Skip to main content

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो ।


नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो भन्दै हुँदै नभएको समस्या उचाल्दै, फेक समाचार सेयर गर्ने भेटिन्छन् । खासमा नाम चाँहि कान्तिपुर जोडिएको अरु कुनै वेबसाइट हुन्छ । यस्ता समाचारको व्यापार गर्नेहरु अझै छन् । फेसबुक जस्तै अहिले युट्युब नेपालको ट्रेन्डिङ पनि यसैको शिकार भइरहेकोछ ।

यस्तै फेक न्युज, क्लिकबेट टाइपका कुराहरुलाई नियन्त्रण गर्न फेसबुकले विगत एक डेढ वर्ष देखि विभिन्न प्रयासहरु गर्दै आइरहेको छ । फेक न्युज रिपोर्ट गर्ने अप्सन पनि फेसबुकले भित्र्यायो, तर सोचे जस्तो सफल भएन । देख्ने बित्तिकै लाइक गर्नुस्, सेयर गर्नुस् मार्काका पोष्टहरु पनि फेसबुकले अघिल्लो महिनाबाट नियन्त्रण गर्न सुरु गरेको छ । यसैको शिलशिला स्वरुप, आफन्त साथीभाइलाई फेसबुकले जोड्ने भन्दै फेसबुकले गत हप्ताबाट नयाँ न्युजफिड अपडेट ल्याएको छ, जसले फेक मात्रै होइन, लगभग सबै किसिमका फेसबुक पेजलाई गाह्रो बनाएको छ । पछिल्लो २-३ दिनमा भ्रम सिर्जना गर्ने तरिका'का फेसबुक पेजका पोस्टहरु मैले आफ्नो फिडमा देखेको छैन । साँच्चै भन्दा, कुनै पनि पेजको अपडेट अहिले मेरो न्युजफिडमा देखिएको छैन । फेसबुकमा केही साथीहरुले सेयर गरेका लिंकहरु मात्रै देखिएको छ ।

फेसबुकको उदेश्य आफन्त, साथीभाइहरुलाई नजिक ल्याउनु हो र यसप्रति सँधै कटिबद्ध छ, तर हालैका दिनमा आफन्त तथा साथिभाइ भन्दा फेसबुक पेजका पोस्टहरुले फेसबुक न्युजफिड ओगटेर विकृत बनाएको भन्दै फेसबुकले गतहप्ता नयाँ न्युजफिडको घोषणा गरेको छ। हालैका वर्षहरुमा भिडियो र पब्लिक पोष्टहरु अत्याधिक रुपमा बढेको कारण यस्तो समस्या देखिएको तथा विभिन्न अनुसन्धानहरुले पेजभन्दा साथीभाइ आफन्तहरुको पोष्टले प्रयोगकर्तालाई खुशी बनाउने भन्ने व्यहोराको पोष्ट फेसबुकका सिइओ मार्क जकरवर्गले आफ्नो प्रोफाइलमा लेखेकाछन् ।

प्रयोगकर्ताहरुलाई यो खुशीको खबर भएपनि बिजेनस पेजहरुलाई चाँहि झनै गाह्रो पारेको छ । सोसल मिडिया मार्केटिङको उदयसँगै फेसबुकमा पेज बनाएर, यसैलाई आधार मानेर लाखौँ बिजनेसहरु चलिरहेकाछन् । फेसबुक पेज चलाउनकै लागि भनेर संस्थाहरुमा सोसल मिडिया टिम बनाइएको छ, लगानी गरिएको छ, तर प्रतिफल छैन । अघिल्लो हप्तासम्म त पेजका केही अपडेटहरु भने पनि देखिँदै थियो, अहिले त फेसबुकमा पेज भए, नभएको पत्तो नै छैन । केही महिना अघि लेखेको सोसल मिडिया मिथ्याङ्क ब्लग पनि अहिले पढ्दा आउटडेटड भए झैँ लाग्ने रै'छ । फेसबुक पेजमा पोष्ट हुने हरेक अपडेटहरु अब फेसबुक एड नचलाए कसैले नदेख्ने भइसकेको छ ।


फेसबुक पेजमा एक समय, फोटो राख्दा धेरैले देख्थे, एकसमय लिंक, एकसमय भिडियो, अलि पछि त झन् लाइभ भिडियो धेरैले देख्थे । अब यी सबै उहिलेका कुरा भए । अब कुन साथीको पोष्टमा धेरै इन्गेजमेन्ट भइरहेको छ, तपाईले कस्तो किसिमको पोष्टहरु मनपराउनुहुन्छ भन्ने किसिमका विभिन्न सिग्नलहरु लिएर फेसबुकले तपाईलाई साथीभाइ आफन्तका अपडेटहरु देखाउने छ (हेर्नुस् भिडियो) । एक हिसाबले भन्दा फेसबुक पेजको उपयोगिता लगभग सकिएको छ । फेसबुक पेजलाई नै आधार मानेर आफ्नो व्यापार व्यवसाय चलाउनेहरु, मिडिया कम्पनीहरुलाई सबैभन्दा ठूलो धक्का लागेको छ । न्युजफिडमा विशेषत साथीभाइ आफन्तका अपडेटहरु धेरै भन्दा धेरै देखिने भएका कारण स्वभावत फेसबुक पेजका अपडेटहरुले कम स्थान पाउने बताउँदै फेसबुकले पेजहरुको रिच, रिफरल ट्राफिक आदि घट्ने उल्लेख गरेको छ ।

फेसबुक न्युजफिडमा गरिएको परिवर्तनबारे जान्नको लागि तलको यो भिडियो हेर्नुहोस् ।

गर्ने के?
पेजको अपडेटहरु थोरैले देख्ने तर आफन्त साथीभाइहरुको अपडेट चाँहि धेरैले देख्ने भनेपछि, अब फेसबुक पेजबाट सेयर हुने पोष्टहरु व्यक्तिका नामहरुबाट धेरै सेयर गरिने सम्भावना छ । मेरा पाँच हजार साथीहरु भए भन्दै वेफ्वाँकमा आफ्नो प्रोफाइललाई पेजमा परिवर्तन गरेकाहरुको अपडेट न्युजफिडमा अब प्राय: नदेखिने भएका कारण, यसरी प्रोफाइललाई पेजमा परिवर्तन गर्ने शिलशिला पनि रोकिएला । आफ्नो व्यापार, व्यवसायको नाउँ राखेर पेजको सट्टा, फेसबुक प्रोफाइल खोल्नेहरुको संङ्ख्यामा पनि बढोत्तरि हुनसक्छ ।

फेसबुकलाई केन्द्रमा राखेर व्यापार व्यवसाय गर्नेहरुले अब कि त हरेक पोष्ट प्रमोट गर्न फेसबुकलाई पैसा तिर्नुपर्छ या यसको विकल्पबारे सोच्नुपर्छ । मेरो विचारमा, जुनसुकै अनलाइन व्यापार, व्यवसाय गर्न मोबाइल वेबसाइट हुनु एकदमै जरुरी छ। सर्च इन्जिन तथा युजर फ्रेन्ड्ली मोबाइल वेवसाइट नै आजको आवश्यकता हो ।

Comments

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

फेक वेबसाइटले झुक्यायो - नेपालमा फेसबुक अफिस

आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ । २-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो ।  उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक । Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. " @Ujyaalo : फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3 " — Aakar (@aakarpost) June 6, 2014 सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरे

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5 Krishna D

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

Subscribe to Aakar Post