Skip to main content

Posts

Showing posts with the label Shareables

चित्र बनाउन भनेपछि, सबैलाई गाह्रो लाग्छ । हुन पनि हो, चित्र कोर्नलाई गाह्रो नै छ, सबैले गर्न सक्दैनन् । म केही पहिलेसम्म स्केच कोर्थेँ, तर अहिले तिनै स्केच कोर्न पनि म नसक्ने भएको छु, अत: चित्र कोर्न निरन्तर अभ्यास जरुरी छ भन्ने लाग्छ । आज यहाँ यस्तो 'टेक्निक' को चर्चा गरिएको 'टेड' भिडियो राख्दैछु, यो भिडियो हेरिसकेपछि जस्तोसुकै व्यक्तिले पनि चित्र कोर्न सक्नेछन् । चित्र कोर्ने भन्ने बित्तिकै, एकदम 'पर्फेक्ट', जेसुकै, जुनसुकै कुराको पनि चित्र बनाउन सकिन्छ भनेको चाँहि होइन, त्यसको लागि त निरन्तर अभ्यास नै आवश्यक पर्छ । तर यति चैँ भन्न सकिन्छ कि, यो भिडियो हेरिसकेपछि तपाईले 'अल्बर्ट आइन्सटाइन'को स्केच चैँ सजिलै बनाउन सक्नुहुन्छ । वाँयाबाट दाँया क्रमैसँग । कागज र कलम तयारी अवस्थामा राखेर, चित्र बनाउन सिकाउने तलको टेड टकको भिडियो हेरौँ । टेड टक'को यो भिडियोमा ग्राम स्‌ ले भनेजस्तै सजिलै चित्र कोर्न सकिन्छ । एकपटक अवश्य बनाउनुहोस् ।

नेपाली ईन्टरनेट प्रयोगकर्ताहरुका आवश्यकता र चाहना बमोजिम स्मार्ट तथा जीवनउपयोगी सुविधाहरु निरन्तर थप्दै गएको हाम्रोपात्रो ले तिहारको अवसरमा नयाँ र्इ-कार्डहरु सार्वजनिक गरेको छ । हाम्रोपात्रोको मोबाइल एप्स तथा वेबसाइट मार्फत विभिन्न सात भाषामा तिहारको शुभकामना ई-कार्डहरु बनाएर आफ्ना साथीभाइ, आफन्तलाई अाफ्नो फोटोसहित अनलाइनमा सेयर गर्न सकिन्छ । ई-कार्ड कसरी बनाउने? हाम्रोपात्रो ई-कार्डमा आफ्नो फोटो राखेर शेयर गर्नको लागि हाम्रोपात्रो वेबसाइट तथा एप्समा पहिले फेसबुकबाट लगइन गर्नुपर्छ । फेसबुक मार्फत लगइन गरिसकेपछि, वेबसाइट वा एप्समा भएका मन परेको कार्ड छान्नुपर्छ । अाफूलार्इ मनपरेको शुभकामना सन्देश सहितको कार्ड छनाैट गरे पश्चात् प्रयोगकर्ताको फेसबुकमा भएको प्रोफाइल तस्बिर उक्त कार्डमा बस्नेछ र तत्कालै फेसबुकमा सेयर गर्न सकिनेछ। यमपञ्चकको विशेष पाँचदिने दैनिकीसहितको गतिविधि सुहाउँदो ईकार्डसहरु पहिलो चरणमा नेपाली, नेवाः, भोजपुरी, मैथिली, पश्चिमी थारू, तामाङ र अंग्रेजी भाषामा उपलब्ध छन् । तपाई यी भाषा बाहेक अन्य कुनै भाषामा ई-कार्डहरु चाहनुहुन्छ भने 'हाम्रोपात्रो'

हामी मोबाइलबाट दिनहुँ दर्जनौँ फोटो खिचिरहेका हुन्छौँ, तर मोबाइलबाट खिचिएका अधिकांश फोटोहरुको गुणस्तर राम्रो हुँदैन। मोबाइलबाट खिचिएका फोटोहरुलाई थरिथरिका फिल्टरहरु प्रयोग गरेर, राम्रो र आकर्षक देखाएर, सेयर गर्नको लागि केभिन सिस्ट्रोमले सन् २०१० मा ' इन्स्टाग्राम 'को निर्माण गरेका थिए । 'इन्स्टाग्राम'लाई पच्छ्याउँदै मोबाइलमा फोटो सम्पादन गर्न, तथा सामाजिक सञ्जालमा सेयर गर्नको लागि सयौँ एन्ड्रोइड तथा आइओएस एप्सहरु निर्माण भएकाछन् । यो ब्लगमा फोटो सम्पादन गर्न सरल र सहज बनाउने ५ मोबाइल एप्सहरुबारे चर्चा गर्दैछु। १) स्न्यापसिड स्न्यापसिडमा फोटो सम्पादनका लागि चाहिने आधारभूत सबै 'फिचर'हरु उपलब्ध छ। स्न्यापसिडमा 'टुल्स' र 'फिल्टर्स' गरेर फोटो सम्पादनलाई दुई भागमा बाँडिएको छ । स्न्यापसिडको 'टुल्स' प्रयोग गरेर, आफूलाई चाहिएको जस्तो फोटो बनाउन सकिन्छ । फोटोमा विशेष रुची हुनेले स्न्यापसिडको 'टुल्स' चलाउन (सिक्न) जरुरी छ । तपाई सामान्य प्रयोगकर्ता हो, र 'म्यानुअल' मोडमा काम गर्न गाह्रो लाग्छ भने स्न्यापसिडको 'फिल्टर्स' ल

आफ्ना ट्याक्सीहरु नभएको यातायात कम्पनी 'उबर' (Uber), आफ्ना घर/होटलहरु नभएको तर घर भाडामा दिने कम्पनी 'एयर बि एन बी' (Airbnb) आदि 'अन डिमान्ड सर्भिस' (चाहिएको बखत तुरुन्तै सेवा) दिने कम्पनीहरुले अहिले विश्व बजारमा तहल्का मच्चाइरहेका छन् । आफैँ खाना नबनाउने तर विगत १ सय २५ वर्ष देखि आफ्ना ग्राहकलाई निरन्तर खाना ख्वाँउदै आइरहेको कम्पनी 'मुम्बई डब्बावाला'ले पनि आफ्नो सेवाबाट सबैलाई चकित तुल्याउँदै आएको छ । मुम्बई डब्बावालाका डा. पवन अग्रवालको कुरा मान्ने हो भने, न त डब्बावालाहरु पढे लेखेका छन्, न त प्रविधिकै उपयोग गर्छन् तर निरन्तर १ सय २५ वर्ष देखि काम गरिरहेकाछन्, न त कहिले डब्बा साटिन्छन्, न त डब्बावालाहरु ढिलो नै पुग्छन्, न त कहिले काम नै रोकिएको छ, डब्बावालाहरु कामलाई 'भगवान' मान्छन् । को हुन् मुम्बईका डब्बावाला? मुम्बई सहरमा, बिहान घरमा बनेको खाना, दिउँसो अफिसमा पुर्याउने व्यक्तिहरु डब्बावाला हुन् । अफिसमा काम गर्ने धेरैजसो व्यक्तिहरु घरकै खाना खान रुचाउँछन्, तर उनीहरुको अफिस २-३ घन्टा रेल चढेर जानुपर्ने हुन्छ । अत: ९ बजे अफिस पुग्न, धेर

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ

नेपालमा ट्विटरका प्रयोगकर्ता दिनानु दिन बढ्दै गइरहेछन् । प्रधानमन्त्री देखि स्कुलमा पढ्ने भाइ-बहिनीहरु सम्म ट्विटरबाट आफ्ना कुरा राखिरहेकाछन् । नेता, प्रधानमन्त्री, प्रहरी, आर्मी आदिले आफ्ना ट्विटर एकाउन्टबाट ट्विट गरेर सूचना, जानकारी दिनु अब नौलो रहेन । ट्विटर चलाउनु एउटा कुरा, तर ट्विटरबाटै एउटा शहरको शासन व्यवस्था नै चल्नु अर्को कुरा । स्पेनको एउटा शहरमा ट्विटर कसरी प्रयोग गरिएको छ भनेर न्यु योर्क टाइम्स मा मार्क स्कटले लेखेको लेखको मूख्य अंशलाई साभार गरेर यहाँ प्रस्तुत गरिएकोछ । स्पेनको हुन् (जुन्) शहरका मेयरको घरमा अप्रिलमा छोरी जन्मिइन् । मेयरले आफ्नी भर्खर जन्मिएको छोरीका लागि ट्विटरमा एकाउन्ट बनाइदिए अनि जन्मिएको खबर, छोरीकै ट्विटरबाट "म जन्मिएँ" भन्दै ट्विट गरेर खबर सार्वजनिक गरे । जन्मने बित्तिकै फेसबुक र ट्विटर , किन चाहियो भनेर धेरैलाई चासो लाग्नु र अचम्म लाग्नु स्वाभाविक नै हो, तर यस स्पेनिश शहरका वासिन्दालाई भने यो सामान्य कुरा हो । करिब ३५ सय जनसङख्या रहेको यस शहरमा प्राय: हरेक गतिविधि ट्विटरबाटै हुन्छ । सम्भवत: संसारभरिमै यस शहरका वासिन्दा सबैभन्दा एक्ट

फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा, च्याटमा डि: पी: सँगै हाहा, हेहे, लोल आदि लेख्ने बानी हामी सबैको छ । कसैलाई हाहा लेख्न मनपर्छ त कसैलाई हेहे, कोही भने ईमोजी नै प्रयोग गर्न रुचाउँछन् । कसैलाई भने 'लोल' को प्रयोग पटक्कै मन पर्दैन । स्माइली वा हाँसोको भाषा नराखी सोसल मिडिया मा पोष्ट गर्दा के नपुगेको के नपुगेको लाग्नु स्वभाविक भइसक्यो । यदी जोकमा, च्याटमा स्माईली राखिएको छैन भने, प्रतिक्रिया दिनु अघि सोच्नुपर्ने बेला भइसक्यो, यो जोक नै हो या सिरियस कुरो । यही हाम्रो विभिन्न थरिको हाँसो माथि फेसबुकले अनुसन्धान गरेको थियो, आज त्यही कुरा यहाँ लेख्दैछु । केही महिना अघि न्युयोर्करमा छापिएको एउटा लेखबाट प्रभावित भएर फेसबुक ले, प्रयोगकर्ताहरु फेसबुकमा कसरी हाँस्छन् भन्नेबारेमा अघिल्लो हप्ता रमाइलो तथ्य सार्वजनिक गरेकोछ । मे महिनाको पछिल्लो हप्तामा फेसबुकले, 'पोष्ट्' तथा प्रतिक्रियाहरुमा लेखिएका (हाँसो जनाउने शब्दहरु) 'हाहा' (haha), 'हेहे/हिही' (hehe), 'इमोजी' (emoji), 'लोल' (lol) आदि शब्दहरुको सुक्ष्म विश्लेषण गरेकोथियो । फेसबुकले अमेरिक

बर्खे बिदाका दिन, घर बस्दा बस्दा वाक्कै लाग्थ्यो। आमा प्राय पर्म भर्न मेला जानु हुन्थ्यो, भाइ घरमै हुन्थ्यो तर त्योसँग फाइट मात्रै पर्थ्यो। हजुरआमा नि हुनुहुन्थ्यो, दिनभर फतफताई मात्रै रहनुहुन्थ्यो। टिभी पनि थियो टि-सिरिजको, तर शनिबार बाहेक अरु दिनमा बिहान नौ देखि बेलुकी पाँच बजेसम्म प्रसारण बन्द हुन्थ्यो। म ४ या ५ कक्षामा पढ्थेँ सायद, कोठैभरी कापी र किताब मिल्केका हुन्थे, बर्खे बिदाको लागि सब बिषयका सरहरुले यत्ति धेरै होमवर्क दिएका हुन्थे तर होमवर्क गर्न फिटक्कै मन लाग्दैनथ्यो। गर्मी उस्तै, पानी नपरेको दिनमा असारको गर्मीको के बयान गरिसाध्य, हन्नामा मकै पड्के जसरी घामले छानाका टिन तातेर पड्किन्थे। पौडीे खेल्न जाउँ भने बिजयपुर खोलो बढेर पुलसम्मै आउँथ्यो, बगाइहाल्यो भने भनेर पौडीन जान पनि डर लाग्थ्यो। अनि भान्छाकोठामा जान्थेँ, खाजा के राखिदिनु भएछ आमाले भनेर हेर्थें, सँधै निख्ला चिउरा। देख्नासाथ हुर्याइदिम जस्तो झोंक चल्थ्यो, तर जतिसुकै खान्न भनेर घुर्की लगाए पनि सुनिदिने कोही हुन्थेन। दिन ढल्दै गएपछि भोकले गलाउँदै लैजान्थ्यो, अनि मन नलाई नलाई त्यही चिउरा हसुर्न पर्थ्यो। तर भोकको मेसा

हाम्रा सडकहरुमा आज 'पिच' राख्छन्, केही दिन र हप्तामै ती पिचहरु उप्किएर जान्छन् । अहिले वर्षाको मौसममा, अन्यत्रको कुरै छाडौँ, काठामाडौँकै सडकहरुमा हिँड्न गाह्रो छ । कमसल पिच, त्यसमाथि ढल तथा पानीको अवस्थित निकास, बाटो बिग्रन समय नै लाग्दैन । हाम्रा सडकहरुमा पाइला पाइलामा समस्या हुँदै गर्दा, नेदरल्यान्डमा एउटा कम्पनीले प्लाष्टिकबाट वातावरण मैत्री सडक निर्माण गर्ने योजना बनाउँदै रहेछ। उक्त वातारण मैत्री सडकले माइनस ४० डिग्रीको चिसो देखि ८० डिग्रीसम्मको तातो थेग्नसक्नेछ । "प्लास्टिक रिसाइकल" गरेर निर्माण गरिने यस किसिमको सडक, अहिले पिच गरेर बनाइने सडकको आयु ३ गुना बढि रहने दावी गरिएकोछ । उक्त सडक 'प्रिफेब्रिकेट' हुनेकारण, सडकहरु चाँडो चाँडो निर्माण गर्न सकिनेछ । ढल, केबल, पानीको लागि सडकको भित्री तहमा पाइपहरु बिच्छ्याउन मिल्छ । नेदरल्यान्डमा यो प्रयोग सफल भएको खन्डमा, प्लास्टिक'का सडकहरु अन्यत्र पनि चाँडै देख्न सकिएला । नेपाल जस्तो मुलुकमा यस किसिमको प्रविधी भित्रियो भने, सडक विस्तारको गति केही बढ्थ्यो कि? किनकी हाम्रोमा  २०२७ सालमा ग्राभेल गरेर बनाइएक

तपाई एन्ड्रोइड फोन किन्ने सोच्दैहुनुहुन्छ, तर तपाईलाई कुन फोन किन्ने थाहा छैन । बजारमा यति धेरै अप्सन् छन् कि, कहिलेकाँही कुन फोन लिँदा आफूले अधिकतम् फाइदा लिन सकिन्छ भनेर थाहा पाइँदैन । कसैलाई क्यामेराको आवश्यकता फोनले पुरा गरिदियोस् लाग्छ, त कसैलाई राम्रो म्युजिक सिस्टमको। कसैलाई धेरै स्टोरेज चाहिएको छ, त कसैलाई राम्रो प्रोेसेसर भएको फोन । कोही फेसबुक, ट्विटर, विच्याट, भाइबर आदिका लागि मोबाइल रोज्छन् त कोही गेमिङको लागि । नयाँ मोबाइल किन्ने बेला, यो किनौँ कि त्यो किनौँ भइन्छ, अनलाइनमा रिभ्युहरु पनि खोजिन्छ, अनि फोन किनिन्छ । हाम्रो यही फोन खोज्ने र रोज्ने तरिकालाई गुगल'ले सहज बनाउने कोशिस गरेको छ, एन्ड्रोइड साइटमार्फत । गुगल'ले केही हप्ता पहिलेबाट एन्ड्रोइडको साइटमा नयाँ पेज सञ्चालनमा ल्याएको छ, जसमा गएर आफ्नो आवश्यकता अनुसारको फोन छान्न सकिन्छ । एन्ड्रोइड साइटको यो पेज बाट फोन खोजिकार्य सुरु हुन्छ । तपाईलाई म्युजिक, क्यामेरा, सोसल मिडिया, वेब ब्राउजिङ आदि इत्यादी के के चाहिएको हो, छानिसकेपछि, गुगलले तपाईलाई तपाईको आवश्यकता अनुसारको फोनहरु देखाउँछ । सामसुङ, एचटिसी, एलजी

जति धेरै साइट र एप्स चलाउछौँ, त्यति धेरै पासवर्ड सम्झनुपर्ने बाध्यता छ । फोन नम्बर नसम्झिने समयमा, त्यति धेरै पासवर्ड कसरी सम्झिने? अझ त्यो भन्दा नि महत्वपूर्ण कुरा, बलियो पासवर्ड कसरी राख्ने या भनौँ बलियो पासवर्ड कसरी बनाउने? जब पनि नयाँ साइटमा साइन अप गर्ने बेला हुन्छ, यही पासवर्ड के राख्ने, कसरी बलियो बनाउने भन्ने कुराले दिमाग खान्छ । साना-ठूला अक्षर, अंक र स्पेशल क्यारेक्टर राखेर बलियो पासवर्ड बनाउनु पर्छ भन्ने सुन्दै र भन्दै आइएको धेरै भयो। पासवर्डको सन्दर्भमा, एचबिओ'को गतहप्ताको 'लास्ट विक टुनाइट' कार्यक्रममा एडवार्ड स्नोडनले, बलियो पासवर्ड बनाउने तरिका बताएका थिए। ( एडवार्ड स्नोडन , 'नेसनल सेक्युरिटि एजेन्सी' (एन एस ए), अमेरिका'को गोप्य दस्तावेजहरु 'सार्वजनिक' गरेर चर्चामा आएका व्यक्ति हुन्।) स्नोडनका अनुसार आठ क्यारेक्टरको पासवर्ड कम्प्युटरले सजिलै क्रयाक गर्न सक्छ । अत: पासवर्ड बलियो राख्न, आफ्नो बेग्लै 'पास-फ्रेजेज' बनाउन उनको सुझाव थियो, जुन डिक्सनरीमा नभेटियोस र सजिलै सम्झन पनि सकियोस् । बलियो पासवर्ड कस्तो हुन्छ, यो छोटो ३ मिनेटको

केही महिना अघि देखि नेपालीमा लेखिएका ह्यासट्याग पनि ट्विटरमा देखिन थालेकोछ । पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विटबाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो । how do you feel about using # (pound) for groups. As in #barcamp [ msg ]? — Chris Messina ☠ (@chrismessina) August 23, 2007 ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए । न्युयोर्क टाइम्सका अनुसार क्रिसलाई ' ह्यासट्यागको गडफादर ' (hash godfather) भन्ने गरिन्छ । ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्वपूर्ण माध्यम  हो । अघिल

आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ । २-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो ।  उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक । Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. " @Ujyaalo : फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3 " — Aakar (@aakarpost) June 6, 2014 सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरे

म जहिले सोच्थेँ, सगरमाथा बेसक्याम्प कस्तो छ, खुम्बु आइसफल कहाँ छ, हिलारी स्टेप कस्तो देखिन्छ आदि इत्यादि । फोटो र चलचित्रमा धेरै पटक सगरमाथा हेरियो तर सगरमाथाको खासै भेउ पाउन सकिएको थिएन । अप्रिल तेस्रो साता खुम्बुमा हिमपहिरो गएसँगै 'डिस्कभरी'ले केही हप्ता पहिले 'एभरेष्ट अभलान्चे ट्याजिडी' साइट सार्वजनिक गरेकोछ , जसबाट घरै बसेर सगरमाथा चढेको अनुभव (थ्रिडी अनुभव) गर्न सकिन्छ। सगरमाथा बेसक्याम्पबाट सुरु हुने ट्रेक, खुम्बु आइसफल, हिलारी स्टेप हुँदै  सगरमाथाको टुप्पामा पुगेर टुंगिन्छ । सगरमाथाको टुप्पाबाट हिमालहरुको दृश्यावलोकन पनि मज्जाले गर्न सकिन्छ, सायद यसै कारण पनि होला, सबैजना सगरमाथा चढ्न मरिहत्ते गरेका । साइटमा, खुम्बुमा गएको हिमपहिरोको पनि वर्णन गरिएकोछ, ब्याकग्राउन्डमा मान्छेहरु बोलेको, अनि हिमालको चिसो स्याँठको आवाजको अनुभव गर्नसकिन्छ, ट्रेकभरि नै । साइटको वाँया भागमा उचाइको जानकारी देखिन्छ, बाटोलाई रातो धर्सोले देखाइएको छ । बेसक्याम्प देखि टुप्पासम्मको यात्रा कठिन रहेछ भन्नेकुरा डिस्कभरीको थ्रिडी ट्रेक गरेपछि अनुभव भयो । खुम्बुमा गएको हिमपहिरो

अनलाइनमा केही दिन यता अमेजनको ड्रोन, गुगलको रोबट र आकाशिएको बिटकोइनको मुल्यको चर्चा छ । यस ब्लगमा यो हप्ता इन्टरनेटमा चर्चित रहेका यिनै विषय तथा केही रमाइला/उडन्ते ट्विटहरु राखेकोछु ।तल राखिएका  ट्विटहरुलाई मनोरञ्जनको रुपमा मात्र लिइयोस् भन्ने मेरो आग्रह छ । १. अमेजनले ड्रोनबाट प्याकेज डेलिभरी गर्ने सिस्टमको परिक्षण गरिरहेको कुरा यो हप्ता सार्वजनिक भएकोछ। अमेजनका सिइओ जेफ बेजोजले ६० मिनेट नामक एक टेलिभिजन कार्यक्रम मार्फत 'अमेजन प्राइम एयर'को खुलासा गरेका हुन् । बेजोजका अनुसार परिक्षणमा रहेको यो प्रविधी २०१५ देखि अमेरिकाको केही शहरहरुमा सुरु हुनेछन् ।  साइन्स फिक्सन् जस्तो लाग्ने यी कुराहरु अव वास्तविकतामा परिणत हुँदैछन् । तपाई अमेरिकी शहरमा हुनुहुन्छ भने २०१५ को आगमन सँगै तपाईले अमेजनमा किनेका प्याकेजहरु कुनै व्यक्तिको सट्टा हवाईमार्ग मार्फत एमेजनका ड्रोनहरुले तपाईको घरसम्म ल्याइपुर्याइदिनेछन् । यसका माध्यमबाट प्याकेजहरु समयमै र छिटो 'डेलिभरी' गर्न सकिने जेफ बेजोजको विश्वास छ । अधिक जानकारीको लागि तलको यो अमेजन एयर प्राइम भिडियो हेर्नुहोस् । २. अमेजनले ड्

नेपालका हाम्रा राजनितिज्ञ/विश्लेषक/बुद्धिजिवीहरु शब्दजाल बनाउन कत्तिको खप्पिस छन् भन्ने कुरा विवेक पौडेलको यो ब्लग बाट थाहा हुन्छ । चुनावको केही समय पहिले, 'चातुर्दिक' शब्द नेपाल भित्रिएको थियो, वा मैले पहिलोपटक सुनेकोथिँए । चुनावपछि 'मतादेश' शब्द पहिलोपटक सुनियो, चुनावमा हार ब्यहोरेका र जनताले नराम्रोसँग झापड लाइदिएकाहरुलाई यो 'मतादेश' शब्द अस्त्र झैँ भएकोछ अहिले। आफूले जिते 'जनादेश' तर आफूले हारे 'मतादेश' हुने भन्ने उनीहरुको बुझाइ अचम्म लाग्दोछ । 'मतादेश' शब्द बारेको हुटहुटि देखेर, यसै सन्दर्भमा  विवेक पौडेलले लेख्नुभएको  जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु  ब्लगलाई यहाँ पुन प्रकाशित गरेकोछु । विवेक पौडेललाई ट्विटरमा  @tistung  फलो गर्न सकिन्छ । एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो,

ट्विटर, फेसबुक, इन्स्टाग्राम, गुगल प्लस आदि चलाउनेहरुका लागि यो सिम्बोल " # " नयाँ होइन। पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विट बाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो । how do you feel about using # (pound) for groups. As in #barcamp [ msg ]? — Chris Messina™ (@chrismessina) August 23, 2007 ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए ।  न्युयोर्क टाइम्स का अनुसार क्रिसलाई 'ह्यासट्यागको गडफादर' (hash godfather) भन्ने गरिन्छ । ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्

गएको दुई-तिन देखि फेसबुकमा अनौठो लहर चलेकोछ । फेसबुक प्रयोगकर्ताहरु धमाधम आफ्नो तस्विर परिवर्तन गरेर 'जिराफ' को फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाइरहेकाछन् । जिराफ मन परेर वा जिराफ बचाउ अभियान भनेर कसैले पनि जिराफको फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाएका भने होइनन् । जिराफ किन? फेसबुकमा जिराफको फोटो सहित एउटा प्रश्न देख्न सकिन्छ । प्रश्नकर्ताले उक्त प्रश्नको जवाफ आफूलाई आउँछ भने, 'म्यासेज'मा पठाउन सुझाउँछन् । उत्तर सही भएको खण्डमा केही गर्नुप्रदैन तर उत्तर गलत भएको खण्डमा आफ्नो प्रोफाइल फोटोमा पनि जिराफको तस्विर राख्नुपर्छ । अनि खेलको नियम अनुसार गलत उत्तर दिनेहरुले जिराफको फोटोलाई केही समयको लागि आफ्नो प्रोफाइल फोटो बनाउँछन् र सोही प्रश्न अरुलाई दोहोर्याउँछन् । अत: फेसबुक जिराफमय बनेकोछ । प्रश्न यस्तो छ, "रातको ३ बजेकोछ, ढोकाको घन्टि बज्छ र तपाई उठ्नुहुन्छ । तपाईले नसोचेका पाहुनाहरु (तपाईको आमा-बाबा) ब्रेकफास्टको लागि आइपुगेकाछन् । तपाईसँग स्ट्रवेरी जाम, मह, वाइन, ब्रेड र चिज छ । अब भन्नुस तपाई सबैभन्दा पहिले के खोल्नुहुन्छ?" प्रश्नको

Bhim Niroula's latest video ' Sunday Morning Love you ' is going viral on the internet. Sunday morning love is popular among Nepalis generating 350K+ views within a week, few are skeptical about his song though. Watch: Hitler Reacts to Sunday Morning Love As usual, our Hitler is not happy with Bhim Niroula, as Saturday has been missing from the song. Hitler becomes furious when an Officer tells him that Nepalis are using a new chemical weapon called 'Sunday Morning Love' to win the world war. Hitler orders Bhim to add Saturday Morning Love in his song. Hitler video is also going viral on the web after Sunday Morning Love. Hitler's reaction to Sunday morning love has been watched more than 30K times within two days.