Skip to main content

प्लास्टिकका सडक

हाम्रा सडकहरुमा आज 'पिच' राख्छन्, केही दिन र हप्तामै ती पिचहरु उप्किएर जान्छन् । अहिले वर्षाको मौसममा, अन्यत्रको कुरै छाडौँ, काठामाडौँकै सडकहरुमा हिँड्न गाह्रो छ । कमसल पिच, त्यसमाथि ढल तथा पानीको अवस्थित निकास, बाटो बिग्रन समय नै लाग्दैन । हाम्रा सडकहरुमा पाइला पाइलामा समस्या हुँदै गर्दा, नेदरल्यान्डमा एउटा कम्पनीले प्लाष्टिकबाट वातावरण मैत्री सडक निर्माण गर्ने योजना बनाउँदै रहेछ।


उक्त वातारण मैत्री सडकले माइनस ४० डिग्रीको चिसो देखि ८० डिग्रीसम्मको तातो थेग्नसक्नेछ । "प्लास्टिक रिसाइकल" गरेर निर्माण गरिने यस किसिमको सडक, अहिले पिच गरेर बनाइने सडकको आयु ३ गुना बढि रहने दावी गरिएकोछ । उक्त सडक 'प्रिफेब्रिकेट' हुनेकारण, सडकहरु चाँडो चाँडो निर्माण गर्न सकिनेछ । ढल, केबल, पानीको लागि सडकको भित्री तहमा पाइपहरु बिच्छ्याउन मिल्छ ।

नेदरल्यान्डमा यो प्रयोग सफल भएको खन्डमा, प्लास्टिक'का सडकहरु अन्यत्र पनि चाँडै देख्न सकिएला । नेपाल जस्तो मुलुकमा यस किसिमको प्रविधी भित्रियो भने, सडक विस्तारको गति केही बढ्थ्यो कि? किनकी हाम्रोमा २०२७ सालमा ग्राभेल गरेर बनाइएको सडक, (जहाँ दिनहुँ सयौँ बस, ट्रकहरु गुड्छन्), अझै पिच भएको छैन ।



स्रोत: गार्जियन
आकारपोष्ट एन्ड्रोइड एप डाउनलोड गर्नुस्

Comments

Subscribe to Aakar Post