Skip to main content

सोसल मिडिया मिथ्याङ्क?

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो ।


यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, 'आहा' भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, 'यति धेरै फलोअर भएको मान्छेले यस्तो कुरा किन लेखिस्?'  भनेर व्यर्थको अनलाइन विवाद गरिरहेका पनि भेटिन्छन् ।

ट्विटर/फेसबुकका फलोअर/लाइक'का आधारमा हेर्ने हो भने, मैले एकपटक मेरो ब्लगको लिङ्क सोसल मिडियामा सेयर गरेपछि कम्तिमा २० हजारले त मेरो ब्लग पढ्नुपर्ने । तर त्यसो हुन्न । २० हजार त के, त्यसको ५० प्रतिशतले पनि हेरिदिए १० हजार हुन्थ्यो, त्यो पनि छैन । ट्विटरमा १ डेढ लाख फलोअर भएक प्रयोगकर्ताले ट्विट गर्दा त ट्विटरमै ट्रेन्डिङ हुनुपर्ने, त्यो पनि छैन । युट्युबमा ५-१० लाख सब्सक्राइबर छन्, भिडियो तुरुन्तै ट्रेन्डिङ हुनुपर्ने, त्यो पनि छैन । भिडियोमा मुस्किल'ले ३-४ हजार भ्यु हुन्छ । फेसबुकमा ८५ लाख नेपाली प्रयोगकर्ता छन्, यस हिसाबले नेपालमा अनलाइन कम्पनीहरु (ईकमर्स साइट आदि) त भयंकर चल्नुपर्ने, त्यो पनि छैन । सोसल मिडिया कै लागि भनेर व्यवसाय/कम्पनीले कर्मचारीहरु राखेका छन्, मार्केटिङ एजेन्सीहरुको सेवा लिएकाछन् तर उपलब्धि देखिन्न । गर्ने के?

इन्टरनेट तथा सोसल मिडिया मार्केटिङ फिल्डमा भएका कारण होला, व्यक्ति/कम्पनीहरुका मेरा यति र उती फलोअर र लाइक भनेर घोषणा गरेको सुन्दा म छक्क पर्छु । लाइक र फलोअर चाहिन्छ, भेरिफाइड भए झनै राम्रो, यस्तो छ है भनेर चर्चा/परिचर्चा हुन्छ, फेसबुक-ट्विटरमा धेरैले लाइक/फलो गरेकाछन् भने, केही हदसम्म उक्त कम्पनी/ब्रान्ड 'विश्वासयोग्य' रहेछ भनेर थाहा हुन्छ तर फलो र लाइक'कै आधारमा गर्व गरेर बसियो भने चैँ चुर्लुम्म डुबिन्छ ।


एनालिटिक्सको भाषामा, यसलाई 'भ्यानिटि मेट्रिक्स' भनिन्छ । नयाँ स्टार्टअप, कम्पनीहरु छन् भने 'भ्यानिटि मेट्रिक्स'ले 'मोटिभेसन'को काम गर्छ, ल आज हाम्रो फलोअर यति पुग्यो, लाइक यति पुग्यो, ल यो यतिपटक सेयर, एक हजार रिट्विट भयो आदि । यसले काम गर्ने उर्जा प्रदान गर्छ । ट्विटरमा कतिपय ट्विटहरु, रिट्विटकै लागि लेखिएको पाइन्छ, जति धेरै रिट्विट, त्यति धेरै गर्व गर्छन्, लाइक र रिट्विट गन्दै बस्न रमाइलो नै हुन्छ । तर तपाईको सेवा/सुविधा विक्री भएन भने, साइटमा भिजिटर भएनन् भने, तपाईको व्यवसाय चल्दैन ।तपाईको लक्ष्य फेसबुकबाट १ हप्तामा ५ हजार भिजिटिर तपाईको साइटमा ल्याउने, वा हप्तामा १० वटा उत्पादन बेच्ने लक्ष्य छ भने, त्यो पुरा भयो कि भएन, के कति गर्‍यो भने त्यो लक्ष्यमा पुग्न सकिन्छ वा पार गर्न सकिन्छ भन्ने जस्ता कुराहरु चाँही 'एक्सेनेबल मेट्रिक्स'मा पर्छन् (जुन डाटा हेरेर एक्सन लिन सकियोस्) । अत: हामीले सोसल मिडिया चलाउँदा, 'भ्यानिटि' लाई छोडेर 'एक्सेनेबल मेट्रिक्स' तिर ध्यान दिनु जरुरी हुन्छ ।

मलाई साथीहरुले सोसल मिडियाका बारेमा हिजोआज यस्तै गुनासाहरु धेरै गर्छन् । मेरो फेसबुक पेजमा २ लाख लाइक छ, तर सेयर गरेको पोष्ट करिब १-२ सयले देख्छन् (फेसबुक एनालिटिक्स अनुसार), मुस्किल'ले २-३ जनाले लाइक र कमेन्ट गर्छन् । युट्युबमा १ लाख सब्सक्राइबर छन् तर भिडियोमा भ्युज हुन्न । केही अपवादहरुलाई छोड्ने हो भने, अहिले फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम आदि साइटहरुमा हामीले गरेको लगानी, गलत भइरहेझैँ देखिन्छ । तर यो समस्या नेपालको मात्र होइन, सबैतिर, सबैलाई यही समस्याले सताएकोछ ।

पहिले हजारौँ-लाखौँसम्म पुग्ने फेसबुक पोष्टहरु अहिले केही सयमा सिमित भएकाछन् । प्रयोगकर्ता सोसल मिडियामा छन् भन्ने थाहा छ, तर लगानी अनुसार, प्रतिफल छैन । एउटै प्रयोगकर्ताका सयौँ, हजारौँ साथीहरु छन्, सयौँ हजारौँ पेजहरु लाइक गरेका हुन्छन् । फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम सबैतिर प्रतिस्पर्धा धेरै छ, अत: "अर्गेनिक रिच" (Organic Reach) (पैसा खर्च नगरी, स्वत स्फूर्त रुपमा पुग्ने) बाट सबैतिर पुग्न असम्भव नै छ । प्रयोगकर्ताको रुची र इङ्गेजमेन्ट अनुसार, अपडेट फरक फरक देखिन्छ । तपाई र मेरोमा उही साथी छन्, एकै पेजहरु लाइक गरेका छौँ भनेपनि हामीले देख्ने अपडेटहरु फरक हुन्छन् ।


पहिलो कुरा त, प्रयोगकर्ताले धेरै पेज लाइक/फलो गरेका हुन्छन्, प्रतिस्पर्धा धेरै छ । दोस्रो कुरा, ब्रान्ड/कम्पनीहरुले सँधै गुणस्तरिय 'कन्टेन्ट' उत्पादन गर्न सक्दैनन् । तेस्रो कुरा, फेसबुक, ट्विटर आदि सबै साइटको आम्दानीको स्रोत भनेको विज्ञापन हो । चौथो कुरा, यी साइटहरुले हप्तैपिच्छे जस्तो नयाँ फिचर ल्याउँछन्, नयाँ अपडेटहरु आउँछन् । जस्तो, एकसमय फेसबुकमा फोटो राखियो भने धेरै समक्ष पुग्न सकिन्थ्यो, अहिले फेसबुक भिडियो हुँदै, लाइभ भिडियो र स्टोरिजमा पुगेको छ । कतिपय अवस्थामा एपहरुकै कारण भनेको जस्तो 'रिच' हुँदैन, जस्तो कि युट्युबमा सब्सक्राइब गरेको च्यानलको भिडियो 'होम फिड'मा बिरलै देखिन्छन् । आफूले सब्सक्राइब गरेको च्यानलको भिडियोहरु 'सब्सक्रिप्सन' ट्याबमा बस्छन्, प्राय: प्रयोगकर्ताले त्यो ट्याब हेर्दैनन्, किनकी प्रयोगकर्ता अल्छि हुन्छन्, जे 'होम फिड'मा आयो त्यही हेर्छन् । अनि युट्युबले पनि प्रयोगकर्ताले जे हेर्नथाल्यो, त्यही सम्बन्धित भिडियो अगाडी देखाइदिन्छ । अर्को कुरा, आफ्ना प्रयोगकर्ताले के सम्बन्धि कुराहरु रुचाउँछन् भनेर ज्ञान नराख्नुले पनि यसमा धोका पाइन्छ ।

गर्ने के?
तपाईको सोसल मिडिया च्यानलहरुको अडिट गर्नुहोस् । लाइक, फलोअर कति छन् ? कति समय लगानी गरिरहेको छु? साइटमा ट्राफिक कति छ? कसले कहाँबाट हेर्ने गरेकाछन् ? कति प्रतिफल पाइरहेको छु? लक्ष्य पुरा भइरहेको छ?

तपाईको कम्पनी अनलाइनमा जाँदैछ वा अनलाइनमा छ भने, सोसल मिडिया सहित अन्य कुराहरु पनि चुस्त, दुरुस्त हुन जरुरी छ । मानिलिउँ तपाईको एउटा फेसबुक पोष्ट भाइरल भयो, त्यसलाई हेरेर धेरै प्रयोगकर्ताहरु तपाईको साइटमा आए, साइट क्र्यास भयो । फेसबुक वा ट्विटर हेरेर तपाईको साइटमा त पुगियो, तर उक्त पेजमा यति धेरै कुरा रहेछ कि, कुन प्रायोजनका लागि तपाईको साइटमा पुगियो, के गर्न खोजिएथ्यो भन्ने कुरा नै बिर्सियो । ट्विट हेरेर समाचार पढ्न, अनलाइन पोर्टल त छिरियो तर पहिलो स्क्रिन सबै विज्ञापनले ढपक्क छोपेको छ, समाचार कहाँ नेर छ खोज्नुपर्छ, त्यसमाथि मोबाइल फ्रेन्डली पनि छैन, भद्रगोल छ । अर्कोपटक देखि म तपाईको अनलाइन किन हेर्थेँ ?


इन्टरनेट मार्केटिङ वा डिजिटल मार्केटिङमा सोसल मिडिया एउटा च्यानल मात्रै हो, सोसल मिडिया सँगै, सर्च इन्जिन अप्टिमाइजेसन (SEO), ईमेल मार्केटिङ, कन्टेन्ट मार्केटिङ, ल्यान्डिङ पेज, विभिन्न पेड क्याम्पेनहरु (अनलाइन विज्ञापनहरु) आदि पर्छन् । डिजिटल मार्केटिङबाट प्रतिफल लिनको लागि आफ्ना मार्केटिङका च्यानलहरुको राम्रोसँग उपयोग गर्नु जरुरी छ । अर्को मनन गर्नुपर्ने कुरा चाँहि के हो भने, जतिसकुै मार्केटिङ गरौँ, जुनसुकै च्यानल प्रयोग गरौँ तर 'कन्टेन्ट' राम्रो छैन भने, धेरैले पढ्दैनन्, सेयर गर्दैनन् । यसको लागि आफ्ना प्रयोगकर्ताले कस्तो 'कन्टेन्ट' खोज्छन्, हाम्रा प्रयोगकर्ता को हुन् भनेर जान्न जरुरी छ ।

भन्नैपर्ने अर्को कुरा चाँहि के छ भने, सोसल मिडियाबाट 'अर्गेनिक' तवरले धेरैसामु पुग्नु, लगभग असम्भव जस्तै भइसक्यो । दशौँ लाख, लाइक भएका पेजका पोष्टमा १-२ वटा कमेन्ट आउनु, ३-४ सयले मात्रै देख्नु यसको प्रमाण हो । अत: अब सोसल मिडिया नै प्रयोग गर्ने भएपनि, सोसल मिडियामा पैसा तिरेर चलाइने क्याम्पेनहरु अलि धेरै प्रभावकारी देखिन थालेकाछन् । आफ्नो क्याम्पेनको लक्ष्य, अडियन्स, तथा मार्केटिङ सामाग्रीमा अलिकति ध्यान दिँदा व्यापारमा सुधार हुनसक्छ । हुन त यसमा पनि प्रतिस्पर्धा धेरै छ, तर यहाँ आफूले चाहे जसरी, चाहेको मान्छेसम्म पुग्न सजिलो छ ।

अत: सोसल मिडियामा लाइक र फलोअर यति हजार र लाख छन् भन्नु भन्दा पनि त्यसबाट आफूलाई, आफ्नो व्यापार, व्यवसायलाई कत्तिको प्रतिफल मिलिरहेकोछ, एकपटक समिक्षा गर्नु जरुरी छ । आफूलाई कुन च्यानल उपयुक्त हुन्छ, भन्ने कुरा जानेर चाहिएको डिजिटल च्यानलमा लगानी गर्नु लाभदायक हुन्छ । तपाईलाई यससम्बन्धि थप जान्न मन छ वा सहयोग चाहिएकोछ भने, मलाई aakar(at)aakarpost(dot)com मा ईमेल गर्नसक्नुहुन्छ, वा फेसबुक (fb.com/aakarpost), ट्विटर (@aakarpost) मा पनि सम्पर्क राख्नसक्नुहुन्छ ।

थप सन्दर्भ सामाग्री:
➤ Use social media marketing to your advantage
➤ Stop All Social Media Activity (Organic) | Solve For A Profitable Reality

Comments

Popular posts from this blog

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post