psychological hazard caused by the confrontation.

Palpasa café can be defined as a milestone of the portrayal of the Maoists insurgency for a whole decade. Its captivating style, simple language but sardonic and serious moral, a eloquent portrait of the ongoing distress in an impressive manner did not let me halt at any point. The circumstances the characters subsist in made me feel included in their verves till the last word of the novel. Until now, I have not been able to make a complete comeback to my world from theirs!

त्यस्तै पल्पसा क्याफे --पुस्तक समिक्षा शीर्षकमा संगम लेख्छिन्:
नेपाली दैनिक पत्रिका कान्तिपुर’का सम्पादक नारायण वाग्लेद्वारा लिखित पल्पसा क्याफे’ एउटा आधुनिक उपन्यास हो । यसमा लेखकले निकै सरल र सहज ढङ्गमा पत्रपत्रिका भाषाको प्रयोग गरेको छ ।

यस उपन्यासमा नेपाली आम जनता भन्दा अलि उच्च स्तरको व्यक्तिलाई मुख्य पात्रका रुपमा प्रस्क्तत गरेको छ जसमा सामाजिक तथा भौतिक जीवनको पनि उत्तिकै महत्व रहेको छ । बाथरुम जाँदा पनि आधुनिक कम्प्यूटर ल्यापटपको प्रयोग गर्नु च्याट इमेल रेस्टूराँ जाने र त्यहाँ बब् मार्लीको सङ्गीत सुन्ने विदेश जाने प्रवृति बोल्दा बोल्दै वीचमा अङ्रेजी भाषाको प्रयोग गर्ने आदिले हाम्रो देशमा आधुनिकरण भित्रिसकेका छन् भन्ने बारेमा स्पष्ट रुपमा बताउँछ ।

बिगत दश वर्षे जनआन्दोलनमा बलि भएका सहिदहरु र देशले भोग्नु परेका पिडाहरु प्ानि निकै राम्ररी प्रस्तुत गरेका छन् यस उपन्यासमा । नेपाली जनता मुख्यतया गाउँवासी नेपालीलाई कसरी असर परेको थियो र कति डरलाग्दो स्थिति थियो भन्ने कुरा जीवन्त रुपमा प्रकट गरेको छ । सहरमा बस्ने मानिसहरुले त समाचारबाट मात्र सुनेका थियो तर यो पढेपछि ती घटेका दुःखदायी घटनाहरु आफैले प्रत्यक्ष रुपमा भोगेको जस्तै महसुस हुन्छ । कसरी मानिसहरु भेला भइ जङ्गल पसे र कसरी युद्ध सुरु भयो भन्ने बारेमा चर्चा गरिएको छ ।

यस उपन्यासमा मुख्य पात्रका रुपमा दृश्य पल्पसा छिरिङ फूलन सिद्धार्थ आदि र अन्य सहयोगी पात्रका रुपमा रहेका छन् । हरेक पात्रको भूमिका फरक फरक रहेको छ र सबैका आ-आफ्ना विशेष्ता रहेका छन् ।

दृश्य एक चित्रकार हो । उ देश विदेश घुमी चित्र कोर्ने गर्दछ । मानिसहरु भन्छन् चित्रकारहरुको स्वभाव आम मानिसभन्दा अलि भिन्दै हुन्छ । यस उपन्यासमा पनि दृश्यको चरित्र अलि भिन्दै छ । उसलाई शान्त वातावरण मनपर्छ र एकान्तमा बस्न रुचाउँछ । अरु कसैसगँ उसको त्यती मेलमिलाप छैन । उसले आफ्नो चित्रहरु सङ्कलन गरी आफ्ना कृतिहरु प्रकाशित गरेका छन् । यीनै कृतिले गर्दा दृश्य र पल्पसाको भेट भारतीय शहर गोवामा हुन्छ । पल्पसा दृश्यका ती कृतिहरुबाट निकै प्रभावित हुन्छे र त्यसै कारणले तिनीहरुको मित्रता बढ्छ ।

पल्पसा एउटी तरुनी युवती हुन् जो भख्खरै विदशबाट नेपालमा बस्ने भनेर फरकेको हुन्छ । विदेशमा हुर्कीएकोले उनी नेपाली बोल्दा वीचमा अङ्रेजी भाषाको प्रयोग गर्छे चाचल स्वभावकी छ र जे कुरा पनि खुलस्त रुपमा भन्छिन् । उनलाई विदेश फर्कने रहर छैन । दृश्यलाई भेटेपछि नेपालमा बस्ने इच्छा अझै बढ्छ । उनलाई आफ्नो हजूरआमासगँ बसी यहीँ काम गर्ने इच्छा छ । पल्पसासगँको मित्रता बढेपछि दृश्य हजूरआमासगँ पनि नजिक हन्छ र हजूरआमालाई पनि दृश्य आफ्नो छोरा जस्तै लाग्छ । त्यसैगरी अरु पात्र छिरिङ दृश्यको मिल्ने मित्र हो । फूलन दृश्यको सेक्रेटरी हो । अन्तिममा दृश्यलाई पल्पसाको नाममा एउटा क्याफे खोल्ने इच्छा हुन्छ जसमा उ पल्पसा सिरिज भनि आफ्नो पल्पसाका बारेमा चित्रहरु प्रस्तूत गर्न चाहन्छ ।

काठमाडौँमा एक दिन बडो नराम्रो घटना हुन्छ । ह्ाम्रो पुजनीय राजा बिरेन्द्र तथा राजदरबार हत्याकाण्डको असहिय घटना घट्छ र देशलाई अशान्तिको कालो बादलले ढाक्छ । देशमा प्रलय आउँछ । बन्द हडताल कर्पु्यू बम बिस्फोटन नैराश्यता दुःख पिडा आदिको आगमन हुन्छ । विस्तारै जङ्गल पस्न गाउँ-गाउँबाट मानिसहरु पार्न शुरु हुन्छ । यसरी नै हाम्रो देशमा सङ्कटकालले पाइला टेक्छ र यु¢ तथा आन्दोलन हुन्छ । यसै गरी बिभिन्न अपि्रय घटनाका साथ कथा अगाडि बढ्छ ।
प्रेमको मिठास संसगैँ यु¢को भयलाई साथसाथै लगेको छ । आफ्नो गाउँघरप्रतिको प्रेम देशप्रतिको प्रेम लेखकप्रतिको प्रेम कलाप्रतिको प्रेम प्रेम-प्रेमिकावीचको प्रेम आदिले प्रेमको परिभाषा दिएको छ । त्यसैगरी पुस्तान्तरको प्रतिध्वनि पनि प्रस्तुत गरिएको छ । लोकतन्त्रको गुाजन पनि पाइन्छ यसमा । आप्रवासी चेतनाको पनि वर्णन छ । भूमण्डलीकरणले गर्दा यूवा पिडीमा प्रभाव परीसकेको भन्दै देखाउँदै नयु संस्कृतिले घेर्दै गएको पनि प्रस्तुत गरेको छ ।

वाग्लेले आफ्नो कथाले सबैको मन छुन सफल भएको छ । कथालाई निकै रोचक ढङ्गले अगाडि बढाएको छ । यस उपन्यासले हरेक नेपालीको मर्मलाई शब्दमा उतार्ने कोशिश गरेको छ र सफल पनि भएको छ । तसर्थ मदन पुरसकार प्राप्त गर्ने यो उपन्यास नारायण वाग्लेको एउटा उत्कृष्ट रचना हो भने फरक नपर्ला ।

अनि अर्का साथि छिरिङ आफ्नो ब्लगमा लेख्छन्:
धेरै नेपाली उपन्यासहरु पढेको छुइन। त्यसैले पल्पसा क्याफेमा मदन पुरस्कार पाउने योग्यता थियो कि थिएन भन्ने जाँच गर्ने योग्यता आफैमा नरहेको स्विकार गर्छु सबभन्दा पहिला। सामान्य पाठकका आँखाले जस्तो देख्यो त्यस्तै लेख्छु। पुस्तक समिक्षा कहिल्यै गरेकै छैन त्यसैले आफ्नो व्यक्तिगत विचार हो यो। पल्पसा क्याफे नौलो शैलीमा लेखिएको नेपाली उपन्यास हो। एकजना युवा साहित्यकारको पदार्पण भएको छ नेपाली साहित्यको फाँटमा जसको पहिलो प्रयासबाट निश्चित रुपमा नेपाली औपन्यासिक विधालाई आशलाग्दो निरन्तरता मिलेको छ। नारायण वाग्लेका साहित्यिक रुपमा अनुभवहिन कलमहरु तिखारिंदै गएमा उनको मौलिक शैलिले आफ्नै विशिष्ट पहिचान स्थापित गर्न सक्ने छनक पल्पसा क्याफेले राम्ररी दिएको छ। यसको चर्चा परिचर्चा र प्रसिद्धीलाई नारायणको हैसियतसंग जोडेर मूल्यांङ्कन गरिएमा लेखकको मेहनत माथी सर्वथा अन्याय हुन जानेछ। किनभने पल्पसा क्याफेका पाना भित्र चित्र विनै देशको अनुहारको विचित्र शब्दचित्र कोरिएको छ।

ल्पसा क्याफेको कथासार धेरै समिक्षाहरुमा लेखिइसकेको छ। त्यतापट्टी नजाउँ। खासमा यो उपन्यासको सवभन्दा सबल पक्ष भनेको यसले नेपालीहरुका वर्तमानलाई अतिनै सरल र सरस ढंगले गाँस्ने काम गरेको छ। सानो आकारको उपन्यास भएपनि यसमा धेरै घटनाहरुलाई जोडिएको छ, धेरै विषयवस्तुलाई समेटिएको छ र यसरी समेट्ने काम निपूणताका साथ गरेका छन् वाग्लेले। कथाका केन्द्रिय पात्रका पृष्ठभूमिका कारण निश्चित रुपमा यसको बढि हिस्सा कुलिन र शहरिया मनोभावनाहरुमा केन्द्रित भएको छ तर पनि यसले नेपाली गाउँघरले माओवादी विद्रोहको मारमा वेहोरिरहेको व्यथालाई प्रष्टसंग चित्रित गरेर उपन्यास लेखनको उद्येश्यलाई सार्थकता प्रदान गरेको छ। गाउँ धेरै अघि छाडेर शहर र विदेश पसेकाहरुलाई आफ्नो विगत सम्झिन र गाउँको वर्तमान महसुस गराउन वाध्य पार्छ पल्पसा क्याफेले। घटना र तिनबाट सृजित मनोभावनाहरुलाई बडो रफ्तारका साथ उनेका छन् र त्यसमा दम भरेको छ उनको रोचक, व्यंगपूर्ण र बेलाबेलामा मार्मिक सम्वादहरुले। सम्वादहरु प्रसस्त छन लामा छन धेरै छन विविधतापूर्ण छन् विरोधपूर्ण छन तर प्राय सबै सम्वादहरुले उपन्यासमा रस र सार्थकता भरेका छन्। सम्वादलाई मेरुदण्डको रुप दिएको पल्पसा क्याफे एउटा उपन्यासमा हुने सबै विशेषताहरुले भरिपूर्ण छ। शहरिया र गाउँले जीवन शैली, सम्पन्नता र विपन्नता, प्रकृति, जीवन दर्शन, मिलन र विछोड, हाँसो र खुशी, युवा जोश, वृद्ध मनस्थितिहरु, आशावादी सपनाहरु तर निराशाजनक यथार्थ अनि समाज र राजनीति - यि सबैको सरसपूर्ण वहाव भएको छ उपन्यासमा। घटनाहरु धेरै छन्, पात्रहरु विवधतापूर्ण। गाउँमा हुर्केर शहरमा पढेको चित्रकार दृश्य, पश्चिममा हुर्किएर पनि पूर्वले तानेर अमेरिकाबाट नेपाल फर्कएकी फोटोग्राफर पल्पसा, आमूल परिवर्तन गर्न विद्रोहमा होमिएको सिद्धार्थदेखि दृश्यकी सेक्रेटरी फुलन, पल्पसाकी हजुरआमा, गायक किशोर, लाहुरे काका, जनसेनामा जान तयार गाउँले किशोरी, मितिनी भेट्न जान लागेकी ५ वर्षिय वालिका, होटेलकी साहुनी, कलापारखी डच युवति क्रिस्टिनासम्मका पात्रहरुबाट उपन्यासकारले विविधतापूर्ण भूमिकाहरुको समायोजन गर्न सफल भएका छन्।

युवायुवति बीचको दार्शनिक स्वरुपको प्रेम, दरबार हत्याकाण्डपछिको काठमाण्डु, गाउँमा माओवादीको जवर्जस्ति, सिद्धान्तनिष्ठ माओवादीका विचारहरु, विदेश पलायन हुने र नफर्किने प्रवृत्ति, हिंशा विना देशमै केहि गर्ने युवा चाहना, पहाड र गाउँका अथाह विकासका सम्भावनाहरु अनि गोला वारुद लडाईं, विष्फोटन र मृत्युहरुको नेपाली यथार्थता समग्रमा देशको चित्र सरल भाषामा समेटेका हुनाले नारायण वाग्लेलाई मदन पुरस्कार दिइएको हुनसक्छ। तर पनि उपन्यासमा मिठासपूर्ण साहित्य र सौन्दर्य रसको अभाव खट्किएको छ। त्यसकारण कतिपय पाठकहरुले पल्पसा क्याफे साहित्य नभएर घटनाहरुको वर्णन मात्र हो भन्न पनि सक्लान। तर एकजना नवोदित लेखकको पहिलो कृतिलाई सिद्धहस्त साहित्यकारहरुका उच्चकोटीका सिर्जनाहरुसंग दाँज्नु त्यति उचित पनि नहोला। देशको बर्तमान वुझ्न र नेपाली साहित्यको सामान्य प्रवृत्तिलाई आत्मसात गर्न पल्पसा क्याफे पढ्नुपर्छ भन्ने मेरो ठहर छ।

साथै, ग्लोबल जर्नालिस्ट ब्लगका शेखर ले पनि पल्पसा क्याफे को बारेमा आफ्नो ब्लगमा लेखेका छन्:

नेपाली पुस्तक बजारमा पल्पसा क्याफे मात्र एउटा यस्तो उपन्यास हो जसले पर्याप्त समीक्षा र प्रचार-प्रसारविना नै एक महिनाभन्दा पनि छोटो समयमा हजारौँ पाठकको मनमाथी एकाधिकार रूपमा शासन चलायो ।

पल्पसा क्याफे प्रकासित हुनु भन्दा अगाडि एक आमपाठक वा समीक्षक भएर लेखक श्री नारायण वाग्लेले एक ठाउँमा यस्तो चिन्ता व्यक्त गरेका छन्- ” हामीकहाँ समीक्षाको आधारमा पुस्तक बिक्तैनन् । समिक्षक नहुनाको दु:ख पाठकलाई छ । तर राम्रै पुस्तक पनि कति पो निस्कन्छन् र ? असल पुस्तक धेरै नभएको समाज बौद्धिक अर्थमा दरिद्र नै हुन्छ ।”

पल्पसा क्याफे उपन्यासका रचनाकार नारायण वाग्ले कान्तिपुर दैनिकीका प्रधान सम्पादक पनि हुनुहुन्थ्यो तर अहिले उहाँ व्यावसायिक रूपमा कान्तिपुर छोडेर धुम्बाराही प्राइभेट लिमिटेडवाट प्रकासित हुने दैनिकीमा प्रधान सम्पादकको रूपमा कार्यरत हुनुहुन्छ ।

“पल्पसा क्याफे” मा उहाँले उठाउनुभएको विषयवस्तुले एकातिर युद्ध पिडित पक्षलाई सहानुभुति प्रकट गरेको छ भने अर्कोतिर युद्धपक्षधरप्रति आक्रोस व्यक्त गरेको छ । सन 2005 मा मदन परुस्कार जस्तो गरिमामय पुरस्कारबाट पुरस्कृत यस उपन्यासले पाठकहरुबीच एउटा भिन्न र एतिहासिक स्थान कायम गरेको छ । खास गरेर माओवादीको दसवर्षे जनयुद्धको परिवेलाई समेटेर यस उपन्यासको विषयवस्तु अझ रोचक र सुचनामुलक पनि साबित भएको छ ।

“म” पात्रको अन्तरमनबाट निरन्तररुपमा उजागर भएका भावना र असन्तुष्टिका वाणीहरूबाट उपन्यासको प्रारम्भ हुन्छ । आफ्नो मिहिनेत र कलाले चार्‍हैतिरबाट प्रशँसा पाइरहेको बेला संचार जगतमा स्थापित हुने प्रवल सम्भावना भएकोले “म” पात्रको निधारमा आशाका किरण अटल रहेको महसुस गर्नसकिन्छ ।

जीवनका उकाली ओराली चढ्‍दै जाँदा थुप्रै संजोगहरु आइपर्छन्‍ । पल्पसा भन्ने एउटी तरुणी केटीसंग म पात्रको भेट हुन्छ । यिनीहरुको सम्बन्ध सानो गफबाट शुरु हुन्छ तर पछि यस्तो गहिरो र पवित्र सम्बन्ध स्थापित हुन्छ जो यौन र विलासिता जस्ता तुक्ष् तत्वभन्दा धेरै माथि हुन्छ । यी दुर्इ पात्र बीचका संवाद एकदम मनछुने खालका हुन्छन्‍ र ती संवादबाट वर्तमान, भुतमा दबेका कहानीहरूको उद्‍गम हुन्छ । जीवनका प पृष्टभूमिहरू साटासाट हुन्छन्‍ । युद्धका चपेटामा परेका निर्दोषा पात्रहरूको कहानी उक्सन्छन्‍ । यूवा वर्गको जोश र जागर, कला र प्रतिभाको, सिर्जना र मिहिनेतको सदुपयोग गर्ने वातावरण नभएको गुनासो पोख्नुका साथसाथै युवाको पलायनको समस्यालाई टड्‍कारोरुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

देशमा सँविधान छ, मौलिक हक छ तर जीवन प्रतिफल असुरक्षित छ । यस्तो भयप्रद वातावरणमा प्रमुखपात्र यो देशको कला-सँस्कृतिको उन्नति गर्न, पश्चिमी पहाडको एउटा रमणीय पाखामा इन्टर्नेट लगायतका अन्य अत्याधुनिक सुविधायुक्त एउटा ग्यालेरी बनाउने निर्णय गर्दछ । त्यस कल्पित ग्यालरीले युक्त रिजोर्टको नाम राख्तछ- पल्पसा क्याफे तर लेखकलाई लाग्छ- उसको साथी यतिबेला त्यस्तो खाका कोर्दैछ जसलाई फीक्का पार्न देशले बन्दुक भिरेको छ । र ऊ बन्दुकविरुद्ध उभिन आँटिरहेको छ । यसरी देश र कालको पृष्टभूमि प्रष्ट हुन्छ, र जीवन दर्शनको, देशबारेका चिन्ताको, सङ्घर्षको कथाहरू लेखिन्छन् ।

पात्रको दृष्टिकोणले हेर्दा लेखक(दृश्य), उसको साथी सीद्धार्थ (मावोवादी कार्यकर्ता), पल्पसा (एक युवती), पल्पसाकी हजुरआमा, छिरिङ्ग (फोटोग्राफर), शङ्कर (सङ्गीतकार), क्रिस्टिना (डच पत्रकार), जेमिना (पल्पसाकी साथी), जस्ता सहर केन्द्रित पात्र छन् भने सानु, मितबा, जस्ता गाउँका व्यक्तिपात्र छन् । यस उपन्यासमा सबै पात्र वौद्धिकरुपमा स्थापित रहेका छन्‍ । उपन्यासमा ती सबैको आ(आफ्नो व्यग्लै सन्देश, विचार र भूमिका बोकेका हुन्छन्‍ । उदाहरणबाट प्रष्ट पार्नुपर्दा पल्पसाले एउटा हिम्मत र पराक्रमकी देवीको रुप लिएकी छिन्‍ जो अमेरीका छोडेर नेपालमा वृत्तचित्रको क्षेत्रमा आफ्नो सिर्जनाले स्थापित कलाकार हुन चाहन्छिन्‍ । त्यस्तै गरी छिरिङको फोटोग्राफी कला उत्क ृष्ट भने किशोरको गायन कलामा रुचीले सबैलार्इ प्रेरित गरेका पाइन्छ । सबै जीवनपृष्टिभूमीलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यस्ता अनेकौ विषेशता बोकेको उपन्यास “पल्पसा क्याफे” दोहोर्‍यार्इ-तेहेर्‍यार्इ पढ्‍नु पाठकको अभिरुचिभन्दा पनि कमजोरी साबित भएको छ भन्न गाह्रो नपर्ला । भिन्न-भिन्नै पात्र र तिनीहरुबीचका संवादबाट उपन्यासकार नारायण वाग्लेले नेपाली संस्कृति, मान्यताको चर्चा पनि फरक शैलीमा समालोचना गरेका छन्‍ । पाश्चात्य संस्कृतिको नाङ्गो हस्तक्षेपको विरोध भन्दा पनि व्यङ्ग्यको तीक्ष्ण वाण हान्दै यूवा पलायनलाई गम्भिररुपमा आत्मसात गरी स्वदेशमै रोजगारी होस्‍ भन्दै सम्बन्धित निकायलाई अपिल पनि गरेका छन वाग्लेले यस उपन्यासमा । साथै उपन्यासले विदेश पढेर र त्याहाँ नयाँ कुरा सिकेर आफ्नो मातृभूमिको चौतर्फी विकासमा टेवा पुर्‍याउने पात्रहरूको मुक्तकण्ठले प्रशंसा पनी गरेको भान हुन्छ । जनयुद्धकोवेला बम-बारुद पट्‍केको आवाज, श्रीमान गुमाउदा एउटी नारीको वेदनाको चिच्याहट, टुहुराको विरह कहानीको स्वर यस उपन्यास पढ्‍दा कानमा गुञ्जिने गर्दछ । आफ्ना नातेदार र शुभचिन्तकहरुको वियोगको परिकल्पना गर्न सकिन्छ यस उपन्यासका घटनालाई सुक्ष्मरुपले अध्यन गर्दा, एउटा बच्चादेखि वुढासम्मका वर्गलाई मनोवैज्ञानिकरुपमा कस्तो नकारात्मक छाप पार्छ भन्ने पक्षलाई पनि यस उपन्यासले प्रष्टरुपमा समेटेको छ । साथै धेरै जस्तो ठाउँमा साधारण भाषा र बीचबीचमा अङग्रजी शब्दको प्रयोगले यस उपन्यासले नेपाली वाङमयको ढुकुटीमा नवीनता प्रदान गरेकोले होला, अन्य समालोरकहरू पल्पसा क्याफेलाई उत्तर-आधुनिक उपन्यासको नाउले पुकार्ने गर्छन ।

नेपालको इतिहासमा सधै ज्वलन्तरुपमा रहने जनयुद्धको प्रभावलाई यस उपन्यासले युगौयुगसम्म अजम्बरी प्रधान गर्नेेछ भन्ने मलार्इ लागेको छ । अन्त्यमा सुन्दर शान्त विशाल नेपाललाई शान्ति र विकासको स्वर्ग भुमि बनाउन सबैलाई विनम्र अपिल गरिएको यस उपन्यास पढेपछि मैले अनुभव गरें ।


  1. यो किताब धेरै अघि देखी पढन मन लागेको थीयो तर किन्न नपाईने ठाँउमा रहेकोले पढन पाएको थिईन।

    फुर्सदको बेलामा आरामले सुन्न मिल्ने जोहो गरी दिनु भएकोमा तपाईलाई पून ह्रदय देखी नै धन्यवाद दिन चाहन्छु ।

    रोचक प्रस्तुती र कर्णप्रिय अनी आकर्षक स्वरका धनि अच्युत घिमिरेजी पनि साधुबादका पात्र हुनुहुन्छ ।

    यो किताबलाई हाम्रो कानसम्म पुर्‍याउने क्रममा अरु कोहि पनि संलग्न हुनुहुन्छ भने वहाँहरुलाई पनि मुरी मुरी धन्यवाद् ।

    व्यस्त बिद्यार्थी जिवनका बाबजूद ब्लग मार्फत यो गुन लगाउनु भएकोमा आकारजीलाई पून एक पटक धन्यवाद ।

  2. Palpasa cafe ko Book rakhanu bhayako chhain

  3. aachyut ji ko boli ta yeshai pani ramro chhandai chha
    malai ta radio bachhan pani ramro lagyo..........

  4. aachyut ji ko boli ta yeshai pani ramro chhandai chha
    malai ta radio bachhan pani ramro lagyo..........

  5. यो किताब धेरै अघि देखी पढन मन लागेको थीयो तर किन्न नपाईने ठाँउमा रहेकोले पढन पाएको थिईन।

    फुर्सदको बेलामा आरामले सुन्न मिल्ने जोहो गरी दिनु भएकोमा तपाईलाई पून ह्रदय देखी नै धन्यवाद दिन चाहन्छु ।

    रोचक प्रस्तुती र कर्णप्रिय अनी आकर्षक स्वरका धनि अच्युत घिमिरेजी पनि साधुबादका पात्र हुनुहुन्छ ।

    यो किताबलाई हाम्रो कानसम्म पुर्‍याउने क्रममा अरु कोहि पनि संलग्न हुनुहुन्छ भने वहाँहरुलाई पनि मुरी मुरी धन्यवाद् ।

    व्यस्त बिद्यार्थी जिवनका बाबजूद ब्लग मार्फत यो गुन लगाउनु भएकोमा आकारजीलाई पून एक पटक धन्यवाद ।

  6. i have studied it for five times but still i'm loving it toread

  7. obhar dhan tamang khotangAugust 1, 2012 at 11:33 AM

    ...thanks a lot aakarpost,.. we because of busy life and where we cant available the book but the aakarpost made it possible to read various novels with our ears . we generally read books by using our ear but aakarpost invented one unique way that is the best way of fulfilling our passion to have new taste of new books......thanks alot once aagin and we always keep on loving to aakarpost ...

  8. Thanks a lot ........Ma justa dherai Nepali haru Bdeshiyeka holaan tara vagya bas yesari recording nai kina nahos "PALPASA CAFE " sunda dherai khushi lageko cha .

    Birendra "Bins'21"
    Doha , qatar

  9. every word is so beautiful, every expression so precious..liked it many times

  10. i had started to read palpasa cafe and ghanchakkar together  that was such a memorable season, ghanchakkarko chakkarle palpasa cafe lai ajhhai mitho banayeko thiyo................  

  11. Discovery_newcenturyAugust 1, 2012 at 11:40 AM

    very nice book, i read it 3 times...

  12. This is the greatest nepali novel ever.

  13. my 1st novel.......n m lovin it..<3

  14. Palpasa Cafe>>> ma JIBAN var samjhane chhu>>> palpasa lai

  15. Yeti ramro pustak sunna paunda malai ati nai khushi lageko chha. Selective books, karnapriya nepathya ka geetharu ra vaachan garne Achyut Ji; sabai ko ati ramro samyojan.
    Mero hridaya dekhi ko dhanayabaad.

  16. bestest book ever

  17. Karma Chandra BudhaAugust 1, 2012 at 11:47 AM

    Salaam chha hai Naryan Dai, yestai kirti haruo apichhya ma 6u ma ta.............
    I really like Palpasa Cafe, yesle ta mero manai 6uyo..............

  18. this is the greatest nepali which leaves me shocked from the day i have completed the novel
    truly a great work by Mr. Narayan Wagle
    hope he manages to write any sequels

  19. i am so mch bewildered thinking dat the simple written art can resembles the whole nepali features


    Really superior job, it was stupendous. palpas café iz one n only who put

  21. Thank you so much 4 this audio
    there are only nine novels.If possible keep other novel also

  22. sarai ramro concept lyaunu vo thanks alot

  23. Khyam Narayan LamichhaneJanuary 27, 2014 at 12:23 AM

    plz pdf file ma free dowanlod hune banaidiyema hami jasto pathak aabhari hune thiyeu


Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

SLC Result 2065/2066

Download SLC Result 2065/2066. SLC को रिजल्ट हुँदैछ भनेपछि, कम्प्युटरमा आँखा जोडेर बसियो रिजल्ट हेर्न, कारण धेरैले नम्बरहरु दिएकाथिए, रिजल्ट हेरिदे भन्दै । हुन त रिजल्ट थाहा पाउन एसएमएस,फोन सबै छ तर पनि अहिले चाहिएको बेला इन्टरनेटमा हेर्न खोज्दा निकै समस्या पर्‍यो । नतिजा देखाउने साइटहरु खुल्दै नखुल्ने भए, कुनै साइट त क्र्यास नै भए । खुलेका साइटहरुले पनि रेसपोन्ड गर्न छाडे । बल्लतल्ल कसो कसो ‌ईकान्तिपुर बाट .txt फर्म्याटमा रिजल्ट डाउनलोड गरेँ, अनि धेरै प्रयासपछि दैनिकी डटकम बाट पनि .pdf फर्म्याटमा रिजल्ट डाउनलोड गरेँ । कोठामा भिड बढ्दैगयो, रिजल्ट हेरिदेउ भन्दै साथीहरुको । खै मेरो मा साइट नै खुल्दैन भन्न थाले, अनि अनलाइनमा भेटिएका साथीले पनि रिजल्ट हेर्न सकिएन भने, अत: समस्या केही मात्र भएपनि हल होला भनेर, दैनिकी डटकम बाट डाउनलोड गरेको .pdf फाइल र ईकान्तिपुरबाट डाउनलोडगरेको .txt फाइललाई मैले zip गरेर मैले फेरी अपलोड गरेको छु । तलको लिंक क्लिक गरेर डाउनलोड गरि रेगुलर र एक्जाम्टेड को रिजल्ट हेर्न सकिन्छ । .zip फाईल मा चाँहि Distinction, 1st, 2nd Division आदि सबै छुट्याइएको छ र फाइल साइज प

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Holi Pictures

यो म नै हुँ ! होली कै बारेमा सोच्दैछु । लौ हेर, हिलो मा डुबेर उफ्रेका ! एउटा ग्याङ को फोटो नि ! यो हाम्रो छोटा ग्याङ रे, क्या ! के जस्तो देखिएछु है, तर यो म नै हुँ, हाहाहा! मलाई सहमति मै हिलो मा चोबल्न लगिँदै, ती ३ जनाको अगाडि मैले जान्न भनेर के जोड चल्थ्यो र ? कस्तो बेलामा, खिचिक्क गर्न भ्याएछन् भने । मलाई हिलो मा फ्याल्दैछन्, हिले होली पो भयो । हिलो बाट निस्केपछि तर्सेर उफ्रेको त, गज्जब को फोटो पो आएछ , हाहाहा ! These are my holi (fagu) pictures. Really, I enjoyed a lot... and how about yours ??? सबै फोटोहरु: सुवास

Subscribe to Aakar Post