Skip to main content

Posts

Showing posts from June, 2008

“जुन ५” अर्थात विश्व वातावरण दिवस मनाए उनीहरुले, भव्यताका साथ । भव्यता यसअर्थमा पनि कि, यो वर्ष एक हप्ता नै वातावरण दिवस मनाए उनीहरुले अनि कार्यक्रम मा देशका लब्धप्रतिष्ठित व्यक्ति अनि कम्पनिको पनि सहभागिता थियो । मान्नैपर्छ, कार्यक्रम निकै भव्य थियो । दिनहुँ वृतचित्र तथा नाटक, साथमा चित्रकला प्रतियोगिता, फोटो प्रतियोगिता, वृक्षारोपण, म्याराथन सबै भयो, एकसाता सम्म । जनचेतना जगाउने धेरै कामहरु भए, विश्वमा बढ्दै गएको तापमान तथा “ग्लोबल वार्मिङ” को विषयमा पनि धेरै चर्चा भयो । अझ नेपालको सन्दर्भमा भएकाले होला, आन्दोलन को निहुँमा टायर बाल्न नहुने तथा भौतिक संरचना नष्ट गर्न नहुने कुरा पनि जोडतोड ले उठेको थियो कार्यक्रमभरी । त्यस्तै पेट्रोलियम पदार्थको सट्टमा “बायोफ्युल” लाई प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा पनि उठ्यो । कार्यक्रम जति ठूलो थियो, त्यही अनुसार नै कार्यक्रम को बजेट पनि ठूलै थियो । कार्यक्रमको अन्तिम दिन कोषाध्यक्षले खर्चको विवरण तथा कार्यक्रमका लागि आएको बजेट को विवरण सार्वजनिक गरे । तर कार्यक्रम मा भएको खर्च भन्दा “डेढी” खर्च भएको विवरण कोषाध्यक्ष ले पेश गरेपछि, आक्रोशित समूहल

-ईशान गजुरेल रमेश भित्रभित्रै गुम्सिँदैछ, ऊ ५२ वर्षको भयो । तर उसको उमेर गुम्साइको कारण होइन । उ डराउँछ जीवनदेखि यसको मतलब समाजले परिभाषित गरेको पागल, बहुला या निष्काम, खत्तम उ छैन । उ सँग बस्न घर छ, अन्न उब्जाउने प्रशस्त खेत छ, परिवार छ तर पनि उ कता-कता एक्लो जोगी जस्तो छ । तर उ आफैँमा एउटा भिन्न चरित्र होइन, उ जस्ता मान्छे अनगिन्ति छन् – अरुजस्तो उ एउटा चल्तापुर्जा मेसिन भएको छ । उसले जे काम गर्छ, निश्चित हिसाब किताब गरेर मात्र गर्छ, कहिले उ नाफा मा हुन्छ त कहिले उ घाटामा । उसको दिमागका तर्क अब शरीरको निर्देशन केन्द्र भन्दा बढि केही रहेन । यही एक्लोपनले विरक्तिएको रमेश पुरानो पिपल को रुखमुनि बसेको छ,मानौँ उ कुनै ध्यान गर्न निस्किएको हो । त्यही रूखमा कुनैदिन उ साथीहरु सँग लुकामारी खेल्थ्यो, आज त्यही लुकेको अस्तित्वलाई खोज्न उ त्यहाँ बसेको छ । यसो रुखतिर हेर्छ, पातहरु पलाउँदैछन्, केही हप्ता अघि त्यो रूख हाड र छाला मात्र भएको शरीर जस्तो थियो, पातहरु झरेर, रुख को उतारचढाव देखेर उ मुस्कुराउँछ । फेरि सम्झिन्छ, रुखको उमेर, यो उसको बाउभन्दा अगाडि जन्मिएको प्राणी हो र सम्भवत यो नाती-पनाती

समस्याग्रस्त देश, समस्याग्रस्त परिवेश अनि तनावग्रस्त जनता, अनि अभाव र महंगी ले पिडित आमउपभोक्ता । हाम्रो पहिचान यस्तै छ, अनि हामी यस्तै छौँ । सदासर्वदा हिंसा हत्या को राजनिति, अभाव र महंगी को जिवन, बितेकै छ, चलेकै छ र सदासर्वदा चल्दै जानेछ । यो साश्वत सत्य हो भनेर मान्नु परेको छ, अनि जनता तर्साउनेलाई, तपाई हजुर भन्नु परेको छ । अभाव र महंगीमा पनि खिस्स दाँत देखाएर हाँस्नुपरेको छ । न हामीसँग केही शक्ति छ, न हामीबाट केही हुने छाँट छ । हिजो पनि तराईतिर पड्काइयो रे, अस्ति ट्याक्सी ड्राइभरलाई खुस्काईयो रे ! आज यातायात व्यबसायीको हड्ताल छ रे, अनि समस्याको तत्काल निकास निकाल्न, भोली बिहानै एघार बजे वार्तामा बस्दैछन् रे ! देशमा परिवर्तन भयो रे, गणतन्त्र नै आइसक्यो रे, माथि कुर्सीमै झगडा अल्झेको छ रे तर उता ज्ञानेन्द्र भने नागार्जुन गै’सके रे ! सर्कार भनेको सर्र-कारमा चढेर हुँइकिने हो रे अनि पेट्रोल चाँही जनता ले भर्दिनुपर्ने रे, जनताले पानी-पानी भनि कराए भनेर असार-साउन मा बाढि नै ल्याइदिन्छन् रे ! जनतालाई चढ्न नि हुन्छ रे, जनतालाई जोत्न नि हुन्छ रे, अनि भाषणमा नेताले जनताको नै दुहाइ दिन

ने पाल को इतिहास का शाहवंश का अन्तिम राजा ज्ञानेन्द्र शाह ले आज मिति जेठ २९ गते बुधवारका दिन पत्रकार सम्मेलन गरी नारायणहिटि दरबार छाडेकाछन् । बेलुका नेपाली समयअनुसार साँझ ५ बजे गरिएको पत्रकार सम्मेलन मा ज्ञानेन्द्र अत्यन्त शान्त र हँसिलो मुद्रामा उपस्थित हुँदै, पत्रकारहरुलाई शान्त हुन अनुरोध गरेर १५-१६ मिनेट को समयमा आफ्ना कुराहरु राखेकाथिए । उनले मुख्य रुप मा आफू र आफ्नो परिवार प्रति लागेको विभिन्न आक्षेप तथा आरोपहरु निराधार रहेको बताए । पत्रकार सम्मेलनका क्रम मा आफू आफ्नो ईच्छा र चाहना ले राजा नभएको बताए भने २०५८ जेठ १९ को घटनामा आफू र आफ्नो परिवार मुछिन पुगेकोमा दु:ख मनाव समेत गरे । उक्त घटनामा आफ्नी श्रीमतीलाई लागेका गोलीका टुक्राहरु प्राविधिक कारण ले अझै सम्म झिक्न नसकिएको बताए । मुलत: उनले आफू र आफ्नो परिवार हत्याकाण्डको दोषी नभएको तथा विगत ७ वर्षमा आफूले कुनै गलत काम नगरेको अर्थात कसैको आधिकार को हनन नगरेको बताए, यदि भएको भए सो कुरा अन्जान मा भएको कुरा व्यक्त गरे । साथै आफ्नो सम्पत्ति पिता – पुर्खा देखि खाइपाई आएको सम्पति भएको तथा विदेशमा कुनै किसिमको सम्पत्ति नभएको कुरा बताए भ

काठमाडौँ विश्वविद्यालय को स्नातक चौथो वर्षका विद्यार्थीहरुको विदाइका लागि पुरुष तथा महिला छात्रावासले संयक्त रुप मा आयोजना गरेको बिदाइ कार्यक्रम मा स्थानिय युवाहरु प्रवेश गरेर विद्यार्थीहरुमाथि हातपात गरिएपछि, विश्वविद्यालयमा तनाव उत्पन्न भएको छ । जेठ २५ गते आयोजित कार्यक्रम मा स्थानिय युवाहरु पसी हातपात गरिएपछि, विद्यार्थीहरु व्दारा उनीहरुलाइ सम्झाउने बुझाउने प्रयास गर्दा उल्टै विभिन्न किसिम का गाली-गलौज गरेका थिए । त्यसपछि विद्यार्थिहरुले उनीहरुलाई कार्यक्रमस्थल बाट निस्कन चेतावनि दिइएपछि ती स्थानीय युवाहरु निस्किएका थिए । तर उनीहरु बाहिर निस्किएलगत्तै, ती १०-१५ जना स्थानीय युवाहरु बाहिर तोडफोड मा ओर्लिए र पुरुषका छात्रावास का केही झ्यालका सिसाहरु फुटाइदिए भने विद्यार्थिहरुलाई पनि ज्यान मार्ने धम्की दिए । साथमा लठ्ठी तथा भाटाहरु लिएका ती स्थानिय युवाहरुले होस्टलका विद्यार्थीहरुलाई देख्लास र पख्लास को भाका मा अति तुच्छ शब्दहरु प्रयोग गर्दै गालीगलौज तथा आक्रमण गरिएपछि, विद्यार्थीहरुले आफ्नो सुरक्षार्थ उनीहरु सँग प्रतिकार गर्न क्रिकेट ब्याट, स्टम आदि लिएर उनीहरुलाई मेन गेट सम्म लखेटेका