Skip to main content

Posts

Showing posts from February, 2012

Listen to Bulbul Episode-131 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bu

बिहानै एक जना मित्र राजेश केसीको ट्विटमा ‘भीम विराग आर. आइ. पी.’ भनेर लेखिएको देख्दा एक पटक आङ्ग ढक्क फूल्यो । हुन त भीम विरागले ७८ वर्षमा टेकिसकेका थिए । पोहोर साल पनि बेस्मारी बिरामी परेका थिए । यस पटक पनि अस्पतालमा भर्ना भएको कुरा केही दिन अघि थाहा भएको थियो । भेट्न जान पाइएको भने थिएन । संसारमा कसैको पनि अजम्मरी देह हुँदैन भन्ने पनि थाहा नभएको कहाँ हो र ? तर यति सबै हुँदाहुँदै पनि त्यो ट्विट लाई आँखाले सही पढे पनि मनले एकै पटक स्वीकार गरेन । दुइ पटक पढेपछि मात्र जिन्दगीको अन्तिम र कटु यथार्थ घन बनेर दिमागमा ठोक्कियो । भीम विराग रहेनन् । व्यक्तिगत रुपमा पनि संगत गर्ने अवसर पाइएका मान्छेहरुको अवसानले अलि धेरै बिचलित बनाउँछ । भीम विरागसंग पनि पछिल्लो समयमा थोरै तर सार्थक र आत्मीय संगत गर्न पाइएको कारणले होला, मन एकतमासको भएर आयो । मित्र आभासलाई फोन लगाएँ, उनले पाटन अस्पतालमै हो भनेपछि त्यता तिर हुइँकिंदा ती केही भेट र उनका कुराहरु मनमा खेलिरहे । उनले एकपटक गुनासो गरेका थिए, “मैले सिंगो आकाश कहिले पनि हेर्न पाइनं ।” उनको संकेत आफ्नो कुप्रिएको शरीर प्रति थियो । ठाडो भएर उभिन नसकेकोमा उन

केही हप्ता र महिना भएको थियो, पड्किएको, पड्काइएको खबर नसुनिएको तर आज फेरि एउटा दुखद घटना घट्यो ! पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्दिको बाहना देखाएर संयुक्त जातिय मोर्चाले केही निर्दोष व्यक्तिहरुको अनाहकमा ज्यान लिए ! जुनसुकै बाहनामा पड्काइएको भएपनि, यो अत्यन्तै निन्दनिय काम हो, यसै ब्लगमार्फत त्यस्तो जघन्य अपराधको घोर भत्सर्ना गर्दछौँ ! एकपटक मात्र पाइने मान्छेको जिवन सस्तो छैन, मान्छे जिवनको अगाडि त्यो पेट्रोलको मुल्य के नै छ र? तर होइन उनीहरुले पेट्रोल महंगो र मान्छेको जिवन सस्तो देखे ! मान्छे मारेर, कुनै क्रान्ति हुँदैन, कुनै विरोध हुँदैन, कुनै आन्दोलन हुँदैन, सहरमा बम र बारुद पड्काएर, मान्छे मारेर क्रान्ति गरेँ भन्नु मुर्खता मात्र हो ! सहरको बिचमा बम पड्काएर, मान्छेको जिवन हरेर, सान सँग आफूले पड्काएँ भन्छन् तर सोच्दैनन्, जो मारिए तिनका आफन्तलाई कति पिडा भएको होला ! जो मारिए, उनीहरु गइगए ! न उनीहरुलाई अब कुनै पिडा हुन्छ, न कुनै किसिमको दुख वा अभाव नै हुन्छ ! जति पिडा हुन्छ बाँच्नेलाई हुन्छ ! मान्छेका कति सपना अनि आशाहरु हुन्छन्, के सोचेर जिवनमा अघि बढिरहेकोहुन्छ तर अनाहकमा ज

Listen to Neelam Karki's Beli. धेरै समयको अन्तराल पछि, ब्लगमा आज हामीले श्रुति संवेगको अंकमा निलम कार्की ‘निहारिका’को कथा संङ्ग्रह “बेली”का केही कथाहरु लिएर आएकाछौँ । सदा झैँ, आज पनि कथावाचनमा अच्युत घिमिरे हुनुहुन्छ ! रत्न पुस्तक भण्डारले प्रकाशन गरेको निलम कार्की ‘निहारिका’को बेली कथासंङ्ग्रहमा अठार वटा कथाहरु सङग्रहित छन् ! आजको यस अंकमा ‘जेलमान्छे’, ‘उखुबारी’ र ‘बेली’ शीर्षकको कथा वाचन गरिएकोछ । सामाजिक विषयवस्तुमा कलम चलाउने कथाकार निलम कार्की निहारिका हाल अमेरिकामा बस्नुहुन्छ । उज्यालो नाइन्टि नेटवर्कबाट केही दिन अघि यो कथा प्रशारण भइसकेको छ! कार्यक्रम श्रुति संवेग उज्यालो नाइन्टि नेटवर्कबाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ मा प्रशारण हुन्छ ! यसअघि हामीले ३ वर्ष पहिले निलम कार्की निहारिका’को “हवन” कथासङग्रहका कथाहरु प्रशारण गरेका थियौँ ! हवन कथासंग्रहहको कथाहरु यहाँबाट डाउनलोड गरेर ( हवन –१ , हवन – २ ) सुन्नसक्नुहुन्छ ! Download: Neelam Karki’s Beli

"एक्लै एक्लै, कतातिर लाग्यौ?" नेपथ्यको एउटा बहुचर्चित गीत 'हिमाल चुचुरे'को यो टुक्रा प्रश्नलाई मेरो उत्तर थियो - नेपालगन्ज। 'छेक्यो छेक्यो', 'रेशम', 'यो जिन्दगानी' जस्ता निकै चलेका गीतहरु पस्केर लगभग दुई दशक अघिदेखि हाम्रो मनमा बसेको छ, नेपथ्य। यो ब्याण्डले 'शान्तिका लागि शिक्षा' भन्ने नाराका साथ देशका विभिन्न ठाँउहरुमा लाइभ कन्सर्ट गर्दैछ भन्ने थाहा पाउने बित्तिकै खुशी लागेको थियो। तर त्यसमा आफ्नो ठाँउ 'नारायणगढ' नदेखेपछि भने मन खिन्न भयो। तैपनि 'मै नाचे छमछम', 'तालको पानी', 'स-कर्णाली' जस्ता गीतहरु अमृत गुरुङको स्वरमा प्रत्यक्ष सुन्ने र गीतको तालसँगै झुम्ने मौका भने खोजीरहेको थिएँ म। मलाई नेपथ्यका केही कुराहरु असाध्यै मन पर्छन् । एउटा हो, यसका गीतहरुमा नेपालीपनाको मिठास सधैं पाइन्छ। नेपालका कुनाकुनाका माटोबाट यसका गीतहरु जन्मेका छन्, यसका गीतहरुमा नेपालीका जीवनहरुका पीडा, माया, दु:खको रस घुलेको पाइन्छ। 'लोक रक'लाई आफ्नो मुलधार मान्ने यो ब्याण्डले नयाँ पुस्तालाई मनपर्ने शैलीमा गाँउगाँउका लो

Listen to Bulbul Episode-130 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

Listen to Bulbul Episode-129 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

सुरु मै प्रस्ट पारौँ, म ‘मेडिकल’ क्षेत्रसँग सम्बन्धित छैन तर पनि ब्लग भने स्क्र्याच कार्ड र क्यान्सर बारे लेख्दैछु ! केही दिन अघिको कान्तिपुर मा छापिएको खबर यस्तो छ: मोबाइल रिचार्ज गर्न लागि हामी स्क्रयाच कार्ड उपयोग गर्छौं । एटिएमको पासवर्डको लागि समेत यस्तै उपाय अपनाउनुपर्ने हुन्छ । तर ध्यान राख्नोस्, त्यस्तो बेला औंलाले स्क्रयाच नगर्नु नै राम्रो । वैज्ञानिकहरूको अनुसार त्यस्तो औंलाले शरीरमा छुँदा क्यान्सरको खतरा हुन्छ । मेडिकल रिसर्च अथोरिटी अफ अमेरिकाले हालै स्क्रयाच कार्डका विषयमा गरेको अनुसन्धानपछि यो तथ्य अगाडि आएको हो । अध्ययनअनुसार स्क्रयाच कार्डमा 'सिल्भर नाइट्रोअक्साइड' हुन्छ । नङको माध्यमले त्यो शरीरमा पुग्नु जोखिमपूर्ण हुन सक्छ । यो अक्साइडले छालाको क्यान्सरलाई निम्त्याउँछ । नाइटि्रक अक्साइडले शरीरमा बिस्तारै बिस्तारै नोक्सान पुर्‍याउन थाल्छ । टाउको दुखाइ, बान्ता र कमजोरीको रूपमा यसको असर देखिन्छ । मुटुको चाल असामान्य हुने, छाला चिलाउने, मुख सुक्ने, शरीरमा पानीको कमी हुने जस्ता समस्या पनि देखिन थाल्छन् । त्यस्ता व्यक्तिलाई सास फेर्नसमेत असजिलो भएको पाइयो । शरीरमा न

प्राय: सँधैजसो साथीहरुबाट सुनिने कुरा भनेको, ‘त्यसले दु:ख परेको कुरालाई नि लाइक गर्यो’ ! उता बस दूर्घटनामा दर्जनौँ मान्छे मरेको खबर छ, त्यो कुरा नि लाइक गरेछ, कस्तो ‘सेन्स’ नै नभएको मान्छे रै’छ ! मान्छेहरु के भा’का हुन्, जे कुरा नि लाइक गर्छन् ! अब फलानाको निधन भो भनेर, फेसबुक स्टाटस लेख्यो, मान्छेहरु त्यो पनि लाइक गर्छन् ! हैन, साँच्चै मान्छेहरुको सेन्स नै छैन कि क्या हो? मान्छेहरुले मानवियता र नैतिकता नै बिर्से कि कसो भनेर, ती मान्छेहरु माथि अरुहरुले नैतिकताको प्रश्न नै उठाउँछन् । फेसबुक लाइकको सम्बन्धमा धेरै साथीहरुबाट यस्तै यस्तै किसिमका कुराहरु सुन्न पाइन्छ ! हो पनि, दुख परेको खबर फेसबुकमा स्टाटसको रुपमा अपडेट गरेकोछ, त्यो कुरालाई पनि लाइक गरेको देख्दा अचम्म त लाग्ने नै भयो ! जहिँकहिँ यसप्रकारको कुराहरु भएको देख्छु, अनि फेसबुक लाइकको बारेमा सोच्न बाध्य हुन्छु ! प्राय: सबै फेसबुक प्रयोगकर्ताले ‘लाइक’ लाई ‘मन पर्नु, मन परेको’ भनेर बुझ्ने गरेकाछन् ! अनि हामीले पहिले देखि पढ्दै आएको कुरा पनि त्यही नै हो, ‘केही कुरा मन पर्नु’लाई ‘लाइक’ भनिन्छ, वा ‘उस्तै उस्तै कुरालाई’ पनि यदाकदा

Listen to Bulbul Episode-128 आजको अंकमा दृष्टिविहिनहरुको गजल प्रस्तुत गरिएकोछ ! गजलहरु उनीहरुकै आवाजमा सुन्नुहुनेछ ! शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program

चारैतिर झिलीमिली, ठुला ठुला सपिङ मलमा मानिसहरुको रौनक काठमाडौको विशेषता भएपनि लोडसेडिङ यहाँको वर्तमान वास्तविकता हो । लोडसेडिङ भन्ने बित्तिकै अन्धकार अँध्यारो पनि होइन । जेनेरेटर, इनभरटररले अन्धकारनै त कहाँ रहन दिन्थे  र यो शहरलाई ? त्यसमा पनि विज्ञापनका ठुला ठुला होर्डिङ बोर्डको चमक नै बेल्लै । “अहिले केहि बूझिन पछि कल गर्छु है” म ४ मिनेट अघि देखिको फोन वार्ता टुङग्याउँछु । साँझ झमक्कै पर्न थालिसकेको थियो । सधैँजसो व्यस्त रहने असन क्षेत्रमा झन विवाहको मौसम भएकाले किनमेल गर्नेको चहलपहल बढि नै देखिन्थ्यो, त्यसमा पनि साँझको समय । मानिसहरुको भिड उस्तै बाक्लो सजिलै संग हिड्न सकिने अवस्थै थिएन । असनको व्यस्त गल्ली हुँदै बल्ल बल्ल म न्यूरोड गेट आईपूग्छु । “मोबाइलको घडीले त ६ पो बजाइसकेछ । अब गाडि पाईने हो कि होईन फेरी आफ्नो तिर धेरैबेर सम्म गाडि पनि चल्दैन” सोच्दै म हिँडाइको गति तीव्र पार्छु । सयौँ मानिस हिँडिरहेको सडक देख्दा त्यतीबेला मेरो मनमा जगजित चित्राको “हरतरफ हरजगह बेशुमारा आदमी” बोलको गजल मात्र आइरह्यो मोबाइल हातमै थियो अनि आँखा मोबाइलमा । त्यतीनै बेला अचानक एउटी केटीसँग म नरा

हिजोआज ब्लग लेखनमा केही कमी आएकोछ ! दिनहुँजसो लेख्ने मलाई, हिजोआज हप्तामा एउटा लेख्न नि गाह्रो पर्दैछ ! अनि नियमित लेख्न नसकिएको बारेमा नै ब्लग लेख्दैछु ! जागिरे जिवन सुरु भएपछि, धेरै नै व्यस्त भइने रहेछ, त्यसको बाबजुद पनि समय निकालेर ब्लग लेख्नु भनेको, एउटा ठूलै युद्द जिते जस्तो हुनेरहेछ ! लेख्ने सामाग्रीको कमी भएको होइन तर पनि खै के मिलिरहेको छैन, भन्न मुस्किल नै छ ! आज करिब २-३ वर्ष अघि आफूले लेखेका ब्लगपोष्टहरु पढेँ ! ती ब्लगहरु पढेपछि लाग्यो, हिजोआज मैले ब्लगिङ बिर्सेछु ! अनि तिनै पुराना ब्लगहरु पढ्दा पढ्दै, आज त केही लेख्छु लेख्छु ब्लगमा भन्ने लाग्यो! अहिलेसम्म १ हजार भन्दा बढि ब्लगहरु लेखिसकिएकाछन् त्यसमध्ये करिब नौ सयवटा ब्लग आफूले नै लेखेको छु ! बाँकी ब्लग कहिँबाट साभार गरिएकोछ, अरु केही ब्लग साथीहरुले लेख्नुभएकोछ ! विगत केही महिना देखि ब्लगको रङ्गमा परिवर्तन गरौँ कि भने झैँ पनि लागिरा’कोछ तर पनि अहिलेसम्म फेरि केही गर्ने हिम्मत जुटेको छैन, समय पनि मिलेको छैन ! तत्काल ब्लगको रुपरङ्ग परिवर्तन गर्न नसकिए पनि आजबाट ब्लगको लोगो भने परिवर्तन गरिएकोछ ! ब्लगको लोगो बनाइदिनुहुने क

बुज्यौ बुर्जुआ जनता हो, आज ता "अकबरेले" नि सलाम खायो, बाँचुन्जेल गाँजा खायो, चन्दन-खएर, गोलाई चपायो, अस्तिन क्या त, "बनबिरेले" गोली चलायो, "अकबरे"लाई ड्याङ्ग लायो, सोर्स-फोर्सले `सहिद` बनायो, हेर् त आज !! ये राता मकै!!  १२ तोपको गोली पायो, खादा, भत्ता, लाखौं कमायो !! थुक्क तेरो भाग्य नि के भनौ खोइ ? त्यो जाबो पनि सहिद? भो अब! ए बाबा!! थांगने हजुरबाको कोठे भित्तोमा, तेस्को आनुहर काठे फ्रेमको एक बित्तोमा, ट्वाल्ल-ट्वाल्लति गाँठे, अझै नि लाटीले कुन्नि के हेर्या जस्तो! जुम्सो, अझै कति रिसउठ्दो गरि झुण्ड्या छ भने, प्वाक्क मुखमा हानु जस्तो! उही इतिहास ढाँटने त हो, हाम्लाई थाहा छैन,  नत्र सहिद दिवसको दिन  'अकबरे' को बा' माघाँ गोरु नार्न जान्छु, भन्दै "बैद्य"को मा गफ हाल्न जान्छन् त ? वाहियातको सहिद, निल्नु न वोकेल्नु!! ए सुन् सुन्!! यसै भो तेस्सै भो, "सुन्तले" को परिवारले नि सार्है दुक्ख पायो, एस्लाई सहिद बनाउने परपंच तँ मिला, परेको म बेहोर्छू!! थोरै दि

Listen to Bulbul Episode-127 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.