Skip to main content

मैले बिर्सेको कथा

चारैतिर झिलीमिली, ठुला ठुला सपिङ मलमा मानिसहरुको रौनक काठमाडौको विशेषता भएपनि लोडसेडिङ यहाँको वर्तमान वास्तविकता हो । लोडसेडिङ भन्ने बित्तिकै अन्धकार अँध्यारो पनि होइन । जेनेरेटर, इनभरटररले अन्धकारनै त कहाँ रहन दिन्थे  र यो शहरलाई ? त्यसमा पनि विज्ञापनका ठुला ठुला होर्डिङ बोर्डको चमक नै बेल्लै । “अहिले केहि बूझिन पछि कल गर्छु है” म ४ मिनेट अघि देखिको फोन वार्ता टुङग्याउँछु । साँझ झमक्कै पर्न थालिसकेको थियो । सधैँजसो व्यस्त रहने असन क्षेत्रमा झन विवाहको मौसम भएकाले किनमेल गर्नेको चहलपहल बढि नै देखिन्थ्यो, त्यसमा पनि साँझको समय । मानिसहरुको भिड उस्तै बाक्लो सजिलै संग हिड्न सकिने अवस्थै थिएन ।

i will never forget you

असनको व्यस्त गल्ली हुँदै बल्ल बल्ल म न्यूरोड गेट आईपूग्छु । “मोबाइलको घडीले त ६ पो बजाइसकेछ । अब गाडि पाईने हो कि होईन फेरी आफ्नो तिर धेरैबेर सम्म गाडि पनि चल्दैन” सोच्दै म हिँडाइको गति तीव्र पार्छु ।

सयौँ मानिस हिँडिरहेको सडक देख्दा त्यतीबेला मेरो मनमा जगजित चित्राको “हरतरफ हरजगह बेशुमारा आदमी” बोलको गजल मात्र आइरह्यो मोबाइल हातमै थियो अनि आँखा मोबाइलमा । त्यतीनै बेला अचानक एउटी केटीसँग म नराम्ररी ठोकिन्छु ।  “आँखा हेरेर हिँड्न सकिँदैन? ” केटी म तिर हेर्दै भन्छे  “आई एम सरी” म गल्ती स्विकार्छु । गल्ती मेरै थियो मोबाईल झिकेर  मैले समय मात्र हेरिन त्यति नै बेला फेसबुकमा उही गीत स्टाटस राख्ने सुरमा थिएँ म । बाक्लो भीड र व्यस्त बाटोको ख्याल नगरी ।

“ए तिमी? के छ हालखबर?” । नजिकै कानमा ठोक्किएको पुरुष आवाजले हिँड्नै लागेका मेरा पाइला टक्क अडिन्छन् ।  म टाउको फर्काउँदै केटातिर हेर्छु ।

म एकैपलमा एकोहोरो भएछु, “बाटोमा हिड्न नदेर के उभिरा हो?” पछाडिबाट रिसाउँदै कराएको एकहुल अधबैशै आइमाईहरुको रुखो आवाजले म तर्सन्छु । उनीहरु मलाई धकेल्दै अगाडि बढ्छन् ।  मेरा हातखुट्टा चिसा भइरहेका थिए । त्यो चहलपहल सबमा सन्नाटा छाएझैँ लागिरहेथ्यो । मुटू तेज तेज धड्किरहेको थियो । म न बोल्न सकेँ न हासेर त्यो प्रश्नको जवाफ नै फर्काउन सकेँ ।

केटी उसको देब्रे पाखुरामा दाहिने हात घुसार्दै आँखाले छिटो जाने इशारा गर्छे । “ल गएँ है” ऊ म तिर हेर्दै भन्छ । म फिस्स हाँस्दै स्वीकृति जनाउँछु । उनीहरु आफ्नो बाटो लाग्छन् ,म आफ्नो “तिमी चिन्छौ त्यसलाई” केटीले गरेको प्रश्न मेरो कानमा सिधै ठोकिन्छ  तर उसले जवाफ के फकार्यो म प्रस्ट सुन्दिन ।

थोरै समयमा भए पनि, मैले त्यस केटीलाई पटक पटक गरी धेरै पटक हेरे । मेरो आँखा सिधै उसको सिउँदोमा सजिएको रातो सिन्दुरमा गएर अडियो । ऊ धेरै राम्री थिई ।

रत्नपार्क आईपुग्दा ६:१५ भएछ त्यत्तिकैमा कण्डक्टर कराउँछ ”ए दिदी जाने होईन लास्ट टिप हो है अर्को आउँदैन ।” म दौडदैँ जान्छु , सिट पाईने त आशै थिएन कोचिएर जानु बाहेक अरु विकल्प पनि थिएन ।

मेरो आँखा अघि त्यही तस्विर मात्र नाचिरह्यो । केहिबेर अघिम्मको व्यस्त र एक्लो जीवनबाट म एकैपलमा  विगतमा धकेलिन्छु । त्यो मोड जहाँ म उसको प्रतिक्षामा हरेक दिन उभिने गर्थे । उसलाई परबाट आईरहेको देख्दा,मुटूको धड्कनले बेग्लै रफ्तार बढाउन थाल्थ्यो, ओठहरु आफै मुस्काउँथे । कहिले काँहि ढिलो हुदाँ त्यही मोडमा उसलाई प्रतिक्षारत देख्दा लाग्थ्यो यो संसारमा म जतिको खुसी सायदै कोहि होला  । जब ऊ म सँग पहिलो पटक बोलेको थियो मलाई याद छ, मेरो त्यो रात छर्लङ्ग वितेको थियो ।

“अली भित्र जानुस ए दाई, तपाई यता फर्किनुस सबै मिलेर जानुपर्छ ” कण्डक्टर आफ्नै सुरमा कराईरहेछ  “ओ गड आज गुन्दुक बनाउने भयो यार” भर्खरकी एउटी ठिटी बोल्छे, उ सँगै उभिएका अर्कि दुई खितीती हाँस्छन, अधबैसे अकंलहरु भने ठाउँ छैन देखिनस् भन्दै उल्टै थर्काउँदै छन् । ती सबै दृश्य आँखा अघि छरपष्ट थिए तर पटक पटक आँखामा उही दृश्य र कानमा उही वाक्य गुञ्जिरह्यो “ए तिमी के छ हालखबर ?”

“ठिक छ सबै” म भन्न चाहान्थेँ तर उसको प्रश्नमा म अनुत्तरित मात्र भईन मेरो ओठबाट वनावटी मुस्कान बाहेक अरु कुनै शब्द निस्केनन् । उसले पनि के छ भनेर त सोध्यो तर त्यसपछि खै के महशुस गर्यो, हाँस्न खोज्यो सकेन बोल्न खोज्यो सायद शब्द भेटेन ।

हरेक दिन उसको प्रतिक्षा गर्नु, मन व्यग्र पार्दै नजर घुमाउनु तर  बोल्ने आँट नगर्नु, माया गर्न थालिसकेकी थिएँ मैले उसलाई । त्यहि मोडबाट हामी साथी बन्यौ, हाम्रो मायाको शुरुवात भयो, हामी नजिकिँयौ र हाम्रो मित्रता प्रेममा बद्लियो ।

त्यो पहिलो भेट,  पहिलो कुराकानी, प्रेम प्रस्ताव, सँगै बिताएका पल, सबै मन र मस्तिष्कमा दौडन थाले । हाम्रा ती दिन कति रमाईला थिए, आज पनि हामी संगै हिडेका बाटोहरु उस्तै छन्, चिसो बिहानीमा चिया पिउने पसल त्यस्तै छ । आज पनि सँगै हिडेका बाटोमा एक्लै हिँड्दा उही पुराना दिनको याद आउँछ । कहीँ कतै केही बद्लिएको छैन, केवल समय बद्लियो  ।

आज उ बाँचिरहेको छ आफ्नो जिन्दगी र म पनि बाँचिरहेको छु । तर मलाई आजसम्म याद छ हामी एकअर्काको अगाँलोमा बाँधिएर भन्ने गथ्र्यौ “म त तिमी बिना बाँच्न पनि सक्दिन” तर आज सोच्छु खै के हो त सत्य न उसको साथ बिना मैले नै आत्महत्या गर्न सकेँ न मेरो साथ विना उसले नै जीवन त्याग्न सक्यो । जब  हामी प्रेमी प्रेमीका  थियौँ तब लाग्थ्यो एक अर्का विना हाम्रो जीवन अर्थहिन छ तर आज जब त्यो सम्बन्धनै रहेन एकअर्का विना मर्छौँ भनि साहसका साथ भन्ने हामी दुवैलाई आ-आफ्नो जीन्दगीको माया लाग्न थाल्यो आफ्नै जीवन प्यारो भयो ।

घर आइपुग्दा पनि मन उस्तै दुखिनैरहेको छ । प्रश्न गर्छु आफैँलाई किन दुख्दैछु म? सबै समाप्त भइसक्यो । ऊ धेरै अघि बढिसक्यो, ऊ खुसी छ तर म किन आज बेखुस छु? उसलाई देखेर । उसको खुसी देखेर कतै मलाई इर्ष्या लागेको त हैन? म पनि त धेरै अघि बढिसकेँ जिन्दगीमा तर आज त्यो एकपलले आज किन यसरी मलाई बिक्षिप्त बनाइदियो?

भेट्ने दिन गन्दै बस्नु र भेट्दा रमाउनु, छुटिँदा निराश हुनु, रिसाउनु, फकाउनु अनि घूर्क्याउनु । एक आम प्रेमी प्रेमीकाको जीवन, हाम्रो दिनचर्या पनि त्यस्तै नै थियो । एकअर्का सँग नबोली दिन काट्न मूस्किल थियो, रातमा निदाउन । तर आजभोली दिन यसै वित्छन् रात यतिकै कट्छ । न रिसाउने कोहि छ न फकाउने । हामी दुवैको जीवनको नयाँ पाना पल्टियो तर फरक उसको नयाँ पानामा म छैन र मेरो नयाँ पानामा उ छैन ।

त्यस्तो पनि समय थियो, उसको मुखबाट कुनै केटीको नाम  सुन्दा दनदनी बलिरहेको आगोमा होमिएको भान हुन्थ्यो । म रिसाउँथे, आफ्नो कसम खुवाउँथे र वचपना भरिएको आवाजमा भन्ने गर्थे । “तिमी अरुसंग नबोल, अरुलाई नहेर, तिमी मलाई माया गर, मलाई हेर, मै सँग हाँस।” मेरो कुरा सुनी उ मुस्काउँथ्यो । मेरो निन्याउरो मुहारमा झुकेर हेथ्र्यो र भन्थ्यो “तिमी नै त छौ मेरो साथी, मलाई अरु कोहि चाहिन्न ।”

समयले आज मलाई नराम्रोसँग जिस्कायो । त्यो साँझ जब उ कसैको हात समाती टाढिदै थियो त्यसबेला  उसलाई न मैल आफ्नो कसम खुवाउन सके, न रिसाउनु मेरो अधिकारको विषय थियो । म अलि पर हटेँ  उसको बाटोबाट, उनीहरु अघि बढे । मेरा आँखाहरु एकछिन टोलाईरहे,उ ओझिलिँदै गयो ।

टेबलको घडिले नि १२ बजाईसकेछ ।  “ काम भयो त मेरो? खबरनै गरेनौ भोली चाहि जसरी नि गरिदेउ है ” । मोबाइलमा ११ बजे आएको एस एम एस देख्ने बित्तिकै, म फेरी आफ्नो वर्तमानमा फर्किन्छु । एक व्यस्त जीवन जहाँ विगतका बारेमा हरपल सोचेर मुटु दुखाउने फुर्सद पनि छैन ।

यो जिन्दगी एउटा किताब  र विगत एउटा पल्टिसकेको पाना जसबाट हामीले धेरै कुरा सिक्छौँ अनि बुझ्छौँ । मेरो विगतबाट पनि मैले धेरै कुरा सिकेको छु, बुझेको छु । जसरी एउटा कक्षा पास भएर अर्कोमा पुग्दा पुराना पाठ सरल लाग्दै जान्छ, समय सँगसँगै विगतका घाउमा पनि खाटा लाग्दै जान्छन् । विगतका व्यथा अनि चोट पनि सामान्य लाग्न थाल्छन् ।

जिन्दगीमा धेरै मोड आएर गए, धेरै मोड आउनेछन् । जीवनमा आएको हरेक नयाँ मोडमा नयाँ साथी भेटिन्छन्, नयाँ नयाँ सम्बन्ध गाँसिन्छन् । नयाँ नयाँ बाटोमा हरेक दिन नयाँ अनुहार देखिन्छन् । विक्षिप्त भएको मुटू पनि समय संगै सम्हालिदै जान्छ । धेरै धेरै कुरा बुझ्न, सिक्न र भोग्न त बाँकी नै छ ।

मैले जिवनमा पहिलो पटक साँचो माया गरेको थिएँ तर हुन सक्छ म उसको साँचो प्रेम बन्न सकिन । मलाई केहि गुनासो छैन न ऊ सँग न आफ्नो जीवनसँग । जे हुन्छ सायद त्यो पहिलै तोकिएको हुन्छ । कोहि मेरो भन्दैमा मेरो हुँदैन । संधै सबैजना आफ्नो साथ कहाँ हुन्छन् र? जिन्दगीमा अझ माइलौँ माइलको दुरीको यात्रा तय गर्न बाँकी नै छ । त्यो पल अब कहिल्यै फर्केर आउँदैन । सोच्दा सोच्दै आँखा पनि लोलाउन थालिसकेछन् । बाहिर सुनसान र कालो रात छिपिदैँ गइरहेछ, समय बेपर्वाह दौडिरहेछ आफ्नै गतीमा ।

~ (दृश्य-अदृश्य ब्लगबाट साभार)

Comments

  1. "palpasa cafe" novel यकदमै मन पर्यो,आगामी दिनमा पनि यस्तै नयाँ र उत्कृष्ट उपन्यास सुन्न पाउने  अपेक्षा गर्दछु|

    ReplyDelete
  2. prattek mancheko ek samay ko katha......

    ReplyDelete
  3. It would be better it there was the clear reason to be apart to each other, whtever the story is nice... touchable....

    ReplyDelete
  4. "अतितलाई अतितमै रमाउन दिनु नै आजको आवश्यकता हो ! आज म संग जे छ त्यो हिजो थिएन, हिजो म संग जे थिएन त्यो आज म संग छ र यो नै मेरो संसार हो ! बाँकि त मेरा पाहुना हुन जसलाई म चाहेर पनि धेरै माया गर्न सक्दिन ! " सुन्दर भावनाको लागि सुन्दर साधुबाद ! :) 

    ReplyDelete
  5. A nice read. Enjoyed reading. 

    ReplyDelete
  6. "यो जिन्दगी एउटा किताब  र विगत एउटा पल्टिसकेको पाना जसबाट हामीले धेरै
    कुरा सिक्छौँ अनि बुझ्छौँ । मेरो विगतबाट पनि मैले धेरै कुरा सिकेको छु,
    बुझेको छु । जसरी एउटा कक्षा पास भएर अर्कोमा पुग्दा पुराना पाठ सरल लाग्दै
    जान्छ, समय सँगसँगै विगतका घाउमा पनि खाटा लाग्दै जान्छन् । विगतका व्यथा
    अनि चोट पनि सामान्य लाग्न थाल्छन्"
    i like very much this one

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

गुगल डुडलमा गुरू पूर्णिमा

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

Subscribe to Aakar Post