Skip to main content

Gyanendra and his last speech

नेपाल को इतिहास का शाहवंश का अन्तिम राजा ज्ञानेन्द्र शाह ले आज मिति जेठ २९ गते बुधवारका दिन पत्रकार सम्मेलन गरी नारायणहिटि दरबार छाडेकाछन् । बेलुका नेपाली समयअनुसार साँझ ५ बजे गरिएको पत्रकार सम्मेलन मा ज्ञानेन्द्र अत्यन्त शान्त र हँसिलो मुद्रामा उपस्थित हुँदै, पत्रकारहरुलाई शान्त हुन अनुरोध गरेर १५-१६ मिनेट को समयमा आफ्ना कुराहरु राखेकाथिए ।

उनले मुख्य रुप मा आफू र आफ्नो परिवार प्रति लागेको विभिन्न आक्षेप तथा आरोपहरु निराधार रहेको बताए । पत्रकार सम्मेलनका क्रम मा आफू आफ्नो ईच्छा र चाहना ले राजा नभएको बताए भने २०५८ जेठ १९ को घटनामा आफू र आफ्नो परिवार मुछिन पुगेकोमा दु:ख मनाव समेत गरे । उक्त घटनामा आफ्नी श्रीमतीलाई लागेका गोलीका टुक्राहरु प्राविधिक कारण ले अझै सम्म झिक्न नसकिएको बताए ।

मुलत: उनले आफू र आफ्नो परिवार हत्याकाण्डको दोषी नभएको तथा विगत ७ वर्षमा आफूले कुनै गलत काम नगरेको अर्थात कसैको आधिकार को हनन नगरेको बताए, यदि भएको भए सो कुरा अन्जान मा भएको कुरा व्यक्त गरे । साथै आफ्नो सम्पत्ति पिता – पुर्खा देखि खाइपाई आएको सम्पति भएको तथा विदेशमा कुनै किसिमको सम्पत्ति नभएको कुरा बताए भने नेपाली नागरिक का रुप मा आफ्नो निजी सम्पत्ति आफूले पनि राख्नपाउने बताए ।

जेठ १५ को संविधान सभा को बैठकको निर्णयलाई आफूले स्विकार गरिसकेको स्मरण गराउँदै, ज्ञानेन्द्रले नेपाल को राजसंस्थाले सँधै नेपाल र नेपाली जनताको भलो चिताएको कुरा व्यक्त गरे । विगत मा आफ्नो पक्षमा बोलीदिने कोही नभएकोले यी साह्रा कुराहरु सहन गरेर बस्नु परेको, उनले बताए ।

नेपाल का अन्तिम राजा ज्ञानेन्द्र शाह ले आफू नेपाल मै बसेर नेपाल र नेपाली को सेवा गर्ने बताउँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे भने, सम्मेलनस्थल आइदिएकोमा पत्रकारहरु प्रति पनि आभार व्यक्त गरे।

Download: Last speech delivered by Nepal's last King Gayanendra.

दौरा, सुरुवाल, टोपी मा उपस्थित भएका ज्ञानेन्द्रले रातो फ्रेम भएको चस्मा लगाएका थिए भने बिच-बिचमा खोकेका पनि थिए । “कास्की बैठक” मा भएको पत्रकार सम्मेलनमा पत्रकारको बाक्लो उपस्थिति थियो, तर पत्रकारहरुको खास-खुस ले केही असहजता उत्पन्न भएको आभास दिन्थ्यो । बल्ल-बल्ल नारायणहिटि छिर्न पाएका पत्रकारहरु, कुर्सी – सोफा मा टेकी-टेकी फोटो ,भिडियो र अडियो लिन व्यस्त थिए ।

संविधान सभाको बैठक को निर्णयलाई स्विकार्दै सामान्य नागरिक बन्न तयार भएर ज्ञानेन्द्र नारायणहिटिबाट हिँडिसके, तर कस्तो विडम्बना अझै राष्ट्रप्रमुख या भनौँ राष्ट्रपति को चयन हुन सकेको छैन ।

ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा बोलेको कुराहरुको पूर्ण पाठ : ज्ञानेन्द्रको वक्तव्य

Comments

  1. aaba ke ta? raja gaaye? maosit le jaaga dinna re, jagga na de samma shanti hudaina khoi k k naya sarkar bandaina, ani feri army le coup gaerra raja lai satta dine?
    J pani huna sakcah yo desh ma saathi,
    tara hijo ko press conference ma nepali patra kaar haroo le joon aasista byawahar dehaye taysle tini haroo kaati gireko cah bhanera deahuncha. Na paauen le kera paayo khoi k k sanga khayo bahneko jastai dekhithiyo.

    arko koora ni aaba security ni dine re, palace pani diyo, bekar ma ceremonial president nai rkahne ho bahne, ceremonial king rakheko bhay ek hunthiyo? atleast hamro culture custom ta safe hunthiyo, YEK MATRA HINDU rastra ta bhai rahanthiyo, i hope soon they will ask to convert every one to muslim or christian :P

    ReplyDelete
  2. jane bela ma raja le ramarai sanga bolechhan. thanks for audio pod casting. mathi songs haru jastai previous pod casting haru lai playlist jastai garera pheri listen garana sakane bhaye ramro hunthio is it possible!

    ReplyDelete
  3. मैले तपाईकै आर्को पोष्ट "कोइराला को राजिनामा ?" मा एकचोटी "ज्ञानेन्द्रलाई दरवारबाट हटाउन भन्दा पनि गिरिजालाई कुर्सीबाट हटाउन गाह्रो पर्लाजस्तो लाग्छ मलाई त !" भनेर यौटा कमेण्ट लेखेको थिएं "

    बास्तबमै पूर्ब राजाको बहिर्गमन सोचेजस्तो जटिल रहेन। हुन त अरु कुनै उपाए छँदा पनि थिएन तैपनि संविधान सभाको बैठक को निर्णयलाई स्विकार्दै सामान्य नागरिक बन्न तयार भएको कुरा बताएर यिनले हाम्रा अन्य महान नेता र मिडियाको पूर्वानूमानलाई गलत साबित गरिदिए ।

    विना रक्तपात भएको यो बहिर्गमन पक्कै पनि ऐतिहासीक र स्वगतयोग्य छ। बरु हाम्रा नेताले पनि आफुमा जनसमर्थन नभएपछि कुर्सीमा बसिरहनु ठीक छैन भनेर यिनबाट केहि सिक्ने हो की!

    ReplyDelete
  4. गर्न त सकिन्छ नी, समिर जी, नगरिएको मात्रै हो, अझै केही समय यसै रुपमा अघि जान्छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Subscribe to Aakar Post