Skip to main content

Posts

Showing posts from April, 2013

'बाँदराखुइ, ह्याँ आएर पिँढीमा बसो, अब पनि चकचक गरेको देखें भने भालेसँग थुन्दिन्छु' हामी मामाघर जाँदा हजुरबुबाको 'वार्निङ' सँधै यस्तै हुन्थ्यो। मामाघरमा हजुरबुबा, हजुरआमा र लक्ष्मी दिदी थिए। मामा माइजु 'इन्डिया' बस्नुहुन्थ्यो। हाम्रो घरबाट हाम्रो मामाघर आधि घण्टाको दुरीमा थियो, शुक्रबार हुने बित्तिकै हामी दाजुभाइ मामाघर दगुर्थ्यों। मामाघर नपुग्दासम्म हजुरबुबाको केहि याद आउँथे'न, गौँडो कट्ने बित्तिकै हजुरबुबाको चर्को अवाज सुनिन्थ्यो अनि हामी दाजुभाइका पाइला रोकिन्थे। 'यी बाँदराचोद आए पछी घराँ कैल्यै शान्ति'सँ बस्न दिन्नन्, चकचक चकचक मात्रै गर्छन'। यस्ता गाली सुनेपछि हामीलाई हजुरबुबा पटक्कै मन पर्दैनथ्यो। उहाँको बोली साह्रै खरो थियो, बोली सुन्ने बित्तिकै हामी डरले तैं चुप मै चुप हुन्थ्यौं अनि पिँढीमा बसेर उड्कुसी मुड्कुसी खेल्थ्यौँ। ​हेर्दा पनि निकै नराम्रो हुनुहुन्थ्यो हाम्रो हजुरबुबा, कालो न कालो हुनुहुन्थ्यो, कहिल्यै हाँस्नु हुँदैनथ्यो, खाली बाँदराखुइ र बाँदराचोद भन्दै गाली गर्नुहुन्थ्यो। केट'केटी हुँदा हामी त्यो भनेको के हो बुझ्दैनथ्यौं,

Listen to Bulbul Episode-191 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul  Episode-191

पछिल्लो हप्ता काठमाडौँमा साझा यातायातको पुनरागमनले ठूलै चर्चा पायो । साझाले सर्वसाधारणको ताली र यातायात व्यवसायीको गाली दुबै पायो । यो ब्लगले भने, साझाको बारेमा केही कुरा गर्दैन । मेरो यातायातको साधन भनेको सार्वजनिक बस, माइक्रो, टेम्पुहरु आदि हुन् । जानुपर्ने ठाउँ नजिकै रहेछ भने, हिँडेरै जान रुचाउँछु, यद्दपी धुँवा, धुलोले सँधै सास्ति दिइरहन्छ ।बसमा भाडामा किचकिच गरेको खासै मन पर्दैन। दुई हप्ता अघि एक बिहान एकान्तकुनाबाट कलंकी हुँदै बालाजु जान बसमा २० रुपैयाँ तिरेँ, कन्डक्टरले चुपचाप भाडा लिए। भाडाको लिष्ट टाँसिएको थिएन, सायद २० रुपैयाँ नै भाडा होला भन्ने लाग्यो । दिउँसो सोही रुटबाट फर्किँए, धोबीघाट कटेपछि २० रुपैँया दिँए, बालाजुबाट एकान्तकुना सम्म भनेर । कन्डक्टरले भाडा पुगेन भने, मलाई लाग्यो सायद मैले बिहान थोरै तिरेको रहेछु । मैले ५ रुपैँयाको नोट बढाएँ, उसले एकछिन हातमा लियो र फिर्ता दियो, उसले भाडा पुगेन भन्यो । मैले भाडा कति हो भनेर सोधेँ, उसले रुखो स्वरमा ३० रुपैँया भन्यो । उसले यति भनेको मात्र के थियो, मेरो मगज अकस्मात तात्यो ।३० रुपैँया त भाडा हुनैसक्दैन भन्ने मेरो अनुमान

Listen to Bulbul Episode-190 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"  Download Bulbul Episode-190

करिव ४-५ महिना अघिको कफी भेटमा ब्रजेश दाइले आइप्याड आफ्नै घरबाटै चोरी भएको घटना सुनाउनु भएको थियो । त्यही समयताका आइफोनमा राखिएको ट्रयाकिङ डिभाइसको मद्दतले हराएको आइफोन भेटियो भन्नेबारे  गिजमोडोमा एउटा ब्लग पनि पढेकोथिँए ! नेपालमा सामान्यत: चोरी भएका मोबाइल, कम्प्युटर आदि इलेक्ट्रोनिक्स वस्तुहरु फेला पार्न सकिँदैन । अत: ब्रजेशदाइको चोरिएको आइप्याड अब भेटिँदैन भन्नेमा विश्वस्त थिँए । तर अलि अघि सिभिलमलमा भएको भेटमा ब्रजेशदाइले भन्नुभो, अब आइप्याड फेला पर्लाजस्तो छ । त्यसको केही दिनपछि नै चोरिएको आइप्याड ब्रजेशदाइको हातमा आइपुग्यो । चोरीभएको नौ महिना पछि आइप्याड भेटिनु चानचुने कुरा थिएन । के - कसरी भेटियो होला भन्ने कौतुहलता लागिरहेको थियो। मेरो कौतुहलता ब्रजेश दाइले नेपाल साप्ताहिकमा "बायाँ" फन्कोमा समेट्नुभएको रहेछ । आज त्यही आइप्याड भेटिएको कुरा नेपाल साप्ताहिकबाट साभार गरेर यहाँ राख्दैछु । चेतन भगत र चोरिएको आइप्याड जीमेलका स्प्याम अक्सर हेर्दै नहेरी एकमुष्ट उडाइदिने मेरो बानी छ। फेब्रुअरी २०१३ को दोस्रो साता खोइ किन हो, फोल्डर खोलेर सबै स्प्याम सरर्र हेर्दै थिएँ,

Can a game or a sport bring people together? Unite them as one? Making them forget their demography in their country, their caste, their community, their religion and of course their gender. If that happens can we call that a phenomena. Especially for a country like ours, Nepal, which is torn apart with all these factors.  We witnessed this phenomena, if I can call that a phenomena, in the modest yet beautiful cricket ground at the Tribhuwan University here in Nepal. Nepal was gearing to fight against the most talked about nation around the world media; Afghanistan. Stadium was packed beyond its capacity just like our micro buses during peak hours in the city. People, mostly students found places in top of the tress, roof of the nearby building and where ever a human eye could find an space inside the stadium people occupied it. The metal sheet that was erected around the compound as a fence was kicked down by the crowd to make space for them to sit on top of the compound. Crowd woul

गुगल का फ्यानहरुलाई अर्को दुखद खबर छ । गुगल रिडर बन्द गर्ने घोषणा गरेको केही हप्ता पछि नै गुगलले हिजो युट्युब बन्द गर्ने घोषणा गरेको छ । युट्युबमा राखिएको भिडियो सन्देशमा युट्युब आफ्नो लक्ष्य भन्दा बाहिर गएकोले बन्द गर्नुपरेको उल्लेख गरिएकोछ । आठ वर्ष अघि सन् २००५ मा युट्युब भिडियो कम्पिटिसन साइटको रुपमा सुरु भएको थियो । युट्युब बन्द गरिने घोषणा सँगै ह्याकरहरुको एक समूहले गुगल म्याप ह्याक गरिदिएकाछन् । यो आठ वर्षको दौरानमा करोडौँ भिडियोहरु युट्युबमा अपलोड भएका थिए । युट्युबका अनुसार आठ वर्ष अघि सुरु भएको भिडियो कम्पिटिसन हिजो सकिएकोछ । भिडियो कम्पिटिसन सकिएपछि युट्युबको कुनै अर्थ नभएको गुगलले जनाएकोछ । Watch Video: Google to shutdown YouTube Bye bye YouTube. युट्युबमा ‘पोस्ट’ गरिएका भिडियोहरु मध्येबाट उत्कृष्ट भिडियो छानेर पुरस्कृत गरिने भएकोछ । त्यसका लागि युट्युबले चलचित्र समिक्षक, युट्युब प्रयोगकर्ताहरू, युट्युब सेलिब्रेटिहरु आदि रहेको निर्णायक मण्डलको गठन गरेकोछ । गठन गरिएको निर्णायक टोलीको मुख्य काम भनेको युट्युबले विगत आठ वर्ष देखि सञ्चालन गरेको भिडियो कम्पिटिसनबाट उत