नेपाल को इतिहास का शाहवंश का अन्तिम राजा ज्ञानेन्द्र शाह ले आज मिति जेठ २९ गते बुधवारका दिन पत्रकार सम्मेलन गरी नारायणहिटि दरबार छाडेकाछन् । बेलुका नेपाली समयअनुसार साँझ ५ बजे गरिएको पत्रकार सम्मेलन मा ज्ञानेन्द्र अत्यन्त शान्त र हँसिलो मुद्रामा उपस्थित हुँदै, पत्रकारहरुलाई शान्त हुन अनुरोध गरेर १५-१६ मिनेट को समयमा आफ्ना कुराहरु राखेकाथिए ।
उनले मुख्य रुप मा आफू र आफ्नो परिवार प्रति लागेको विभिन्न आक्षेप तथा आरोपहरु निराधार रहेको बताए । पत्रकार सम्मेलनका क्रम मा आफू आफ्नो ईच्छा र चाहना ले राजा नभएको बताए भने २०५८ जेठ १९ को घटनामा आफू र आफ्नो परिवार मुछिन पुगेकोमा दु:ख मनाव समेत गरे । उक्त घटनामा आफ्नी श्रीमतीलाई लागेका गोलीका टुक्राहरु प्राविधिक कारण ले अझै सम्म झिक्न नसकिएको बताए ।
मुलत: उनले आफू र आफ्नो परिवार हत्याकाण्डको दोषी नभएको तथा विगत ७ वर्षमा आफूले कुनै गलत काम नगरेको अर्थात कसैको आधिकार को हनन नगरेको बताए, यदि भएको भए सो कुरा अन्जान मा भएको कुरा व्यक्त गरे । साथै आफ्नो सम्पत्ति पिता – पुर्खा देखि खाइपाई आएको सम्पति भएको तथा विदेशमा कुनै किसिमको सम्पत्ति नभएको कुरा बताए भने नेपाली नागरिक का रुप मा आफ्नो निजी सम्पत्ति आफूले पनि राख्नपाउने बताए ।
जेठ १५ को संविधान सभा को बैठकको निर्णयलाई आफूले स्विकार गरिसकेको स्मरण गराउँदै, ज्ञानेन्द्रले नेपाल को राजसंस्थाले सँधै नेपाल र नेपाली जनताको भलो चिताएको कुरा व्यक्त गरे । विगत मा आफ्नो पक्षमा बोलीदिने कोही नभएकोले यी साह्रा कुराहरु सहन गरेर बस्नु परेको, उनले बताए ।
नेपाल का अन्तिम राजा ज्ञानेन्द्र शाह ले आफू नेपाल मै बसेर नेपाल र नेपाली को सेवा गर्ने बताउँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे भने, सम्मेलनस्थल आइदिएकोमा पत्रकारहरु प्रति पनि आभार व्यक्त गरे।
Download: Last speech delivered by Nepal's last King Gayanendra.
दौरा, सुरुवाल, टोपी मा उपस्थित भएका ज्ञानेन्द्रले रातो फ्रेम भएको चस्मा लगाएका थिए भने बिच-बिचमा खोकेका पनि थिए । “कास्की बैठक” मा भएको पत्रकार सम्मेलनमा पत्रकारको बाक्लो उपस्थिति थियो, तर पत्रकारहरुको खास-खुस ले केही असहजता उत्पन्न भएको आभास दिन्थ्यो । बल्ल-बल्ल नारायणहिटि छिर्न पाएका पत्रकारहरु, कुर्सी – सोफा मा टेकी-टेकी फोटो ,भिडियो र अडियो लिन व्यस्त थिए ।
संविधान सभाको बैठक को निर्णयलाई स्विकार्दै सामान्य नागरिक बन्न तयार भएर ज्ञानेन्द्र नारायणहिटिबाट हिँडिसके, तर कस्तो विडम्बना अझै राष्ट्रप्रमुख या भनौँ राष्ट्रपति को चयन हुन सकेको छैन ।
ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा बोलेको कुराहरुको पूर्ण पाठ : ज्ञानेन्द्रको वक्तव्य